टेलिकमले सिडिएमए पुरानो सेटको सट्टा नयाँ दिने

फागुन २६ /सिडिएमए टेलिफोन सेटमा लगातार समस्या आएको उपभोक्ताको गुनासोपछि टेलिकमले पुरानोको सट्टा नयाँ दिन लागेको छ। टेलिकम भैरहवाका अनुसार पहिलो चरणमा ११ हजार थान सेट लुम्बिनी अञ्चलमा वितरण गरिने योजना छ।
यसअघि वितरण गरेको चिनिया हानटेल कम्पनीको सेट बिग्रिएपछि मर्मत नहुने र बजारमा नयाँ किन्न नपाइएपछि हैरान उपभोक्तालाई टेलिकमले नयाँ लिनटप कम्पनीको सेट उपभोक्तालाई वितरण गर्न थालेको हो। लिनटप कम्पनीको नयाँ सेटमा पहिले जस्तो समस्या नआउने र उपभोक्ता पूर्णरुपमा सन्तुष्ट हुने टेलिकमको दाबी छ। उपभोक्ताले ५ हजारमा तीन महिना नटिक्ने 27;ुणस्तरहीन सेट दिएर उपभोक्तालाई ठगी गरेको भन्दै नयाँ सेट दिन वा सेटको विकल्प खोज्न माग गरेपछि टेलिकमले नयाँ सेट दिन लागेको हो।
टेलिकमले टेन्डर गरी ल्याउन थालेको एक लाख थान सेटमध्ये ६० हजार पहिलो चरणमा आउने नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले नागरिकलाई बताए। ‘वीरगन्ज भन्सारमा आइपुगेका छन्, एक साताभित्र काठमाडौं आइपुग्छ,' उनले भने।
तीमध्ये पहिलो चरणमा ११ हजार थान सेट लुम्बिनी अञ्चलमा वितरण गरिने टेलिकमका अधिकारीहरु बताउँछन्। टेलिकमले लुम्बिनी अञ्चलमा पहिलोपल्ट चार वर्षअघि ३ हजार पोस्टपेड सिडिएमए वितरण गरेको थियो। त्यसलगत्तै टेलिकमले लुम्बिनी अञ्चलमा १७ हजार ६ सय ६४ लाइन प्रिपेड सिडिएमए वितरण गरेको थियो।
एक महिनाभित्र सिडिएमएका सेट भैरहवा आइपुग्ने र ग्राहकलाई वितरण गरिने टेलिकम भैरहवा कार्यालयले जनाएको छ। नयाँ सेट भण्डारणको लागि केन्द्रको निर्देशनअनुसार कोठा तयार गरिसकेको टेलिकम भैरहवाका सिडिएमए फाटका सुरेन्द्र श्रेष्ठले बताए।
ग्राहकको गुनासो सुनेर हैरान भएका टेलिकम भैरहवा शाखाका कर्मचारी नयाँ सेट आउने भएपछि ग्राहकको गुनासो कम हुने आशाले खुसी भएका छन्। ‘अब हामी हैरानीबाट मुक्त हुँदैछौं,' टेलिकम भैरहवा शाखाको सिडिएमए फाटका श्रेष्ठले भने, ‘अर्कैको कमजोरीले हैरान भएका उपभोक्ताको निशाना हामी परेका थियौं।'
यसअघिको सिडिएमए सेटको ब्याट्रीले काम नगर्ने, नम्बर डायल नहुने र कुरा गर्दा राम्रो नसुनिने उपभोक्ताको गुनासो छ। बजारमा नपाइने र मर्मत पनि नहुने सेट वितरण गरेर टेलिकमले ठगेको भन्दै उपभोक्ताले आक्रोश पोख्दै दैनिक जसो टेलिकम कार्यालय धाउन थालेपछि नयाँ सेट दिन थालेको हो।
सेट बिग्रिएपछि मर्मत नहुने र बजारमा नया" नपाइएकाले टेलिकमले वितरण गरेका धेरै पोस्टपेड सिडिएमए फोन बन्द छन्। सेटले काम नगरेकाले बन्द भएका फोनको मासिक शुल्क २ सय ५० रुपैंया उपभोक्ताले टेलिकमलाई बुझाइरहेका छन्। पोस्टपेड सिडिएमए फोनका लागि उपभोक्ताले ५ हजार धरौटी र ५ हजार सेटको गरी १० हजार रुपैयाँ टेलिकमलाई बुझाएका थिए। सेट बिग्रेको अवधिको पोस्टपेडको मासिक शुल्क मिनाहा हुनुपर्ने उपभोक्ता बताउँछन्।
ढिलै भएपनि नया सेट ल्याएर टेलिकमले राम्रो काम गरेको सिडिएमए प्रयोग गरेका उपभोक्ता दिनेश अर्यालले बताए। उनले टेलिकमले उपभोक्ताको गुनासो नसुनिएको र उपभोक्ता ठगिएको भन्दै अदालत जाने भन्दै टेलिकम भैरहवा शाखामा निवेदन दिएका थिए। उनको निवेदनपछि भैरहवा शाखा प्रमुखले उपभोक्ताको समस्या समाधान गर्ने भन्दै केही समय पर्खन आग्रह गरेका थिए।
(nagariknews) 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :