सन्थाल वस्तीमा बाल केन्द्र
Posted by
purwanews
Published on
Saturday, February 19, 2011
शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरीएकोृ एक कोठे बालविकास केन्द्रले आफ्ना छोराछोरीलाई शिक्षित बनाउने उनीहरुको बुझाइ थियो । लोपोन्मुख अवस्थामा रहेका सन्थाल जातिको लागि मदरल्याण्ड नेपाल क्यालिफोर्नियाको प्रमुख सहयोग र जिल्ला शिक्षा कार्यालय तथा स्थानिय वासीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवनको झापाका जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको हो ।
नेपालको सुनसरी, मोरङ र झापा जिल्लामा मात्र सन्थालको बसोबास रहेको तथ्यांकले देखाउँछ । जिल्लामध्ये झापा र झापामा पनि कोराबारीलाई सन्थालहरुको वस्ती भनेर चिनिन्छ । सोही स्थानको एक सन्थाल वस्तीमा परेवा खोपी बालविकास केन्द्रको उदघाटन गरिएको थियो । कार्यक्रममा सन्थाल जातीले माघ महिनामा विशेष रुपमा नाच्ने सोरहाई नाच समेत प्रस्तुत गरेका थिए ।
वन जंगलको संरक्षणको लागि तात्कालिन जंगबहादुर राणाले भारतबाट मगाएर सन्थाललाई नेपाल ल्याएको भनाई छ । लोपोन्मुख जातिको सुचीमा पर्ने सन्थाल समुदायको गाउँमा खुलेको केन्द्रले सन्थाल जातिलाई अघि बढाउन सहयोग गर्ने झापा जिल्लाका काँग्रेस सभापती उद्धव थापाले बताए ।
सन्थाल वस्तीमा बनाइएको उक्त भवनले स्थानिय बीस जना भन्दा बढी सन्थाल बालबालिकालाई शिक्षा दिने स्थानिय सहयोगि कार्यकर्ता रञ्जु बस्नेतले बताइन् । देशरमै बालबालिकाहरु शिक्षाबाट वन्चित भइरहेको समयमा लोपोन्मुख सन्थाल जातिको लागि गरिएको यो सहयोगले सन्थाल जातिको विकासका लागि सहयोग पु¥याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>