यात्रा @ ब्यारेज
Posted by
purwanews
Published on
Wednesday, February 16, 2011
आशा, असमानता र मेहेनतको जीवन्त चित्र
...............................................................................
घामले इटहरीलाई चियाउने तरखर गर्दै थियो । हामी इटहरीबाट महेन्द्र राजमार्गलाई पछ्याउँदै पश्चिमतर्फ लाग्यौं । इटहरीलाई छोड्नु कुनै नौलो कुरा थिएन । तर नयाँ कुरा जान्ने जिज्ञासा थियो । हाम्रो गन्तव्य थियो, कोशी ब्यारेज ।
महेन्द्र राजमार्गमाथि बनाइएको उक्त पुलको लागि इटहरीबाट साथी गोकुलसँगै मेरो यात्रा सुरु भयो । बाटोमा भेटिने विभिन्न विषयवस्तुहरुको तथा समाचारको खोजीमा कुनै खास तयारी विना यात्रा तय गर्न हामी तयार थियौं ।
जीवित छन् आशाहरु
‘चरेस खानु तर हरेश नखानु ।’ शायद कुनै दुव्र्यसनीले भनेको थियो होला यो । तर भनाई आधा सत्य छ । हरेश खाने मानिसले जीवनमा कुनै काम नै गर्न सक्दैन । मानिसले जीवनमा ऊर्जा लिएर बाँच्नुपर्छ र त्यो आशा र ऊर्जाको एउटा झिल्को पूर्वी कुशाहामा हामीले देख्यौं ।
कोशीमा ६५ सालमा आएको बाढीले नदीको पूर्वी तटबन्ध भत्काउँदा धार परिवर्तन गरी गाउँ पसेको नदीले धेरै वितण्डा मच्चायो । कतिको ज्यान लियो, धेरैलाई बेघरबार बनायो । उक्त बाढीका कारण घरबार गुमाउने बाढी पीडितहरु बसेको उजाड बलौटे जमिनलाई मैले इनरुवादेखि नै पछ्याउदै आएको थिएँ । सोही क्रममा मेरा आँखा अनायासै राजमार्ग दक्षिणको एउटा घरमा गएर अडिए । जहाँ ६० वर्षे एक वृद्ध आफ्नो आँगनको वालुवा खोस्रदै त्यसभित्र मकैका दाना हाल्दै थिए ।
प्रकृतीलाई कसैले जित्न सक्दैन । ढुङ्गामा विरुवाले जरा फिँजाउन सक्दैन । वालुवामा उब्जनी हुन सक्दैन । तथापी आशा जीवित छ । ‘हुन्छ कि भनेर रोपेको ।’ ६० वर्षिय खलिल मियाँले भने । कोशी किनारमा आफ्नो १० कठ्ठा जमिन वालुवाले पुरेको आफ्नै आँखाले हेरेका मियाको लागि अहिलेको बसाँई पक्कैपनि चित्त बुझ्दो छैन । ‘खेती हुन्थ्यो, गाईवस्तु थिए ।’ उनले सुनाए । हलो धसेर खेत जोतेको अनि बेमतलबसँग खेतमा मकै हु¥र्याएको आजै जस्तो लाग्छ उनलाई । तर अहिले भने उनी मकैको एउटा, एउटा दाना पनि केलाउँदै जमिन खोस्रदै रोप्दैछन् । चालिस हजार भन्दा बढी कोशी पीडितहरुले भोगेको कहालीलाग्दो क्षण उनले पनि भोगे जीवनमा । ‘कसले सोचेको थियो र हामीले शरणार्थी भएर वालुवामा बस्नुपर्छ भनेर ।’ आफ्नो घर खेतमा बालुवाको कारण बस्नै नसकिने भएपछि उनले मासिक दुई सय रुपैया साहुलाई बुझाएर उनले सो स्थानमा एक कठ्ठा जमिन भाडामा लिए । अनि सरकारले जग्गाको क्षतीपूर्ती स्वरुप दिएको मुआबजाले घर बनाए । खानेपानीको लागि सरकारले ट्युबबेल दिएको र चर्पी पनि बनाइदिने आश्वासन समेत पाएका छन् ।
तर मानिसलाई जतिले पनि पुग्दैन भनिन्छ । कोशी पीडितहरुले हामीले यो पायौं भनेर कहिल्यै भन्दैनन् । सधै हातमात्र थापिरहन्छन् । हुन त कोशी पीडितको नाममा सक्नेले थुप्रै खाए । राज्यको सहयोगका साथै स्थानिय सहयोगमा ब्रम्हलुट गरे । अझ अहिले पनि कोशी पीडित क्ष्इोत्रमा आएका कार्यक्रम चलाउन दिनुपर्छ भनने कुराहरु उठीरहेका छन् । वास्तवमा यस्ता कुराहरुले कोशी पीडितहरुको नाममा व्यापक राजनीति र ठगी भएको देखिन्छ । जसलाई काम गर्न नसकेमा अन्तर्राष्ट्रिय स्तरमै पीडितहरुको पनि छवि बिग्रिन सक्छ ।
खलिल मियाँको वालुवामा जीवन खोज्ने प्रयास हेरीसकेपछि हामी अघि बढ्यौं । तर दुई सय मिटर अघि बढेका मात्र के थियौं, राजमार्गको उत्तर तिर देखेको एउटा दृश्यले फेरी हामी रोकिन बाध्य भयौं ।
केही महिलाहरु बालुवामा खनिखोस्री गर्दैथिए । सिँचाइको लागि विछ्याएको पाइप सहितको प्रविधीमा उनीहरु मकैका दाना रोप्दै थिए । ‘उम्रिन्छ कि ।’ साजन खातुनले आशा व्यक्त गरिन् । उनी लगायत सो स्थानमा १५ घर परिवारले संयुक्त रुपमा खेती गर्छन् । खेतीका लागि करेला, मै, तरबुजा लगाउने तयारी भइरहेको थियो ।
‘राम्रो बोरिङ दिए त राम्रो हुन्थ्यो ।’ उनले भनिन् । जमिनको पानी तानेर ट्याङ्कीमा भरेर स–साना पाइप मार्फत् सिँचाइ गर्ने विधि त्यती प्रभावकारी नभएको उनको गुनासो थियो ।
हामी त्यहाँबाट पनि अघि बढ्यौं । कोशी ब्यारेज पुग्न हिँडेका हामी बाटोमा अल्झिरहेका थियौं । सोही क्रममा कोशीले भत्काएको सडक छेउ जमेको पानीमा माछा मारिरहेका केही बालिकाहरुमा हाम्रो आँखा अडियो । बिहान सिर्सिर चलिरहेको बतासले उब्जाएका लहरामा डुबुल्की मार्दै उनीहरुले दहमा माछा खोजिरहेका थिए । वास्तवमा उनीहरुले माछा मार्न प्रयोग गरेको प्रविधी हाम्रो लागि रुचीकर थियो ।
हामीले एकोहोरो हेरेको चाल पाएपछि एउटीले हामीतिर हेरी । ‘के गरेको ?’ मैले सोधेँ । तर प्रश्नको उत्तर आएन । कसैले पनि हामीसँग बोल्न मानेनन् । तर हामीले भने कुराकानी गरेरै छाड्ने अड्डि कस्यौं ।
‘वेना फिर वेना फिर’
उनीहरु हामीतिर नआइसकेपछि हामी नै पानीमा डुबुल्की मार्ने निस्कर्षमा पुग्यौं । जुत्ता खोलेर पानीको गहिराई नाप्दै उनीहरु भएतिर लम्क्यौं । ‘के गरेको यो ?’ हामीले सोध्यौं । ‘नै बुझैल ।’ एउटीले भनि अनि बीचमा प्वाल पारेर कपडा बेरेको थाललाई लिएर पानीमा डुबुल्की मार्दै पल्लो छेउ पुगी । अनि पानीको सतहमा सतर्कतापूर्वक राखेर फर्की । जहाँ उसले अघिदेखिका माछा थुपारेर राखेकी थिइ । ‘माछा कसरी हो ?’ उनीहरु मुखामुख गर्न थाले । उनीहरुले साँच्चीकै हामीले बोलेको नबुझेकै हो भन्ने प्रष्ट भयो । मैले सोचेँ, ‘उनीहरुको भाषा जानेको भए कुराकानी गर्न समस्या त हुँदैनथ्यो ।’ भाषा नजान्नुको समस्या हामीलाई महसुस भयो । मैले उनीहरुकै बोलीको तालमा उनीहरुसँग कुरा गर्ने प्रयास गरेपनि असफल भएँ । तर अनायासै त्यसै मध्येकी एउटीले भनी, ‘पचास टका ।’ उसले यसो भनेपछि हामी छक्क प¥यौं र उसैलाई सोध्यौं, ‘पचास रुपैयामा कति किलो आउँछ ?’ तर उसले त्यसपछि केही बोलिन । बोल्छे की भनेर भिडियो क्यामेरा तेस्र्याएर यताउती खिँच्न थालेँ । ‘वेना फिर वेना फिर ।’ अनायासै पछाडीबाट कोही बोल्यो । हामी पछाडी फर्कियौं । परबाट ती बालिकाकी दिदीजस्ती लाग्ने एउटी किशोरी आउँदै थिइन् । उनले यसो भन्नासाथ बालिकाहरु मुख छोपेर अर्कोतिर फर्किए ।
‘नाम के हो ?’ मैले सोधेँ । तर कोही बोलेन । मैले उनीहरुलाई आफूतिर फर्कन लगाएँ । तर ‘वेना फिर वेना फिर ।’ फेरी त्यही शब्द दोहोरियो । कसैले केही मुख खोलेन । न त अनुहार नै देखाउन चाहे । तर फेरी पनि तिनै बालिका उदार देखिइन् । ‘समसा खातुन ।’ उनले भनिन् । अर्कीको पनि नाम थाहा पाएँ । तर बिर्से ।
हामी त्यो चिसो पानीबाट बाहिर निस्किँयौं । र फेरी उनीहरु तिर क्यामेरा तेस्र्यायौं । ‘वेना फिर वेना फिर ।’ एउटीले भनी । सबैले अनुहार छोपे । कोही अर्कोतिर फर्के । उनीहरु मात्र होइन, ६–७ वर्षका साना बालिकाहरुले समेत क्यामेरामा अनुहार देखाउन मानेनन् । हामीलाई पनि साह्रै रिस उठ्यो । ‘सम्सा खातुन ...’ मैले उनीहरुलाई नामले नै बोलाएँ । उनीहरु आफ्नो नाम थाहा पाएको भन्दै रिसाए । एउटीले दुई मिनेट लगाएर हामीलाई गाली गरी । उसले आफ्नै भाषामा के के भनी केही बुझिएन । मैले सोचेँ, ‘उनीहरुको भाषा नजानेर राम्रै भएछ ।’ तर एउटा वाक्य भने बुझेँ, ‘फिलिममे भर्ना करदेगेँ तोरो ।’
हामीलाई समयले साह्रो गरी समातेको त थिएन । तर समयको पञ्जाबाट हामी कसरी मुक्त हुन सक्थ्यौं र ? छिटो फर्कनुपर्ने मनस्थितीका दास भएका हामीहरु बाटोमा देखिएका विषयवस्तुहरुलाई पनि फर्कँदा खेरीको लागि साँच्दै कोशी ब्यारेजतर्फ बढ्यौं ।
.....
पुलमा रंगरोगन, वेल्डिङ लगायतका मर्मत भइरहेका थिए । भारतबाट झिकाइएका प्राविधिक र स्थानिय नेपालीहरुको साझा प्रयासमा पूर्वलाई पश्चिम नेपालसँग सम्पर्क कायम राख्ने प्रयास भइरहेको थियो । सानो भन्दा सानो लापरवाहि र क्षणिक त्रुटी मात्रले पनि कोशीको सो ब्यारेज नेपालीहरुको कालरात्री बन्न सक्छ । हाल चार वटा भारतीय कम्पनिहरुले अहिले ब्यारेजका विभिन्न भागहरुको मर्मत कार्य गरिरहेको जानकारी हामीले पायौं ।
कोशीलाई हेर्दा लाग्छ, कोशी पूर्वी नेपालको भाग्य विधाता हो, अन्न दाता हो । कोशी विना न त कोशी किनारका माझीहरुको काम छ, न त कोशी किनारमा आश्रय लिएर बस्ने हजारौं प्रजातीका जीवजन्तुहरुको । कोशीकै पानीले पूर्वी नेपालका कैयन भूभागहरु सिँचाइ गरिएका छन् । कोशीले बेलाबेलामा डुबान तथा कटानको वितण्डा मच्चाएको होला, तथापी कोशीको बाढीबाट पीडित प्रकाशपुरका बाबुराम कार्की भन्छन्, ‘कोशी नेपालीहरुको प्राण हो ।’
तर पछिल्ला दिनमा कोशी उच्च बाँधको कुरा झिकेर भारतले एकोहोरो रुपमा नेपाली प्राकृतिक स्रोत र साधनमाथि धावा बोलिरहेको छ । पचास मिटर भन्दा अग्लो बाँध बनाउन नहुने अन्तर्राष्ट्रिय मापदण्ड विपरीत २६९ मिटरको बाँध बनाउन एकोहोरो जिद्दी गरिरहेको छ । ‘भारतको त्यो अभिष्ट पुरा भएमा पूर्वी नेपालको तराई नेपालले सधैका लागि बगर बन्छ ।’ कार्कीले भने । त्यसैले कोशी उच्च बाँधको विरोध गर्नु हामी सबैको कर्तव्य हो र नेपाली भएकोमा हाम्रो जिम्मेवारी पनि ।
पुल नजिक राखिएको बोर्ड अनुसार पुलमा फोटो खिँच्न र माछा मार्न निषेध छ । तर नियमानुसार न त फोटो खिँच्न नै कसैले रोक लगायो, न त माछा मार्न नै । जहाँ नो पार्किङको बोर्ड राखिएको छ, त्यही भारतीय ठेकेदार कम्पनिका गाडीहरु पार्क गरिरहेका भेटिए ।
‘कोशीको माछा नखाइ त कसरी फर्कनु ?’ तारेको माछा चबाउन थालेँ । ‘अचेल त माछा नै पाइदैन ।’ पसल्नीले भनिन्, ‘माछा मार्न नै दिँदैन ।’ ती माछाहरु कोशीकै हुन् वा हामीले अघि भेटेको दहका ? कसले चिन्ने ?
माछासँगै हामीले कोशीलाई बाइबाइ भन्यौं र हान्नियौं एउटा घरको लागि । जसलाई हामीले फर्किँदालाई भनेर साँचेका थियौं । एउटा सानो घर, सुनसान स्थानमा छ । को होला त्यहाँ अनि के गर्दै होला ? मात्र यी दुई प्रश्नको खोजीमा हामी त्यस घरको अघिल्तिर रोकियौं ।
मेहेनती विन्देश्वर
पानीमा खुट्टा चोब्नुपर्ने भएकोले मैले अल्छी मान्दै थिए । फेरी त्यहाँ बस्ने मानिस भेटिने हो वा होइन ? शंकै शंकामा हामी सानो कुलेसो तरेर त्यो सानो घरको अनुसन्धानको लागि गयौं ।
त्यो सुनसान सानो घरमा ६० वर्षिय विन्देश्वर मण्डल भेटिए । हरीपुरको सो एकलासको भूभागमा उनले आफ्नो परिवारको लागि आयस्रोत जुटाउने प्रयास गरेका रहेछन् । सरकारी तीन विगाहा सो जग्गामा उनले विभिन्न तरकारीहरु लगाएका रहेछन् । कोशीको बाढीबाट पिडीत बनेका विन्देश्वरले आफ्नो १० जनाको परिवार पाल्नकै लागि सो ठाउँमा खेती गरेका रे ।
रातो रंगको धोती र रुद्राक्षको माला लगाएका उनले भने, ‘म बाबाजी हुँ, तरपनि मेहेनत गर्छु ।’ साह्रै घत लाग्ने उनको यो वाक्यलाई हामीले फर्कंदासम्म पनि मनमा खेलाइरह्यौं । विद्यदेश्वरले मागेर खान जानेनन् । न त सरकारले यो दिएन र ऊ दिएन भनेर गुनासो नै गरे । उनले मेहेनत गरे । सार्वजनिक जग्गा नै किन नहोस् । उनले सार्वजनिक जग्गा खन्यो भनेर विरोध गर्ने कसले ? र विरोध गर्नुको औचित्य पनि छैन । किनकी सरकारले खोस्रिन नसकेको जमिन खोस्रिएर उनले के बिगारे ? विन्देश्वरले कमसेकम जमिनबाट तरकारी उब्जाएर दश जनाको परिवारलाई त पालेका छन् ।
फर्कने बेलामा उनले हामीलाई तरकारी लान भन्दैथिए । हामीले कति पैसा भनेर सोध्यौं । उनले पैसाको कुरै गर्न चाहेनन् । यसबाट हामी झन् प्रभावित भयौं । विन्देश्वर मेहेनती मात्र होइन, मनकारी पनि रहेछन् ।
असमानताको पुष्टि
फर्कदाँ हामीले अघि माछा मार्ने बालिकाहरुलाई त्यही दहमा खोज्यौं । उनीहरुले माछा मारेको दहमा अहिले भने केटाहरु डुबुल्की मार्दै नुहाउँदै थिए । हामीले छेउमै बसेर क्यामेरा तेस्र्यायौं । उनीहरु झन् उत्साहित हुँदै पौडी खेल्न थाले । अघिका बालिकाहरु जस्तो क्यामेरा देख्ने बित्तिकै मुख छोपेनन् । मैले सोचेँ, नेपाली समाजमा व्याप्त लैङ्गिक असमानताको एउटा सानो तर प्रभावकारी नमुना हो यो ।
...
बेतोडसँग चलिरहेको हावालाई उछिन्दै हामी अघि बढ्यौं । कोशीको बाढीले थुपारेका वालुवा राजमार्गमा पानीको लहरा झैं उडिरहेको दृश्यले मरुभूमीको आभाष दिन्थ्यो । कोशी ब्यारेजमा भइरहेको मर्मतले आशाको किरण जगाएतापनि इटहरी र व्यारेज बिचको मरुभुमीलाई हेर्दा संकट फेरी दोहोरिने त होइन भनेर हामीलाई यात्राभर झस्काइरह्यो ।
...............................................................................
घामले इटहरीलाई चियाउने तरखर गर्दै थियो । हामी इटहरीबाट महेन्द्र राजमार्गलाई पछ्याउँदै पश्चिमतर्फ लाग्यौं । इटहरीलाई छोड्नु कुनै नौलो कुरा थिएन । तर नयाँ कुरा जान्ने जिज्ञासा थियो । हाम्रो गन्तव्य थियो, कोशी ब्यारेज ।
महेन्द्र राजमार्गमाथि बनाइएको उक्त पुलको लागि इटहरीबाट साथी गोकुलसँगै मेरो यात्रा सुरु भयो । बाटोमा भेटिने विभिन्न विषयवस्तुहरुको तथा समाचारको खोजीमा कुनै खास तयारी विना यात्रा तय गर्न हामी तयार थियौं ।
जीवित छन् आशाहरु
‘चरेस खानु तर हरेश नखानु ।’ शायद कुनै दुव्र्यसनीले भनेको थियो होला यो । तर भनाई आधा सत्य छ । हरेश खाने मानिसले जीवनमा कुनै काम नै गर्न सक्दैन । मानिसले जीवनमा ऊर्जा लिएर बाँच्नुपर्छ र त्यो आशा र ऊर्जाको एउटा झिल्को पूर्वी कुशाहामा हामीले देख्यौं ।
कोशीमा ६५ सालमा आएको बाढीले नदीको पूर्वी तटबन्ध भत्काउँदा धार परिवर्तन गरी गाउँ पसेको नदीले धेरै वितण्डा मच्चायो । कतिको ज्यान लियो, धेरैलाई बेघरबार बनायो । उक्त बाढीका कारण घरबार गुमाउने बाढी पीडितहरु बसेको उजाड बलौटे जमिनलाई मैले इनरुवादेखि नै पछ्याउदै आएको थिएँ । सोही क्रममा मेरा आँखा अनायासै राजमार्ग दक्षिणको एउटा घरमा गएर अडिए । जहाँ ६० वर्षे एक वृद्ध आफ्नो आँगनको वालुवा खोस्रदै त्यसभित्र मकैका दाना हाल्दै थिए ।
प्रकृतीलाई कसैले जित्न सक्दैन । ढुङ्गामा विरुवाले जरा फिँजाउन सक्दैन । वालुवामा उब्जनी हुन सक्दैन । तथापी आशा जीवित छ । ‘हुन्छ कि भनेर रोपेको ।’ ६० वर्षिय खलिल मियाँले भने । कोशी किनारमा आफ्नो १० कठ्ठा जमिन वालुवाले पुरेको आफ्नै आँखाले हेरेका मियाको लागि अहिलेको बसाँई पक्कैपनि चित्त बुझ्दो छैन । ‘खेती हुन्थ्यो, गाईवस्तु थिए ।’ उनले सुनाए । हलो धसेर खेत जोतेको अनि बेमतलबसँग खेतमा मकै हु¥र्याएको आजै जस्तो लाग्छ उनलाई । तर अहिले भने उनी मकैको एउटा, एउटा दाना पनि केलाउँदै जमिन खोस्रदै रोप्दैछन् । चालिस हजार भन्दा बढी कोशी पीडितहरुले भोगेको कहालीलाग्दो क्षण उनले पनि भोगे जीवनमा । ‘कसले सोचेको थियो र हामीले शरणार्थी भएर वालुवामा बस्नुपर्छ भनेर ।’ आफ्नो घर खेतमा बालुवाको कारण बस्नै नसकिने भएपछि उनले मासिक दुई सय रुपैया साहुलाई बुझाएर उनले सो स्थानमा एक कठ्ठा जमिन भाडामा लिए । अनि सरकारले जग्गाको क्षतीपूर्ती स्वरुप दिएको मुआबजाले घर बनाए । खानेपानीको लागि सरकारले ट्युबबेल दिएको र चर्पी पनि बनाइदिने आश्वासन समेत पाएका छन् ।
तर मानिसलाई जतिले पनि पुग्दैन भनिन्छ । कोशी पीडितहरुले हामीले यो पायौं भनेर कहिल्यै भन्दैनन् । सधै हातमात्र थापिरहन्छन् । हुन त कोशी पीडितको नाममा सक्नेले थुप्रै खाए । राज्यको सहयोगका साथै स्थानिय सहयोगमा ब्रम्हलुट गरे । अझ अहिले पनि कोशी पीडित क्ष्इोत्रमा आएका कार्यक्रम चलाउन दिनुपर्छ भनने कुराहरु उठीरहेका छन् । वास्तवमा यस्ता कुराहरुले कोशी पीडितहरुको नाममा व्यापक राजनीति र ठगी भएको देखिन्छ । जसलाई काम गर्न नसकेमा अन्तर्राष्ट्रिय स्तरमै पीडितहरुको पनि छवि बिग्रिन सक्छ ।
खलिल मियाँको वालुवामा जीवन खोज्ने प्रयास हेरीसकेपछि हामी अघि बढ्यौं । तर दुई सय मिटर अघि बढेका मात्र के थियौं, राजमार्गको उत्तर तिर देखेको एउटा दृश्यले फेरी हामी रोकिन बाध्य भयौं ।
केही महिलाहरु बालुवामा खनिखोस्री गर्दैथिए । सिँचाइको लागि विछ्याएको पाइप सहितको प्रविधीमा उनीहरु मकैका दाना रोप्दै थिए । ‘उम्रिन्छ कि ।’ साजन खातुनले आशा व्यक्त गरिन् । उनी लगायत सो स्थानमा १५ घर परिवारले संयुक्त रुपमा खेती गर्छन् । खेतीका लागि करेला, मै, तरबुजा लगाउने तयारी भइरहेको थियो ।
‘राम्रो बोरिङ दिए त राम्रो हुन्थ्यो ।’ उनले भनिन् । जमिनको पानी तानेर ट्याङ्कीमा भरेर स–साना पाइप मार्फत् सिँचाइ गर्ने विधि त्यती प्रभावकारी नभएको उनको गुनासो थियो ।
हामी त्यहाँबाट पनि अघि बढ्यौं । कोशी ब्यारेज पुग्न हिँडेका हामी बाटोमा अल्झिरहेका थियौं । सोही क्रममा कोशीले भत्काएको सडक छेउ जमेको पानीमा माछा मारिरहेका केही बालिकाहरुमा हाम्रो आँखा अडियो । बिहान सिर्सिर चलिरहेको बतासले उब्जाएका लहरामा डुबुल्की मार्दै उनीहरुले दहमा माछा खोजिरहेका थिए । वास्तवमा उनीहरुले माछा मार्न प्रयोग गरेको प्रविधी हाम्रो लागि रुचीकर थियो ।
हामीले एकोहोरो हेरेको चाल पाएपछि एउटीले हामीतिर हेरी । ‘के गरेको ?’ मैले सोधेँ । तर प्रश्नको उत्तर आएन । कसैले पनि हामीसँग बोल्न मानेनन् । तर हामीले भने कुराकानी गरेरै छाड्ने अड्डि कस्यौं ।
‘वेना फिर वेना फिर’
‘नाम के हो ?’ मैले सोधेँ । तर कोही बोलेन । मैले उनीहरुलाई आफूतिर फर्कन लगाएँ । तर ‘वेना फिर वेना फिर ।’ फेरी त्यही शब्द दोहोरियो । कसैले केही मुख खोलेन । न त अनुहार नै देखाउन चाहे । तर फेरी पनि तिनै बालिका उदार देखिइन् । ‘समसा खातुन ।’ उनले भनिन् । अर्कीको पनि नाम थाहा पाएँ । तर बिर्से ।
हामी त्यो चिसो पानीबाट बाहिर निस्किँयौं । र फेरी उनीहरु तिर क्यामेरा तेस्र्यायौं । ‘वेना फिर वेना फिर ।’ एउटीले भनी । सबैले अनुहार छोपे । कोही अर्कोतिर फर्के । उनीहरु मात्र होइन, ६–७ वर्षका साना बालिकाहरुले समेत क्यामेरामा अनुहार देखाउन मानेनन् । हामीलाई पनि साह्रै रिस उठ्यो । ‘सम्सा खातुन ...’ मैले उनीहरुलाई नामले नै बोलाएँ । उनीहरु आफ्नो नाम थाहा पाएको भन्दै रिसाए । एउटीले दुई मिनेट लगाएर हामीलाई गाली गरी । उसले आफ्नै भाषामा के के भनी केही बुझिएन । मैले सोचेँ, ‘उनीहरुको भाषा नजानेर राम्रै भएछ ।’ तर एउटा वाक्य भने बुझेँ, ‘फिलिममे भर्ना करदेगेँ तोरो ।’
हामीलाई समयले साह्रो गरी समातेको त थिएन । तर समयको पञ्जाबाट हामी कसरी मुक्त हुन सक्थ्यौं र ? छिटो फर्कनुपर्ने मनस्थितीका दास भएका हामीहरु बाटोमा देखिएका विषयवस्तुहरुलाई पनि फर्कँदा खेरीको लागि साँच्दै कोशी ब्यारेजतर्फ बढ्यौं ।
.....
पुलमा रंगरोगन, वेल्डिङ लगायतका मर्मत भइरहेका थिए । भारतबाट झिकाइएका प्राविधिक र स्थानिय नेपालीहरुको साझा प्रयासमा पूर्वलाई पश्चिम नेपालसँग सम्पर्क कायम राख्ने प्रयास भइरहेको थियो । सानो भन्दा सानो लापरवाहि र क्षणिक त्रुटी मात्रले पनि कोशीको सो ब्यारेज नेपालीहरुको कालरात्री बन्न सक्छ । हाल चार वटा भारतीय कम्पनिहरुले अहिले ब्यारेजका विभिन्न भागहरुको मर्मत कार्य गरिरहेको जानकारी हामीले पायौं ।
कोशीलाई हेर्दा लाग्छ, कोशी पूर्वी नेपालको भाग्य विधाता हो, अन्न दाता हो । कोशी विना न त कोशी किनारका माझीहरुको काम छ, न त कोशी किनारमा आश्रय लिएर बस्ने हजारौं प्रजातीका जीवजन्तुहरुको । कोशीकै पानीले पूर्वी नेपालका कैयन भूभागहरु सिँचाइ गरिएका छन् । कोशीले बेलाबेलामा डुबान तथा कटानको वितण्डा मच्चाएको होला, तथापी कोशीको बाढीबाट पीडित प्रकाशपुरका बाबुराम कार्की भन्छन्, ‘कोशी नेपालीहरुको प्राण हो ।’
तर पछिल्ला दिनमा कोशी उच्च बाँधको कुरा झिकेर भारतले एकोहोरो रुपमा नेपाली प्राकृतिक स्रोत र साधनमाथि धावा बोलिरहेको छ । पचास मिटर भन्दा अग्लो बाँध बनाउन नहुने अन्तर्राष्ट्रिय मापदण्ड विपरीत २६९ मिटरको बाँध बनाउन एकोहोरो जिद्दी गरिरहेको छ । ‘भारतको त्यो अभिष्ट पुरा भएमा पूर्वी नेपालको तराई नेपालले सधैका लागि बगर बन्छ ।’ कार्कीले भने । त्यसैले कोशी उच्च बाँधको विरोध गर्नु हामी सबैको कर्तव्य हो र नेपाली भएकोमा हाम्रो जिम्मेवारी पनि ।
पुल नजिक राखिएको बोर्ड अनुसार पुलमा फोटो खिँच्न र माछा मार्न निषेध छ । तर नियमानुसार न त फोटो खिँच्न नै कसैले रोक लगायो, न त माछा मार्न नै । जहाँ नो पार्किङको बोर्ड राखिएको छ, त्यही भारतीय ठेकेदार कम्पनिका गाडीहरु पार्क गरिरहेका भेटिए ।
‘कोशीको माछा नखाइ त कसरी फर्कनु ?’ तारेको माछा चबाउन थालेँ । ‘अचेल त माछा नै पाइदैन ।’ पसल्नीले भनिन्, ‘माछा मार्न नै दिँदैन ।’ ती माछाहरु कोशीकै हुन् वा हामीले अघि भेटेको दहका ? कसले चिन्ने ?
माछासँगै हामीले कोशीलाई बाइबाइ भन्यौं र हान्नियौं एउटा घरको लागि । जसलाई हामीले फर्किँदालाई भनेर साँचेका थियौं । एउटा सानो घर, सुनसान स्थानमा छ । को होला त्यहाँ अनि के गर्दै होला ? मात्र यी दुई प्रश्नको खोजीमा हामी त्यस घरको अघिल्तिर रोकियौं ।
मेहेनती विन्देश्वर
पानीमा खुट्टा चोब्नुपर्ने भएकोले मैले अल्छी मान्दै थिए । फेरी त्यहाँ बस्ने मानिस भेटिने हो वा होइन ? शंकै शंकामा हामी सानो कुलेसो तरेर त्यो सानो घरको अनुसन्धानको लागि गयौं ।
त्यो सुनसान सानो घरमा ६० वर्षिय विन्देश्वर मण्डल भेटिए । हरीपुरको सो एकलासको भूभागमा उनले आफ्नो परिवारको लागि आयस्रोत जुटाउने प्रयास गरेका रहेछन् । सरकारी तीन विगाहा सो जग्गामा उनले विभिन्न तरकारीहरु लगाएका रहेछन् । कोशीको बाढीबाट पिडीत बनेका विन्देश्वरले आफ्नो १० जनाको परिवार पाल्नकै लागि सो ठाउँमा खेती गरेका रे ।
रातो रंगको धोती र रुद्राक्षको माला लगाएका उनले भने, ‘म बाबाजी हुँ, तरपनि मेहेनत गर्छु ।’ साह्रै घत लाग्ने उनको यो वाक्यलाई हामीले फर्कंदासम्म पनि मनमा खेलाइरह्यौं । विद्यदेश्वरले मागेर खान जानेनन् । न त सरकारले यो दिएन र ऊ दिएन भनेर गुनासो नै गरे । उनले मेहेनत गरे । सार्वजनिक जग्गा नै किन नहोस् । उनले सार्वजनिक जग्गा खन्यो भनेर विरोध गर्ने कसले ? र विरोध गर्नुको औचित्य पनि छैन । किनकी सरकारले खोस्रिन नसकेको जमिन खोस्रिएर उनले के बिगारे ? विन्देश्वरले कमसेकम जमिनबाट तरकारी उब्जाएर दश जनाको परिवारलाई त पालेका छन् ।
फर्कने बेलामा उनले हामीलाई तरकारी लान भन्दैथिए । हामीले कति पैसा भनेर सोध्यौं । उनले पैसाको कुरै गर्न चाहेनन् । यसबाट हामी झन् प्रभावित भयौं । विन्देश्वर मेहेनती मात्र होइन, मनकारी पनि रहेछन् ।
असमानताको पुष्टि
फर्कदाँ हामीले अघि माछा मार्ने बालिकाहरुलाई त्यही दहमा खोज्यौं । उनीहरुले माछा मारेको दहमा अहिले भने केटाहरु डुबुल्की मार्दै नुहाउँदै थिए । हामीले छेउमै बसेर क्यामेरा तेस्र्यायौं । उनीहरु झन् उत्साहित हुँदै पौडी खेल्न थाले । अघिका बालिकाहरु जस्तो क्यामेरा देख्ने बित्तिकै मुख छोपेनन् । मैले सोचेँ, नेपाली समाजमा व्याप्त लैङ्गिक असमानताको एउटा सानो तर प्रभावकारी नमुना हो यो ।
...
बेतोडसँग चलिरहेको हावालाई उछिन्दै हामी अघि बढ्यौं । कोशीको बाढीले थुपारेका वालुवा राजमार्गमा पानीको लहरा झैं उडिरहेको दृश्यले मरुभूमीको आभाष दिन्थ्यो । कोशी ब्यारेजमा भइरहेको मर्मतले आशाको किरण जगाएतापनि इटहरी र व्यारेज बिचको मरुभुमीलाई हेर्दा संकट फेरी दोहोरिने त होइन भनेर हामीलाई यात्राभर झस्काइरह्यो ।
प्रतिक्रिया दिनुहोस् >>

