दुर्घटना घटाउन पुराण

'यो ठाउँमा दिनैजस्तो दुर्घटना हुन्थ्यो ।’ मोरङको लक्ष्मीमार्गस्थित चिसाङ भाङबारी केशलिया पुलनजिकको सडक खण्ड देखाउँदै स्थानिय खगेन्द्र गौतमले भने, ‘हात, खुट्टा छरपष्ट हुनेगरी मानिस मर्थे ।’
हप्तैपिच्छे कोही न कोही सडक दुर्घटनामा परेको तथा मृत्यु भएको सुन्नुपर्ने अवस्थालाई समाधान गर्न स्थानियहरु मन्दिर बनाउन जुटे । दैवी शक्तिको कारण दुर्घटना र मानिस मर्ने क्रम बढेको अनुमान स्थानियको थियो । दुर्घटना बढेपछि गत वर्ष पुराणमार्फत् रकम संकलन गरी मन्दिर बनाए । ‘मन्दिर बनाएपछि दुर्घटना निकै कम भएको छ ।’ मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका गौतमले भने ।
गौतमका अनुसार मन्दिर बनाएपछि सो ठाउँमा साना तिना दुर्घउटना बाहेक मानिसको ज्यान नै जानेगरी दुर्घटना भएको छैन । अघिल्ला वर्षहरुमा महिनामा कम्तिमा एक जनाको मृत्यु हुनेगरी दुर्घटना हुने सो स्थानमा मन्दिर बनाएदेखि दुर्घटनाबाट कसैको पनि ज्यान नगएको स्थानियको भनाई छ ।
सवारी साधनहरुको संख्यामा निरन्तर वृद्धि तथा चालकहरुको लापरवाहीका कारण सडक दुर्घटना बढीरहेको छ । दुर्घटना घटाउन ट्राफिक प्रहरीले ठाउँ ठाउँमा हम्प्स राख्ने गरेका छन् । भने कतिपय स्थानमा प्रहरीहरु ठूलो संख्यामा परिचालित हुने गरेका छन् ।
तर मोरङको डाँगिहाट ५ स्थित लक्ष्मिमार्गमा भने दुर्घटना न्युनिकरणको लागि पुराण लगाइएको छ । पछिल्ला पाँच वर्षको अवधिमा ६३ जनाको ज्यान जानेगरी सो स्थानमा सवारी दुर्घटना भएको स्थानिय बताउँछन् ।
पुराणको मुख्य मण्डप अगाडी कलसमा दुर्घटनामा परि ज्यान गुमाएकाहरुको तस्विर पनि राखिएको छ । मन्दिर बनाउन सहयोग गर्ने सबैलाई सम्मान गर्ने गरिएको आयोजकले बताएको छ । मन्दिर बनेपछि दुर्घटना त घट्यो तर यसलाई दैवी चमत्कार मान्ने वा नमान्ने ? अथवा के मान्ने ?

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :