संबिधान लेखनकै बिसयमा दलहरुबिच मतभेद
Posted by
purwanews
Published on
Sunday, February 27, 2011
०५२ सालदेखि ०६३ साल सम्मको दौरानमा नराम्रोसंग आन्तरिक द्वन्दको भुमरीमा फसेको नेपाल वृहत शान्ति संझौता ०६३ , ऐतिहाँसिक संविधानसभा निर्वाचन०६३/०६४ हुँदै मुलुकको एउटा मुल कानुन नयाँ संविधान लेख्ने मोडमा आइपुगेको छ भने नेपाल पूर्ण रुपमा गणतन्त्रमय भइसकेको पनि करिव २ बर्ष हुन थालिसक्यो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउने र नयाँ नेपालको नयाँ संविधान लेख्ने जिम्मेमवारी बोकेका बिभिन्न राजनितिक दलहरु सहमतिको राजनितीदेखि चुक्दै आज आ-आफूमा नै मतभेतको सृजना गर्नुका कारण नया संबिधान लेखन कार्यमा ढिलाई भइरहेको छ । नयाँ संविधान लेखनको यो महत्वपूर्ण घडि र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु-याई तोकिएकै समयमा संबिधान निर्माण गर्ने र नेपाललाईअग्रगामी सुधार कार्यहरु अगाडि बढाउने घडिको रुपमा संवेदनशिल रहनुपर्ने वर्तमान सरकार मुलुकलाई सरकार विहिनको अवस्थामा पु-याइरहेको छ । दिन दहाडै बीच सडकमा हत्या, अपहरण, चोरी डकैटी जस्ता अपराधिक कार्यहरुले गतिले लिइरहेका छन् । पुलिस प्रशासन अपराधिक कार्यमा आफु आफु नै संलग्न हुन थालेका छन भने संलग्न अपराधीहरुपनि कारवहिको दायरामा ल्याउन नसकिरहेको अवस्था छ ।
अर्को तिर १० बर्ष जनयुद्ध संचालन गरेको ऐतिहाँसिक संविधान सभाको निर्वाचनमा सबै भन्दा ठूलो दलको रुपमा स्थापित एकिकृत नेकपा माओवादीलाई नै सरकारको नेतृत्व गरी संबिधान निर्माण गर्ने जनम्यान्डेट भएतापनि राजनितिक दलहरुबीचको हानथाप र कुर्चिको खेलले नै देशी विदेशी शक्तिको आडमा सरकार वनाउने र ढाल्ने खेलमा तिब्र मलजल भइनै रह्यो भने नयाँ संविधान निर्माण कार्यलाई ओझेलमा पारिएको छ । आज राजनितिक दलहरुले देश विकाशको मेरुदण्डको रुपमा रहेका युवा पिढीहरुलाई स्वदेशमै रोजगोरीको अवसरहरु पैदा गरी विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकतालाई छेउ राखी त्यसको विपरित राजनितिक अस्थिरता र विसंगतिहरुलाई वढावा दिंदै विदेशिन प्रोत्साहित गरिरहेका छन् भने बचेकुचेका युवाहरुलाई पनि विभिन्न वर्गिय दस्ताहरु खोल्ने होडबाजी गर्दै विकाशशील कार्यमा संग्लग्न गराउनुको साटो अपराधिक कार्यहरुमा क्रायिशील गराइरहेका छन् ।
हामी देखि रहेका छौ मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने तथा देशबासीहरुको सुरक्षार्थ तथा आधारभुत आवश्यकताहरु पुरा गराउने ठेक्का लिनुपर्ने नेपाल सरकार र त्यसका सरकार प्रमुखको आसिन प्रधानमन्त्री माधव ले देशमा पुन: द्वन्द निम्ताउने कुचेष्टा स्वरुप ४० प्रतिशत नेपालीहरुको मतले सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा माओवादीलाई लिट्टे वनाउछु भन्दै कुर्लिइरहेका छन । भने सरकारका मन्त्रिहरु मुलुकको ढुचुटीमा दाई गर्दै बिदेश भ्रमणमा जानमा नै ब्यास्त छन ।
नयाँ संविधान जारीहुने मिति आगामी जेठ १४ गते नया संबिधान निर्माण भएन भने हाम्रो देश नै ठुलो संकटको भुमरिमा पर्न सक्छ नागिरक समाज, संचार जगत, तथा हामी देश विदेशमा रहेका युवावर्गहरु मिलेर चारैतिरबाट दवावहरु सृजना गर्नु अहिलेको आवश्यकता देखिएको छ भने राजनितिक दलहरुले पनि पार्टीगत स्वार्थ भन्दा माथि उठी राष्ट्रिय स्वार्थमा नेपाली जनताको चाहना वमोजिम नयाँ संविधान तोकिएकै समयमा जारी गर्नको निम्ति घन्तिएका आवाजहरु सुनिदिएको खण्डमा समयमै नेपालको नया संबिधान निर्माण गर्न सकिन्छ त्यसैले नेपालको नया संबिधान निर्माण गर्नमा सबै सजग रहनु अपरिहार्य छ ।
योगेन्द्र वियोगी"हिमाल" संखुवासभा
yogen.reporter@yahoo.com
yogen.reporter@yahoo.com
प्रतिक्रिया दिनुहोस् >>