मानसिक सन्तुलन गुमाएका एक नेपाली मलेसियाबाट फिर्ता
Posted by
purwanews
Published on
Sunday, February 27, 2011
योगेन्द्र योगी/क्वालालाम्पुर
रोल्पा जिल्ला घर भई आज भन्दा ३ वर्ष अगाडि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आइपुगेका प्रेम केसी मानसिक सन्तुलन गुमाएका कारण यहाँको नेपालीहरुको सक्रियतामा गत सोमबार स्वदेश फिर्ता पठाईएको छ ।
प्रेम केसी मलेसियाको निलाई शहरस्थित युनाईटेड मोर कम्पनीमा कार्यरत थिए । उनले बिगत ४ महिनादेखि मानसिक सन्तुलन गुमाएका थिए । उनलाई मलेसियन धामी झाँक्री लगायत मेडिकल उपचार गर्दा पनि स्वाथ्यमा सुधार नआएकोले कम्पनीले घर जाने टिकटको ब्यबस्था मिलाई दिएको हो । उनले धुम्रपान तथा मद्यपान गरेपछि साथीहरुलाई नराम्रा नराम्रा अपशब्द बोल्दै जथाभावी गाली गर्दै हिड्ने गर्दथे ।
काठमाडौंदेखि घरसम्म पुग्ने खर्च नभएको कारण नेपाली, भियतनामी, बंगलादेशी र म्यान्मार लगायतका उनका साथीभाईहरुबाट रकम उठाई जम्मा भएको आरएम ८०० र मलेसिया निलाई स्थित नेपाली एकता समाजबाट आरएम ५१ गरी जम्मा आरएम ८५१ निज प्रेम केसीलाई हस्तारण गरिएको थियो । सो रकम ठाकुर खतिवडा र खडकबहादुर बटालाको सक्रियतामा जम्मा भएको थियो । निज प्रेम केसी सकुशल नेपाल पुगेको खबर प्राप्त भएको
प्रतिक्रिया दिनुहोस् >>