बिचार

बोक्सीको नाममा महिलामाथि यातनाआरोप एक घटना अनेक ÷दोषीलाई कारवाही भएन ÷स्वार्थपूर्तीका लागि यातना
विनोद चौधरी
वश्व २१ औं शताब्दीमा पुगिसकेको छ । तथापी बोक्सीको आरोपमा अमानवीय व्यवहार, यातना तथा उत्पीडनबाट महिलाहरुले छुटकारा पाउन सकेका छैनन् । आधुनिक संसारले विश्वलाई परिष्कृत गरि सकेको अवस्थामा नेपाली महिलाहरु कुसंस्कार, कुप्रथाको जंजिरबाट मुक्त हुन सकेका छैनन् । मानव सभ्यताको इतिहासमा मानव संस्कृति र मानवीय व्यवहारहरु सुधार हँुदै उत्कृष्ट भएको दावी गरेको अवस्थामा यस किसिमको अमानवीय व्यवहारले समग्र मानव जातिलाई नै कलंकित गर्ने बोक्सी प्रथा सबैको लागि चुनौती बनेको छ ।
नेपाल सरकारले बोक्सी प्रथालाई कुनै पनि किसिमले बढावा दिने तथा दोषीलाई उन्मुक्ति दिने बताउँदै आएको छ । तर पनि प्रहरी प्रशासनकै संरक्षणमा बोक्सी प्रथालाई वढावा दिने तथा दोषीलाई उन्मुक्ति दिने गरिएको पाइएको छ । आजको दिनमा पनि नेपालका विभिन्न भागहरुमा दिनानुदिन बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमुत्र खुवाउने, नङ्ग्याएर गाली बेइज्जती गर्ने, जुत्ताको माला लगाई गाउँ घुमाउने तथा गाउँबाट निकाला गर्ने लगायतका घटनाहरु घटिरहेका छन् । कानुनको सर्वमान्य सिद्धान्तअनुसार कानुनको अनभिज्ञता क्षम्य हँुदैन । तथापी नेपाल जस्तो देशमा शिक्षाबाट वन्चित भएका बहुसंख्यक समुदायमा कतिको उपयुक्त छ त ? नेपालले यो सर्वमान्य सिद्धान्तको बिँडो मात्र थामेर भएन, यसको लागि सरकार स्वयम्ले जनचेतनाको अभियान नै चलाउनु पर्ने देखिन्छ । यस किसिमको अभियानबाट पीडितलाई सशक्त र पीडकलाई निरुत्साहित पार्दै लानुपर्ने हुन्छ ।
यस किसिमका घटनामा पीडित जहिले पनि हरेक हिसावले कमजो रहेको छ भने पिडिक हरेक हिसावले वलियो पाईएको छ । घटनाहरुमा पीडितले न्यायिक उपचार कमै पाएको अवस्था छ र उपचार पाए पनि नाम मात्रको छ । पिडकहरु घटनाबाट उन्मुक्ती पाएको तथा सजाय नपाएका कारण उत्साहित छन् । तर यता पीडितले न राजनीतिक संरक्षण पाएको छ न त प्रशासनबाट न्याय नै । यस किसिमका घटनाका पीडितहरु समाजमा जबरजस्ती दबिएर बसेका छन्, शारीरिक र मानसिक यातना सहेर बसेका छन् । बोलवाला तथा समाजमा दबदबा कायम गर्ने पीडककै पक्षमा दल तथा प्रशासन देखिन्छन् ।
यसर्थ यस किसिमको अरातलिय अवस्थाले हामी समाज, सरकार, प्रशासन, राजनीतिकर्मीहरु यसप्रति जिम्मेवार हुने वा नहुने, सोचनिय विषय हो । महिलाको सवालमा काम गर्ने भन्ने जहिले पनि नागरिक समाज तथा संस्थाको सरोकारको सवाल हो वा यो संस्थाले हेर्छ भनी हरेक क्षेत्रवाट उत्तर आउँछ । महिलाको समस्या हाम्रो होइन भनेर जिम्मेवार निकाय तथा व्यक्तिहरुबाट संस्था तिर पठाउने गरिन्छ । आखिर त्यो जिम्मेवार निकाय तथा व्यक्ति कसको लागि ? उसको काम के त ? यस्ता कैयन् गहन सवालहरु, जिज्ञासाहरु र चित्त नबुझेका विभिन्न किसिमका बोक्सीका घटनाहरुमा हामी काम गर्ने दौरानमा चुनौतीको समानमा गर्नुप¥यो । केही घटनाहरुमा पीडितले बाध्यताले मिल्नु प¥यो भने घेरै घटनाहरु हालसम्म कानुनी उपचार नपाइसकेको अवस्थामा छन् । जसको कारण पीडितहरुले थप बद्नामी र धम्की मात्र पाउने गरेका छन् । प्रस्तुत छ केही घटनाहरु ः
भनेको नमान्दाः सुनसरी सदरमुकाम इनरुवादेखि पाँच किलोमिटर दक्षिण बबिया गाविसका सुवेदालाई (नाम परिवर्तन) स्थानिय कलिम खाँ लगायत केहि व्यक्तिहरुले बोक्सीको आरोप लगाई मुक्का, लात्ती, र्इँटाढुङ्गा लगायतका वस्तुले शरीरका विभिन्न भागमा निर्घात कुटपिट गरी २०६६ जेठ २३ गते शनिबार दिउँसो करिब दुई बजे बाँसको ढुंग्रोमा मलमुत्र घोलेर खुवाए ।
यस अघिपनि पटक–पटक बोक्सीको आरोपमा सुवेदाले कुटाइ खाने गरेकी थिइन् । श्रीमान. वैदेशिक रोजगारमा गएका सुवेदा स्थानिय कलिमको घरमा काम गर्दै आएकी थिइन् । भनेअनुसारको काम नगरेको र पैसा कमाएको रिसमा यातना दिएको खुल्न आयो । पीडितका तीन जना छोराछोरीलाई समेत समेत स्थानिय मदरसा र विद्यालयबाट बोक्सीको छोराछोरी भन्दै निकालिदिएका छन् ।
घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्दा चलिरहेको छ । विभिन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा अवगत गराउँदा पीडितले आश्वासन बाहेक केही पनि पाउन सकेका छैनन् तर पिडकबाट भने निरन्तर धम्की र यातनाहरु पाइरहेको पीडितले बताउने गरेकी छिन् । तर यता सुरक्ष दिन भनेर बसेको प्रशासन भने मौन छ ।
बिरामी हु“दाः ०६६ भदौ २९ गते सुनसरीको जल्पापुरकी ममतालाई (नाम परिवर्तित) बिहानको पाँच बजे सुतीरहेको अवस्थामा स्थानिय पुनिता नाम गरेकी युवतीले मलाई भुत लगायो भन्दै ममता सुतेको ठाउँमा ओछ्यानमै गई कपाल समातेर लछारपछार पारी । ‘तैले मलाई किन बोक्सी मन्त्र लगाई भुत लगाइस् ? तेरो कारणले म बिरामी छु ।’ भनि ममताको कपाल समाई जगल्टाई मार्ने धम्की दिइ । नानाथरी बर्बराउँदै शरीरमा लगाएको वस्त्रहरु खोली अर्ध नग्न बनाई । लगत्तै भेला भएका पुनिताको घर परिवारका सदस्यहरुले समेत बोक्सीलाई नछोड भन्दै ममतामाथि कुटपिट गरे ।
त्यसको केही समयपछि खाना पकाउन चुल्हो बाल्नको लागि ममता पुनिताको घरमा आगो लिन गएकी थिइन् । आँगन बाहिर आगो हुँदा हँुदै किन साँझमा आगो लिन आँगन भित्र गएको भन्दै पुनिताका घरका सदस्यहरु आएर आगो हातबाटै खोलेर फिर्ता ल्याए । सोको केही दिनपछि पुनिता बिरामी भइन् जसको आरोप ममतामाथि नै लगाइयो । आगोमा बोक्सी मन्त्र लगाएको र बिरामी पारेको भन्दै कुटपिट गरे । सोही समयदेखि पुनिताको परिवारले आफ्ना सदस्य बिरामी परेलगत्तै ममतालाई दोष लगाउने गरेकाछन् ।
आफूमाथि अन्याय भएतापनि ममता बोल्न सकिनन् । किनकी प्रहरी प्रशासनबाट न्याय पाउने आशा थिएन । त्यसमा पनि पिडकको सामाजिक पहँुच राम्रो थियो । घटनाको उठान गर्दा उल्टै सामाजिक यातना सहनुपर्ने त्रासका कारण घटना त्यत्तीकै सेलायो । तर फेरी पनि पुनिताको कुनै सदस्य बिरामी होला र आफूमाथि आक्रमण होला भनेर ममता सधै त्रसित रहन्छिन् ।
पैसा नपाउ“दा ः सुनसरी जिल्लाको दक्षिणपूर्वी भारतीय सिमावर्ती क्षेत्र अमडुवा गाविस की फुलमाया गुरुङ्गलाई ०६६ श्रावण ३० गते कृष्णा जन्म अष्टमीको दिन फुलमायालाई बोक्सीको आरोप लगाइयो । उनकै देवरकी छोरी गोरो गुरुङ्ग नामको किशोरी भुत लागेको भनी फुलमाया बोक्सी हो भनी बेहोसीमा कराइन् । फूलमाया आफ्नो घरमा नाती खेलाएर बसिरहेकी थिइन् ।
त्यसैबेला फूलमायाको २२ वर्षको छोरालाई तेरो आमा बोक्सी हो र यदी विश्वास लाग्दैन भने गोरोलाई सोध् भनेर लगाए । गोरोले फेरी पनि त्यसरी नै बर्बराएपछि सबै जना फुलमायाको आँगनमा जम्मा भएर उनीमाथि अश्लिल अपशब्द प्रयोग गर्दै गाली गर्न थाले । आफूलाई धेरै गालि गरिएपछि फूलमाया पनि बोल्न बाध्य भइन् । फूलमायाले ‘म बोक्सी सोक्सी केही होइन । तिम्रो छोरीले पोई खोजेकी हो भनेपनि आँगनमा नातीलाई बोकेर बसिरहेकी गुरुङ्गलाई लछार पछार गरेर कुटपिट गर्न थालियो । यो बोक्सीलाई तह लगाउनु पर्छ टाउको नै छिनाई दिनुपर्छ भनी गाली गर्न थालियो । लछारपछार गरि लगाएको लुगा च्याती अर्धनग्न बनाइयो । प्रतिकार नै गर्न नसक्ने अवस्थामा रहेकी फूलमायालाई छोरा र बुहारीहरुले बचाएका थिए ।
सर्सर्ती हेर्दा यो घटना बोक्सीको परम्परागत मान्यताका आधारमा भएको जस्तो देखिएतापनि वास्तविकतामा पैसाको लोभका कारण भएको खुलासा भयो । पीडितको साइलो छोराको प्रहरी सेवामा विर्तामोडमा कार्यरत् हँुदा माओवादीसँगको लडाईँमा ०६६ चैत्र ८ गते मृत्यु भएको थियो । त्यही प्रहरी छोराको क्षतिपूर्तिवापत नौ लाख रुपैया प्राप्त गरेकी थिइन् फूलमायाले । उनले सो रकमबाट जग्गा समेत किनिन् । छोटो समयमा नै धनी भएको रिसमा उनीमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेको खुल्न आएको हो ।
सो घटनापछि समाजका बुद्धिजीवी तथा राजनीतिक दल र समुदाय बसेर पीडकलाई आइन्दा यस्तो नगर्ने भन्न लगाई छाडिएको छ कुनै सजाय दिइएन । न त पीडितलाई कुनै क्षतीपूर्ती नै दिइयो ।
यस्तै, सुनसरी कप्तानगञ्जकी सरितालाई (नाम परिवर्तण) सोर्ही ठाउँका महगा पण्डित लगायतका व्यक्तिहरुले ०६६ फाल्गुन मसान्तमा पैसाको निँहुमा झगडा हुँदा निलडाम हुने गरी कुटपिट गरी बाक्सीको आरोप लगाए । उनलाई मलमुत्र समेत खुवाइयो । सो घटनाको बारेमा कहिँ कतै सुनुवाइ नै भएन ।
प्रेम लुकाउनः २०६६ माघ ९ गते सुनसरी प्रकाशपुरकी राम कुमारीलाई (नाम परिवर्तित) सोही ठाउँका पद्म खड्काको समुहले बोक्सीको आरोपमा कुटपिट गरे ।
परिवारका सदस्यहरु बिरामी पर्दा झारफुकबाट निको हुन्छन् भन्ने विश्वासका खड्काले सो दिन पनि आफ्ना छोराछोरीको उपचारका लागि एकजना धामीलाई झारफुक गर्न बोलाएका थिए ।
धामीले रामकुमारीले बोक्सी लगाएको भनेर बताएपछि खडकाका समुहले आज यसलाई ठिक पार्नुपर्छ भन्दै रामकुमारी माथि हातपात गरे । बेहास हुनेगरी कुटपिट गरी कपालमा समातेर घिसार्दै नजिकै रहेको कोशी नदीमा लगि ज्यान मार्ने उद्देश्यले पानीमा डुबाउँदै फाल्दै गरेको अवस्थामा रामकुमारीको गुहार गुहार भनी सहयोग मागेपछि नजिकै रहेको गाउँ समाजका मानिसहरु घटनास्थलमा आएर रामकुमारीलाई बचाए ।
घटनाको कारणबारे बुझ्दा बिरामी भएकी खड्काकी छोरी र धामीबिच प्रेम सम्बन्ध थियो । धामीलाई नदेख्दा बिरामीको बहानामा धामीसँग भेट्ने गरेको समेत बताइएको छ । आफूहरुको प्रेम सम्बन्धको बारेमा रामकुमारीले थाहा पाएको शंका लागेपछि रामकुमारीलाई बोक्सीको आरोप लगाएको जानकारी प्राप्त भयो ।
घटनापछि पीडितले प्रहरी कार्यालय प्रकाशपुरमा दिएको निवेदनको आधारमा अब आइन्दा बोक्सीको आरोप नलगाउने र त्यसो भएमा कानुनी रुपमा सजाय व्यहोर्ने सहमत भई निर्णय भयो तर सामाजिक तथा शारिरिक चोटको घाउ भरिएन ।
मानसिक स्थिती गुम्दाः सुनसरी नरसिंहकी आरतीलाई (नाम परिवर्तित) गत माघमा बोक्सीको आरोपमा शरीरमा निलडाम हुनेगरी कुटपिट गरियो । त्यती मात्र होइन, मानिसको दिसा उनको मुखमा कोचियो पनि ।
घरमा बसीरहेको अवस्थामा सोही ठाउँका बिर्जलाल उराँवले आफ्नी छोरीलाई बोक्सीको मन्त्र लगाई पागल बनाएको भन्दै अश्लिल शब्द प्रयोग गरी गाली गलौज र कुटपिट गरे । दलबलका साथ पुगेका उराँवले बाँसको लाठी, लात्ती, मुड्कीले शरीरमा निल डाम हुने गरी कुटपिट गरे भने सर्वाङ्ग नग्न बनाई जबरजस्ती दिसा कोचिदिए ।
पीडितले कानूनी रुपमा कारवाहीका लागि निवेदन लेखी जिल्ला प्रहरी कार्यालयमा पठाएकोमा आरोपितहरुलाई पक्राउको लागि प्रहरी खटाई सकेको भनी प्रहरीले भनेता पनि न पीडकलाई कारवाही भएको छ, न त पीडितले क्षतीपूर्ती नै पाइन् ।
पाडो मर्दा सुनसरी सदरमुकाम इनरुवामा ०६६ कात्र्तिक १४ गते सुगावतीले (नाम परिवर्तित) बोक्सी मन्त्र लगाइ भैसीको पाडो मारेको भन्दै स्थानिय जोगिन्द्र मण्डलको समुहले सुगावती तथा उनका छोरा र श्रीमान समेतलाई कुटपिट गरे । सुरक्षाका लागी प्रहरी बोलाउँदा स्थिती सामान्य भई सकेको थियो । जोगेन्द्र राजनीतिक दलका स्थानिय नेता समेत रहेकोले घटनाको बारेमा
उजुरी गर्दा समेत प्रहरी वास्ता नगरेको पीडितको आरोप छ । सो घटना जग्गासम्बन्धि विवादका कारण उत्पन्न भएको बताइएको छ । जग्गासम्बन्धि किचलो मिलाउनका दबाब दिइरहेका मण्डलले रिसइबी साँध्न बोक्सीको आरोप लगाएको बताइएको छ ।
निश्कर्ष  यसरी घटनाहरु समान्य देखिएपनि महिलामाथि भएका ज्यादती तथा अमानविय व्यवहाको जति निन्दा गरेपनि कम नै हुन्छ । तर दुःख लाग्दो कुरा त के भने तर पीडितले न्याय पाउन सकेका छैनन् । आजको समयमा पनि आएर भुत, प्रेत तथा बोक्सीको नाममा महिला माथि अमानवीय व्यवहार गरिनु कत्तिको जायज छ ? यसको रोक थामको लागि विशेष नीति तथा उपायहरु राज्यले बनाउनु जरुरी देखिन्छ । आजसम्म कुनैपनि पीडकले कारवाही भोग्नु नपरेको तितो यथार्थताकै कारण पीडितहरुले समेत न्यायको आशा गर्न सकेका छैनन् । जसको कारण यस्ता घटना बढ्ने देखिन्छ ।
(लेखक ओरेक नेपालका कार्यक्रम संयोजक हुन् ।)

सरस्वती पुजा र विकृती
हिमाल दहाल
 विद्यार्थीहरुले विशेष पूजा गनर्े 'सरस्वती माता'को पूजाको अघिल्लो दिन मेरो मथिङ्‍गलमा केही कुरा नाचिरह्यो । केही तर्क र विचारको åन्åले मेरो मस्तिष्कमा हलुका चाल उत्पन्न गरिदियो । यस्तो अनुभव शायद तेस्रो हो मेरो लागि । केही वर्षअघि ठिक यसै समयमा म बेफुर्सदीको अवस्थामा हुन्थेँ । विद्यालय र घरमा आयोजना गरिने सरस्वती पूजाको तयारीमा व्यस्त हुन्थेँ । तर आज सरस्वती पूजाको दिन मेरा लागि महत्वपूर्ण छैन । हुन त म विद्यार्थी नै हुँ । तापनि केही वर्षयता म सरस्वती पूजामा सरिक हुन छाडेको छु । सरस्वतीप्रतिको विश्वास हटेको छ । अनास्था जागेको छ । यो अनास्था मेरो प्रार्थनाको सुनुवाइ भएन भनेर रिसाएर जागेको भने होइन, यसका अनगिन्ती कारणहरु छन् । सबैले सरस्वती पूजा गरिरहेको यो समयमा मेरा कुराहरु समयसंगत नहोलान् । तापनि केही त भन्नैपनर्े हुन्छ, केही भ्रम चिर्नलाइ ।
सरस्वतीको पूजा गर्‍यो भने विद्या पाइन्छ भन्ने सोच अधिकांश भत्तmहरुको छ । तर के विद्या पाइन्छ ? पूजा गरेर कसैले कुनै ज्ञान प्राप्त गर्छ भने किन चाहिए विद्यालय ? प्राचीन समयमा पनि किन चलाइन्थे शिक्षालयहरु ? सरस्वतीको पूजा गरेरै ज्ञान पाएको कुनै व्यत्तmि संसारमा छ ? को हो त्यो महापुरुष ? सरस्वतीको पूजा गर्दै सुतेको कुन व्यत्तmिले ब्युभmँदा सिद्धि पाएको छ ?
'भगवान, मलाइ पास गराइदिनुस्, म तपार्इलाइ लड्‍डु चढाउँछु ।' सरस्वती पूजामा अधिकांश विद्यार्थीहरुले गनर्े प्रार्थना यही हुन्छ । भलै कसैले डिस्टिङ्‍सन माग्लान्‍ त कोही पासमा नै चित्त बुभmाउलान् । तर यो सर्वथा विकृति हो । पास भगवानले गराउने होइन, मेहनत र लगनशीलताले गराउने हो । हामी सबैलाइ थाहा नै छ कि कसैले वर्षभरि नै सरस्वतीको नाम जपे पनि उसले पढेको छैन भने जाँचमा पास हुन सक्दैन । फेरि किन हामी सरस्वती पूजाको नाटकमा लागेका छौं ? माग्ने बेलामा यसरी मागेर पछि फेरी पास नभएमा त्यही मूतिर्ंसामु हात जोड्‍दै भन्छौं– 'तपाइले गएको वर्ष त पास गराइदिनु भएन, यो चोटी चाहिँ पास गराइदिनुहोला ।'
अचम्म छ ! किन त्यो कसैले नदेख्ने कुरामा भर पर्दैछौं सबै ? किन आफ्‍नो पढाइको जस, अपजस ती अबोध फोटो र मूर्तिलाइ दिइरहेका छौं ? जसले हाम्रो जीवनमा कुनै प्रभाव नै पार्न सक्दैन । ती मूर्ति र फोटाहरुले न त जान्ने बनाउन सक्छन्, न त नजान्ने । न त विåान बनाउन सक्छन्‍, न त महामूर्ख । मनर्े बेलामा कुनै मन्दिरअगाडि टाउको ठोक्दै रोइकराइ गरेर भगवानको आशीर्वादले बाँच्ने कुरा त फिल्ममा मात्र सम्भव हुन्छ । अनि फेरि किन हामी यी मूर्ति अनि फोटोको जञ्जालमा छौं ? किन हामी आफ्‍नो क्षमतालाइ चिनेर क्षमताको भरमा बाँच्न सक्दैनौं ? जो सरस्वतीको प्रार्थना गर्छ, त्यो विद्यार्थी प्राय: फेल हुँदैन । तर त्यसको कारण सरस्वतीको प्रार्थना नभएर उसले गनर्े मेहनतको परिणाम हो । वास्तवमा जो पढाइमा राम्रो गर्न चाहन्छ, उसले नै पास हुनका लागि प्रार्थना गर्छ । तर सँगै उसले पढिरहेको पनि हुन्छ । त्यसैले उm पास हुन्छ । तर पास हुनुको जस उm स्वयंले भने भगवानलाइ दिन्छ । यसरी भगवानले पास गराउँछन् भन्ने अन्धविश्वासी संस्कार र सोचको विकास हुँदै आएको हो ।
आजको समयमा सरस्वती पूजा पनि विकृतिमा जकडिँदै गएको छ । सरस्वती पूजाको नाममा बाठा विद्यार्थी, शिक्षकहरु अनि विभिन्न शैक्षिक इन्सिटच्युटका मालिकहरुले ठगिरहेका छन् सोभmा विद्यार्थीलाइ । भगवान नमान्ने तर मानेको ढोँग गर्दै अरुलार्इ हुस्सु बनाउन पल्केका छन् उनीहरु ।
विद्यालयमै हेरौं, सरस्वती पूजाका लागि भन्दै विद्यार्थीबाट पैसा उठाउनेले आफ्‍नो गोजी भरिरहेको हुन्छ । पूजाका लागि आवश्यक सामग्री किन्नेले नाफा खाइरहेको हुन्छ । अरुलाइ थोरै 'प्रसाद' बाँडेर आफू अनि आफ्‍ना चिनेजानेका दोस्तको लागि बाल्टिनका बाल्टिन प्रसाद उबारेको हुन्छ । दिनभरि सरस्वती पूजाको स्वयंसेवक वा नाइके बन्नेहरु पूजा सकिएपछि बियरको चुस्कीमा नाँचेका हुन्छन् । खै यहाँ भगवानको शत्तmिले काम गरेको ? आफ्‍नो नाममा भएका भ्रष्टाचार र विकृति पनि टुलुटुलु हेरेर बस्न बाध्य हुने भगवानबाट कस्तो आशीर्वादको अपेक्षा राख्ने ? वास्तवमा आजको समयमा मानिसको क्षमता र मेहनतभन्दा ठूलो अरु केही हुनै सक्दैन । यहाँसम्म कि भगवान पनि ।सरस्वती पूजा फेसन देखाउने पर्व हो । गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड छान्ने पर्व हो । कतिपयका लागि त यो भ्यालेन्टाइन डेभन्दा बढी रमाइलो दिन हो । किनकि भ्यालेन्टाइन डेको दिन बरु अविभावकहरु आफ्‍ना छोराछोरीको विशेष निगरानी राख्लान्, तर सरस्वती पूजाको दिन वास्ता गर्दैनन्‍ । आफ्‍ना छोराछोरी पूजामा गएका छन् भन्दै ढुक्क पनर्े अविभावकहरुका छोराछोरीहरु भने पूजाको बहानामा डेटिङमा व्यस्त हुन्छन् । सरस्वती पूजालाइ विकृतिले पुर्दै गएको छ । जुन उद्देश्यले यो मनाउन थालियो, आज त्यसको लागि मनाइदैन यो । तर यो पर्वमा विकृति उब्जनु र नउब्जनुमा कुनै फरक छैन । किनकि विकृति त छदैछ । मात्र पुरानो विकृतिलाइ जित्दै नयाँ किसिमको विकृतिको जन्म भएको छ ।यस्तो विकृतिहरुको बीचमा पनि अन्धविश्वासी सोचमा आधारित भएर भत्तmिभावले सरस्वतीको पूजा गनर्े असली भत्तmहरु देखेर मलाइ दया लागेर आउँछ । केही हाँस उठ्‍छ अनि केही चिन्ता लाग्छ । यदि त्यो भत्तmिभावलार्इ कसैले आफ्‍नो पढाइ वा सम्बन्धित काममा खर्च गनर्े हो भने सफलताको लागि उनीहरुले कुनै मूर्ति वा फोटोलार्इ गुहारिरहनुपनर्े थिएन । न त यस्ता विकृतिहरुले नै प्रश्रय पाउने मौका पाउने थिए । मानिस आफ्‍नो मेहनतले सफल बन्ने यथार्थलाइ जीवनमा लागू गरिदिए व्यत्तmि र व्यत्तmिसँगै संसार सुन्दर हुने थियो ।
यस्तै विचारहरु दिमागमा खेलिरहँदा मेरो दिमागमा एक प्रकारको हलचल पैदा भएको हो । तर माथिका विचारहरुले मलाइ विरोधी तत्वको रुपमा नउभ्याउन् । म त यतिखेर चुपचाप बसेर हेरिरहेको छु । दुवैथरीका भत्तmहरुलाइ अनि आफूलाइ हेर्दै मख्ख परेको छु, आफूले रोजेको आफ्‍नो भूमिकाप्रति ।


युगनारी उमा अनि पत्रकारको सुरक्षा
हिमाल दहाल
 तराइमा अज्ञात समूहको आत्रmमणमा नारी पत्रकार मारिएकी छिन् । युग परिवर्तनको क्षणमा भएको यो घटनाले सम्पूर्ण क्ष्ोत्रलार्इ तताएको छ । वास्तवमा यो आत्रmमण र मृत्यु एउटा पत्रकारस"ग मात्र सम्बन्धित होइन, बरु सत्यता र कटिबद्धतामाथिकै युगिन आत्रmमण हो । जसले सम्पूर्ण सञ्चार क्ष्ोत्र, स्पष्टवत्तmा र परिवर्तनका पक्षधर सबैलाइ त्रसित र त्रmुद्ध बनाएको छ । सञ्चार क्षत्र जनताको आ"खा भएपनि जनताविरोधी र स्वार्थी तत्वहरुले सञ्चारलाइ आफ्‍नो गोलीको निशाना बनाउने गरेका छन् । यस्ता आत्रmमणको कारण कुनै पनि सञ्चारक्ष्ोत्रमा लागिपरेको व्यत्तmिले ढुक्कस"ग जनताको अभिव्यत्तmि, विचार र परिवर्तनको आवाजलाइ बुलन्द पार्न सकिरहेको छैन । तथापि विषम परिस्थितिमा पनि आफ्‍नो अभिव्यत्तmिमा कत्तपिनि नभुmकी गोली खान तत्पर रहने उमाको योगदान र वीरतालार्इ सलाम गर्नैपर्छ ।हरेक गाह्रासाह्रा परिस्थितिलाइ भmेल्दै उनले जुन साहसका साथ आफ्‍नो कार्य र क्ष्ोत्रमा लगनका साथ र इमान्दारिताका साथ लागिन्, त्यसलार्इ हर एक महिला, हर एक पत्रकार, हर एक समाजको लागि लागिपछर्ु भन्दै बोल्ने व्यत्तmिहरुले बुभm्‍नु र सिक्नुपर्छ ।

तर उनको प्रशंसामा मात्र समय र शत्तmि खेर फाल्ने समय छैन । किनकी उनको प्रशंसा भन्दा पनि नेपालमा पत्रकारहरुले निष्पक्ष रुपमा कलम चलाउन पाउने गरी सुरक्षाको ग्यारेन्टी सरकारबाट हुनुपर्छ । जुन उनको पनि चाहना थियो । तरार्इको त्यो क्ष्ोत्र, जहा" आजसम्म पनि राज्यको पहु"च र सुरक्षा पुग्न सकेको छैन, भारतीय डा"का, प्रहरी र तराइकै जनताको मुत्तmिको लागि भन्दै तराइकै जनताको चिहान खन्ने समूहहरुको बोलवाला रहेको ठाउ"मा बसेर गरीब, सोभmा जनताको पक्षमा कलम चलाउनु, विचार सम्प्रेषण गनर्ु निकै गाह्रो काम हो । त्यसमा पनि मुठीभर पैसामा बिक्ने यहा"का पुलिस प्रशासनबाट सुरक्षा र शान्तीको आशा अब जनताले मारिसकेकाछन् । प्रहरी प्रशासन न त गुण्डाहरुको दादागीरी रोक्न सक्षम छ, न त चोरी डकैती नै । मुठ्‍ठीभर व्यत्तmिको कठपुतली भइ तलुवा चाट्‍न मात्र उद्यत् छन् नेपालका प्रहरी प्रशासन । नेपालीहरुले शान्ती सुरक्षा र परिवर्तन चाहेका छन् । तर सरकार त्यो दिन असमर्थ छ । विकासको त कुरै छोडौं, जनताको जिउ ज्यानको सुरक्षा दिनसम्म पनि सकेको छैन । अनि यस्तो असहज परिस्थितिलार्इ भmेल्दै सञ्चार क्ष्ोत्रलाइ निमछरो बनाएर बनाइएको नया" संविधानको आैचित्य के हुन्छ ?
तसर्थ, सिंहका हत्याराको तदारुकताका साथ खोजी गरी कडा सजाय दिलाउनुपर्छ । यदी कुनै पार्टीको खोल ओढेर पनि कसैले यस्तो गरेको रहेछ भने पनि पार्टी पनि इमान्दार बनी पीडितलार्इ न्याय दिलाउन लागिपनर्ुपर्छ । साथै उमाको योगदानको कदर राष्टि्रय रुपमा गरिनुपर्छ अनि उमाजस्ता सबै महिला तथा सञ्चारकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ ।
अन्त्यमा विस्थापनमा समेत आफ्‍नो कलम नबिसाइ समाजका लागि लागिपनर्े यी युगनारीलार्इ सलाम ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :