खेलकुद

फूटबल रथी– सुरेन्द्र
एउटा बालक आफ्‍ना अङ्‍कलकेा साथमा रमाउदै मैदानमा जान्थ्यो । अंकलले खेलेको फुटबल मैदान बाहिर गएमा प्‍mयाकिदिन्थ्यो । तिनै क्षणहरुले र वातावरण्ले उसलाइ फुटबल खेल्न प्रेरित गर्‍यो । बाल्यकालका सबै जोश, जाँगर समेटेर आफ्‍ना साथीसंगी मिलेर द व्वाइज नामक समुह बनायो र अंकललाइ दर्शक बनाएर फुटबल खेल्यो ।
फुटबल खेल्दा खेल्दै बाल्यकालदेखिका अनुभूतीहरुको आधारमा उसले फुटबलमा सपना देख्यो । भविष्यमा राम्रो खेलाडी बन्ने आकांक्षा लिएर विभिन्न प्रतियोगिताहरु खेलिरह्यो । विस्तारै उसको फुटबल प्रतिको मोह बढ्‍दै गयो । शौखका रुपमा मात्र खेल्न सुरु गरेकेा फुटबल अन्तत: उसको जीवनको एउटा महत्वपूर्ण हिस्सा बन्यो । फुटबल उसको नशा–नशामा कुद्‍न थाल्यो । फलस्वरुप खेलको लागि उसले पढाइ समेत छाड्‍यो । इटहरीको जनतामाविबाट बडो संघर्ष्ाका साथ कक्षा ०0 सम्म पास गर्‍यो । किनकी फुटबलको नशाले उसलाइ जीवनको लक्ष्य दिइसकेको थियो । पहिचान बनिसकेको थियो । त्यो हो फुटबल खेलाडी सुरेन्द्र तामाङ ।
203७ सालमा इटहरी–८ मा जन्मेका तामाङ राष्टि्रय खेलाडी हुन् । राष्टि्रय फुटबल टिम 'थ्री स्टार फुटबल क्लब' का क्याप्टेन समेत रहेका सुरेन्द्रले वि.सं. २०६१ सालमा भएको शहीद स्मारक लिग च्याम्पियन खेलमा आफ्‍नो टिमलाइ जिताउँदै आफ्‍नो लागि पनि वेस्ट प्लेयरको उपाधी सì1;ित पु्‍रस्कार स्वरुप मोटरसाइकल पनि हात पारिसकेकाछन् । फुटबल खेलको लागि प्रारम्भिक दिनहरुमा उनले परिवार र विद्यालयको साथ र सहयोग पाएनन् । भन्छन्–'म पढेर कमाउने बनुँ भन्ने परिवारको इच्छा थियो । त्यसैले परिवारले प्रारम्भमा सहयोग गरेन ।' फुटबल खेल्दा थाकेकेा बेला पढार्इमा धयानै नगएको उनले बताए– 'राम्रो खेल खेल्ोर राम्रो खेलाडी बन्ने ध्यानमा लागि रहँदा पढार्इमा ध्यानै गएन । त्यसैले पढार्इ छाडिदिएँ ।'
प्रारम्भिक दिनहरुमा आफुलाइ विद्यालयले पनि प्रोत्साहन नगरेका भनाइ उनको छ– 'द व्वाइज' का हामी सबै खेलाडीहरु जनता मा.वि.मा पढ्‍थ्यौं । तर विद्यालयले खेलाडी नै छैन भन्दै हामीलाइ कहीँ पनि पठाउँदैनथ्यो ।' विद्यालयले नपठाएपछि फुटबल खेल्ने तीव्राकांक्षाका कारण उनले अन्य विभिन्न स्कुलहरुको तफबाट खेल खेल्नुपरेकेा तीतो अनुभव उनी साट्‍छन् । तर अहिलेको आफ्‍नो प्रगतीले सबै खुसी भएको उनले बताए । मानिसहरुलाइ खेलकुदको आवश्यकता बताउँदै तामाङ भन्छन्– 'खेलले मानिसको शारिरीक र मानसिक स्वास्थ्य राम्रो बनाउँछ । लागुपदार्थको लत छ भने पनि छुटाउँछ । त्यसैले फुटबल मात्र नभएर कुनै पनि खेलले मानिसलार्इ फाइदा गर्छ ।'फुटबल नै जनसाधारणले बुभm्‍ने र धेरैले खेल्ने खेल भएको तामाङको भनाइ छ । तर फुटबल खेल विकासको लागि राम्रो प्रयास कहि कतैबाट नभएको उनको भनार्इ छ । भmन् फुटबल संघहरु बिचको विवादका कारण सम्पूर्ण खेलाडी लगायत खेल क्ष्ोत्रलाइ नै हतोत्साहित बनाएको उनले बताए । भन्छन्– 'फुटबलमा राजनीति भयो । प्रतियोगिताहरु रोकिए । फुटबल प्रतियोगिताहरु सहज रुपमा हुन सकेको छैन । खेल नै हुने हो कि नहुने हो भन्ने शंका छ ।' उनका अनुसार राजनीतिक विवादकै कारण क्लबले खेलाडीहरुलार्इ पारिश्रमिक दिन नसक्ने अवस्था छ । अखिल नेपाल फुटबल संघले नेपालको खेल विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको बेलामा अर्को संघलार्इ पनि मान्यता दिएर भmगडा बढाएको हुनाले सरकार दोष्ाी रहेको उनले बताए । नयाँ नेपालको निर्माणको कुरा देशव्यापी रुपमा चलिरहेको बेलामा उनी भने तिक्तता पोख्छन्– 'खेलाडीको भविष्य नै अन्यौलमा छ के गनर्े ?' तर बद्‍लिदो परिस्थतीसँगै उनले परिवर्तनकेा आशा भने राखेका छन्– 'सरकारले मिलाएर लानुपर्छ । नयाँ खेलाडी उत्पादन तथा तालिमलाइ जोड दिनुपर्छ ।'राष्टि्रय खेलाडीमा हरि खड्‍का र अन्तर्राष्टि्रय खेलाडीमा म्यारोडोनालाइ मन पराउने तामाङले हालसम्म राष्ट्रकेा प्रतिनिधि;त्व गर्दै दशवटा भन्दा बढी अन्तर्राष्टि्रय खेल खेलिसकेकाछन् । राष्टि्रय समुहबाट हालसम्म कडा प्रतिåन्दीको रुपमा कोरिया र कमजोर प्रतिåन्दीको रुपमा भुटानको सामना गरिसकेका तामाङको पहिलो अन्तर्राष्टि्रय खेल भने सन्‍ २००३ मा बंगलादेश विरुद्ध बंंगलादेशमै भएको थियो । अन्य देशको तुलनामा नेपालको खेलकुदको विकास हुन नसक्नुको कारणमा उनी बताउँछन्– 'अन्य देशमा खेलकुदलाइ विशेष महत्व दिइन्छ । रंगशालाहरु हुन्छन् । नियमित प्रतियोगिताहरु हुुन्छन् । तालिम दिइन्छन् । जसले गर्दा खेलाडीको पनि विकास भइरहेको हुन्छ । तर नेपालमा खेलाडीहरुले धेरै समस्या भोगेर खेल्नुपरिरहेको छ ।'
नेपालको खेलकुद क्ष्ोत्रको विकासको लागि विद्यालयमा पनि नियमित रुपमा शिक्षक राखेरै विभिन्न प्रतियोगिताहरु गराउनुपनर्ेमा उनले जोड दिए । पर्याप्त सम्भावनाका बिच जिम्मेवार पक्षहरुको लापरबाही र भmगडाका कारण नेपालको खेल क्ष्ोत्रको विकास हुन नसकेको उनी बताउँछन् । तामाङ २०५७ सालमा थ्रीस्टार क्लबसँग आबद्ध भएका थिए । हाल उनी उत्तm टिमको क्याप्टेन नै छन् । जसले राष्टि्रय प्रतियोगिताहरुमा अग्रणी स्थान हाँसिल गर्दै आएको छ । आफ्‍नो प्रगती देखेर उनी आफै दंग छन् । भन्छन्– 'आफ्‍नो उद्देश्य पुरा भए भmै लाग्छ । जोश र जाँगरले सही परिणाम दिएको अनुभव गछर्ु ।' आफ्‍नो र आफ्‍नो जन्मस्थानको नाम राख्ने उद्देश्य लिएका तामाङ नयाँ खेलाडी उत्पादनमा आफ्‍नो ठूलो प्रयास रहने प्र्रतिबद्धता पनि व्यत्तm गर्छन् ।
तामाङको इटहरीले फुटबलमा उन्नती गरेको हेनर्े इच्छा छ । त्यसैले उनले इटहरी आएको बेलामा इटहरी बसुन्जेल स्थानिय युवा खेलाडीहरुलाइ तालिम र आफ्‍ना अनुभवहरु दिने गर्छन् । खेलमा उन्नती गर्न खेलाडी लगतनशील हुनुपनर्े तथा लागुपदार्थको लतबाट मुत्तm हुनुपनर्े धारणा उनकेा छ । लागुपदार्थले युवाको क्षमतामा ह्रास ल्याउने बताउँदै उनी सबै युवाहरुलार्इ लागुपदार्थ त्याग्न पनि आग्रह गर्छन् । खेलमा निरन्तर हारजित भइरहने बताउँदै उनले भने– 'जित्दा खुसी भएपनि हार्दा आत्तनुहुन्न । हारले नै जीतको खुड्‍किलो हो । हारबाटै पाठ सिकेर अगाडी बढ्‍नुपर्छ ।'

–हिमाल

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :