सघन तुवाँलो


सघन तुवाँलोको अंग्रजी अनुवाद श्रील मिस्ट आयो ।
 Bantawa with his 'Shrill Mist'
नेपाली कथाभित्रको शब्दभावलाई गहन अध्ययन गरेर अनुवाद गरिएको छ भने प्रकाशक मोरोको निजी प्रुफरिडरले सामान्य र गर्नैपर्ने सुधारहरुमात्र सच्याएको लेखक बान्तवाले सनर्राईजा लाई बताएका छन । अंग्रेजीको सामान्य ज्ञान राख्नेहरुले सहज बुझ्न सकिने ढंगले अनुवाद गरेको श्रीलमिस्ट अंग्रेजी साहित्यमा कुनै लोककथा पढेजस्तो रमाईलो लाग्ने पत्रकार र्राई चन्द्र दुमीले बताएका छन् । श्रील मिस्ट पुस्तकको आवरणमा परिवर्तन गरिएको छ । सघन तुवालोमा तुँवालोको मात्र चित्र राखिएकोमा यसमा भने फरक आवरण चित्रको प्रयोग गरिएको छ । श्रील मिष्टमा प्रयोग गरिएको आवरणले सघन तुँवालोको आवरणले भन्दा वास्तविक रुपमा उपन्यासको चित्रण गरेको प्रतिक्रिया पाठक तथा समालोचकहरुको छ । श्रील मिस्टलाई An orchid Pavlion book Asia 2000 Limited Hongkong ले छापेको हो । दक्षिण एसियाका लागि प्रकासित प्रतिहरुमध्य लेखक रामकृष्ण बान्तवालाई प्रकासक मिस्टर माईकल मोरोको एसिस्टेन मिस जो मार्फ ६० प्रति हात लागि भएको छ भने लेखक हस्ते सनर्राईज साप्ताहिकलाई एकप्रति प्राप्त भएको छ । लेखक बन्तवाले ५५ प्रति नेपालका बिभिन्न समालोचक बिव्दानहरुलाई नेपालतर्फपर्ठाईसकेका छन ।जसरी सघन तुवाँलोलाई ७१ भागमा बिभाजन गरेर लेखकले आकर्ष ढंगले प्रश्तुत गरेका छन उसैगरी त्यतिनै भागमा श्रीलमिस्ट प्रकासित गरेका छन् भने सामान्य ब्याकरणहरु र शब्दमिठासमा बलपुग्ने सानातिना शब्दहरुमात्र हेरफेर गरिएको छ । हरेक नेपालीले लेखकको यस सफलतालाई हार्दिक बधाई र प्रकासक मिस्टर माईकल मोरोलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु आवश्यक छ । एकजना नेपाली साहित्यकारले लेखेको उपन्यासले यस्तो प्रकारले अन्तर्रर्ााट्रय चर्चा पाउनु हामी सम्पर्ुण्ा नेपालीहरुको लागि निकै गर्वको र खुसीको कुरा हो ।
नेपाली लेखक तथा साहित्यकार रामकृष्ण वान्तवाद्वारा लिखित नेपाली उपन्यास सघन तुवाँलोको अंग्रेजी अनुवाद श्रीलमिस्ट बजारमा आएको लेखकले बताएकाछन् । नरदेवी र्राईले अनुवाद गरेको नारीप्रधान यस पर्ुण्ा उपन्यासभित्र किरात मुद्धुमी सँस्कृतिको सकारात्मक ब्याख्या तथा देशीय विकृतिको उच्च र सभ्य शैलीमा चिरफार भएको छ ।

वान्तवासँगको कुराकानी
bantawa and Mr. Micheal

'आवाजसँग शब्द छैन, कसोगरी पोखुँ बह' बोलको गीत नसुन्ने शायद कमै सङ्‍गीतपारखीहरु होलान् नेपालमा । भmन् आभा मुकारुङको स्वरमा रहेको 'कता हिँडेको, कसलाइ खोजेको भन न भन ए बिरानो परदेशी' बोलको गीत नसुन्ने र मन नपराउने मानिस कमै होलान् । यी गीतहरुले जति मात्रामा आफ्‍ना श्रोताहरु बटुलेका छन्, यी गीतका गायकहरु जति मात्रामा चिनिएका छन्, लोकपि्रयता कमाएका छन्, ती भन्दा कैयौ बढी ओभmेलमा छन्, यी गीतका रचनाकार ।
यस्तो लोकपि्रय गीत रचना गने भोजपुर जिल्लामा हुकर्ेका ठिटा राम कृष्ण वान्तवा यतिखेर देशविदेशमा आफ्‍नो जन्मथलो र देशको नामलाइ उज्यालो पार्न लागिपरेका छन् । उनले लेखेका गीतहरुले जसरी मानिसको मन र मुटु छोएका छन्, त्यसरी नै उनको एउटा उपन्यास विश्वका विभिन्न भाषामा अनुवादित हुन गइरहेको छ ।
एउटा असल, राम्रो बोली वचन र व्यवहारका धनी यी गीतकार तथा साहित्यकार वान्तवा वि.सं. २०२३ सालमा जन्मेका हुन् । करिब आधा दर्जन उपन्यास अनि दर्जनौं गीत लेखिसकेका उनको पछिल्लो कृति 'सघन तुँवालो' नामक उपन्यास हो । नारी अधिकारको आवाज उठाउने उनको यस उपन्यास विश्वका विभिन्न दश भाषामा प्रकाशन हुने तय भइसकेको छ भने अन्य थुपै्र भाषाहरुमा पनि अनुवाद हुने तयारीमा छ ।
हुन त वान्तवाका अनुसार उनको परिवारमा साहित्य तथा सङ्‍गीतप्रति भmुकाव राख्ने कोही पनि थिएनन् । तथापि साहित्य, सङ्‍गीतमा लाग्न उनलाइ परिवारको ठूलो सहयोग रहँदै आएको छ ।'सारा खुसी तिमीलाइ दिएँ बाँकी नै के छ र...' उनको पहिलोपटक रेकर्ड गरिएको गीत हो । जसलार्इ गायिका रमना श्रेष्ठले गाएकी थिइन् । वान्तवाले लेखेका गीतहरु सङ्‍ग्रहित भइ धुँवा, आमा, आवाज 52; आह्वान गरी चारवटा एल्बम निस्किसकेका छन् । तीमध्ये तीनवटा एल्बमका सबै गीतहरु उनी आफैले लेखेका हुन् भने आह्वान एल्बममा उनको ६ वटा गीतहरु समावेश गरिएका छन् ।वान्तवाका मनपन साहित्यकार तथा क ृतिमा महाकवि देवकोटा र उनीåारा लिखित मुनामदन पर्छन् । विश्व साहित्यमा उनलाइ शेक्सपियर मनपर्छ । सानोमा उनी मुनामदन र रोमियो जुलीयट रमाइरमाइ पढ्‍थे । 'मलाइ तिनै कृतिहरुले पढ्‍न र साहित्य र अगाडि बढ्‍न प्रेरणा दिएका हुन् ।' उनले भने । १३ वर्ष्को उमेरमै विवाह बन्धनमा बाँधिएका वान्तवाको एउटा छोरोसहित तीनजनाको परिवार छ । हाल उनी सपरिवार हङकङमा बस्छन् र त्यहाँको एक हाउजिङ्‍ कम्पनीमा मेनेजरको काम गर्छन् । त्यसका साथै उनी लेखकका विभिन्न कृतिहरुमा समीक्षा लेख्ने काम पनि गर्छन् । नेपाली गीतसङ्‍गीतको जगेर्नाहेतु हङकङमा स्थापित आदिवासी गीतकार समाजका वान्तवा सल्लाहकारसमेत रहेका छन् ।साहित्यप्रति आफ्‍नो रुचि र कलमको सत्रिmयता बढ्‍दै गएपछि उनले कृति प्रकाशन गनर्े सोच बनाए । प्रकाशनका लागि प्रकाशकसँग कुरा पनि गरे । तर अचानक प्रकाशक केही समय सम्पर्कविहीन भए । आफ्‍नो कृति नछापिने भयो भनेर उनले हतास हुँदै आत्महत्या गर्न लागेका थिए । परिवारले सम्भmाए । पछि प्रकाशक पनि आइपुगे । यो घटना उनको जीवनमा बिर्सनै नहुने घटना बन्यो । वान्तवा हालै १२ वर्ष्ापछि नेपाल फकर्ेका हुन् । नेपाल फकर्ेर पनि उनी आफू जन्मेको गाउँ जान पाएका छैनन् । धेरैले उनलाइ बिर्सिसकेको उनी आफै बताउँछन् । २५ वर्ष्ापछि आफ्‍नो भाइलाइ भेटेका उनलाइ आफ्‍नै भाइले पनि चिनेनन्– 'मैले उसको अनुहारको बनोट हेरेर थाहा पाएँ तर उसले मलाइ चिनेन ।
'वान्तवा टुकीको उज्यालोमा साहित्य कोर्छन् । किनकि भिmलिमिली बत्तीले उनको एकाग्रता भङ्‍ग गरिदिन्छ । उनी भन्छन्– 'टुकी बालेर लेख्दा टाढा कतै केही देखिदैन । त्यसैले ध्यान कापीका पानामा केन्दि्रत हुन्छन् ।'
वान्तवा राम्रो क्यारिकेचर पनि गर्छन् अनि खुब मीठो बाँसुरी बजाउँछन् । गीत लेख्दालेख्दै बाँसुरी बजाएर आफ्‍नो गीतमा सङ्‍गीत भर्छन् उनी । 'कहिले त रातको बाह्र बजे पनि बासुरी बजाउने गछर्ु ।' उनी भन्छन् । मार्सल आर्टका फस्र्ट डन वान्तवा अभिनयमा पनि पोख्त छन् । अभिनयमाफत् सामाजिक कुरितीहरुको भण्डाफोर गर्दा उनलाइ पञ्चायतकालमा कम्युनिष्ट भनेर लखेटिएको थियो । 'प्रहरीहरुबाट भागेर केही दिन त जङ्‍गलको गुफामा पनि बिताएँ ।' उनले बताए । आफ्‍नो कार्यत्रmममा जनì0;हभागिता अत्याधिक हुने गरेकोले तात्कालीन प्रशासनको ध्यान आफूतफ तानिएको बताउँदै उनी भन्छन्– 'तर त्यो घटनाले मेरो त्रिmयाशिलता घटाएन, बरु भmन् बढायो ।'
वान्तवाका भनाइमा साहित्य मानव सभ्यताको सर्वोपरि र गरिमाको अभिव्यत्तmि हो । उनी भन्छन्– 'साहित्य एेतिहासिक अवधिको विभिन्न समाज परिवर्तनको काल वैचारिकता, रुप, विधा, शैली र सबै पक्ष्ामा परिवर्तन हुँदै जाने श्र ृङ्‍खला हो ।' वान्तवाका अनुसार साहित्यले मानिसको विचारलाइ निर्धारण गर्छ र युगलार्इ बाटो देखाउँछ । तर हिजोआज साहित्य बढी राजनीतिमुखी भएकोमा वान्तवालार्इ चित्त बुभmेको छैन । राजनीतिक उथलपुथलको कारणले पनि यसो भएको उनको अनुमान छ । तसर्थ नेपाली साहित्यलाइ विश्व साहित्यसँग तत्काल तुलना गर्न नसकिने उनको धारणा छ । तथापि नेपालका साहित्यकारहरुलाइ उनी कमजोर भने ठान्दैनन् र नेपालको साहित्यको निरन्तर विकास भइरहेको बताउँछन् । नेपाली साहित्यको अभm विकास गर्न राज्यले नै जागरुक भइ लेखक तथा कलाकारलाइ बाँच्ने र उनीहरुका कृति प्रकाशन गनर्े वातावरण मिलाइदिनुपर्छ । चर्चित पुस्तक ह्यारीपोर्टरकी लेखिका जेके रोलिङको उदाहरण दिँदै उनी भन्छन्– 'नातावाद र कृपावाद नगरी राज्यले अवसर दिएमा साहित्यकार पनि सुखी जीवन बाँच्न सक्छन् ।'
वान्तवा समाधानमुखी साहित्यको आवश्यकतामा जोड दिन्छन् । समस्या मात्र देखाउने साहित्यले समाजको विकास नगनर्े उनको ठम्याइ छ । नेपालको विकासका लागि नेतृत्व वर्गलार्इ उनको सल्लाह छ– 'लोडसेडिङ हटाउm । अनि उद्योगधन्दाको विकासमा लाग ।'
वान्तवा आफ्‍नो पछिल्लो उपन्यास सघन तुँवालोको बारेमा भन्छन्– 'राणाकालमा जनतालाइ शासकले एक प्रकारको गुमराहमा राखेका थिए । त्यसलाइ मैले बाक्लो तुँवालो मानेको हुँ ।'


---------------------------------------------------------------------------------इटहरीमा निजी बैंकहरुको घम्साघम्सी
इटहरीमा नयाँ निजी बैंकहरुको शाखा स्थापना हुने त्रmम पछिल्लो समयमा निकै बढेको छ । प्रारम्भमा नबिल बैंकको शाखा स्थापना सँगै सुरुभएको इटहरीको निजी बैंकीङ क्षत्रमा पछिल्लो पटक सातौं निजी वाणिज्य बैंकको रुपमा हिमालयन बैंक बैंकिङ प्रतिस्पर्धामा उत्रेको छ । इटहरीमा हाल नबिल बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, माछापुछ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ एसिया, हिमालयन बैंक र बैंक अफ काठमाडौं का शाखाले सेवा दिइरहेकाछन् । यस बाहेक गोर्खा विकास बैंक नामको विकास बैंक पनि इटहरीको बैंकिङ प्रतिस्पर्धामा आफूलाइ खरो उतानरे प्रयासमा लागिसकेकोछ । यसबाहेक पनि विभिन्न बचत संस्थाहरु तथा सहकारी संस्थाहरु इटहरीमा आफ्‍नो प्रभाव जमाउन लागिपरेकाछन् । इटहरीमा स्थापित यी निजी बैंकहरु हाल निकै उत्साहित छन् । सबै बैंकले प्रगती गरिरहेको दावी समेत गरिरहेकाछन् । राष्टि्रय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक जस्ता सरकारी तवरबाट स्थापित अनि सञ्चालित बैंक हुँदाहुँदै पनि इटहरीमा निजी बैंकको शाखा स्थापना भयो र स्थानिय वासिन्दाको मन जित्न समेत सफल भयो । निजी बैंकको आगमनसँगै इटहरीका पुराना बैंकहरु नेपाल राष्ट्र बैंक तथा राष्टिय वाणिज्य बैंकमाफत् व्यवशायिक कारोबार गर्दै आएका ग्राहकहरुले निजी बैंकलाइ भविष्यको साथीको रुपमा छनौट गरे । åन्दको समयमा समेत इटहरीमा निजी बैंकहरुको स्थापना भए । åन्दकालमा लुटपाट तथा डकैतीबाट बच्दै ती बैंकहरु कसरी सञ्चालन भएका थिए भन्ने कुरा अलग हो । तर छिटो छरितो तथा भरपर्दो सेवाको लागि इटहरीवासीले निजी बैंकलाइ रोजेका हुन् भन्ने तथ्यलार्इ नकार्न सकिन्न । परम्परागत रुपमा कागजको पोकाकोे माभmबाट कागज निकालेर सेवा दिनुपनरे भmण्भmट निजी बैंकको आगमन पछि ग्राहकहरुले भोग्नु परेन । क्षणभरमै पैसा भिmक्न र राख्न सकिने तथा ऋण पाउन सकिने भएपछि ग्राहकहरु सरकारी बैंक छाडेर निजी बैंक तफ आकषित भएकाहुन् । अहिलेको समयमा पूर्वाञ्चलमै दोस्रो उपमहानगरपालिकाको रुपमा आफूलार्इ परिचित गराउने होडमा अगाडी बढिरहेकेा इटहरीमा बैंकिङ कारोबारहरु तीव्र गतीमा बढिरहेकाछन् । वाणिज्य, विकास, बचत तथा सहकारी गरी बैंकका छुट्‍टा छुट्‍टै स्वरुपहरु इटहरीमा सत्रिmय छन् । बढ्‍दो फाइदा देखेर काठमाडौंबाट विभिन्न बैंकहरु इटहरीमा भित्रिने तयारीमा समेत रहेका छन् । इटहरीमा हाल सञ्चालनमा रहेका निजी बैंकहरुले ग्राहकहरुलार्इ आकषित गर्न विभिन्न खालका स्किमहरु ल्याएकाछन् । साथै प्रतिस्पर्धात्मक ब्याजदरमा ग्राहकहरुको मन जित्दै बैंकिङ प्रतिस्पर्धामा आफूलार्इ स्थापित गराउन लागिपरेकाछन्‍ । इटहरीमा शाखा स्थापना गरिएका निजी बैंकहरुको बारेमा संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ l
नबिल बैंक (Nabil Bank)– इटहरीको जेठो बैंकको रुपमा स्थापित नबिल बैंक इटहरीमा दश वर्ष अघि नवौ शाखाको रुपमा स्थापित नबिल बैंकको यो शाखामा पाँच हजार भन्दा बढी खाता खुलिसकेको रहेकाछन् । जुन इटहरीका अन्य बैंकमो तुलनामा बढी हो । कम्प्युटरकृत बैंकिङको रुपमा सजिलो तथा छिटो सेवा सुविधा दिन नबिल बैंकको स्थापना भएको बैंकका मेनेजर टंक बरालले बताए । एटीएम सुविधा पनि भित्र्‍याइसकेका नबिलको कुनै पनि खराब ऋण नभएको दावी छ । बचतमा ५ प्रतिशत सम्म ब्याज दिने बैंकले साधारण खाता, शुन्य बचत खाता, नबिल बचत खाता जस्ता स्किमहरु बचतको लागि सञ्चालन गरेको छ । नेपालभरमा २८ वटा शाखा स्थापित भइसकेकाछन् ।

कुमारी बैंक (Kumari Bank)– आफ्‍नो सातौं शाखाको रुपमा इटहरीमा स्थापित यस बैंकको १८ वटा अढाइ वर्ष अघि इटहरीमा बैंकका २८०० वटा खाता खोलिइसकेकाछन् । छिटो छरितो भिजा कार्डको सुविधा दिइरहेको दावी बैंकको छ । कर्मचारी स्रोतका अनुसार बचतमा ४ प्रतिशत सम्म ब्याज दिने यस बैंकको विशेष सुविधा भनेको यसका कुनै पनि शाखाबाट विना शुल्क रकम राख्न र भिmक्न सकिन्छ ।
एभरेष्ट बैंक (Everest Bank)– एभरेष्ट बैंक पनि इटहरीको जेठो बैंकको कित्तामा पर्छ । इटहरीको यो कार्यालय एभरेष्ट बैंकको १७ आैं शाखा हो । हालसम्म नेपालभरमा यसका २८ वटा शाखा रहेकाछन् । पछिल्लो समयमा एभरेष्ट बैंकले एभरेष्ट रेमिट नामक स्किम ल्याएको छ । जसले राम्रै सफलता पाइरहेको छ । त्यसबाहेक मोटरसाइकल कम्पनी हिरो होण्डा र इलेक्ट्रोनिक्स सामान उत्पादक सामसुङसँगको साभmेदारीमा यसले ऋण सुविधा पनि दिन थालेको छ ।
माछापुछ्रे बैंक (Machhapuchhre Bank)– करिब एक वर्ष अघि आफ्‍नो विसौं शाखाको रुपमा इटहरी शाखाको स्थापना गरेको माछापुछ्रे बैंकले छिटो छरितो सेवा दिनसक्ने इटहरी शाखाको दावी छ । बैंकको इटहरी शाखाका प्रमुख पेशल पोख्रेलका अनुसार ३६५ दिन नै बैंकिङ, सन्ध्याकालिन काउण्टर, रु. १०० मै खाता खोलिने, एटिएमकोे सुविधा, पहिलो वर्षमा डेबिट कार्ड सित्तैमा दिने जस्ता स्किमहरु ल्याएको छ । नेपालभरमा जम्मा २३ वटा शाखा रहेको यस बैंकको ग ृहनगर पोखरामा मात्रै ५ वटा शाखाहरु स्थापित छन् । पोखराको लागि मात्र भनेर प्रारम्भमा स्थापित यस बैंकले पछिल्ला दिनमा राष्टि्रय बैंकको रुप लिएको हो ।
लक्ष्मी बैंक (Laxmi Bank)– लक्ष्मी बैंकले आफ्‍नो १७ आैं शाखाको रुपमा करिब डेढ महिना अगाडी इटहरीमा आफ्‍नो शाखा खोलेको हो । छोटो अवधिमै यस शाखामा करिब चारसयको संख्यामा खाता खोलिइसकेको छ । बैंकले अन्य बैंकको जस्तो स्थिर सम्पत्तीमा नभइ व्यवशाय तथा उत्पादनमूलक कार्यको क्ष्ोत्रमा मात्र ऋण दिने गरेको इटशरी शाखाका कर्मचारी दीपक थापाले बताएकाछन् । एसएमएस अलर्ट, इ बैंकिङ, सुपर उमन सेभिङ खाता जस्ता नयाँ स्किम यस बैंकले ल्याएको छ । यस मध्ये एसएमएस अलर्टमा खातामा पैसा जम्मा भएको तथा निकाfलएको जानकारी ग्राहकले एसएमएस माफत पाउनसक्ने सुविधा रहेको छ । त्यस्तै इ बैंकिङमा ग्राहकले स्काइ, पोष्टपेड र पि्रपेड मोबाइलमा ररब्याले ृन्रस ट्रान्स्फर गनर्े सुविधा प्राप्त गर्नसक्छन् । जुन बजारमा रिचार्ज कार्डको अभाव रहेको समयमा उपयोगि हुने दावी बैंकको छ । महिला वचत तफ बैंकले ६.५ प्रतिशत ब्याज उपलब्ध गराएको छ ।
बैंक अफ काठमाडौं (Bank of Kathmandu)– आफ्‍नो १३ आैं शाखाको रुपमा इटहरीमा गत २०६४ बैशाखमा शाखा स्थापना गरेको यस बैंकको हालसम्म नेपालभरमा जम्मा २२ वटा शाखा रहेकाछन् । वचतमा ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराएको यस बैंकको इटहरी शाखामा हालसम्ममा एक हजारको हाराहारीमा खाता खोलिइसकेको छ । आफ्‍ना ग्राहकहरुलाइ भिसा डेबिट कार्ड उपलब्ध गराएको यस बैंकले चाँडै इटहरीमा पनि एटिएम सेवा प्रारम्भ गर्न लागेको जनाइएको छ ।
बैंक अफ एशिया (Bank of Asia)– करिब पाँच महिना अघि इटहरीमा शाखा स्थापना गरेको बैंक अफ एयिशयाको यो चौंथो शाखा हो भने नेपालभरमा यस बैंेकका दश वटा शाखा स्थापना भइसकेकाछन् । आफ्‍नो बैंकको सबैभन्दा सकारात्मक पक्ष्ाको रुपमा सेभिङ अन्रतर्गत दिने गरेको ब्याजदर भएको बताउने इटहरी शाखाका प्रमुख प्रमोद शर्माका अनुसार बैकले तीनवटा स्किम अन्तर्गत भिन्न भिन्न ब्याजदर तोकेको छ । जसमा दैंनिक मौज्दातमा ६ देखि ६.५ प्रतिशत सम्म ब्याज उपलब्ध गराइ बचत आकषित गनर्े प्रयासमा लागेको छ । एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता सेवा प्रदान गरिरहेकेा बैंकको इटहरी शाखामा पाँच महिनाको अवधिमा ६०० वटा खाता खोलिइसकेको छ ।
गोर्खा विकास बैंक (Gurkha Development Bank)– पछिल्लो समयमा विकास बैंकको रुपमा इटहरीमा आफ्‍नो शाखा विस्तार गरेको बैंक गोर्खा विकास बैंक हो । आफ्‍नो दोस्रो शाखाको रुपमा इटहरीमा नौ महिना अघि प्रवेश गरेको यस बैंकका नेपालभरमा पाँच वटा शाखा स्थापना भइसकेकाछन् । गोर्खा विकास बैंकले वचत तफ सर्वाधिक ६.७५ प्रतिशत ब्याज उपलब्ध गराएको छ । यसका साथै एसएमएस बैंकिङ, इ बैंकिङ जस्ता सुविधा पनि ग्राहकहरुलार्इ प्रदान गरेको छ ।
हिमालयन बैंक (Himalayan Bank)–
यसरी पूर्वाञ्चलको शहर इटहरीमा निजी बैंकहरु अग्रपंत्तmीमा आउन घम्साघम्सी गरीरहेकाछन् । वाणिज्य बैंक, विकास बैंक, बचत संस्था तथा सहकारी संस्थाहरु गरी दर्जनौंको संख्यामा बैंकिङ संस्थाहरु कार्यरत् भएपनि इटहरीमा भित्रिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको कमी छैन । स्रोतका अनुसार सिटिजन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका बैंक इटहरी भित्रिने तयारीमा रहेकाछन् ।
 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :