महत्वपूर्ण राष्ट्रिय समाचार

हजारौं प्रहरी ठूलाबडाको घरेलु कामदार/सबै शाही नातेदारकहाँ अझै सुरक्षाकर्मी
 राजतन्त्र हटेर गणतन्त्र आएको दुई वर्षबितिसकेको छ तर पूर्वराजपरिवारका नातेदार र प्रभावशालीहरू कहाँ अझै सयौं सुरक्षाकर्मी 'घरेलु कामदार' का रूपमा छन् । पूर्वशाही नातेदारसहित पूर्वप्रधानमन्त्री, गृहमन्त्री, सेनापति, गृहसचिव, महानिरीक्षक, मुख्यसचिवहरू र उच्च प्रशासकका घरमा सयौं सुरक्षाकर्मी कामदारका रूपमा कार्यरत रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नै सूचना संयन्त्रबाट तयार पारेको सूचीअनुसार पूर्वराजा ज्ञानेन्द्रकी बहिनी शोभा शाहको निवासमा प्रहरी हवल्दार सम्बरबहादुर तामाङको कमान्डमा जवानहरू किशोसिंह भण्डा, शेषकान्त पन्त, गंगाबहादुर केसी र सन्दीपप्रसाद कुशवाहा तैनाथ छन् ।
यसैग पूर्वअधिराजकुमार धीरेन्द्रकी छोरी शीताष्माको निवासमा हवल्दार लक्ष्मणबहादुर श्रेष्ठको नेतृत्वमा जवानहरू रामबालक कुर्मी, हिरालाल चौध, दीपक बुढाथोकी र जयमंगल यादव छन् । उनकै अर्की छोरी दिलासाको निवासमा पनि हवल्दार पूर्णबहादुर कार्कीको नेतृत्वमा जवानहरू दिलबहादुर छत्याल, दीपक थापा, कृष्णराज ओझा र वीरेन्द्रसिंह कार्की कार्यरत छन् ।
'मुसालाई बिरालाको घाँटीमा कसले घन्टी झुन्ड्याउने' झैं भएको छ प्रहरी कामदारको कथा नेपाल प्रहरीमा । स्रोतका अनुसार गृहसचिव गोविन्द कुसुमकै घरमा प्रहरीहरू कामदारका रूपमा छन् । उच्च पदस्थले एक/दुई जना राखेकै कारण तलकाले सयौंको दुरुपयोग गरेका छन् । नेपाल प्रहरीका मात्रै तीन हजारभन्दा बढी कर्मचारीहरू पूर्वशाही नातेदार, मन्त्री, सचिव, पूर्वप्रशासक, पूर्वप्रहरी प्रमुख र उच्च अधिकृतको निवासमा घरेलु कामदारका रूपमा रहेको विवरण संकलन गरे पनि गृह मन्त्रालयले त्यसउपर कुनै कारबाही गरेको छैन ।
राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनामा संगठनको संख्याअनुसार झनै बढी दुरुपयोग भएको बताइन्छ । रोचक कुरा के छ भने शाही नातेदार र केही ठूला प्रभावशाली व्यक्तिकहाँ कसले प्रहरी पठाइरहेका छन् र तिनीहरू कति जना छन् भन्ने सूचना प्रहरी मुख्यालयलाई समेत छैन ।
देशका अधिकांश प्रभावशाली र सुरक्षा चुनौती रहेका महत्त्वपूर्ण व्यक्तिलाई जिल्ला सुरक्षा समितिको निर्णय गरेर व्यक्तिगत सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर (पीएसओज) उपलब्ध गराउँछ । तर कामदारका रूपमा खटिएकाहरू जसको काम गरिरहे पनि औपचारिक रूपमा उनीहरू प्रहरी कार्यालयमै हाजिर भएको देखाइन्छ ।
एक प्रहरी अधिकृत भन्छन्, 'केही जवानलाई त कतिसम्म शोषण गरिएको छ भने दिनभरि घरमा निजी काम गर्न लगाएर खान र सुत्न प्रहरीकै ब्यारेकमा पठाइन्छ ।'
जवानदेखि र्सइसम्मका कर्मचारीलाई मात्रै नभएर पछिल्लो समयमा दक्ष चालकलाई समेत प्रभावशाली व्यक्तिले लैजान थालेकामा प्रहरी मुख्यालय चिन्तित छ । 'एकपछि अर्को अनुभवी चालकलाई प्रभावशाली व्यक्तिले वर्षौंसम्म निजी चालकझैं लैजाँदा हामीलाई ठूलो समस्या परेको छ,' प्रधान कार्यालयका एक उच्च अधिकृतले इकान्तिपुरलाई भने, 'विशेष अनुरोधमा केही दिनका लागि पठाइएका चालक वषौं फर्कंउदैनन्, गृहमन्त्री, सचिव र उच्च अधिकारीलाई फोन गराएर उतै राख्छन् ।'
मुख्यालयका अनुसार मन्त्रालयले चिठी काटेर मात्रै ३० जना लगेका छन् । अनौपचारिक रूपमा गएकाबारे यकिन तथ्यांक छैन ।
केही वर्षघि गृह मन्त्रालयले आचारसंहिता तयार पारी कुनै पनि प्रहरी कर्मचारीलाई घरेलु कामदारका रूपमा निजी काममा लगाउन नपाइने आदेश परिपत्रमार्फत देशभरि जारी गरेको थियो । छुट्टै पुस्तिका छापेर पठाइएको उक्त आचारसंहिता अहिले कागजमा सीमित छ ।
क्यानडाका बहालवाला राजदूत तथा पूर्वमुख्यसचिव भोजराज घिमिरेको सानेपास्थित घर रुङ्न पनि हवल्दार राजकुमार थापाको कमान्डमा प्रहरी राखिएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा पनि थुप्रै प्रहरी कामदारकै रूपमा छन् ।
क्षेत्रीय प्रहरी प्रमुख रहेका तीन डीआईजीको निवासमा पनि दसभन्दा बढी प्रहरी कामदारका रूपमा रहेको सूचना गृह मन्त्रालयले संकलन गरेको छ ।
विवरण संकलन गर्न हिंडेको टोलीले एक पूर्वप्रहरी महानिक्षकको छिमेकीबाट जानकारी लिने क्रममा घरमा सुरक्षाका लागि राखिएका प्रहरीलाई गेटमा खटाई भित्र जुवा खेलाउने गरेको उजुरीसमेत प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार मृत्यु भइसकेका पहिलो प्रहरी महानिक्षक नरशमशेर जबराको निवासमा समेत अहिलेसम्म प्रहरी कामदारका रूपमा छन् । त्यस्तै अन्य पूर्वप्रहरी महानिक्षकहरू रत्नशमशेर जबरा, खडगजित बराल, दुर्लभकुमार थापा, हेमबहादुर मल्ल, डीबी लामा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर जबरा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेम गुरुङलगायत सबैको घरमा असंख्या प्रहरी कामदार भेटिएको सूची गृह मन्त्रालयमा छ ।
'सबैभन्दा ठूलो समस्या नै यही छ,' प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, 'हाम्रो सूचीमा दुई जना देखिन्छन्, अनौपचारिक रूपमा घरमा गएर बुझे एघार जना भेटिन्छन्' ती अधिकृतका अनुसार आफूखुसी व्यक्तिगत सम्पर्कका आधारमा आफ्नो कार्यालयबाट पठाउनेहरूलाई जबसम्म कारबाही थालिंदैन, तबसम्म घरेलु कामदार फर्कने स्थिति देखिंदैन ।
'कसको घरमा कति छन् भन्ने गोप्य रूपमा बुझी सूची तयार गरेर फिर्ता गराउने अन्तिम प्रयासमा लागेका छौं,' प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने ।
प्रहरीलाई घरेलु कामदारका रूपमा राख्नेहरूमा पूर्वगृहमन्त्री गोविन्दराज जोशीदेखि राज्यमन्त्री देवेन्द्र कँडेल र पूर्वगृहसचिव भक्तबहादुर कोइरालासमेत छन् । अधिकृत र प्रशासकहरूले प्रहरी कर्मचारी घरमा सुरक्षाका लागि राखिएको बताउँछन् । तर अधिकांश प्रहरी सुरक्षाका लागि नभई घरधन्दामा खटिएका देखिन्छन् ।
पूर्वराजाले उदघाटन गरे बुहारीको संस्था


काठमाडौ, आश्विन २३ - ज्ञानेन्द्र शाह उतिबेला राजा छँदा जुनसुकै महत्त्वपूर्ण काम शुक्रबार गर्न रुचाउँथे । राजाबाट हटेर नागरिक भएको ३ वर्ष ४ महिना ७ दिनपछि शुक्रबारै घटस्थापनाको साइत पारेर उनले नयाँ काम गरे, बुहारी हिमानीको नामको 'ट्रस्ट' उदघाटन ।
आफू राजा भएपछि दसैं छेका पारेर छोरा पारसलाई युवराज घोषणाको विवादास्पद निर्णय गराएका ज्ञानेन्द्रले यतिबेला दसैंकै समयमा बुहारीलाई सक्रिय गराउँदा संस्था सुरुवात गराएका छन् । शुक्रबार स्थापित 'हिमानी कोष' मा पूर्वराजपरिवारका पाँच महिला सदस्यसहित आठ जनाको कार्यसमिति छ ।
संस्थामा हिमानीकी नन्द प्रेरणा सिंह उपाध्यक्ष छिन् । त्यस्तै कोषाध्यक्षमा स्वर्गीष् धीरेन्द्र शाहकी माइली छोरी शिताष्मा, सदस्यमा जेठी छोरी पूजा शाही र कान्छी दिलासा राणा छन् । त्यस्तै शाही परिवारकै पावना शाह सचिव र सामाजिक कार्यमा संलग्न अर्चना शर्मा सदस्य छन् । सोल्टी होटलमा गरिएको उदघाटन समारोहमा ज्ञानेन्द्रकी दिदी केतकी चेस्टर पनि सहभागी थिइन् । अध्यक्ष हिमानीका पति पारस भने गएनन् ।
कार्यक्रममा हिमानीले समाजसेवाबारे अत्यधिक रुचि भएकाले कोष स्थापना गरेको बताइन् । संवाददाताले समाजसेवामार्फत राजनीतिमा लाग्नु भएको हो ? भनी सोध्दा उनले भनिन्, 'कृपया समाजसेवालाई राजनीतिमा नजोडिदिनुहोला । यो पवित्र कार्यबाट दुःखी नेपालीको आँखाको आँसु पुच्छ्न र अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।' 10 दिनअघि काठमाडौं प्रशासनमा दर्ता गरिएको संस्थामा महिलामात्रै रहनेछन् । यो संस्था ५० लाख कोषबाट सुरु गरिएको हिमानीले बताइन् । पारदर्शिता अपनाई कुनै व्यक्ति वा संस्थाले आर्थिक लगायतका सहयोग गरे स्वीकारिने उनले जानकारी दिइन् । मुख्य कार्यालय आफ्नै शीतल निवास महाराजगन्ज राखिएको कोषको कार्यालय तिहारपछि सहरमा सारिने छ । हाल दोलखालाई नमुना गाउँका रूपमा छनोट गरेको कोषले शिक्षा, स्वास्थ्य, बालबालिका, वृद्धवद्धा र युवाका लागि काम गर्ने घोषणा गरेको छ ।
यसको कार्यक्षेत्र नेपालभर रहने बताइएको छ । पूर्वरानी कोमल संरक्षक रहेको कोष उद्घाटनमा हिमानीले पहिलोपटक फोरमबाट बोल्दै ससुरा र सासूलाई 'श्री ५' ले सम्बोधन गरिन् । त्यस्तै ज्ञानेन्द्र पुत्री प्रेरणाले स्वागत भाषणमा आमा-बुवालाई 'श्री ५' जोडिन् । संस्थाको परिचय पुस्तिकामा लेखिएको पदाधिकारीको नाममा पनि संरक्षक कोमललाई 'बडामहारानी' विशेषण दिइएको छ ।
विभिन्न कारणले देश पिछडिँदै गइरहेको अवस्थालाई मनन गर्दै कोष स्थापना गरिएको हिमानीले बताइन् । 'सानो प्रयासबाट महत्त्वपूर्ण योगदान पुगोस् भन्ने अभिप्रायले कोष स्थापना गरिएको हो,' सामाजिक सेवाको क्षेत्रमा विशेष अभिरुचि
भएको उल्लेख गर्दै उनले भनिन्, 'स्थानीय स्रोत र साधन उपयोग र स्थानीय निकायहरूसँग समन्वय गरी काम गर्नेछौं ।'
कोष स्थापना गर्नुको कारण खुलाउँदै ३४ वर्षीया पूर्वयुवराज्ञीले भनिन्, 'राजधानीबाट नजिक हुँदाहुँदै दोलखाका बासिन्दाले सामाजिक समस्या भोगिरहेकाले त्यहाँ काम गर्न इच्छुक भएकी हँ ।' पत्रकारसहित राजपरिवारका शुभेच्छुक र सामाजिक प्रतिष्ठा बनाएका व्यक्तिहरू समेत सहभागी समारोहमा उनले हौसला, सहयोग र सल्लाहको अपेक्षा राखिन् ।
स्वागत मन्तव्यको जिम्मा उपाध्यक्ष प्रेरणाको थियो । उनले फोनका माध्यमबाट बोलाइएका सबैलाई धन्यवादसहित दसंै र तिहारको शुभकामना दिइन् । 'जागरुक समाज उज्जवल भविष्य' नारा दिइएको संस्थाको उदघाटनमा व्यापारी, चिकित्सक, कानुनविद्, कलाकार, खेलाडी, उद्योगपतिसहित करिब ४ सय थिए । उक्त कार्यक्रमलाई निजी टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेका थिए । २२ मिनेटको उदघाटनपछि हिमानीले करिब २ घन्टा शुभेच्छुकसँग बिताइन् । समारोहमा राजपरिवारका सदस्यले आपसमा संवाद गर्दा अंग्रेजी भाषाको प्रयोग बढी गरिएको थियो । प्रमुख अतिथि बनेका ज्ञानेन्द्र सोल्टी पुगेपछि पे्ररणाले स्वागत मन्त्व्य दिएकी थिइन् । त्यसपछि पूर्वराजाले पानसमा बत्ती बालेर उद््घाटन गरेका थिए । त्यस्तै सचिव पावनाले संस्थाको उद्देश्य र कार्यक्षेत्रबारे मन्तव्य दिएकी थिइन् । उनको मन्तव्यसाथ प्रोजेक्टरमा दोलखाका तस्बिर र वृत्तचित्र पनि देखाइएको थियो । कार्यक्रम सकिएपछि बलिउड नायिका मनीषा कोइराला पति सम्राट् दाहालका साथ सोल्टी पुगेकी थिइन तर त्यसबेला हल करिब रित्तिइसकेको थियो ।
 २०६७ आश्विन २४ ०९:२८
हिमानी र प्रेरणाको सम्बोधनमा श्री ५ नै श्री ५
उनीहरुका मन्तव्य जस्ताको तस्तै-
काठमाडौं, असोज २२ (नागरिक)- पूर्व युवराज्ञी तथा हिमानी कोषकी अध्यक्ष हिमानी शाह र उपाध्यक्ष प्रेरणा शाहले कोषको उद्‍घाटनमा राजाबाट नागरिक भइसकेका ज्ञानेन्द्र शाह तथा बडामहारानीबाट नागरिक भइसकेकी कोमल शाहलाई श्री ५ ले सम्बोधन गरेका छन्। हेरौं उनीहरुका मन्तव्य जस्ताको तस्तै
हिमानी कोषको समुद्‍घाटनका क्रममा अध्यक्ष हिमानी राज्य लक्ष्मी देवी शाहबाट व्यक्त मन्तव्य
आज यस हिमानी कोषको समुदघाटन समारोहमा सवारी होइबक्सेका श्री ५ महाराजधिराज सरकार तथा यस कोषका संरक्षक श्री ५ बडामहारानी सरकार, अन्य आमन्त्रित विशेष अतिथि ज्यूहरु, देशको सेवामा उल्लेखनीय योगदान पुर्‍याउनुभएका उद्योगपती, ब्यापारी, चिकित्सक, बुद्धिजिबी, कलाकार, खेलाडी , समाजसेवी, कानुनबिद्, आजका बिशेष आमन्त्रित पत्रकारज्यूहरु लगायत राष्ट्रलाई सहयोग पुर्‍याउने संपूर्ण महानुभावहरुलाई म यस हिमानी कोषको तर्फबाट साथै मेरो ब्यक्तिगत तर्फबाट पनि हार्दीक अभिबादन ब्यक्त गर्न चाहन्छु।
सर्वप्रथम, श्री ५ बडामहारानी सरकार यस संस्थाको संरक्षक होइबक्सेकामा यो हाम्रो लागि सुखद् एवं गौरवको कुरा भएको यहाँहरु समक्ष अवगत गराउँदै हामी वहाँप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छौं। साथै मेरो अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसबमोजिम :
प्रेरणा राज्यलक्ष्मी देवी सिंह……… उपाध्यक्ष
पावना शाह …………………… सचिव
शीताष्मा राज्यलक्ष्मी देवी शाह …… कोषाध्यक्ष
पूजा राज्यलक्ष्मी देवी शाही ……… सदस्य
दिलासा राज्यलक्ष्मी देवी राणा …… सदस्य
अर्चना शर्मा ……………। सदस्य
का साथै कानुनी सल्लाहकारको रुपमा अनिता केसीलाई कोषको तर्फबाट नियुक्त गरिएको छ।
आज देश बिभिन्न कारणबाट झनझन पिछडिदै गइरहेको अवस्थालाई मनन गर्दै हाम्रो सानो प्रयासबाट पनि महत्वपूर्ण योगदान पुगोस भन्ने अभिप्रायले हामीले यो हिमानी कोषको स्थापना गरेको कुरा यहाहरु समक्ष जानकारी गराउन चाहान्छु। सामाजीक सेवाको क्षेत्रमा मेरो बिशेष अभिरुची भएकोले अहिले संस्थागत रुपमा स्थानीय स्रोत र साधनहरुको उपयोग गरी स्थानीय निकायहरुसँग समन्वय गरी कार्य गर्ने प्रयास स्वरुप हिमानी कोषको स्थापना गरिएको छ।
मेरो सानो प्रयासले नेपाल र नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको लागी केही सहयोग मिल्छ भने त्यो नै मेरो लागी सबै भन्दा ठूलो उपलब्धी हुनेछ। 'जागरुक समाज, उज्वल भबिष्य' भन्ने कोषको मुल लक्ष्यलाई मनन गर्दै बालबालिका, महिला, युवा, वृद्ध वृद्धाहरुलाई लक्षित कार्यक्रम शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक विकास गरी ५ भागमा विभाजन गरेर आफनो कार्य क्षेत्र एवं उदेश्य बिस्तार गर्ने लक्ष्य यस हिमानी कोषले राखेको छ।
मेरो ब्यक्तिगत अनुभव भन्नुपर्दा हालसालै मेरो दोलखा भ्रमण्को क्रममा उक्त स्थान राजधानीबाट नजिक हुँदाहुँदै पनि स्थानीय ब्यक्तिहरुले बिभिन्न सामाजिक समस्याहरु भोग्नुपरेको देखिएको हुदाँ म त्यस क्षेत्रमा कार्य गर्न इच्छुक भएकी हुँ। तसर्थ यस हिमानी कोषको तर्फबाट प्रारम्भिक चरणको कार्य क्षेत्रको लागी दोलखा जिल्लालाई छनोट गर्ने निर्णय गरेका छौ। दोलखा जिल्ला अर्न्तगतका बिभिन्न स्थानहरुमा आबश्यकता अनुसार स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक विकासका कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्न हिमानी कोष कटिबद्ध छ।
कुनै पनि कामको सुरुवात गर्नु ठूलो कुरा होईन तर त्यसलाई सफल बनाउनु महत्वपूर्ण कुरा हो। त्यसैले मेरो प्रयासलाई यहाँहरु सबैले हृदयदेखिनै स्वागत गरिदिनु हुनका साथै हामीलाई हौसला, सहयोग एवं सल्लाह दिई अगाडी बढ्न मदत गरिदिनुहुन्छ भन्ने आशा लिएकी छु। आज यस कोषको समुदघाटन समारोहमा पाल्नु भई कार्यक्रमको सोभा बढाईदिनु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवादका साथै विजयादशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु।
हिमानी कोषको उद्‍घाटनका क्रममा उपाध्यक्ष प्रेरणा राज्य लक्ष्मी सिंहबाट व्यक्त स्वागत मन्तव्य
श्री महाराजधिराज, श्री ५ वडामहारानी, यस समारोहमा आमन्त्रित अतिथीहरु, देशको सेवामा उल्लेखनिय योगदान पुर्‍याउनु भएका उद्योगपती, ब्यापारी, चिकित्सक, कलाकार, खेलाडी , समाजसेवी, कानुनबिद बुद्धिजिवी, पत्रकारज्यूहरु लगायत हामीलाई टेलिभिजनको प्रत्यक्ष प्रशारण मार्फत हेरिरहनु भएका सम्पूर्ण दर्शक दाजुभाई एवं दिदी बहिनीहरुमा म यस हिमानी कोषको उपाध्यक्षका तर्फबाट हार्दीक स्वागत ब्यक्त गर्न चाहान्छु।
सर्बसाधारणलाई छिटोभन्दा छिटो हिमानी कोषको बारेमा जानकारी उपलब्ध गराउन आबश्यक देखिएकोले छोटो समयमानै यस कोषको समुदघाटनको ब्यबस्था मिलाउनुपर्ने भएको हुदाँ फोनको माध्यमबाट यहाँहरु समक्ष गरिएको आमन्त्रणलाई स्वीकार गरी यस समारोहको गरीमा बढाईदिनु भएकोमा म कोषको तर्फबाट यहाँहरु समक्ष हार्दिक धन्यवाद एवं आभार ज्ञापन गर्न चाहान्छु।
हिमानी कोषले “जागरुक समाज उज्वल भविष्य” भन्ने लक्ष सहित देशका बिभिन्न ठाउहरुमा त्यहाका स्थानिय ब्यक्ति एवं निकायहरुसँग समन्वय गरी गर्न लागेको सामाजिक सेवाको कार्यलाई यहाँहरुले पनि हृदय देखिनै स्वागत एवं सहयोग गरी हामीलाई हौसला प्रदान गरिदिनुहुन्छ भन्ने आशा लिएका छौ। अन्त्यमा हाम्रो यस समुदघाटन समारोहमा आफनो कार्य ब्यस्तताका बाबजुद पनि उपस्थित भई हाम्रो कार्यक्रमको शोभा बढाईदिनुहुने सम्पूर्ण आमन्त्रित महानुभाव हरुलाई आभार ब्यक्त्त गर्दै विजयादशमी एवं शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
Friday, 08 October 2010
नेपालमा ७० लाख गरिब
¨ हाल गरिबः ७० लाख
¨ शहरी गरिबः ८ प्रतिशत, ग्रामिण गरिबः २२ प्रतिशत
¨ पा“च वर्षमा एक लाख ७६ हजार जना धनी भए
¨ गरिबी घट्नुको कारणः रेमिट्यान्स
¨ नेपालमा बेरोजगारः २.१ प्रतिशत
¨ बालमृत्युदर दश वर्षमा १०९ बाट ४१ प्रतिशतमा झ¥यो ।

इटहरी÷एकछिन अनुमान गर्नुहोस् त, नेपालमा गरिबहरुको संख्या कति होला ?
राष्ट्रिय योजना आयोगले जारी गरेको एक तथ्याङ्क अनुसार नेपालमा ७० लाख जना गरिब छन् ।
लक्ष्यअनुसार विकास नहुँदा दैनिक ७४ रुपैयाँ (एक अमेरिकी डलर) आर्जन गर्न नसक्ने जनसंख्या ७० लाख छ । काठमाडौमा यसैसाता सार्वजनिक नेपाल सहश्राब्दी लक्ष्य प्रगति प्रतिवेदन २०१० अनुसार दुई करोड ७५ लाख जनसंख्या भएको नेपालमा ७४ रुपैयाँ आम्दानी गर्न नसक्ने जनसंख्या ७० लाख छ ।
पाँच वर्षअघिको प्रतिवेदनमा गरिबीको संख्या ३१ प्रतिशत थियो । अहिले यो ५ प्रतिशतले घटेर २५ दशमलब ४ प्रतिशतमा झरेको छ । पाँच बर्षअघि २ करोड ३१ लाख जनसंख्या हुँदा गरिब ७१ लाख ७६ हजार थिए ।
दैनिक एक अमेरिकी डलर आर्जन गर्न नसक्नेलाई गरिबीको रेखामुनि राख्ने प्रचलन छ । मुलुकको ठूलो जनसंख्या गरिबीको रेखामुनी भएपनि प्रतिवेदनमा लक्ष्यअनुसार गरिबी घटाउन सफल भएको उल्लेख छ । ‘गरिबी वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले घटाएको हो’ राष्ट्रिय योजना आयोगका सदस्य पुष्कर बज्राचार्यले भने । स्रहशाब्दी विकास लक्ष्यले सन् २०१५ सम्ममा गरिबी २१ प्रतिशतमा झार्ने उद्देश्य राखेको छ ।
प्रतिवेदनले शहरी क्षेत्रको गरिबी ८ र ग्रामीण क्षेत्रको २२ प्रतिशत रहेको देखाएको छ । गाउँको तुलनामा सहरको गरिबीको दर घटेको छ । सहरको गरिबी २० र गाउँको १८ प्रतिशतले घटेको प्रतिवेदनमा छ ।
नेपालले अन्य लक्ष्यका तुलनामा बालमृत्यु घटाउन र मातृ स्वास्थ्यमा प्रगति गरेको छ ।
सन् १९९० को बालमृत्यु दर प्रतिहजार १ सय ९ बाट २०१० मा ४१ मा झरेको छ । ५ वर्षमुनीका बालकको मृत्युदर पनि प्रतिहजार १ सय ६२ बाट ५० मा झरको छ । प्राथमिक शिक्षामा मुलुकले ९३ दशमलव ७ प्रतिशतको लक्ष्यमा पुगेको छ । छोरा र छोरीको शिक्षाको असमानतामा कमी आएको छ ।
नेपालमा बेरोजगारी २ दशमलव १ प्रतिशत रहेको अनुमान छ । सहस्राव्दी विकास लक्ष्यले सन् २०१५ सम्ममा बेरोजगारी अन्त्य गर्दै मर्यादित रोजगारको व्यवस्था गर्ने उद्देश्य लिएको छ ।
हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको छ । गतवर्षको तथ्यांकलाई आधार मान्दा ३ लाख जनशक्ति वैदेशीक रोजगारीमा गएको छ ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :