सामाजिक समाचार
Posted by
purwanews
Published on
Friday, January 30, 2009
हिन्दुराज्य फर्काउन बालसन्तलाई उपाधि
= हिन्दु राज्य बनाउन देशव्यापी दौडाहा ।
= “धार्मिक हिंसा हुनसक्छ ।”
= “वार्षिक बजेट चाहियो ।”
= “धर्म निरपेक्षता गलत शब्द”
= “जनमत संग्रह हुनुपर्छ ।”
= “आम जनता तथा सभासद् हिन्दू राज्यको पक्षमा ।”
हिमाल दहाल
इटहरी÷असोज १५
गत वैशाखमा भारतीय पण्डितहरुबाट जगत् गुरुको उपाधि पाएसँगै नेपालका बालसन्त महाराजको दैनिकी फेरिएको छ । ध्यानमा लिन हुने बालसन्त अचेल नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने माग गर्दै देशव्यापी अभियानमा जुटेका छन् । विभिन्न स्थानबाट चतरास्थित आश्रममा पुगेका हिन्दू राज्यका पक्षधरहरुसँग कुराकानी गर्नुका साथै नेपालका विभिन्न स्थानमा डुलेर पण्डित सभा समेत गर्न थालेका छन् ।
उनी हिन्दू राज्य बनाउन जुटेको भन्ने शंका आशंका उठिरहेकै बेलामा यसै साता उनले नेपाललाई हिन्दु राज्य बनाउन देशव्यापी अभियान थालेको खुलासा गरेका छन् ।
अधिकांश नेपालीहरुको सनातन धर्म हिन्दु भएका कारण नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा 27;र्नुपर्ने माग सहित देशव्यापी रुपमा धार्मिक गुरुहरुसँग सरसल्लाहमा जुटिसकेको समेत उनले बताए ।
इटहरीमा पत्रकार सम्मेलन गरी उनले नेपाललाई हिन्दु अधिराज्य बनाउन राष्ट्रव्यापी अभियान थालिएको खुलासा गरेका हुन् । सोको लागि नेपालका विभिन्न ठाउँहरुमा छलफल र सरसल्लाह भइसरहेको उनले बताए । ‘काठमाडौ, दाङ र सुदुर पश्चिमका पण्डितहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।’ उनले भने ।
बालसन्तले आफ्नो काम हेरेर जगत् गुरुको उपाधि दिइएको बताएपनि उनलाई भारतीय हिन्दूसम्बद्ध पण्डितहरुले नेपालमा हिन्दू राज्यको पुनर्बहालीका लागि प्रयोग गरेको केही विश्लेषकहरुले बताएका छन् । संसारमा एउटा मात्र हिन्दू अधिराज्यको रुपमा रहँदै आएको नेपाल गणतन्त्र स्थापनासँगै धर्म निरपेक्षा भएपछि भारत तथा नेपालमा रहेका धार्मिक गुरुहरुको टाउको दुःख्दै आएको छ । धर्म निरपेक्षताको घोषणा पछि नेपाल सरकारले दिने सेवा सुविधा तथा पर्व इत्यादिको आयोजनामा दिएको सुविधा गुम्ने शंकाले उनीहरु नेपालमा हिन्दू राज्य फर्काउन लागिपरेको बताइएको छ । पछिल्लो समयमा सुनसरीको चतरामा बालसन्त महाराजले धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएका छन् । उनको कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डदेखि राष्ट्रपती डा. रामवरण यादवसम्म पुगिसकेका छन् । उनले हालै सुनसरीको चतरामा सम्पन्न तीन दिनको पण्डित महासभाले नेपाललाई हिन्दु राज्य बनाउन अभियान थाल्ने निर्णय गरेको थियो । नेपाललाई हिन्दु राज्य बनाउने पक्षमा कुनै भएका पण्डित सभामा निर्णयहरु भएको समेत उनले खुलासा गरे । उनले सोही विषयमा राष्ट्रपतीसँग पनि अनुरोध गरिसकिएको बताए ।
उनले सत्तामा रहने नेता तथा सांसदहरु समेत हिन्दु राज्यको पक्षमा रहेको बताउँदै जनमत संग्रह गरेमा हिन्दु अधिराज्यको पक्षमा बहुमत जुट्ने समेत दावी गरे । उनले भने, ‘कसैको नारालाई समातेर धर्म निरपेक्ष राष्ट्र बनाइएकोमा धेरैको असहमती छ ।’ उनले संविधानमा उल्लेख गरेको धार्मिक निरपेक्षता भन्ने शब्दप्रति असहमती प्रकट गर्दै निरपेक्ष भन्ने शब्द चयन नै गलत भएको दावी गरे । नेपालमा बहुसंख्यकको माग हिन्दु राज्य घोषणा गर्नुपर्ने भएकोले मागको बेवास्ता गरेमा नेपालमा धार्मिक युद्ध समेत हुनसक्ने चेतावनी समेत दिए । ‘हिन्दु धर्मको पक्षमा रहनेहरुको ठूलो समुह रहेको कारण भोली अर्को थरी युद्ध हुनसक्छ ।’ उनले भने ।
नेपालको राष्ट्रिय जनावरबाट गाईलाई हटाइएको र सरकारी विद्यालयहरुबाट संस्कृत भाषाको अध्यापन बन्द गरिएकोमा समेत उनको विशेष आपत्ती थियो । उनले धर्म सम्बन्धि राष्ट्रिय निर्णय गर्दा आफूहरुको समेत ì0;हभा 27;िता गराउन माग गरे । भारतको पण्डित सभाले गत वैशाखमा जगत् गुरुको उपाधि दिएपछि आफूमा थप जिम्मेवारी थपिएको उनले बताए । उनले राज्यले आफूलाई बजेट दिनुपर्ने समेत माग गरे । आफू जगत् गुरुका हिसाबले हिड्दा खर्च बढ्ने उनले बताए ।
‘हामीलाई पनि नागरिकता चाहियो ।’
इटहरी÷‘सार्वजनिक शौचालयमा महिला र पुरुषको लागि छुट्टा छुट्टै कोठा हुन्छ । तर हाम्रो लागि खोइ ?’ वषौंदेखि आफूले भोग्दै आएको पीडा अब तेस्रो लिङ्गीहरुले राख्न थालेका छन् । नागरिकता पाउनुपर्ने भन्दै पछिल्लो समयमा आन्दोलित भएका नीलहिरा समाजका एक सदस्यले भने, ‘हामी नेपाली हो भन्ने स्वीकारर्छौ भने नागरिकता देऊ ।’
नागरिकता दिन नेपाल सरकारका गृहमन्त्री उदासिन रहेको भन्दै तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको संस्था ब्लु डाइमण्ड सोसाइटीले पछिल्लो पटक आन्दोलन गर्ने जनाएको छ । आफूहरु पनि नेपालको नागरिक भएको र सम्मानपूर्वक बाँच्ने चाहना भएको जनाउँदै उनीहरुले नागरिकताको माग गरेका हुन् ।
तेस्रो लिङ्गीलाई पनि नागरिकता दिन तथा राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउन गत ०६४ पुस ६ गते सर्वोच्च अदालतले गरेको फैसलालाई गृहमन्त्रीले अटेर गरेको भन्दै सो संस्थाले विरोध जनाएको हो ।
बारम्बार पहल गर्दा समेत आफ्ना कुराहरुलाई वेवास्ता गर्दै गएको उनले बताए । समाजका पूर्वाञ्चल क्षेत्रीय प्रमुख बादल तिवारीले नागरिकताको अभावमा पासपोर्ट समेत बनाउन नपाएको र सामाजिक तथा कानुनी हिसाबले पनि विभिन्न क्षेत्रमा अपमानित हुनुपरेको भन्दै उनले तेस्रो लिङ्गीहरुलाई नागरिकता दिने व्यवस्था गर्ने गरी सर्वोच्चले गरेको निर्णयलाई पालन गर्न माग गरे ।
आफूहरु पनि नेपाली नागरिक भएको बताउँदै उनले भने, ‘कि त नागरिकता दिनुप¥यो, होइन भने नेपाली नै होइनौ भन्नुप¥यो ।’ उनका अनुसार तेस्रो लिङ्गीलाई पनि नागरिकता दिने विषयमा राष्टूपती, प्रधानमन्त्री तथा गृहसचीव सम्म सहमत भइसकेको अवस्थामा गृहमन्त्रीका कारणले प्रक्रिया अड्किएको भन्दै विरोध गरिएको जनाएका छन् ।
समाजले नागरिकता प्राप्तीको आन्दोलनका क्रममा सरकार ज्ञापन पत्र बुझाएको छ भने प्रधानमन्त्री तथा राष्ट्रपतीलाई पनि ज्ञापनपत्र बुझाएको जनाएको छ । दुई साता सम्म पनि आफ्नो मागमा सुनुवाइ नभए आमरण अनसनमा बस्ने उनीहरुले जनाएका छन् ।
नगरमा भुस्याहा कुकुर बढे
इटहरी÷बाटो घाटो हिड्नै नहुने गरी इटहरीमा अचेल भुस्याहा कुकुरहरुको संख्या अचाक्ली बढेको छ ।
नगर क्षेत्रमा जथाभावि छाड 66; छाडì7;एका कुकुरहरुको व्यवस्थापन नगरिएका कारण इटहरी नगरमा अहिले भुस्याहा कुकुरहरुको जगजगी भएको हो । सोसँगै कुकुरले सार्ने गरैको रेबिज रोग फैलने खतरा समेत बढेको छ ।
कुकुर नियन्त्रणको लागि भुस्याहा कुकुर मार्ने अभियान चलाउँदै आएको इटहरी नगरपालिकाले लामो समयदेखि भुस्याहा कुकुरको व्यवस्थापनमा ध्यान दिएको छैन । तीन वर्षअघिसम्म कुकुरलाई विष खुवाएर मार्ने गरिएकोमा तीन वर्षयता सो कार्य रोकिएको छ । ‘पशु अधिकारकर्मीहरुलै पशु अधिकारकौ पक्षमा वकालत गर्दै कुकुर मार्र्ने कामको विरोध गरेका कारण रोकिएको हो ।’ इटहरी नगरपालिकाका कर्मचारी महेश सुवेदीले बताए ।
उचित व्यवस्थापन अभावमा इटहरी नगर क्षेत्रमा भुस्याहा कुकुरहरुको संख्या पछिल्लो समयमा निकै बढेको छ । कुकुरहरुको कारण हिडडुल गर्न समेत समस्या परेको नगरवासीले जनाएका छन् ।
कुकुरहरुको बढ्दो संख्या नियन्त्रण गर्ने अर्को उपाय पोथी कुकुरहरुको बन्धाकरण गर्ने हो । तर त्यसको लागि पनि प्राविधिकको टोली आवश्यक पर्ने र खर्च पनि बढी पर्ने हुनाले नगरपालिकाले त्यसतर्फ ध्यान दिएको छैन ।
कुकुरको बढ्दो संख्यासँगै कुकुरले टोक्ने गरेका घटना समेत सार्वजनिक हुने क्रम बढ्दो छ । कुकुरले टोकेका कारण गत जेठ महिनामा इटहरी ५ स्थित सिद्धकाली टोलका हिरा चौधरीको मृत्यु भएको थियो भने विहीबार पनि स्थानिय एकराज थापालाई कुकुरले टोकेपछि त्रास छाएको छ ।
भुस्याहा कुकुरहरुको संख्या बढ्दै गएको टोल विकास संस्थाका अध्यक्ष नेत्रबहादुर खड्काले गुनासो गर्दै नियन्त्रणको आवश्यकता रहेको बताए । उनले नगर क्षेत्रमै कुकुरहरुको संख्या बढीरहेकोतर्फ नगरपालिकाले ध्यान दिन नसकेकोमा आक्रोश समेत पोखे ।
कुकुरले टोकेमा रेबिज लाग्न नदिन पाँच सय रुपैया दरका पाँचवटा सुई लगाउनुपर्ने हुन्छ । विपन्न परिवारले सुइ लगाउने खर्च जुटाउनै गाह्रो पर्ने हुँदा कुकुरको टोकाइबाट बच्नु नै सबैभन्दा राम्रो उपाय हुनआउने चिकित्सकहरुको पनि राय छ । यसैले भुस्याहा कुकुरहरुको संख्या नियन्त्रण गर्न नगरपालिकाले ध्यान दिने हो कि ?
प्रतिक्रिया दिनुहोस् >>