शान्तिपूर्ण धर्नामा विष्फोट, चार जनाको मृत्यु

मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा जारी शान्तिपूर्ण धर्नामा सोमबार बिहान भएको विष्फोटमा चार जनाको मृत्यु भएको छ ।
bisfotविष्फोटमा जनकपुर नगरपालिका- ८ का विमल शरण, कलाकार रञ्जु झा, सुरेश उपाध्याय र झगरु मण्डलको मृत्यु भएको हो । विमलको घटनास्थलमै अन्यको उपचारकोक्रममा मृत्यु भएको हो । बिहान १० बजे भएको विष्फोटमा दर्जन बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।मृतक झा मिथिला क्षेत्रका स्थापित कलाकार थिए । उनी मिथिला नाट्य कला परिषद्संग आवद्ध रही विभिन्न सडक, स्टेज तथा थियटर 'शो' हरुमा सहभागी हुने गर्थिन् ।
मिथिला राज्य संघर्ष समितिको आहृवानमा धर्ना भइरहेकाबेला एक व्यक्तिले रोकेको ज २ प ९३९५ नम्वरको मोटरसाइकल विष्फोट भएको हो । घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासीहरुले एक युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ । विष्फोटमा परी संघर्ष समितीका संयोजक परमेश्वर कापडी, नेपाली कांग्रेस जनकपुर नगर समितिका सभापति धीरेन्द्र मोहन झा,जनकपुर उद्योग वाणिज्य संघका सदस्य शिवशंकर साह हीरा, रामानन्द युवा कमिटीका पूर्व अध्यक्ष रमेश ठाकुर,महासचिव मनमोहन साह,स्टेशन एरिया युवा क्लवका अध्यक्ष देवू यादव,दीपेन्द्र दाससहित एक दर्जन अधिक घाइते भएका छन् । गम्भीर घाइते ६ बढीलाई थप उपचारको लागी काठमाण्डौं लगिएको छ । अन्यको जनकपुर अञ्चल अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
bom bisfotघाइतेहरुलाई उपचारको क्रममा जनकपुर अंचल अस्पताल ल्याइएको बेला चिकित्सकहरु नरहेको भन्दै  आक्रोशित स्थानीयवासीहरुले हो हल्ला गरे पछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो । यस क्रममा स्थानीयवासी र प्रहरी बीच सामान्य झडप समेत भएको थियो ।
राज्य पुर्नसंरचना अन्तर्गत मिथिला राज्य नामाकरण हुनु पर्ने मांग राखी संघर्ष समिती गत चार दिनदेखि चरणवद्ध आन्दोलन गर्दै आएको थियो । सोमवार विहान ८वजेदेखि ११वजेसम्म रामनन्द चौकमा शान्तिपूर्ण धर्ना र चक्का जाम गर्ने कार्यक्रम थियो । आन्दोलनकारीहरु बीच सडकमै बसेर धर्ना दिई रहेका बेला सवा १० वजे विष्फोट भएको थियो । पिष्फोटक पदार्थ धरना स्थलभन्दा पश्चिम राखिएको ज २ प ९३९५नम्बरको हिरो होण्डा कम्पनीको रातो रंगको पैसन प्रो मोटरसाईकलमा राखीएको अनुमान गरिएको छ । वेवारिसे अवस्थामा भेटिएको उक्त मोटर साईकल पूर्णतः क्षतिग्रस्त भएको छ । 
विष्फोटमा मृत्यु हुने सवै रामानन्द चोकका हुन् । एकै गाउँका चारजनाको मृत्यु भएपछि रामानन्द चौकमा रुवावासी चलिरहेको छ ।
जनतान्त्रिकद्वारा जिम्मा
यसैबीच घटनाको जिम्मा राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । राजन मुक्तिले संचारकर्मीहरुलाई एसएमएस पठाई घटनाको जिम्मेवारी लिएको हो ।  उसले माओवादी, कांग्रेस र एमाले नेतालाई लक्षित गरी विष्फोट गरेको जनाएको छ । सर्वसाधारण मारिएकोमा मोर्चाले माफी मागेको छ ।

'बिष्फोटमा जो मैले देखें'


माओवादीका सचिव सिपी गजुरेलको पत्रकार सम्मेलन बीचमै छाडी म साँढे ९ वजे रामानन्द चौक पुगेको थिएँ । गर्मीबाट जोगिन त्रिपाल झुण्ड्याएर प्रदर्शनकारीहरु बीच सडकमै धर्ना बसेका थिए । 
उनीहरु आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुँदै थियो । बीच बीचमा हँसी मजाकको दौड पनि चल्दै थियो । यसैबीचमा विमल शरणजी हातमा चिनीको झोला बोकेर आए । उनले मिथिला नाट्यकला परिषद्का कोषाध्यक्ष विष्णुकान्त मिश्रलाई चिनीको झोला थमाउँदै सर्वत बनाएर ल्याउन आग्रह गरे । विष्णुजीलाई चियाको अमल लागेको थियो । 
विष्णु, मिनाप अध्यक्ष सुनिल मल्लिक, पूर्व अध्यक्ष सुनिल मिश्र चिया पिउन भनि चौकको पूर्वतिर लागे । विमलजी आफै एउटा होटलमा गई सर्वत बनाएर ल्याए र सहभागीहरुलाई खुवाउँन थाले । सर्वतको पिइसकेपछि, कार्यक्रम स्थलमै राखिएको सुपारी बाँड्ने क्रम सुरु भयो । 
सुपारी बाड्ने काम मैले नै गरें । कागजमा राखिएको सुपारी बाँड्दै गर्दा पश्चिमतर्फबाट ठुलो आवाज आयो । म एक छिन मूर्तिवत्त भएँ । कानले सुन्न छाडयो । के भयो भनी ठम्याउँनै सकिन । पछि हेर्दा मेरो दाहिने पाखुरा र ओठमा पनि वमको छर्रा लागेको रहेछ । 
कार्यक्रम स्थलमा भागाभाग सुरु भयो । म पनि भागें । अलि परबाट हेर्छु परमेश्वर भैया (परमेश्वर कापडि) भुईमा लडी राहनु भएका थिए । रंजु रोई कराई गरिरहेकी थिईन । एक दाह्रीवाल पुरुषको आन्द्रा भुंडी बाहिर आई सकेको थियो । 
अरु पश्चिम तिर बस्नेहरु लम्पसार परेका थिए । यसैबीच रुदै कराउँदै सुनिल मिश्र र सुनिल मल्लिक आए । घाईतेहरुलाई अस्पताल लग्नु पर्यो भन्ने सल्लाह भयो । मैले परमेश्वर भैयाको अनुहारमा सर्वत पानी छर्केर होसमा ल्याएँ । सिकिस्त घाईतेहरुलाई प्रहरीकै भ्यानमा राखेर अस्पताल पुर्र्याइएको थियो । अन्यलाई भने एम्बुलेन्समा राखेर अस्पताल पुर्याइयो । पछि थाहा भयो, 'घटनास्थलमा मृत्यु हुने दाह्रीवाल पुरुष हामी सबैलाई सर्वत खुवाउँने विमल शरण नै थिए ।'
वैशाख १८, ekantipur, photo: onlines, prem bastola

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध