ऐश्वर्याको ‘सुत्केरी-समाचार’ प्रतिबन्ध
Posted by
purwanews
Published on
Thursday, November 10, 2011
अमिताभ बच्चनकी बुहारी ऐश्वर्या राय बच्चनले पाउन लागेका सन्तानबारे भारतीय मिडियाहरुमा अनेकथरि अडकलबाजी भइरहेका छन् । ऐश्वर्याले सन् २०११ सालको ११ महिना ११ गते बच्चा जन्माउने मात्रै हैन, उनको भाग्य, रुप र तौलबारे पनि अनेकथरि अनुमानबाजी भइरहेका छन् । विश्वसुन्दरी ऐश्वर्यको गर्भमा रहेको सन्तानको बारेमा भारतीय सञ्चारमाध्यममा अस्वभाविक प्रचारवाजी तथा चर्चा भइरहेका छन् ।
यीनै अनुमानबाट दिक्क भएर होला बच्चन परिवारले भारतीय टेलिभिजनहरुलाई ऐश्वर्याको सुत्केरी समाचार प्रसारणमा सेन्सर लगाएको छ । बच्चन परिवारको दबाबपछि भारतीय टेलिभिजनका सम्पादकहरुको संस्था ‘दी ब्रोडकाष्ट एडिटर्स एसोसिएसन’ले दश बुँदे निर्देशिका जारी गरेको छ ।अमिताभ बच्चनकी बुहारी ऐश्वर्या राय बच्चनले पाउन लागेका सन्तानबारे भारतीय मिडियाहरुमा अनेकथरि अडकलबाजी भइरहेका छन् । ऐश्वर्याले सन् २०११ सालको ११ महिना ११ गते बच्चा जन्माउने मात्रै हैन, उनको भाग्य, रुप र तौलबारे पनि अनेकथरि अनुमानबाजी भइरहेका छन् ।
निर्देशिकाअनुसार बच्चा जन्मेको आधिकारिक पुष्टी नहुन्जेल टेलिभिजन च्यानलहरुले बच्चाका बारेमा कुनै अनुमान गर्न पाउने छैनन् । यस्तै बच्चा जन्मिएको खबरलाई ब्रेकिङ न्यूजका रुपमा दिन पाउने छैनन भने ऐश्वर्यालाई भर्ना गरिएको अस्पताल र बच्चन परिवारको घर वरिपरि ओवी भ्यान वा क्यामेरा तैनाथ गर्न पाइने छैन् । परिवारले सार्वजनिक नगरेसम्म बच्चाको फोटो प्रसारण गर्न पाइने छैन भने अस्पताल परिवारमा समाचार कभरेजका लागि टीभी पत्रकार जान पाउने छैनन् ।
बच्चाको भाग्य र भबिष्यबारे कुनै ज्योतिषिय अनुमान गर्न वा नोभेम्बर ११ मा जन्मिनेको भबष्यि के हुने भन्नेबारे अनुमान गर्न पाउने छैनन् । अझ अचम्मको सर्त त के छ भने नयाँ बच्चन जन्मिएको खबर एक मिनेट वा ९० सेकेन्डभन्दा बढि बजाउन पाइने छैन् ।
ऐश्वर्या गर्भवति भएदेखिनै सनसनीपूर्ण समाचार र अनुमान बजाउँदै आएका भारतीय टीभीहरुलाई यो निर्देशिकाले लगाम लगाएको छ भने बच्चन परिवारको दबाबप्रति पनि आलोचना हुन थालेको छ । तर अमिताभ बच्चनले भने आफुले सम्पादकहरुलाई त्यस्तो दबाब नदिएको दावी गरेका छन् । संघमा भारतका करिव ३ सय टीभी च्यानल आबद्ध छन् । नजन्मिदै त नयाँ बच्चनको यस्तो छ ताल, जन्मिएपछि के होला ! onlinekhabar
प्रतिक्रिया दिनुहोस् >>