एक हप्तामा हमालका हालत
Posted by
purwanews
Published on
Thursday, November 10, 2011
- हमाललाई भाइटिकाको प्रस्ताव गरेकी थिइन् बालकुमारीले
- पागलपनको उपज
- राजेश हमालमाथि षड्यन्त्र
- क्षमा दिन्छु : राजेश
चार दशक नाघिसक्दा पनि बिहे नगर्दा के कस्तो अपजस आइलाग्दो रहेछ भन्ने कुरा राजेश हमालले यो साता भोगे। विवाहका बारेमा लामो समयसम्म विपरीत अवधारणा राख्ने महानायक हमाल यु-टर्न भएर विवाहको बाटोतर्फ अग्रसर हुने क्रममा अचानक उनले विवाह गरेर धोखा दिएको भन्ने ३ सन्तानकी आमाको उजुरीको सामना गर्नुपर्यो। विवाह गरेपछि अनावश्यक झन्झटिलो जीवनशैलीमा प्रवेश गरिन्छ भन्ने तर्क गर्ने राजेश विवाह नगरेकैले आरोप सामना गर्न बाध्य भए।
चार दशक नाघिसक्दा पनि बिहे नगर्दा के कस्तो अपजस आइलाग्दो रहेछ भन्ने कुरा राजेश हमालले यो साता भोगे। विवाहका बारेमा लामो समयसम्म विपरीत अवधारणा राख्ने महानायक हमाल यु-टर्न भएर विवाहको बाटोतर्फ अग्रसर हुने क्रममा अचानक उनले विवाह गरेर धोखा दिएको भन्ने ३ सन्तानकी आमाको उजुरीको सामना गर्नुपर्यो। विवाह गरेपछि अनावश्यक झन्झटिलो जीवनशैलीमा प्रवेश गरिन्छ भन्ने तर्क गर्ने राजेश विवाह नगरेकैले आरोप सामना गर्न बाध्य भए।
चितवनकी बालकुमारी अधिकारीले आफू राजेश हमालका धर्मपत्नी भएको र उनीमार्फत नै तीन सन्तान जन्मिएको बताउँदै हमालले हाल वास्ता नगरेको भन्दै उनीसँग सम्बन्ध सुधारिदिन हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालयमा निवेदन हालेकी थिइन्। एकाएक सनसनीपूर्ण घटना बनेको यो किस्साले अन्ततः राजेश हमाललाई पनि हनुमान ढोकासम्म पुर्यायो। यद्यपि राजेश प्रहरीसँगको सल्लाहमै हनुमानढोका पुगेका थिए। प्रकरणले कतै जवानीमा राजेशले ती महिलासँग सम्बन्ध राखेका त थिएनन् ? भनेर औलो ठड्याउने बाध्यता पनि सिर्जना गर्यो।
बालकुमारीले थरमा समेत हमाल जोडेर आफूले नायक हमालसँग नवलपरासीको रजहरमा २०५२ साल वैशाख २ गते विवाह गरेको भन्दै उजुरी हालेकी थिइन्। वैवाहिक सम्बन्धलाई हमालले अहिले आएर बैधानिकता नदिएको उनको तर्क थियो। चितवन बस्दै आएकी बालकुमारी राजेश हमालकी धर्मपत्नी हुने लक्ष्य बोकेर नै काठमाडौं आएकी थिइन्। आफूहरूको प्रेम विवाह भएकाले यो घटना अहिलेसम्म सार्वजनिक गर्न नचाहेको उनको तर्क थियो।
सुरुमा यो प्रकरण सामान्य जस्तो देखिएपनि दुई दिनपछि यसभित्र केही न केही रहस्य छ भन्नेसम्म पुग्यो। विवाहित एक महिलाले विवाह जस्तो संवेदनशिल विषयमै लगातार उजुरीको प्रयास गरेपछि हनुमानढोका प्रहरी पनि उनको निवेदन किनारा लगाउन सक्रिय भयो। बालकुमारीको लगातारको आरोपकै कारण प्रश्न चिह्न खडा भएपछि सुरुमा कुनै प्रतिक्रिया दिन आवश्यक नसम्भिmएका महानायक पनि अन्ततः बोल्न बाध्य भए। घटना लम्बिदै जाँदा कतिपय सञ्चारमाध्यमले यो घटनाभित्र कुनै न कुनै रहस्य भएको भन्न समेत भ्याए।
सेलिब्रेटीसँग सम्बन्ध भएको भनेर सर्वसाधारण नागरिक चर्चित हुने क्रम विदेशमा बढी नै देखिन्छ। नेपाली संस्करणका रूपमा भनें पहिलो पटक बालकुमारी प्रकरण देखा परेको हो। राजेश हमालकी प्रशंसक बालकुमारीले हमालसँगको पागल प्रेम सार्वजनिक गरेरै छोड्ने निष्कर्षका साथ प्रकरण चर्काइन्। बालकुमारी आकर्षणले कुन हदसम्म पुर्याउँछ भन्ने राम्रो उदाहरण बनेकी छिन्।
राजेश हमालको विवाहको सन्दर्भ तथा यो प्रकरणमा चलचित्र 'दुलही' को पनि भूमिका देखिन्छ। खासमा 'दुलही' चलचित्र प्रदर्शनताका राजेश हमालको विवाह प्रसंग अझ चुलिएको थियो। राजेश हमालले गर्लप|mेन्ड फेला पारेको समाचार साप्ताहिकले लेखेको केही समयमै सार्वजनिक भएको भलचित्र दुलहीको फस्ट सोमा दुलहीकी नायिका सुमिना घिमिरेसँग दुलहाकै वेशमा हमाल देखा परेपछि सुमिना नै उनको गर्लप|mेन्ड भएको धेरैको अनुमान थियो, तर त्यसमा कुनै सत्यता थिएन्। त्यो चलचित्र प्रोमोसनको एउटा फन्डा मात्र थियो। बालकुमारी प्रकरण पनि दुलही चलचित्रसँगै सम्बन्धित छ। चलचित्र दुलहीको छायांकनका क्रममा राजेश हमालले पहिलो पटक बालकुमारीलाई भेटेका थिए। प्रहरी हवल्दार बालकुमारीले सुटिङ युनिटलाई सहयोग पुर्याउने उद्देश्यले दर्शकको भीड हटाउन सहयोग गरेकि थिइन्। त्यहि क्रममा उनी राजेश हमालसँग नजिकिएकी थिइन्। प्रहरी बर्दीमै महानायक हमालसँग कुराकानी गर्ने बालकुमारीले त्यसबेलादेखि नै आफ्नो घर परिवारका विभिन्न कुरा उनीसँग सेयर गर्थिन्।
घटना के हो त ?
दुलही चलचित्रको छायांकनका क्रममा भेट भएकी एक महिलाले राजेश हमाललाई आफ्नो श्रीमान् दाबी गरेपछि यो घटना आफैंमा चर्चायोग्य भयो। पहिलो श्रेणीका अविवाहित नायक हमालसँग सम्बन्धित विषय भएकाले पनि बालकुमारी प्रकरणले ठूलो रूप लियो। अन्तत : उनी मानसिक रूपमै असन्तुलित भएको पुष्टि गर्दै यो प्रकरणको पटाक्षेप भएको छ।
'चर्चामा आउने उद्देश्य राखेर सेलिब्रेटीसँग सम्बन्ध जोड्ने प्रयास गरिन्छ, मैले सुरुमा यसरी नै बुझेर यस्तो वाहियात कुरामा कसैलाई प्रतिक्रिया दिन आवश्यक मानिन्' महानायक हमालले साप्ताहिकसँग भनें- 'यो घटनामा कुनै सत्यता नै नभएपछि किन टाउको दुखाउने जस्तो लाग्यो'। नायक हमालका अनुसार तर विस्तारै प्रकरणले उनलाई 'ह्यारेस' गरायो। गत आइतबार महानगर प्रहरी परिसरमा मुद्दा हाल्न पुगेकी बालकुमारीको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन्। पहिलो दिन राजेश हमालका सहयोगी चिरन्जिवी आचार्यले हनुमानढोका गएर उक्त प्रकरणमा सत्यता नभएको दाबीसमेत गरेका थिए, तर बालकुमारीले निरन्तर प्रयास गरेर मुद्दा दर्ता गरिदिन आग्रह गरिन्। आफूले पाउनुपर्ने हकका विषयमा प्रहरीले सहयोग गरिदिनुपर्ने उनको अनुरोधकै कारण प्रहरीले उनको निवेदनको छिनोफानो गर्न नायक राजेश हमाललाई हनुमानढोका आउन आग्रह गर्यो। अंश सहित श्रीमान पाउनुपर्ने बालकुमारीको आग्रह थियो। तीन सन्तानको भरणपोषण गर्न पनि श्रीमान हमालको साथ चाहिएको उनले बताएकी थिइन्। बालकुमारीले भनेकी थिइन् 'म मेरो श्रीमान् पाउन आएकि हुँ, यसका लागि जे गर्न पनि तयार छु।' बालकुमारीले राजेश हमालले घरखर्च चलाउन पैसा दिइरहेको अवस्थामा यसभन्दा अघि उजुरी हाल्नु नपरेको उनको तर्क थियो।
बालकुमारी गत मंगलबार लाजिम्पाटस्थित हमाल निवास पुगिन्। वारम्बार घर वरिपरि घुम्दै घरभित्र छिर्ने प्रयास गरेपछि हमाल निवासको छेउमै रहेको प्रहरी बीटले उनलाई तर्काउने प्रयास गर्यो। घर छिर्ने उनको निरन्तरको प्रयास देखेपछि नायक हमालले नै उनलाई भित्र बोलाए। नायक हमालका अनुसार घर छिरेपछि उनले भनिन्- 'म पनि पाल्पामै जन्मिएकी हुँ, -नायक हमाल पाल्पामा जन्मिएका हुन्) पाल्पास्थित भैरवथानको असिम कृपा तथा भगवान विष्णुको चाहना अनुरूप हामी यो धर्तीमा जोडीका रूपमा जन्मिएका हौं। त्यसैले हजुर मेरो स्वामी हो, यी सन्तान पनि हजुरकै हुन्। भगवान विष्णुको यो असिम कृपालाई हजुरले अस्वीकार गर्न मिल्दैन। हामी एकअर्काका परिपूरक हौं, म अब तपाईंसँगै बस्न चाहन्छु, त्यसैले मलाई अस्वीकार नगर्नुहोस्।' नायक हमालले सम्झाउन खोज्दा पाल्पादेखि नवलपरासीसम्मको संयोगलाई हेरेर पनि आफूलाई अपनाउन उनले दबाब दिइन्। नवलपरासीस्थित रजहर आफ्नो तथा राजेशको पनि मामाघर भएको अर्को संयोग बालकुमारीले तर्कका रूपमा पेस गरेकी थिइन्। बालकुमारीका अनुसार रजहरमै सम्बन्ध प्रगाढ भएको र राजेशले त्यही नै उनलाई श्रीमतीका रूपमा स्वीकार गरेका थिए, जुन उनले सञ्चारमाध्यमलाई समेत बताउँदै आएकी थिइन्।
'उनी मानसिक रूपमै बिरामी छिन् भन्ने मैले आफैंले कुराकानी गरेपछि थाहा पाएर प्रहरी बोलाएर जिम्मा लगाए' राजेशले भनें- 'त्यसपछि प्रहरी प्रशासनसँगको सल्लाहमै म हनुमानढोका गएको हुँ।' यता बालकुमारी कसैले पागल भन्दैमा आफू पागल नहुने बताउँदै आफ्नो हकका लागि लडेको बताइरहेकी थिइन्।
यही क्रममा बुधबार नायक हमाल भाइ राकेश तथा सहयोगीहरूका साथमा हनुमानढोका पुगेका थिए। आक्रोशित मुद्रामा प्रहरी कार्यालय पुगेका हमालले बालकुमारीलाई देख्ने वित्तिकै तपाईंले यो सब के गर्नुभएको ? के ताल हो यस्तो ? भनेर सोधेका थिए। बालकुमारीले शान्त मुद्रामा दाइको सम्बोधन गर्दै तपाईंसँग कुराकानी गर्नु छ, यहाँ पत्रकारहरू छन्, एकान्तमा जाउँ भनिन्। अनि उनले राजेशलाई भनिन्- दाइ तपाईंमाथि ठूलो षड्यन्त्र हँुदैछ।
बुधबार बालकुमारीका भाइ ढाकाराम दिदी मानसिक रूपमै २ वर्षदेखि बिरामी भएको प्रमाणित हुने नेपाल प्रहरी अस्पतालका चिकित्सकको रिपोर्टका साथ आएपछि प्रहरीले नायक हमालका साथमा दिदी भाइलाईनै सामान्य केरकार गरेर बालकुमारीलाई उपचार गराउने सर्तमा परिवारको जिम्मा दिएको छ।
आइतबारनै प्रहरीले उजुरी दर्ता गर्न नमाने पनि दिदीले निरन्तर सुपरस्टार हमाललाई आक्षेप लगाइरहेपछि भाइ ढाकाराम आफैं अस्पतालको रिर्पोट बोकेर हनुमानढोका पुगेका थिए। ढाकारामले दिदीका कारण नायक हमालले सास्ती भोग्नुपरेको समेत बताएका थिए। बालकुमारी २०५१ सालदेखि प्रहरीमा कार्यरत भएको पनि भाइ ढाकारामले बताए। डीएसपी अरुणकुमार बिसीले बालकुमारी मानसिक रूपमा अस्वस्थ भएको पुष्टि भएकाले हमाल माथिको आरोप निराधार भएको निर्णय सुनाएका थिए।
मानसिक उपचारका क्रममा पछिल्ला दिनमा बालकुमारीले नियमित औषधि सेवन छोडेकाले उनले जथाभावी बोलिरहेको भाइ ढाकारामको कथन थियो। ढाकारामका अनुसार बालकुमारीले १० वर्षअघि सई कृष्णबहादुर रानासँग विवाह गरेकी थिइन् जसबाट तीन सन्तान जन्मिएका थिए। पछिल्ला दिनहरूमा बालकुमारीका श्रीमान् र उनको परिवारसँग सम्बन्ध राम्रो नभएका कारण पनि उनलाई मानसिक समस्याले च्याप्दै लगेको थियो। सई रानासँग उनको सम्बन्धबिच्छेद भैसकेको छैन।
मानसिक बिरामी बढ्दै जाँदा उनले चितवनमै पनि राजेश हमाल मेरो श्रीमान हो भन्ने तथा अरू कुनै पुरुषको नाम जोडेर त्यो फलानो मेरो श्रीमान् हो भन्ने गरेको भाइ ढाकारामले बताए, ढाकारामका अनुसार यहाँसम्मकी घर-परिवार भित्रकैलाई पनि दिदीले नराम्रो आरोप लगाउने गर्थिन्।
'उहाँ मानसिक रूपमै बिरामी हुनुहुँदो रहेछ, उहाँको भाइले नै भनेपछि म उहाँको स्वास्थलाभको कामना गर्छु, परिवारले उहाँको राम्रो उपचार गरोस् भन्ने मेरो चाहना हो' हनुमानढोकाबाट फर्किएपछि नायक हमालले भनें-'जे भयो त्यसलाई मैले सहज रूपमा लिएको छु। उपचार पछि उहाँ आफ्नो नियमित जीवनमा र्फकन सक्नुहोस् भन्ने कामना गर्छु।'
पहिले दाइ पछि लोग्ने
दुलहीको छायांकनकै क्रममा बालकुमारीले राजेश हमाललाई दाइ बनिदिन आग्रह गरेकी थिइन्। बैनीको सम्बन्ध गाँसेकी महिलाले अचानक श्रीमान् नै भनेर जिकिर गरेपछि नायक हमाल उनलाई नचिनेको भन्न बाध्य भए। नायक हमालका अनुसार सुटिङका क्रममा हजारौंसँग गफ गर्ने तथा फोटो खिचिने भएकाले पनि बालकुमारीलाई चिनेको भन्नुपर्ने कुनै बाध्यता पनि थिएन्। त्यसमाथि उनले हँुदै नभएको आरोप लगाएकी थिइन्। बालकुमारीले सुटिङकै क्रममा आफ्नो पारिवारिक कुरा गर्ने तथा नायक हमालसमक्ष भाइटीका लगाउने मौका दिन आग्रह गरेको राजेशले सम्भिmए। दाइका रूपमा हेरेकी हुनाले राजेशले मौका मिले भाइटीका लगाउने बचन पनि दिएका थिए। गत तिहारमा भाइटीकाकै लागि आएको भनेर बालकुमारी राजेश हमालको घरको ढोका ढकढकाउन पुगेकी थिइन्। त्यसबेला राजेश भाइटीकाकै लागि अमेरिका पुगेका थिए। हमाल यहाँ नभएको सहयोगीहरूले जानकारी दिएपछि बालकुमारीले झुट बोलेको भन्दै सहयोगीहरूमाथि आरोप लगाइन्। उनी टीका लगाउन नपाएको झोकमा रिसाउँदै निस्किएकी थिइन्। हमाल भन्छन्- 'सामान्य हिसाबले पनि चिनजानकी बहिनीका रूपमा हेरेकी महिलाले अहिले आएर श्रीमान्को आरोप लगाउँदा ह्यारेस हुनु त स्वाभाविक हो।'
राजेश हमालमाथि षड्यन्त्र
बुधबारको बयानमा बालकुमारीले राजेश हमालमाथि षड्यन्त्र भैरहेको हुनाले उनको हत्या गरेर नयाँ राजेश हमाल जन्माउने प्रयास भैरहेको बताइन्। उनले राजेश हमाललाई देख्ने बित्तिकै उत्तेजित हँुदै, दादा यहाँ प्रोब्लम छ, प्रधानमन्त्री समक्ष पनि कुरा पुर्याउनु आवश्यक छ, म तपाईंको रक्षाका लागि आएकी हुँ भनेकी थिइन्। राजेश हमालको सुरक्षा नभएकाले उनीसँग आफूले बस्न पाउनुपर्ने बालकुमारीको तर्क थियो।
प्रहरी सुरक्षा पाए राजेशले
बालकुमारी प्रकरणपछि अब महानायक राजेश हमालले सुरक्षा सहयोगीका रूपमा एक प्रहरी पाउने भएका छन्। नेपाली मनोरन्जन क्षेत्रमा प्रहरी सुरक्षा पाउने उनी पहिलो व्यक्ति हुन्। सेलिब्रेटीसँग नाम जोडेर चर्चामा आउने चाहना राख्ने घटना देखिएपछि राजेशको सुरक्षाका लागि प्रहरी खटाइएको प्रहरीले जनाएको छ। राजेश हमालले पनि अब आफूले अझै सतर्कता अपनाउनुपर्ने महसुस गरेको बताए। नसोचेको घटनाले अनावश्यक मानसिक तनाव दिएपछि मैले सचेत हुनुपरेको हो, नायक हमालले भनें- 'यस्तो क्षणभरको चर्चाका लागि नकारात्मक ढंगले सक्रिय नहुन म सबै समक्ष आग्रह गर्छु।'
के भन्छन् भाइ ढाकाराम
यो घटना कसरी थाहा पाउनुभयो ?
सुरुमा त मिडियाबाट थाहा पाएँ। पछि भान्जीले फोन गरेकी थिइन्। म त अचम्ममा परें।
त्यस पछि के गर्नुभयो ?
भरतपुर आएँ, अनि भिनाजुलाई खबर गरे। भिनाजु अहिले मुस्ताङमा कार्यरत हुनुहुन्छ। भोलि काठमाडौं आउँदै हुनुहुन्छ।
दिदीलाई खासमा के भएको हो ?
दिदीमा तीन वर्षअघिदेखि मानसिक समस्या देखिएको थियो। दबाई लिई रहनुभएको थियो। दिदीले बीचमा दबाई लिन छाड्नु भएको थियो। त्यसैले रोग बल्भिmएकाले यस्तो भएको हो।
राजेश हमाललाई बदनाम गराउन दिदीको प्रयोग भएको हल्ला पनि छ नि ?
कदापी होइन, मलाई त्यस्तो लाग्दैन। किन प्रयोग गर्नु ? दिदी त स्वयम् मानसिक रोगी हो। उहाँको गफ कसरी पत्याउनु ? दिदी मानसिक रोगी भएको डकुमेन्ट नै छ मसँग।
तपाईंले महानायकलाई बचाउनु भयो केही दबाब आएको थियो ?
कसैको दबाब छैन। मेरो दिदी मानसिक रूपमा अस्वस्थ्य हुनुहुन्थ्यो। त्यसैले यस्तो भएको हो। आरोप लगाउने वा आरोप खेप्नुपर्ने दबाब कसैले दिएको छैन।
अन्त्यमा राजेश हमाललाई के भन्न चाहनुहुन्छ ?
उहाँ नेपालका महानायक हुनुहुन्छ। मेरो दिदीको व्यवहारले उहाँमा पर्न गएको समस्याप्रति म क्षमा माग्न चाहन्छु।
क्षमा दिन्छु : राजेश
म उहाँ (बालकुमारी) को स्वास्थ्यलाभको कामना गर्छु । उहाँको बितण्डालाई बदलाको भावनाले भन्दा पनि मनस्थिति बिग्रिएको अस्वस्थ व्यक्तिले आवेशमा आएर बोलेको कुराको रूपमा लिन्छु । म चाहन्छु, उहाँको शीघ्र उपचार होस् । कलाकार सार्वजनिक व्यक्ति भएको नाताले यस्तो किसिमको ह्यारासमेन्ट नहोस् भनेर मैले पनि शान्तिसुरक्षा पाउँ भनेर प्रहरीमा एउटा निवेदन दिएको हुँ । कुरा उहाँको मात्रै होइन । भविष्यमा यस्ता काण्डहरू अरू पनि हुन सक्छन् । अरू पनि पीडित हुन सक्लान् । आज मनस्थिति बिग्रेकाले नचाहिने काम गर्यो, भोलि कोही सद्देले नै जानीजानी गर्ला । त्यसैले यस्तो गलत परम्परा नबसोस् भनेर पनि मैले निवेदन दिएको हुँ । उहाँविरुद्ध मुद्दा हाल्न भने आवश्यक देखिनँ । उहाँलाई म क्षमा दिन्छु । उहाँले मलाई नै किन टार्गेट गर्नुभयो, त्योचाहिँ थाहा पाउन सकेको छैन । ekantipur and saptahik
प्रतिक्रिया दिनुहोस् >>