ज्यानमारा सडक
Posted by
purwanews
Published on
Thursday, November 10, 2011
२०६३ वैशाख २६ गते १३ स्कुले बालबालिका चढेको टेम्पो दुर्घटनामा मृत्यु भएपछि झुम्का- चतरा खण्डको पूर्वीतर्फ कंक्रिटको बार लगाउने घोषणा सरकारले गरेको थियो । टेम्पोमा स्कुल गइरहेका ३२ मध्ये १३ बालबालिकाको नहरमा डुबेर मृत्यु भएपछि लामो समयसम्म यो मार्ग बन्दै भयो । 'अर्को ठूलो दुर्घटना हुनसक्छ भनेर त्यतिबेला पनि भनेका थियौं,' झुम्का उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली कार्की भन्छन्, 'सरकारले घोषणा गरेअनुसार सडकको पूर्वीतर्फ बारबेरा नलगाउँदा फेरि दुर्घटना भयो ।'
तीर्थयात्रु बोकेको ट्याक्टर बिहीबार बिहान भरौल-२ धनपुरीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहरमा खस्दा एकै परिवारका ५ सहित १८ जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
झुम्कादेखि चतरासम्म कतै पूर्वी र कतै पश्चिम क्षेत्र खुला रहेकाले दशकयता यो सडक खण्डमा करिब ६० सर्वसाधारणको मृत्यु भइसकेको छ । यसअघि १३ बालबालिका गुमाएका अभिभावक बिहीबारको घटनापछि फेरि शोकमा डुबे ।
१३ बालबालिका स्मृति प्रतिष्ठानका अध्यक्ष सीताराम गुरागाईंले भने, 'हाम्रा छोराछोरी डुबेर मरेपछि सरकारले बारबेरा गर्ने आश्वासन दिएको थियो तर पूरा गरेन ।' सडकमा बारबेरा गर्नका लागि स्थानीय बासिन्दा काठमाडौंसम्म पुगे । सडक खण्डको प्रारम्भमा रहेको नहर व्यवस्थापन कार्यालयलाई सरकारले पूर्वाञ्चल क्षेत्रीय कारागार बनाउने निर्णय गरेको बेला पनि उनीहरूले ध्यानाकर्षण गराएका थिए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बारबेरा गर्ने आश्वासन दिएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले सर्वेक्षणसमेत गरेको थियो । काम अघि बढिरहेका बेला भदौ २ को कोसी कटानले काम रोकिन पुग्यो । त्यो बेला सबै मालवाहक साधनका लागि वैकल्पिक मार्ग झुम्का-चतरा खण्ड भएको थियो ।
'सरकारको चरम लापरबाही हो,' सुनसरी कांग्रेसका सभापति राजीव कोइरालाले भने । २०६३ यता सवारी दुर्घटनाबाहेक नहरमा डुबेर आधा दर्जनभन्दा बढीको मृत्यु भइसकेको
छ । त्यति नै संख्यामा बेवारिसे शव फेला परेका थिए । 'हामीलाई कोरामा बसेको बेेला सरकारका मान्छेहरू घरमै आएर तत्कालै बारबेरा गर्ने आश्वासन दिए,' २०६३ मा दुई सन्तान गुमाएकी सम्झना खड्काले भनिन्, 'तर काम भएन र फेरि अर्को ठूलो घटना भयो ।'
झुम्का-चतरा खण्डको लम्बाइ झन्डै १५ किलोमिटर र चौडाइ सरदर ३० फिट छ । सडकमा खाल्डाखुल्डी छन् । हरेक दिन दुर्घटना बढेपछि स्थानीय बासिन्दाले जिविसमा धर्ना बसेपछि चालू आवका लागि जम्मा डेढ लाख निकासा भएको थियो । यो मार्ग भोजपुर, धनकुटा जाने यात्रु र विष्णुपादुका, बराहक्षेत्र, चतराधाम धार्मिक क्षेत्रमा तीर्थाटन जाने धर्मावलम्बीको प्रमुख मार्ग हो ।
सुनसरीका सिंगिया, भादगाउँसिनबारी, भरौल, चक्रघट्टी र बराहक्षेत्र छुने यो बाटो भएर दैनिक सयौं सवारी साधन ओहोरदोहोर गर्छन् । निर्माण सामग्री ढुवानीको मार्ग पनि यही हो । यो सडकको एकापट्टी नहरको भाग छ । पूर्व र पश्चिम दुवैतर्फ कतै पनि बारबेरा गरिएको छैन र खुल्ला छ । गति बढी भएको वा रात-बिहानको समयमा होस् अथवा ब्रेक फेल भएर होस् दुर्घटना हुँदा सवारी साधन सोझै नहरमा ठोक्किन पुग्छ । नहरको गहिराइ कम्तीमा १० फिटदेखि १५ फिटसम्म छ ।
यो मार्गमा हुने गरेका दुर्घटनाको यकिन रेकर्ड कतै छैन । स्थानीय पुराना बासिन्दा झुम्का उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली कार्की र सिबी थापाका अनुसार २०५२ सालतिर यात्रुवाहक एक बस नहरमा खस्दा झन्डै दुई दर्जनले ज्यान गुमाएका थिए । मर्नेहरूमा भोजपुर, सुनसरी, मोरङका बासिन्दा थिए । 'त्यो बेला दुर्घटनामा छतमा बस्नेहरू मात्र बचेका थिए,' कार्कीले भने, 'बसभित्र रहेका सबैको मृत्यु भएको थियो ।'
२०६३ वैशाख २६ गते १३ जनाको ज्यान जाने गरी अर्को दुर्घटना भयो । मुनलाइट बोर्डिङ स्कुलमा अध्ययन गर्ने ३२ बालबालिकालाई राजधानीबाट भर्खरै विस्थापित भएर आएको बिक्रम टेम्पो नहरमा खसेको थियो ।
गत वर्ष एक ट्रक खस्दा चार जना डुबेका थिए । उनीहरूलाई जीवितै उद्धार गरिएको थियो । यो खण्डमा वर्षको सरदर ५० भन्दा बढी दुर्घटना भएको बताउँछिन् रीता पाण्डे । यो मार्गको दुर्गा मन्दिर आसपास क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।
सुनसरी-मोरङमा सिँचाइ सुविधा पुर्याउन ३० वर्षअघि भारतीय कम्पनीले नहर खनेको थियो । त्यो बेला रेल्वे सेवासमेत चक्रघट्टीसम्म पुग्थ्यो । पछि चाइनिज कम्पनीले काम गर्न थाल्यो । त्यसपछि एसियाली विकास बैंकले सडक ग्राभेल गर्यो ।
'सिँचाइको काममात्र भयो,' कार्की भन्छन्, 'तर सम्भावित दुर्घटना कसरी कम गर्ने भनेर कसैले उपाय सोचेन ।' जिविस सुनसरीका पूर्वसभापति रामबहादुर बस्नेतले आफू सभापति हुँदा एडीबीकोे योजना सञ्चालन गर्दा पर्खाल लगाउन सुझाव दिएको बताउँछन् । 'तर काम भएन' उनले भने, 'त्यो बाटो सिँचाइ आयोजनाको कमान्डमा पर्दथ्यो, सिँचाइलाई हस्तक्षेप पनि गर्न सकिएन र उनीहरूले प्रयास पनि गरेनन् ।'
२०६८ कार्तिक २५, ekantipur
ट्र्याक्टर दुर्घटनामा १८ को मृत्यु
सुनसरीको भरौल गाविस-२ मा यात्रु चढेको ट्याक्टर नहरमा खस्दा १८ जनाको मृत्यु भएको छ । धनुषाबाट सुनसरीको बराह क्षेत्र जाँदै गरेको ज.१.त ४५५३ नम्बरको ट्याक्टर सुनसरी मोरङ सिचाई आयोजनाको मूल नहरमा बिहान ५ बजे पल्टेको थियो ।

सुनसरीका प्रहरी उपरीक्षक राजु मानन्धरका अनुसार ट्रली इन्जनबाट छुटि्एर नहरमा पल्टिंदा ट्रलीले किचेर १७ जना र उपचारका क्रममा धरानमा १ जनाको निधन भएको छ । मृतकहरु मध्ये १६ महिला र २ जना पुरुष छन् । मृतकहरु सबै धनुषाको तारापट्टी सिर्सिया-४ का हुन् । उनीहरु सबै तिर्थाटनका लागि बराह क्षेत्र जाँदै थिए ।
प्रहरीका अनुसार मृतकहरु धर्मराज यादव,मन्तुरीया देवी यादव, पारो देवी यादव,रीता देवी यादव,कुमरदेवी यादव,सुमिन्द्रा मुखिया,भुवनेश्वर यादवी श्रीमती(नाम नखुलेको) र सुमित्रा यादव छन् । त्यस्तै अम्बीका कुमारी यादव,भूली देवी यादव,राजकुमार यादवकी श्रीमती(नाम नखुलेको),फुलकुमारी यादव,हरिचरण यादवकी श्रीमती-नाम नखुलेको),सुकदेव मुखीयाकी श्रीमती(नाम नखुलेको),कुमारी यादव र बिपो यादवी श्रीमती(नाम नखुलेको)को उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकाको नाम आउन बाँकी रहेको छ । त्यहाँ थप ५ जना उपचारका लागि भर्ना भएका छन् । त्यस्तै इनरुवा अस्पतालमा १९ जनाको उपचार भइरहेको छ ।
२०६८ कार्तिक २४, ekantipur; photos: UNN and Purwanews
प्रतिक्रिया दिनुहोस् >>