दशैंमा फेसन एसेसरिज

पुरुषका लागि बदलिँदो परिवेशसँगै फेसनमा पनि धेरै परिवर्तन आएको छ । पुरुष व्यक्तित्वमा हिजोआज र्फमल लुकदेखि क्याजुयल लुक सम्म विभिन्न फेसन एक्सेसरिजको लोकपि्रयता बढ्दो छ । टाइ, स्कार्फ, जुत्ता, बेल्ट, ब्रासलेट, पर्स, सनग्लासेज, घडी, क्याप, कफ्लिङ, टाइपिन, बि्रफकेस आदि एक्सेसरिजले पुरुष स्टाइल स्टेटमेन्टमा छुट्टै स्थान बनाएको छ ।
पुरुष स्टाइल स्टेटमेन्टमा सबैभन्दा महत्त्व टाईको छ । र्फमल, सेमिर्फमल, पार्टी तथा क्याजुयल मुडमा टाइको उपयोगिता बढ्दो छ । पातलो खालको टाई प्रचलनमा रहे पनि त्यो जोकोहीलाई सुट हुँदैन । विशेष गरी ४५ भन्दा माथिकाहरूलाई त्यस्तो टाइ सुहाउँदैन । टाइ छनोट व्यक्तिको पेसामा पनि निर्भर गर्छ । कर्पोरेट जगतसित जोडिएकाहरूका लागि मिडियम साइज र न्यारो हाइट राम्रो हुन्छ । सुट, फुल स्लिभ, र्फमल सर्ट तथा सिंगल बटन प्याकेटमा सिल्कको टाइ प्रयोग गर्नु उपयुक्त हुन्छ । एउटै सेडको प्लेन सेडेड सर्टमा डाइगोनल वा होरिजेन्टल प्याटर्न भएको टाई सुहाउँछ । टाइलाई आफ्नो स्टाइल स्टेटमेन्ट बनाउन चाहने हो भने ब्राइट कलरको टाई लगाउनुपर्छ । यदि सटल लुक चाहने हो भने डल कलरको टाई ठीक हुन्छ । टाई लगाउँदा, त्यसको प्रयोग सर्टको सबैभन्दा माथिको बटन छोपिने गरी कोलरको बीचमा हुनुपर्छ । टाइलाई फिटेड तरिकाले बाँध्नुपर्छ । टाई बेल्टभन्दा तल लत्रनु हुँदैन । आफ्नो इच्छाअनुसार सिंगल वा डबल नटमा टाई बाँध्न सकिन्छ । टाईको प्रसंगमा बो-टाइको कुरा पनि आउँछ । बो-टाइ र्फमल ड्रेस कोडमा पनि सुहाउँछ । यद्यपि यसको पर्फ]{ट कम्बिनेसन भने टक्सिडोसित हुन्छ । स्लिक वा सिम्पल बोज नै लगाउनु राम्रो हुन्छ । ब्ल्याक एन्ड ह्वाइट त अल टाइम फेबरेट नै हो, तर फरक देखिने इच्छा छ भने केही ब्राइट कलर जस्तै ब्लु, रेड ब्राउन, मरुन, ऐलो, रेड आदि प्रयोग गर्न सकिन्छ ।
टाईको चर्चासँगै मेन र्फमल एक्सेसरिजमा टाइपिन्स तथा कफलिंक बेल्टको पनि प्रसंग आउँछ । टाई पिन्स र कफलिङको आवश्यकता र्फमल मिटिङहरूमा गर्न सकिन्छ । हिजोआज विभिन्न प्रकारका ट्रेन्डी एवं ठूल्ठूला बक्कल भएका लेदर र कपडाका बेल्ट लोकपि्रय छन् । यद्यपि ट्राउजरसित सुहाउँदो स्लिम बेल्ट प्रयोग गर्नु राम्रो हुन्छ । बेल्ट जुत्तासँग सुहाउँदो हुनु राम्रो हुन्छ । कालो जुत्तासित ब्राउन बेल्टको कम्बिनेसन राम्रोे हुन्छ । हाइट कम भएकाहरूले पातलो बेल्ट लगाउनु राम्रो हुन्छ । जहाँ र्फमल वेयरमा लेदर बेल्टको कम्बिनेसन राम्रो हुन्छ, त्यही जिन्ससित भने कपडाका बेल्ट सुहाउँदिला मानिन्छन् ।
मेल फेसनमा जुत्ताको उपयोगिता पनि कम महत्त्वपूर्ण हँुदैन । र्फमल वेयरका लागि आरामदायक लेसयुक्त लेदर सुजको प्रयोग उपयुक्त हुन्छ । पार्टी वेयरमा लेस नभएको लेदर सुज महत्त्वपूर्ण हुन्छ । कलर रेन्जमा भने ब्ल्याक एन्ड ब्राउन कलर आइडियल हो । क्याजुयल मुडमा भने स्निक्र्स वा क्याजुयल स्पोट्र्स सुजको प्रयोग राम्रोे हुन्छ । इन्डियन वा ट्रेडिसन वेयरजस्तै कुर्ता-पाइजामा, शेरावानीसँग भने कोल्हापुरी चप्पल वा मोजडी सुहाउँछ । जुत्तासँगै महत्त्व राख्ने मोजाले पनि मेल फेसन वेयरमा महत्वपूर्ण स्थान राख्छ । मोजाको चयन जुत्ता वा पाइन्टको कलर सुहाउँदो हुनुपर्छ । सकेसम्म मोजा काल्फ लेन्थको हुनु राम्रो मानिन्छ । कलरफुल मोजाको चयन भने स्पोर्टस सुजसित उचित हुन्छ । ब्ल्याक, डार्क, ब्राउन, नेभी ब्लुलाई र्फमल वा पार्टी वेयरका लागि मोजाको आइडियल रंग मानिन्छ ।
पुरुष व्यक्तित्वमा स्कार्फको प्रयोग पनि उत्तिकै छ । फरक र स्मार्ट लुकमा स्कार्फको उपयोगिता बढ्दो छ । स्कार्फसित प्लेन वा टेक्सचर्ड सर्टको जोडाले स्मार्ट लुक प्रदान गर्छ । स्कार्फका साथ पि्रन्टेड सर्ट प्रयोग गर्नु हुँदैन । सिल्क स्कार्फ नै आइडियल स्कार्फ भए पनि सिफन, साटन तथा सिल्कको स्कार्फ पनि प्रयोग गर्न सकिन्छ । स्कार्फ आफ्नो चाहना एवं व्यक्तित्वअनुरूप फरक हुन्छ, तर स्कार्फ बाँध्ने शैलीले व्यक्तित्वमा क्याजुयल वा र्फमल पार्टी लुक प्रदान गर्न सकिन्छ । कलर रेञ्जमा भने ब्राइट कमर शेडस शोभनीय मानिन्छ । यद्यपि डटेड, पि्रन्टेड, पोल्का डटेड, फलोरल पि्रन्टेड आदि स्कार्फ पनि प्रचलनमा छन् । वेस्कोटको चलन पनि पुरुष फेसनमा बढ्दो छ । मूलतः पmल्याट र नेरो कट भएका वेल्ट कोडले पुरुष वार्डरोबमा प्रभाव जमाएको छ । वेस्टको प्रयोग अनुसार यदि दिनमा हो भने बेज, लाइट ब्राउन, ग्रे, ह्वाइट रंगलाई प्राथमिकता दिनुपर्छ भने साँझका लागि डार्क कलर उपयुक्त हुन्छ । पुरुष फेसनशैलीमा प्रभाव पार्ने अन्य फेसन एक्सेरिजमा कि-चेन, लेदर वालेट, बि्रफकेस, ल्यापटप ब्याग, फाइल ब्याग, साइड ब्याग, सिगरेट केस, ब्रासलेट स्टड्स, हेयर स्ट्याचर, हेयर ब्यान्ड, मोबाइल केस, सस्पेन्डर आदिको प्रयोग र उपयोगिता पनि उत्तिकै बढ्दो छ ।

महिलाका लागि 
वुमेन फेसनमा फुटबेयरले सबैभन्दा बढी महत्व राख्छ । साडी र कुर्ताका लागि जहाँ हाइहिल, प्लेटर्फम, स्यान्डल, बेजहिल, उपयुक्त हुन्छन्, त्यही विविध आकर्षक शैलीका थरीथरीका वर्क गरिएका स्टोन, विड्स आदि जडिएका कोल्हापुरी चप्पल, फयाट स्लिपर, स्लिप अन, पmलीप पmलप आदि कुर्ता सलवारसित सुहाउँदो हुन्छ । ट्रेडिसनल एवं फ्युजन वेयरसित भने स्टिलिटोजको जोडा उपयुक्त हुन्छ । वेस्टर्न वेयरसित भने इम्ब्रोइडरी वा मिररवर्कयुक्त ग्लोडिस्टार अर्थात् टाइअप्स प्रयोग गर्नु उचित हुन्छ । रेगुलर प्रयोजनका लागि भने क्लासिक लुक भएको ब्ल्याक स्यान्डल उपयुक्त हुन्छ । फुटवेयरका अन्य स्टाइलमा पिपटो स्यान्डल, टाइअप पmल्याट, मम्पसुज क्लोज टो स्यान्डल, वेज हिल, हाइहिल क्लोज सुज आदिको प्रचलन छ । कलर रेञ्जमा भने पिक, रेड ऐलो, ग्रीन, ब्लु, ओरेञ्ज, एकवा ब्लु, मरुनजस्ता कलर शेडका साथै एनिमल, पmलोरल पि्रन्टसँगै पोल्का डटेडको प्रयोग भैरहेको छ ।
जुनसुकै उमेरकी महिला व्यक्तित्वमा ह्यान्ड ब्यागको उपस्थिति आफैंमा एउटा फेसन स्टेटमेन्ट मानिन्छ । ह्यान्ड ब्याग र पर्स त्यस्ता एक्सेसरिज हुन् जसले पहिरनलाई स्टाइल र क्लास मात्र दिँदैन, व्यक्तित्वलाई समेत नयाँ लुक प्रदान गर्छ । ह्यान्ड ब्याग छनोट गर्दा आपmनो उमेर, उचाइ एवं शारीरिक बनावटलाई ध्यान दिनुपर्छ । आफू उपस्थित हुने वातावरण तथा अवसर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । साडी र कुर्ताजस्ता टे्रडिसनल वेयरसित मिरर वर्क वा गोटा वर्कयुक्त स्लिम ब्यागको चयन बढी उपयोगी हुन्छ । र्फमल लुकका लागि सर्ट स्टि्रङयुक्त तथा चुडीदार कुर्तासित लामो स्टि्रङयुक्त ब्याग उपयुक्त हुन्छ । वेस्टर्न वेयरसित भने क्लच ब्यागको जोडाले स्मार्ट लुक प्रदान गर्छ । यद्यपि क्रिस्टल वा कुन्दनको बक्कल भएको क्लच फेस्टिभल सिजनमा हरेक किसिमको पहिरनमा सुहाउँदो हुन्छ । ब्राइट कलरको लेदर ब्याग, कटनको स्लिङ ब्याग, हेभी एम्बेलिस्ड ब्यागले पनि मौसमलाई कम्प्िलटमेन्ट गर्छ । चाडपर्वको मौसममा पिंक, मरुन, ऐलो, ग्रीन, ब्लु, रेड, ओरेञ्जजस्ता आइब्रन्ट रंग सुहाउँदो हुन्छ ।
बुमेन एक्सेसरिजमा बारुले कम्मरको ग्ल्यामर बढाउने बेल्टको आकर्षणलाई नकार्न सकिदैन । मिडियम साइज बेल्टलाई स्कर्ट र ट्राउजरसित लगाउनु उपयुक्त हुन्छ । श्रग, लो वेस्ट, स्कर्ट, वन पिस ड्रेसमा भने ब्रोड बेल्ट शोभनीय हुन्छ । फेसनेवल लुका लागि वाइड बेल्टको प्रयोग उचित हुन्छ । रंगका सम्बन्धमा रेड, मजेन्टा, लाइम, ग्रीन, ऐलो पर्पल, पिंक आदि फेस्टिभ मुड सुहाउँदो हुन्छ । कुन्दन तथा क्रिस्टल बेल्टबाट फयुजन लुक प्राप्त गर्न सकिन्छ भने वेस्टर्न आउटफिटलाई हाइलाइट गर्न क्रिस्टल रोपबेल्ट वा चेनवेल्ट ट्राइ गर्न सकिन्छ । बेस्ट हाइलाइट गर्न ओरगानिक नट्स, ड्रेप्ड नट्स, कोर्सेट, बेल्ट, थिन स्टि्रङ बेल्ट पनि प्रचलनमा छ ।

उल्लेखित फेसन
एक्सेसरिजबाहेक वुमेन पर्सनालिटीमा हेयर स्टाइलको भूमिकालाई नकार्न सकिँदैन । मूलतः स-साना विड्स हेयरपिन, विभिन्न डिजाइनका कम्ब क्लिप, विड्सयुक्त हेयर ब्यान्ड, स्ट्रेचेबल हेयर ब्यान्ड, आदि हेयर स्क्सेसरिजका रूपमा प्रचलनमा छन् । साडीको सुन्दरतामा आकर्षण थप्ने थरीथरीका डिजाइन एवं शैली आकार प्रकारका ब्रोचहरू, व्यक्तित्वमा स्मार्ट लुक सञ्चार गर्ने स्कार्फ फंकी र स्टाइलिस लुकमा आकर्षण थप्ने क्यान्डी कलर प्लास्टिक ब्याङ्गलहरू आदि पनि वुमेन वार्डरोवअन्तर्गत महत्वपूर्ण फेसन एक्सेसरिज हुन ।
फेसन एक्ेसरिजकै कुरा गर्दा नाडी घडी एवं सनग्लासेज मेल तथा फिमेल वार्डरोब दुवैका लागि महत्वपूर्ण हुन्छ । नाडी घडी डायनामिक एक्सेसरिजको पर्याय बनेको छ । सबै उमेरका लागि यो उत्तिकै उपयोगी र स्टाइल स्टेटमेन्टको अभिन्न पक्षका रूपमा परिचित छ । स्पोर्टस वाचको एभरग्रीन उपयोग आफ्नो ठाउँमा उत्तिकै छ ।
आँखाको सुन्दरता र सुरक्षा तथा स्टाइलिस लुकका लागि गगल्स वा चस्माको प्रयोग अपरिहार्य हुँदै गएको छ । चस्माको गुणस्तर, प्रयोग गरिएको सिसा वा प्लास्टिक, चस्माको प|mेमको क्वालिटी, चस्मा तथा प|mेमको रंग, मुखाकृति, व्यक्तित्व एवं प्रयोग गरिने अवसर, समय, पहरिनशैली, कम्प्लेक्सन तथा बजेट आदिलाई ध्यान दिनु आवश्यक हुन्छ । राउन्ड, एङगुलर, स्क्वायर, ओभलदेखि अन्य स्टाइल एवं डिजाइनमा उपलब्ध गगल्सहरू म्याटी, ब्ल्याक, वाटर ग्रीन, ओरेन्ज, म्याटी ब्लु, ग्रे, मेटालिक ब्लु, मिरर, गोल्ड आदि रंगमा पाइन्छ । गगल्सको फेसनमा ठूलाठूला शैलीका एभिएटर, ओभर साइड, पोलेराइड स्टाइल, रेट्रो रिमलेस टर्बो आदिको प्रचलन बढ्दो छ । saptahik

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :