'बजाज ट्राफिक पुलिस'

इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले केही दिन अघि इटहरीस्थित आफ्नै कार्यालयमा पत्रकारहरुको लागि जाँडपार्टीको आयोजना गर्यो । दुई दिनसम्म गरिएको त्यो औपचारिक पार्टी थियो, दशैंको लागि । अनौपचारिक पार्टी कति गरिन्छन् थाहा छैन ।
तर यता ट्राफिकको हरेक काम प्रायोजनमा हुन्छ । इटहरी चौकमा केही ट्राफिक सचेतनाका बोर्ड राखिएका छन्, ती सबै प्रायोजित हुन् । यहाँसम्म कि ट्राफिक प्रहरीको लागि भनेर बजाज कम्पनिले केही दिन अघि मात्र तीन वटा साइकल दिएको छ ।
बीस हजार रुपैया परेको भनिएका ती साइकलको बजार मुल्य १५ हजार भन्दा बढी होइन । तर इटहरीमा आयोजित सचेतना कार्यक्रममा २० हजार रुपैया बराबरको भनेर फुकियो ।
अर्को कुरा, दिनहुँ जाँड खुवाउन सक्ने र पत्रकारलाई पैसा दिन सक्ने कार्यालयले आफैले साइकल किन्न नसकेर हो, यसरी ट्राफिक प्रहरीको अघि बजाज भनेर बिल्ला भिरेको ?
लाजै मर्दो बिल्ला । अब त ट्राफिक प्रहरीको नाम 'बजाज ट्राफिक प्रहरी' भएको छ । नपत्याए हेर्नुस् त ।
राम्रा काम गर्ने हो भने स्याबासी र वाहीवाही लुट्न त्यसै पाइन्छ । ट्राफिकभित्र हुने नक्कली बिल र जरिवाना असुल्दा दिइने नक्कली रसिदको कारोबार नै रोक्ने हो भने मात्र पनि ट्राफिकले एक वर्षमा असुल्ने जरिवानाको दोब्बर उठ्न सक्छ । त्यो रकमले त्यस्ता तीस वटा साइकल पनि सजिलै किन्न सकिन्छ र कुनै कम्पनिको ब्राण्डसँग ट्राफिक प्रहरीको नाम गाँस्न पर्दैन ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :