झिलिमिली तिहार


नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ। कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार मनाइन्छ। यसपटक कात्तिक ७ गते सोमबार साँझदेखि त्रयोदशी अर्थात् यमपञ्चक सुरु हुने भएकाले साँझ यमराजको आह्वान, पूजा तथा यमदीपदान गरिन्छ।

यमपञ्चकको दोस्रो दिन कात्तिक ८ गते बुधबार त्रयोदशी थोरै बाँकी भएकाले कागपूजा बिहान ७ घडी ३ पलाभित्र गर्नुपर्ने हुन्छ। उप्रान्त चतुदर्शी लाग्ने भएकाले कुकुरतिहार तथा नरक चतुर्दशी स्नान, दीपदान पनि बुधबार नै गरिन्छ। आयुर्वेदका प्रणेता धन्वन्तति जयन्ती पनि सोही दिन मनाइन्छ।
तेस्रो दिन कात्तिक ९ गते साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन कात्तिक १० गते बिहान गोवर्द्धन पूजा, गाईपूजा तथा गोरु तिहार र बलिराजाको पूजा गरिन्छ भने साँझ नेवार समुदायमा म्ह (आत्मपूजा) गरिन्छ।
अन्तिम दिन कात्तिक ११ गते बिहान ११:५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिए।
पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।
यमपञ्चकको दोस्रो दिन काग तथा कुकुर तिहारका अवसरमा धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ। सो दिन काग तथा कुकुरको पूजाा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।
लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवाबाट घरघरमा गई खेलिने देउसीभैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ।
यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजाा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ।
वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ।
नेपाल भाषामा 'स्वन्ती नखः' भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ।
लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ। यतिबेला घरआँगन र खेतबारीका आली-कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बन्छ।


तिहारलाई झिलिमिली बनाउने तरिका 

हिजोआज बजारमा क्रिस्टल सेन्डेलियरका अनेकांै रेन्ज बजारमा उपलब्ध छन् जसले काठको ओवरअल लुक बदल्न विशेष भूमिका निर्वाह गर्छन्। क्रिस्टल उज्यालोलाई बढीभन्दा बढी रिफ्लेक्ट गर्न सक्षम छ। यसबाट लाइट्सको ब्राइटनेस बढ्छ। यदि बजेट राम्रो छ भने घरलाई सेन्डेलियरले सजाउनु उपयुक्त हुन्छ। यो थुप्रै डिजाइनमा उपलब्ध हुन्छ। 

क्रिस्टल सेन्डेलियर क्रिस्टल सेन्डेलियरले ड्रइङ रुमलाई रोयल लुक प्रदान गर्छ। यस प्रकारको झुमरमा मैनबत्ती आकारको बल्ब हुन्छ। यो सेन्डेलियरमा कम्तीमा तीन र बढीमा पाँच आर्मड हुन्छ।
कलर्ड क्रिस्टल सेन्डेलियर क्रिस्टल सेन्डेलियर विभिन्न रंगमा पाइन्छ। घरको लुकलाई सेन्डेलियरका माध्यमबाट बदल्न सकिन्छ। यसका लागि रंगबिरंगी सेन्डेलियर लगाउन सकिन्छ। घरलाई रोयल र एलिगेन्ट लुक दिन भित्ता र फ्लोरको रंगसँग मेल खाने सेन्डेलियर छनोट गर्नुपर्छ। यदि फ्लोरको रंगअनुसार सेन्डेलियर लिन चाहने हो भने यसमा विविध कलर स्किम सजिलै प्राप्त गर्न सकिन्छ। कोठाको भित्ताको रंग ग्रे छ भने गोल्ड र कपर कलरको क्रिस्टल सेन्डेलियर छनोट गर्नुपर्छ। यदि भित्तामा गाढा रंग लगाइएको छ भने सिल्भर र ब्ल्याक रंगको क्रिस्टल सेन्डेलियर छनोट गर्नुपर्छ।
विशेष कुरा 
  • सन्डेलियर खरिद गर्नुपूर्व यसको आकारमा विचार पुर्‍याउनु आवश्यक छ। यदि लिभिङ रुम सानो छ भने ठूलो आकारको सेन्डेलियर प्रयोग गर्नु हुँदैन अन्यथा कोठा भरिएको देखिन्छ। 
  • सन्डेलियर डाइनिङ टेबलभन्दा ठूलो हुनु हुँदैन। त्यसैले डाइनिङ टेबलको मापअनुसार सेन्डेलियर छनोट गर्नुपर्छ। 
  • यदि डाइनिङ टेबल गोलो आकारको छ भने टेबलको डाइमिटर मापन गरी सेन्डेलियर छनोट गर्नुपर्छ। डाइनिङ टेबलको चौडाइ सेन्डेलियरको चौडाइभन्दा बढी हुनुपर्छ।
  • सन्डेलियरलाई वर्षमा एक-दुई पटक राम्रोसँग सफा गर्नुपर्छ। कारण क्रिस्टल सेन्डेलियरमा एउटा कोटिङ हुन्छ,  जसका कारण माथि जमेको धूलो राम्रोसँग देखिन्छ। 
  •  िवशेष प्रकारको रासायनिक सोल्युसन पनि बजारमा पाइन्छ जसबाट सजिलै क्रिस्टल सेन्डेलियर सफा गर्न सकिन्छ।
  • सन्डेलियर सफा गर्दा दुवै हातमा ग्लोब्स लगाउनु राम्रो हुन्छ। 
  • क्रस्टलमा स्क्रेच पर्ने सम्भावना भएकाले सेन्डेलियरको फ्रेमलाई कटनका माध्यमबाट सफा गर्नु राम्रो हुन्छ।

चाडपर्वको रमझम र पार्टीहरूको रौनक बढाउन लाइट अरेन्जमेन्टको विशेष महत्व हुन्छ। पार्टी इन्डोर होस् वा आउटडोर, आनन्द र रमाइलो लाइटको झिलिमिलीमै हुन्छ। उत्सवको धुम र पार्टीको चहलपहललाई अझ रंगीन बनाउने कुरामा केही परिवर्तन भएको छ। अब यस्ता विशेष अवसरमा सबैमा नयाँ उत्साह जगाउन इन्टेरियर डिजाइनरहरूका साथै होस्ट पनि तयार रहन्छन्। अवसर चाडपर्वको होस् वा कुनै विशेष पार्टीको मनलाई लोभ्याउन र वातावरणलाई रंगीबिरंगी बनाउन भिन्न-भिन्न प्रकारका आकर्षक लाइट्स बजारमा उपलब्ध छन्। जसमा पहिलेदेखि नै चलिआएको होलोजिन लाइटदेखि लिएर आधुनिक श्रेणीको रिमोर्ट कन्ट्रोलिङ लाइट्ससम्मले सबैलाई लोभ्याएको पाइन्छ।

लिड लाइट्स 
आजभोलि मोडर्न लाइटिङ अरेन्जमेन्टमा यसको बढी चल्ती छ। बिजुलीको कम खपतमा पनि विभिन्न रंगको लाइटिङबाट सुन्दर प्रकाश छर्न लिड लाइट्सको बढी माग छ। कम्प्युटर, रिमोट तथा रेगुलेटरको सहायताबाट प्रकाशको रंग तीव्र रूपमा बदल्न सकिन्छ। आउटडोर एवं इन्डोर पार्टीमा म्युजिक वेस्ड लाइट अरेन्जमेन्ट एउटा नयाँ ट्रेन्ड हो। लिड लाइट्सभन्दा पहिले पार्टीमा होलोजिन लाइट्स प्रयोग हुन्थ्यो। पुरानो जमानामा स्टेज शो, नृत्य आदिलाई शानदार र रंगीन बनाउन स्टेजको ठीक अगाडि ठूल्ठूला राता, नीला, पहेंला बल्ब फिट गरिन्थ्यो। यसबाट निस्कने हिटबाट त्यसको नजिक बस्नेहरूको पसिना निस्कन्थ्यो र बिजुलीको खपत पनि बढी हुन्थ्यो। त्यसपछि आएको लाइटिङ सिएफएल लाइट्स कम खर्च र धेरै प्रकाशका लागि विख्यात भयो तर यिनमा सीमित र कुल एण्ड वार्म रंग नै उपलब्ध थिए।

स्टि्रङ लाइट्स
विवाह, जन्मदिन र घरेलु कार्यक्रममा घरलाई उज्यालो पार्न स्टि्रङ लाइट उपयुक्त हुन्छ। यसलाई रुखका हाँगा, बगैंचा, घरको छत अर्थात् चारैतिर लगाउन  सकिन्छ। जब फूल र पुतलीको आकारको लिड स्टि्रङ लाइट्स  बल्छ तब यसले सुन्दर दृश्य प्रस्तुत गर्छ र घरको सुन्दरतामा सुगन्ध छर्छ।

रोप लाइट्स 
सिँढी, ढोका, झ्याल आदिलाई हाइलाइट गर्ने ठाउँमा रोप लाइट्स झुन्ड्याउँदा आकर्षक फन्की लुक प्राप्त हुन्छ। यिनलाई कुनै पनि आकारमा प्रयोग गर्न सकिन्छ। दीपावली होस् वा गार्डेन वेस्ड पार्टी यो बढी उपयोगी हुन्छ। बढी स्पेस कभर गर्नु छ वा घरको कुनै हिस्सालाई बढी हाइलाइट गर्नु छ भने ठूलो लिड बल्ब प्रयोग गर्नुपर्छ।

कन्सिल लाइट्स 
फूल र एक्वेरियम बाट सजिएको ड्रइङ रुम कन्सिल लाइट्सका कारण सुन्दर देखिन्छ। रिमोटबाट रंग बदल्ने कन्सिल लाइट्सको सोर्स कहाँ छ भन्ने कुरा थाहा पाउन सजिलो हुँदैन।

पोर्टेबल डिस्को लाइट्स 
नयाँ पुस्ताको मन डिस्कोमा रमाइरहेको पाइन्छ, सयभन्दा कम व्यक्तिको सानो  आकर्षक पार्टी अरेन्ज गर्ने मन छ भने इन्डोरभन्दा राम्रो के हुन्छ र ? यस्तो इन्डोर पार्टीका लागि पोर्टेबल लाइट अरेन्जमेन्ट सुहाउँछ।
स्ट्रेब, डिस्को कलर बल, मिरर बल आदि पोर्टेबल अरेन्जमेन्टबाट राम्रो लाइट मुड सिर्जना गर्न सकिन्छ। स्ट्रोब पुलिस लाइट समान हुन्छ। यो कतिपय रंगमा घुम्छ। मिरर बल लाइटलाई रिफ्लेक्ट गर्ने काम गर्छ। भरच्युल डिस्को थिएटर छ भने घरमै पार्टी अरेन्ज गर्न सकिन्छ। पार्टीमा भीड छ भने ग्लोस्टि्रक्स पनि प्रयोग गर्न सकिन्छ। चाहनाअनुसार गलामा हार जस्तै लगाउने सानो खालको स्टि्रक्स पनि पाइन्छ। अप्टिकल फाइभर लाइट प्रयोग नगरी सिलिङमा थुप्रै डिजाइन बनाउन सकिन्छ। बिनाबिम पनि फोक्स लाइट राम्रो हुन्छ। naari

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध