सुचना दुरुपयोग गरेको भन्दै फेसबुक बन्द गराउने धम्की
Posted by
purwanews
Published on
Monday, October 31, 2011
नेपाली सामाजिक सञ्जाल झनै असुरक्षित :
'नोभेम्बर ५ तारिखका हामीले फेसबुकको हत्या गर्दै छौं ।' सोसियल नेटवर्किङ्ग साइट फेसबुकमै यस्तो सन्देश देखिन थालेपछि अहिले फेसबुक प्रयोगकर्तामा एउटा कौतुहलता जागेको छ । के साँच्चै नोभेम्बर ५ मा फेसबुक बन्द हुन्छ ?
तर यसको उत्तर अहिलेसम्म कसैले पनि दिन सकेको छैन । नाम नखुलेको एउटा ह्याकर समुहले फेसबुकको हत्या गर्ने धम्की डेढमहिनाअघि नै दिएको हो । त्यो समुहले मिति नै तोकेर नोभेम्बर ५ तारिखमा फेसबुकको हत्या गर्ने धम्की दिएपनि यसबारेमा फेसबुकको कुनै आधिकारिक प्रतिकृया सार्वजनिक भएको छैन । ह्याकरहरुले फेसबुकको हत्या गर्ने बारेको एउटा भिडियो युट्युबमा समेत राखेका छन् ।
उनीहरुले अमेरिकाको लस एन्जल्समा प्रदर्शन समेत गरेका थिए । ह्याकरहरुको समुहले आफूहरु चानचुने ह्याकर नभएको भन्दै ७० वटाभन्दा बढी महत्वपूर्ण वेवसाइट ह्याक गरेको दावी गरेको छ । नागरिकको व्यक्तिगत विवरण संकलन गरेर त्यसलाई फेसबुकलले सरकारलाई बेचेको तथा नागरिकको जासुसी गरेको आरोप ह्याकरहरुको छ ।
एक पटक फेसबुक एकाउन्ट खोलेपछि त्यसमा रहेको सुचना कसैगरेपनि हटाउन सकिँदैन । एकाउन्ट नै बन्द गरेपनि फेसबुकसँग त्यसको सुचना रहने हुँदा उसले ती सुचना बेच्ने गरेको आरोप ह्याकरहरुको छ । र यसो गर्दा नागरिकको गोपनियता भंग पनि हुने गरेको छ ।
ह्याकहरुले निकालेको एउटा विज्ञप्तिमा त फेसबुक प्रयोगकर्ताको बारेमा स्वयंमलाई भन्दा बढी जानकारी फेसबुकलाई हुने गरेको दावी गरिएको छ । मानिसले फेसबुकमा कसैसँग गरेको च्याट अथाव कमेन्ट भोलीपल्ट बिस्रन सक्छन तर ती सुचनालाई फेसबुकले बचाइ राख्ने ह्याकरहरुको दावी छ । त्यसैले नागरिकको गोपनियता भंगहुनबाट बचाउन पनि आफूहरु फेसबुकको हत्या गर्न गइरहेको उनीहरुको भनाई छ ।
यदि ह्याकहरुले दिएको चेतावनी सही हो र ह्याकहरुलाई रोक्न फेसबुक असफल भए नोभेम्बर ५ का दिनदेखि फेसबुक हामीमाझ नरहने निश्चित नै छ ।
नेपाली सामाजिक सञ्जाल झनै असुरक्षित
फेसबुक तहस नहस हुन्छ ? खुलेआम चेतावनी दिँदा पनि फेसबुकको आधिकारीक भनाइ किन सार्वजनिक भइरहेको छैन, अचम्मको कुरा हो । ह्याकरहरुको चेतावनी झै फेसबुक बन्द भयो भने के गर्ने ? फेसबुकले मानिसलाई अनौठो तलमा पारिसकेको छ । त्यसैले फेसबुक विना वा भनौ सामाजिक सञ्जाल विनाको इन्टरनेटको कल्पना नै गर्न सकिन्न ।
फेसबुक बन्द भएपनि नेपाली सामाजिक सञ्जालहरुलाई प्रयोग गर्न सकिने कतिपय प्रयोगकर्ताको भनाई छ । तर ह्याकर समुहले भनेझै फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत विवरण प्रयोग गरेको भए, नेपाली फेसबुकले पनि त्यसैगरी दुरुपयोग गर्न सक्नेतर्फ सचेत हुने कि नहुने ? वास्तवमा नेपाली प्रयोगकर्ताको लागि नेपाली सामाजिक सञ्जालभन्दा विदेशी सामाजिक सञ्जाल नै ठिक हुन् ।
किनकी फेसबुकले नेपाली प्रयोगकर्ताका सुचना प्रयोग गर्ने वा चुहावट गर्ने जति सम्भावना हुन्छ, त्यो भन्दा कैयौ गुना बढी नेपाली सामाजिक सञ्जालहरुले प्रयोग गर्न सक्छन् । किनकी नेपाली सामाजिक सञ्जाल सञ्चालकले नेपालका सेलिब्रेटी, पत्रकार, नेताहरुलाई चिन्छन् । तर फेसबुकका कर्मचारीहरुको लागि नेपाली प्रयोगकर्ता खासै आवश्यक हुँदैनन् । त्यसैले व्यक्तिगत सुचनालाई नेपाली फेसबुक निर्माता र सञ्चालकहरुले कसरी गोप्य राख्छन्, त्यसको विश्वास दिलाउन आवश्यक छ ।
मानौ, राजेश हमाल फेसबुक निर्माताको लागि महत्वपूर्ण व्यक्ति होइन र फेसबुकको चासो पनि हमालमाथि छैन । तर नेपाली सामाजिक सञ्जाल निर्माताले उक्त सञ्जालमा हमालले गरेको च्याट, कमेन्टलाई नचाहेरै पनि ध्यान दिएको हुन्छ र सबै रेकर्ड ऊसँग रहन्छ । त्यसैले विदेशी सामाजिक सञ्जालको तुलनामा नेपाली सामाजिक सञ्जालहरु गोपनियताको दृष्टिले बढी जोखिमपूर्ण हुन्छन् भन्न सकिन्छ । with the help of UNN/ kartik 14
प्रतिक्रिया दिनुहोस् >>