लामुखट्टे भगाउने धुपले जीन्दगी खेद्ला है


तपाईंले चुरोट नखाए पनि सुत्ने बेला कोठामा लामखुट्टे भगाउन धूप उपयोग गर्नुहुन्छ भने फोक्सोको समस्यामा पर्न सक्नुहुन्छ । 
चेस्ट रिसर्च फाउन्डेसनको अध्ययनमा उल्लेख छ, 'तर धेरैजसो व्यक्ति यसबारे अनभिज्ञ नै छन् । लामखुट्टे धपाउन बालिने एउटा क्वाइलबाट निस्किने धुवाँले फोक्सोलाई एक सय चुरोट/बिँडी सल्काउँदा निस्कने धुवाँले जति नै नोक्सान पुर्‍याउँछ ।' अनुसन्धाताका अनुसार एउटा धूप बाल्दा एक सय चुरोट जलाए बराबर धुवाँ निस्कन्छ । 
मलेसियामा हालै गरिएको अध्ययनमा दाबी गरिएअनुसार वायु प्रदूषणबाट मानव स्वास्थ्यमा हुने प्रभावबारे आम मानिसमा जागरुकताको कमी छ । घरमा लामखुट्टे धूपको उपयोगले हुने प्रदूषणसमेत स्वास्थ्यका लागि धेरै खराब हो ।
यति मात्र नभई यसभन्दा अघि समेत अनुसन्धानकर्ताहरूले के भनिसकेका छन् भने लामखुट्टे धूपले मस्तिष्कका लागि मन्द विष -स्लो प्वाइजन) को काम गर्छ । यसले खास गरेर बालबालिकाको स्मरणशक्ति प्रभावित हुन्छ । ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :