कोरली गाईले दुध दियो


cow
सबैलाई थाहा छ, गर्भाधानको दस महिनामा गाई ब्याउँछ, अनिमात्र दूध दिन्छ । तर अचम्म ! भोजपुरमा नब्याएको एउटा कोरली गाईले समेत दूध दिन थालेको छ ।
जिल्ला अस्पतालका कर्मचारी बहादुर भुजेलले पालेको कोरेली गाईले दूध दिन थालेको हो । लामो समयसम्म पनि गर्भाधानको चाहना नदेखाएपछि जिल्ला पशु सेवा कार्यालयका चिकित्सकलाई परीक्षण गराउँदा थुन बाक्लिएको भेटिएपछि दुहुँदा दूध निस्किएको हो । 'पहिलो पटक आधा लिटर दूध दियो,' भुजेलले भने, 'कोरेली गाईले एक्कासि दूध दिन थालेपछि छक्कै परेका छौं, चिकित्सकको सल्लाहमा दूध खाई पनि रहेका छौं ।'
कोरली गाईले दूध दिन थालेपछि स्थानीयवासीहरू चकित परेका छन् । गाईको गर्भाधान नभई बच्चा जन्माउने र बच्चा नजन्माई दूध दिने विषय वैज्ञानिक रूपमा पुष्टि नभए पनि दूध दिएको प्रत्यक्ष देखेपछि पशु चिकित्सकहरूसमेत छक्क परेका छन् ।
'गर्भ रहेर बीचैमा खेर गएको पनि हुन सक्छ तर पुष्टि हुने कुनै आधार छैन,' जिल्ला पशु सेवा कार्यालयका चिकित्सक महावीर झाले भने, 'परीक्षण गर्‍यौं, कोरली गाईको दूध गुणस्तरीय पनि छ ।'
यसअघि यस्तो घटना अन्यत्र नसुनेको पनि उनले बताए । 'हामी छक्कै पर्‍यौं,' चिकित्सक झाले भने, 'दूध हामीले पनि खाएरै हेर्‍यौं ।' स्थानीय र जर्सीको खच्चड रहेको कोरली गाईले नियमित दूध दिन थालेपछि पालकको आग्रहमा दूध बढाउने इन्जेक्सन पनि लगाइएको पशु स्वास्थ्य कार्यालयले जनाएको छ । अचेल साँझ र बिहान गरी दुईपल्ट दुहुने गरिएको भुजेलले बताए । bhadra 18, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :