सुरु भयो एक्स्चेञ्ज क्याम्प
दशैंतिहार नजिकिँदै जाँदा पुर्वाञ्चलमा मोटरसाइकल कम्पनिहरुले एक्स्चेञ्ज क्याम्पहरु सञ्चालन गर्न सुरु गरेका छन् । मोटरसाइकल बिक्रिमा पछिल्लो समयमा युवाहरुको मन जित्न सफल बनेको यामाहा मोटरसाइकलको इटहरीस्थित अधिकृत बिक्रेता तिरुपती अटोसिटीले इटहरीमा पुर्वाञ्चलको लागि यो वर्षकै पहिलो क्याम्प भर्खरै सम्पन्न गरेको छ ।
तीन दिने क्याम्प अवधिमा ५० वटा मोटरसाइकल बिक्रि भएको कम्पनिका प्रमुख संयोग पराजुलीले बताए । अन्य कम्पनिका मोटरसाइकल प्रयोगकर्ताहरु पनि पछिल्लो समयमा यामाहातर्फ आकर्षित भएको उनको भनाई छ ।
यामाहाले पछिल्लो समयमा स्टाइलिस र सुविधासम्पन्न मोटरसाइकलहरु बजारमा ल्याएपछि पुराना मोटरसाइकल साट्नेको लहर चलेको उनले बताए ।
१५ हजार रुपैयादेखि डेढ लाखसम्म मुल्यांकन गरी पुरानो मोटरसाइकलको सट्टामा १ लाख ४१ ह्जार रुपैयादेखि तीन लाख सम्मका मोटरसाइकल साट्ने गरेको उनले बताए ।
दशैं तिहारलाई लक्षित गर्दै पुर्वाञ्चलमा इटहरीमा बजाज, हिरोहोण्ण्डा लगायतका कम्पनिका अधिकृत बिक्रेताहरुले समेत एक्स्चेञ्ज अफर ल्याउने तयारी गरीरहेका छन् । भदौ २३
प्रतिक्रिया दिनुहोस् >>