काँग्रेस सभापतीका अगाडी ‘क्रेजीकिया रे ...’

वीपी जयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा शनिबार कार्यक्रम भइरहेको थियो । काँग्रेस सभापती शुसील कोइराला, नेतृ सुजता कोइराला, शेखर कोइराला, डाक्टर मिनेन्द्र रिजाल लगायतका काँग्रेस शीर्ष नेताहरु मञ्चमा आसीन थिए ।
कार्यक्रम चलिरहेको थियो । मन्तव्यको बिच बिचमा आगन्तुक र पार्टी कार्यकर्तालाई अल्छी नलागोस् भनेर गीत तथा नृत्य समेत प्रस्तुत गरीँदै थियो ।
कार्यक्रमकै बिचमा नृत्य प्रस्तुत गर्नको लागि एकजना सहभागिलाई बोलाईयो । सुजता नाम गरेकी ती  सहभागि यस्तै १६–१७ वर्षकी थिइन् ।
ती सहभागि ट्रयाक रोजिन् । करिब दुई हजार जना कार्यकर्ताहरुले टनाटन इनरुवाको भगवती माविको खेलमैदान क्रेजीकिया रे ... बोलको गीतले गुञ्जयमान भयो । काँग्रेसका शीर्ष नेताहरु आशीन मञ्चमै त्यस्तो गीत बीस सेकेण्ड जती बज्यो ।
कार्यक्रम आयोजकले एकाएक हिन्दी गीत र त्यसमा पनि डान्सबारमा बजाइने गीत वीपी जयन्तीको कार्यक्रममा बजाएपछि वरीपरी छरिएका कार्यकर्तँाहरु समेत मञ्चतर्फ गएका थिए । तर आयोजकलाई तुरुन्तै गल्ती महसुस भएछ क्यार, गीत बन्द गरियो ।
राम्रै नृत्य गरेजस्तो लागेछ क्यार ती युवतीलाई, आफूले नाच्दै गरेको गीत अचानक बन्द गरेर मञ्चबाट खेदाइएकी ती युवतीले पछि तीव्र असन्तुष्टी व्यक्त गरिन् । उनी नाचेको बेलामा फोटो खिँच्ने पत्रकारलाई पनि फोटो किन खिँचेको भनेर सोधेकी थिइन् । पत्रिकामा छाप्न भनेर जवाफ दिने पत्रकारलाई उनले भनिन्, ‘मलाई पत्रिकामा आउनु छैन ।’ भदौ २४, पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :