यौन जीवन रोमाञ्चक कसरी बनाउने



वैवाहिक जीवनमा यौनको आफ्नैकिसिमको महत्त्व हुन्छ । यौन शारीरिक आवश्यकता मात्र होइन पति-पत्नीको सम्बन्धलाई अझ बढी प्रगाढ एवं सुमधुर बनाउने बलियो आधार पनि हो । यौनको रोमाञ्चता बढाउनः
अलार्म क्लक : अलार्म क्लकसित खेल्नुपर्छ । यौनमा संलग्न हुनुपूर्व टाइमर सेट गर्नुपर्छ । यौन
क्रियाकलापका बेला जब अलार्म बज्छ, तब दुवैले आफूलाई फ्रिज गर्नुपर्छ । त्यसपछि बिस्तारै एकअर्काको शरीरलाई इन्जोय गर्न थाल्नुपर्छ । यसो  गर्नाले यौन क्षमता र इच्छा धेरै हदसम्म बढ्छ ।
रोल प्लेइङ : यो गेमबाट आफ्नो मनका धेरै कुरा गर्न सकिन्छ । इच्छाअनुसार स्टि्रपटिज एक्टका साथमा रोमान्टिक ड्रामा गर्न प्रोत्साहन गर्न सकिन्छ । स्वयं आफैँले पनि सेक्सी पहिरन लगाउन सकिन्छ । साथै कुनै नटी एक्ट पनि गर्न  सकिन्छ ।
रंगको महत्त्व : यदि आफ्नो कोठामा मैनबत्ती डेकोरेट गरेर बोर हुनुभएको छ भने इलेक्टि्रक बल्बले कोठालाई सजाउन सकिन्छ, जुन अलग-अलग कलर्समा उपलब्ध छ । यी बल्ब कम वाट्का हुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । पर्पल  कलरले महिलामा यौन इच्छा बढाउने काम गर्छ ।
भेनिला टी : यदि खाना खाइसकेपछि केही लिन चाहनुहुन्छ भने भेनिला टी पिउन सकिन्छ । ३ सय ४२ नपुंसक व्यक्तिमा गरिएको सर्वेक्षणअनुसार भेनिला टीले कामोत्तेजना बढाएको पाइयो । त्यसैले भेनिला टी पिएर आफ्नो पार्टनरसित  यौनलाई इन्जोय गर्न सकिन्छ ।
रोल द डाइस : कागजमा दुवै जनाले आफूले इच्छाएको काम लेख्ने र सोहीअनुसार नम्बर पनि दिने । जसरी तपाईं डाइस घुमाउनुहु्न्छ र त्यसअनुसार जुन नम्बर आउँछ पार्टनरले सोही नम्बरअनरूपको काम गर्नुपर्ने हुन्छ । डाइसलाई पालै पालो घुमाउनु पर्छ । डाइस घुमाउने बहानामा आफ्नो पार्टनरलाई इच्छाएको काम गराएर आनन्द लिन सकिन्छ । यसबाट एकअर्काबीच लज्जा अनि अप्ठ्यारो हट्छ र यौन जीवनको रोमाञ्चता बढ्छ ।
यौन र खानपान : सेक्स र खानपानबीच निकै गहिरो सम्बन्ध रहेको पाइन्छ । जसरी हतारमा खाइएको खाना लाभदायक हुँदैन, त्यसरी नै सेक्समा हतार गर्नु ठीक होइन । यसबाट पूर्णरूपले सन्तुष्टि प्राप्त हुँदैन । संयमतापूर्वक र समय दिएर  गरिएको सेक्स उति नै बढी रोमाञ्चक एवं आनन्ददायक हुन्छ ।


यौनजीवन र सकारात्मक सोच 
यदि आफ्नोसेक्सुयल लाइफमा बासीपन अनुभव हुन्छ भने सचेत हुनु आवश्यक छ । यसप्रतिको अरुचिको सबैभन्दा ठूलो कारण हो, नकारात्मक सोच र यसैका कारण अधिकांश व्यक्तिको सेक्सुयल लाइफको 'द एन्ड' भएको पाइन्छ । मनो चिकित्सकहरूका अनुसार नकारात्मक सोचबाट जीवनको हरेक पल ओइलाएको फूल सरह हुन्छ । सकारात्मक सोचबाट सेक्सुयल लाइफ पनि प्रभावित हुन्छ । अतः सकारात्मक सोच कायमराख्नु आवश्यक छ । यसबाट मस्तिष्क तनाव  रहित हुन्छ र यौन प्रक्रियाको भरपुर आनन्द उठाउन सकिन्छ । अधिकांश कार्यमा व्यक्तिको सफलता-असफलता उसको मनको भावनामा निर्भर गर्छ । यौनसुख अनुभूतिका लागि सकारात्मक हुनु महत्त्वपूर्ण छ । चिकित्सकहरूका अनुसार  शारीरिक तथा मानसिक रूपबाट जबसम्म स्त्री-पुरषकाबीच सामान्जस्यता स्थापित हुँदैन, विचारमा एकता स्थापित हुँदैन, उनीहरूलाई संभोगमा आनन्द प्राप्त हुँदैन ।
जब मन सकारात्मक सोचबाट गुज्रन्छ तब मात्र एस्ट्रोजन र टेस्टोस्टेरिन हार्मोन श्रावित हुन्छ र त्यसले सहवासलाई सुखद बनाउँछ । यसले महिलाहरूलाई विशेष सुख दिन्छ । यस सम्बन्धमा गरिएका विभिन्न सोधअनुसार महिलामा यौ नप्रति नकारात्मक सोच बढी पाइन्छ । उनीहरूलाई लाग्छ— पुरुषलाई मात्र यो कुराको मतलब हुन्छ । जसका कारण उनी आफ्नोइच्छालाई दबाउँछन् र पति वा पे्रेमीको इच्छाका अगाडि झुक्छन् तर उनीहरू के बिर्सन्छन् भने यही समर्पणले  उनको जीवनलाई अन्धकारमा धकेल्न सक्छ । अतः यौनप्रति जसरी पुरुष सकारात्मक हुनु जति आवश्यक छ, महिला पनि उत्तिकै सकारात्मक हुनुपर्छ ।
अन्तरंग पललाई ख्याल-ठट्टामा बिताउनु राम्रो हुन्छ । गम्भीरताबाट यो क्षणको आनन्द अनुभव गर्न सकिँदैन ।
यौनजीवनमा साथीको मुडप्रति ध्यान दिनु आवश्यक छ । पार्टनरको मुड अफ भएको स्थितिमा यौनक्रिया आनन्दायक हुन सक्दैन ।
सहवासका बेला साथीको रुचि-अरुचिको ख्याल राख्नुपर्छ ।
यौनका सम्बन्धका भएका शंका र डरको समाधान गर्नुपर्छ ।
यौनजीवनको आनन्द अनुभूतिका लागि शारीरिक रूपले फिट हुनु पनि आवश्यक छ । अनुसन्धानअनुसार हेल्दी एवं फिट शारीरिक स्थितिमा गरिएको सहवास सुखदायी हुन्छ ।
यौनमा ग्याप राख्नु ठीक होइन । दुवैको इच्छा र शारीरिक स्वस्थताअनुसार यसलाई निरन्तरता दिनुपर्छ ।
ख्याल-ठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चक हुने भएकाले यसलाई प्रयोग गर्नु राम्रो हुन्छ ।
यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक छ, अतः यौन क्रियाको बेला बढी कुराकानी गर्नु ठीक होइन ।
प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ, अतः यौन क्रियाका बेला एक अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ । साथै एकअर्कालाई भावनात्मक रूपले बुझ्न पनि उत्तिकै आवश्यक छ । saptahik

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :