हनुगमन
Posted by
purwanews
Published on
Wednesday, September 7, 2011
बुधबार इटहरीमा यौटा गज्जबको नाटक देखियो । होटल व्यवशायीहरुले राम्रो नाटक देखाए इटहरीमा । होटल व्यवशायलाई मर्यादित बनाउनको लागि अनुशासन नियम घोषणा गरेका सुनसरीको इटहरीका होटल व्यवशायीहरु बुधबार अनुगमनमा निस्के । आमा समुह, पत्रकार, नागरिक समाजलाई अनुगमनमा लिएर हिडेको होटल व्यवशायीको समुहले बसपार्कका होटल तथा रेष्टुरेन्टमा चेकजाँच ग¥यो ।
होटलमा काम गर्ने कर्मचारीको लागि परिचय प त्रको व्यवस्था गर्नुपर्ने, समान पोशाकको व्यवस्था गर्नुपर्ने, आउने जाने ग्राहकको परिचय खुल्ने तथ्यांक राख्नुपर्ने लगायतका नियम लागु गरिएपनि ती कार्यान्वयनमा आएको, नआएको जाँच गर्न हिडेका थिए सबै । तर नाटक सबैले चाल पाइहाले ।
अघिपछि ५–६ जना युवती काम गर्न राखिएको भेटिएका बसपार्कका होटल तथा रेष्टुरेन्टमा सो दिन एक जना पनि देखिएनन् । नियम त भाँडमा जाओस्, जसले नियम पालना गर्नुपर्ने हो, उनीहरु नै त्यहाँ थिएनन् ।युवतीहरु नै नभएपछि पालना भएनभएको चेकजाँच कसरी गर्ने ?
अघिपछि अर्धनग्न अवस्थामा दिउँसै घाम तापेर बस्ने युवतीहरु सो दिन नदेख्दा सबै अचम्मित भए । सधै बसपार्क भएर गाडी चढ्दा र झर्दा आँखा झिम्क्याउँदै बोलाउने एउटी नक्कली थिइ, त्यल्लाई पनि देखिँन मैले । तर भएको के रहेछ भने हामी अनुगमन गर्छौं है भनेर होटल व्यशवायीहरुले अघिल्लो दिन राती नै सबैलाई खबर गरिसक्न भ्याइसकेका रहेछन् । थाहा दिएर गरिएको अनुगमनमा अवैद्य तरिकाले यौन व्यवशाय गराउन राखिएका युवतीहरु त फेला नपर्ने नै भए । कि कसो ?
इटहरीमा दुई सय बढी होटलहरुमा अवैद्य रुपमा यौन व्यवशाय हुने गरेको छ । होटल तथा लजमा हुने यौन व्यवशायका कारण गाउँ समाजमा बस्नै नसकिने अवस्था उत्पन्न भएको र गाउँ, ठाउँको बद्नामी भएको भन्दै आमा समुहले विरोध गर्दै आएका छन् । इटहरीमा दुई यस जना सक्रिय यौनकर्मी रहेको तथ्यांक सामाजिक संस्थाहरुले जारी गरिरहँदा अनुगमनमा भने होटलमा युवतीहरु नभेटिएपछि म कुटेजस्तो गर्छु, तिमी ढाड थापे जस्तो गर्नु भनेजस्तो भयो । आमा समुह र पत्रकारहरुलाई दिउँसै बेवकुफ बनाउने प्रयास भयो । खैर, अरुले थाहा पाओस् कि नपाओस्, यो गुप्तचरलाई चाहि थाहा भै गो । पत्रकारहरुले के लेखे कुन्नी मैले त यसलाई अनुगमन हैन, हनुगमन भनिदिए । लौ जा । भदौ २१
प्रतिक्रिया दिनुहोस् >>