फैजन हत्याराको स्केच सार्वजनिक

घण्टाघर अगाडि फैजान अहमदलाई गोली हानी हत्या गर्ने आक्रमणकारीको स्केच प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाले गोली प्रहार गर्ने दुई जनाको स्केच सार्वजनिक गरेको हो। स्केच सार्वजनिक गर्दै प्रहरीले दुवै अभियुक्तले एकै खालको पोशाक लाएको उल्लेख गरेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो आक्रमणकारी पातलो शरीर भएको र अन्दाजी अन्दाजी ५ फुट ७ इन्च अग्लो भएको उल्लेख छ। आक्रमणले आर्मीकट कपाल काटेको र पुलिस आर्मीले प्रयोग गर्ने जस्तो बुट लगाएको उल्लेख छ। साथै खैरो पेन्ट, नीलो रङको  हल्का नीलो २ पीस रेनकोट लगाएको प्रहरी विवरणमा उल्लेख छ।
दोस्रो आक्रमणकारी शारीरिक सुगठित भएको आर्मीकट् कपाल काटेको खैरो क्याप लाएको र पुलिस आर्मीले प्रयोग गर्ने बुट लगाएको तर बुटमा टल्काउने नोख नभई सादा भएको उल्लेख छ। उसले पनि २ पीस रेनकोट लगाएको, अनुहार गोलो र फ्रेन्च कट दारी पालेको प्रहरी अनुसन्धानले देखाएको छ।

यता फैजान अहमदको हत्यारालाई कार्वाहीको माग गर्दै गरिएको चक्काजाम उल्लंघन गरेको भन्दै सुनसरी सदरमुकाम इनरुवामा पाँच वटा सवारीसाधन तोडफोड गरिएको छ भने ढुंगा लागेर एकजना सवारी चालक समेत घाइते भएका छन् ।
मंगलबार विहानैदेखि बन्द सुनसरीको इनरुवा बजारमा आक्रोशित प्रदर्शकारीहरुुले को १ ज ११२१, ना ४ ख ३०८०, बा ८ च ४२३५ र ना ३ ख ३८४३ नम्बरका गाडीहरुलाई प्रदर्शकारीहरुले तोडफोड गरेका हुन् ।
रहेका एक ट्रक, दुई ट्रिपर, एउटा जलस्रोत आयोजनाको गाडी र एउटा माइक्रोका सिसा फुटाइएको छ । बन्दकर्ताले प्रहार गरेको ढुंगा लागेर भण्टाबारीका इस्लाफिल मियाँ घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल इनरुवामा गरिएको छ ।
फैजनको अअन्तीम संस्कार मुसलमान परम्पराअनुसार उनको जन्मथलो सुनसरीको भोक्राहामा गरिएको छ । सो क्रममा पुर्वी तराइका विभिन्न स्थानबाट मुसलमान अगुवाहरुको उल्लेख्य उपस्थिती थियो । शिक्षाप्रेमी व्यक्ति गुमाएकोमा सुनसरीका मुसलमान अगुवाहरु दुःखी भएको प्रतिक्रिया दिएका छन् ।
10 aswin, with the help of nagariknews


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :