दुई नाबालक छोरासहित आमा झुण्डिएको अवस्थामा फेला

सुनसरीको भोक्राहामा दुई नाबालक सहित आमाको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
भोक्राहाको मन्सुरी चौकमा बस्ने षडानन्द मेहताकी श्रीमती २६ वर्षिया सीतादेवी मेहता, ५ वर्षिय छोरा सञ्जीव मेहता र अढाइ वर्षिय सुर्यनारायण मेहता झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
श्रीमतीसहित छोराहरु झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको बेलामा श्रीमान षडानन्द भने सुनसरीको इनरुवास्थित गुद्री बजारमा तरकारी बेचिरहेका थिए । नाबालकहरु समेत पासो लगाएर भुण्डिएको अवस्थामा फेला पर्नुले हत्या भएको संकेत गर्छ । यद्यपी हत्या हो वा आत्महत्या हो भन्ने बारेमा घटनाको अनुसन्धान भइरहेकोले खुलिनसकेको डिएसपी यमुना रजकले जनाएका छन् ।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । लासलाई पोष्टमार्टमको लागि सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल ल्याइएको छ । घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ समेत थालिसकेको प्रहरीले जनाएको छ ।
purwanews, असोज ९
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :