‘आयु द्रोणसुतेः श्रेयं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वर्यं नहुसे गतिश्च्व पवने मानं च दुर्योधने ।।
सौर्यम् शान्त मने वलं हलधरे सत्यम् चः कुन्ति सुते ।
सत्ज्ञानम् विदुरे भवन्तु भवनाम् कृतिश्च्वः नारायणे ।’
दशैं आयो
Posted by
purwanews
Published on
Sunday, September 4, 2011
दसैंको टीका साइत १०:३५ बजे
यो वर्ष विजया दशमीमा टीका लगाउने शुभसाइत असोज १९ गते बिहीबार १० बजेर ३५ मिनेट जुरेको छ । गृह मन्त्रालयले पञ्चाङ्ग निर्णायक समितिबाट लिखित जानकारी लिई बिहीबार साइत र तिथिमिति सार्वजनिक गरेको हो ।टीका लगाउँदा पढिने मन्त्र
मन्त्रालयका अनुसार असोज १४ गते शनिबार पचली भैरवको यात्रा हुनेछ । त्यस्तै, देशभरिका राष्ट्रिय झन्डा ११ बजेर ५५ मिनेटको साइतमा पश्चिम मोहडा फर्किएर फेर्नुपर्नेछ । कम्पाउन्ड हाता र आँगनमा राष्ट्रिय झन्डा राख्न पाउने हरेक कार्यालयले यो साइतमा नयाँ झन्डा अनिवार्य फेर्ने प्रचलन छ । मन्त्री, मन्त्रालय, चारै सुरक्षा निकायका मुख्यालय र मातहतका कार्यालय, अदालत लगायत कार्यालय हातामा राष्ट्रिय झन्डा राख्ने गरिन्छ ।
असोज १६ गते फूलपाती, श्री तुलजा भवानी यात्रा बिहान ९ बजेर २७ मिनेटमा र स्थिरासन बिहान १० बजेर ३ मिनेटमा रहेको छ । त्यस्तै, असोज १७ गते मंगलबार महाअष्टमी, कालरात्री र १८ गते बुधबार महानवमी मनाइनेछ । १९ गते बिहीवार बिहान ९ बजेर ४५ मिनेट साइतमा देवी विर्सजन गरेर १० बजेर ३५ मिनेटको साइत टीका लगाउने उत्तम मानिएको छ । समान्यतया देवीको प्रसादको रूपमा लगाइने टीका दिनभर पनि लगाउन कुनै बाधा व्यवधान नभएको मन्त्रालयले जनाएको छ ।
विजया दशमीकै दिन तुलजा भवानी यात्रा दिनको १२ बजेर २७ मिनेटमा र स्थिरासन १२ बजेर ५९ मिनेटमा रहेको छ । सोही दिन खड्गयात्राको पनि साइत परेको छ । मन्त्रालयले गरेको परिपत्र अनुसार असोज २३ गते सोमबार अखिलबलिपूर्ति र २४ गते कोजाग्रत व्रत परेको छ । ekantipur
पुरुषहरुलाई टीका लगाउँदा पढिने मन्त्र
प्रकाशमानका विचारमा राजधानीको सुविधाले नै राजधानीवासीलाई बिगारेको हो । 'काठमाडौंमा स्थापित हुने विचारले बाहिरबाट आएकाहरूको स्पिरिट नै अर्काे हुन्छ, उनीहरूको स्पिड नै अर्काे हुन्छ, जस्तै संघर्ष पनि उनीहरू गर्छन्' उनी भन्छन्, 'यहाँका रैथानेलाई चाहिँ दुई छाक खान दुःखै गर्न पर्दैन, राजनीतिलाई काम नलाग्ने ठान्छन्, कसैको कुरा कसैले सुन्दैनन् । अनि कताबाट उँभो लागिन्छ ?'
सम्बन्धित सामाग्रीहरु :
दशैमा कति चामल नाश हुन्छ ?
तपाई दशैमा कति टिका लगाउनुहुन्छ ? कति जनाकोमा टिका थाप्न जानुहुन्छ ? दिनमा कति ठाउँ भ्याउनुहुन्छ? के तपाईले दशैमा आफ्नो निधारमा टाँसिने टिकामा प्रयोग हुने अक्षताको बारेमा अनुमान लगाउनुभएको छ? टिका लगाएर आशिर्वाद थाप्न हामी लालायित हुन्छौं तर टिकाको रुपमा कति परिमाणमा चामल नष्ट हुन्छ त्यो भने हामी विचार गर्दैर्नौ ।पुरा पढ्नुहोस् ...
कसैले यो मन्त्रलाई अलि फरक ढंगबाट पनि पढ्ने गरेको पाइन्छ-
आयुद्रोण सुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुशे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञाने (सज्ञाने) विधुरे भवन्तु भवतां कृतिश्च नारायणे ।।
-अर्थ- द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होओस् । दशरथको जस्तै श्रेय -जश) पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य र सम्पत्ति होओस्, पवनको जस्तो गति होओस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा (युधिष्ठिर )ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण (विष्णु) को जस्तै र्कीति हासिल गर्नु ।
नारीहरुका लागि पढिने मन्त्र
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा नमस्तुते ।
जयतुं देवी चामुन्डे जय भूतार्थी हारिणी
जय सर्वेगते देवी कालरात्री नमस्तुते ।।
सर्वे मंगल्य मंगल्यं शिवे सर्वत्र साधिके
शरणे त्रैम्बके गौरी नारायणी नमस्तुते
-अर्थ- नारीहरुलाई टीको लगाउँदा पढिने यो मन्त्र दूर्गादेवीको स्तुती हो । ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा’ भनेको सबै देवीका नामहरु हुन्, जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ । त्यस्तै ‘भूतार्थी हारिणी’-जगतमा रहेका प्राणीहरुको दुःख हरण वा नाश गर्ने चामुण्डे देवी एवं ‘सर्वेगते’ अर्थात् सबै कुरा जान्ने, सबैको मंगल गर्ने, शान्ति स्थापना गर्ने, कालरात्री देवीलाई पनि यो मन्त्रमा स्तुती गरिएको छ । शरण प्रदान गर्ने गौरी नारायणी (देवी)लाई नमस्कार गर्छु भनिएको छ ।
मन्त्रमा भिन्नता
दशैंमा वाचन गरिने मन्त्रहरुको कुरा गर्दा पुरुषहरुलाई स्पष्ट आशिष दिइएको छ भने महिलाहरुका लागि भने पछि बनाइएको मन्त्र नपढी सोझै चण्डीको श्लोक वाचन गर्ने गरिएको छ । तर, पूरषका लागि बनाइएको मन्त्र पनि मानिसहरुले अपभ्रंसित पार्दै फरक-फरम ढंगबाट उच्चारण गर्ने गरेको पाइन्छ ।आयुद्रोण सुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुशे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते ।
विज्ञाने (सज्ञाने) विधुरे भवन्तु भवतां कृतिश्च नारायणे ।।
-अर्थ- द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होओस् । दशरथको जस्तै श्रेय -जश) पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य र सम्पत्ति होओस्, पवनको जस्तो गति होओस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा (युधिष्ठिर )ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण (विष्णु) को जस्तै र्कीति हासिल गर्नु ।
नारीहरुका लागि पढिने मन्त्र
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा नमस्तुते ।
जयतुं देवी चामुन्डे जय भूतार्थी हारिणी
जय सर्वेगते देवी कालरात्री नमस्तुते ।।
सर्वे मंगल्य मंगल्यं शिवे सर्वत्र साधिके
शरणे त्रैम्बके गौरी नारायणी नमस्तुते
-अर्थ- नारीहरुलाई टीको लगाउँदा पढिने यो मन्त्र दूर्गादेवीको स्तुती हो । ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा’ भनेको सबै देवीका नामहरु हुन्, जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ । त्यस्तै ‘भूतार्थी हारिणी’-जगतमा रहेका प्राणीहरुको दुःख हरण वा नाश गर्ने चामुण्डे देवी एवं ‘सर्वेगते’ अर्थात् सबै कुरा जान्ने, सबैको मंगल गर्ने, शान्ति स्थापना गर्ने, कालरात्री देवीलाई पनि यो मन्त्रमा स्तुती गरिएको छ । शरण प्रदान गर्ने गौरी नारायणी (देवी)लाई नमस्कार गर्छु भनिएको छ ।
मन्त्रमा भिन्नता
रित्तिँदै राजधानी
दसैं जति नजिकिँदै छ, राजधानीबाट बाहिरिनेहरूको भीड बढ्दो छ । अबका केही दिनमै सधैं जाम हुने सडक खुला हुँदैछन् । बजारमा बाक्लिएको भीड पातलिनेछ । रेस्टुरेन्टका ग्राहकहरू हराउनेछन् भने पसलहरू बन्दै रहनेछन् । अष्टमी लाग्दा नलाग्दै राजधानीमा थुप्रिएको ठूलो भीडले सहर छाडिसकेको हुनेछ ।
दसैंका तीन दिन यहाँ मान्छेभन्दा घर बढी जस्तो लाग्नेछ । बन्दकर्ताको आँखा छलेर कुदेको जस्तो लाग्ने गरी सडकमा फाट्टफुट्टमात्र सवारी भेटिनेछन् । ट्याक्सीहरू पाइने छैनन् । तपाईं काठमाडौंमा भर्खर आउनुभएको छ र कतै रेस्टुरेन्टमा खान खोज्नुभएको छ भने त्यतिखेर त्यो इच्छा नगरेकै बेस ।
जिल्ला वा गाविसको त कुरै छाडौं, नेपालको कुनै त्यस्तो वडा वा टोलसमेत छैन होला जहाँका मानिस काठमाडौंमा नथुपि्रएका होऊन् । पढाइ, जागिर, व्यापार वा अरू कुनै त्यस्तो कारणले वर्षभरि यहाँ बसेर यतिखेर उनीहरू आफ्नै गाउँमा सुख दुःख सुनाउन गइरहेका छन् ।
हुन पनि काठमाडौं खाल्डोमा 'सानादेखि ठूलासम्मकै' अधिकांश बाहिरकै छन् । मुलुकका उच्च पदस्थहरूलाई हेर्ने हो भने राष्ट्रपति रामवरण यादव धनुषाका हुन् त उपराष्ट्रपति परमानन्द झा सप्तरीका । प्रधानमन्त्री बाबुराम भट्टराई गोरखाका, प्रधानन्यायाधीश खिलराज रेग्मी पाल्पाका । अनि सभामुख सुवास नेम्वाङचाहिँ इलामका । 'यसअघिका प्रधानमन्त्री झलनाथ खनाललाई भूमिगत हुँदा घरमा लुकाउने भक्तपुरका कम्युनिस्टहरू पनि भक्तपुरमै अल्झिरहेका छन्' केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मल्ल भन्छन्, 'खनाल भने कहाँबाट कहाँ पुगिसके ।'
काठमाडौंको सुरक्षा र प्रशासन सम्हाल्ने जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकाल स्याङ्जाका हुन् भने महानगरपालिकाका प्रमुख अधिकृत गणेश राई भोजपुरका । प्रहरी, सेना, सशस्त्र, मुख्य सचिव, कतै पनि काठमाडौंका 'रैथाने' हरू छैनन् । कुनै पनि ठूला दलका अग्रणी पदमा यहींका व्यक्ति खासै पुगेका छैनन् ।
नेपालमा सबै ठाउँहरूभन्दा धेरै विकास काठमाडौंमा छ । सुविधा, अवसर र मनोरञ्जन यहाँ जति अन्त कतै छैन । मौसमका दृष्टिले पनि निकै अनुकूल छ । विभिन्न जिल्लाका बासिन्दा सुख सुविधा खोज्दै यहाँ आइपुग्छन् र तिनले एक खालको सफलता हात पार्छन् पनि । तर जन्मेदेखि तुलनात्मक हिसाबले सुविधा र सुख पाएका काठमाडौंकै रैथानेहरू भने 'बाहिर' बाट आएकाहरूको तुलनामा कता हो कता पछाडि छन् ।
'सहरी इलाकामा नेवा, काँठ क्षेत्रमा बाहुन, छेत्री र दलित अनि चारैतिर डाँडामा बस्ने तामाङहरू उपत्यकाका रैथानेहरू हुन्' भन्छन् मल्ल । तर यी कोही पनि राजनीति, प्रशासन र सुरक्षाको माथिल्लो तहमा पुग्न सकेको देखिँदैन । अहिलेसम्म राजनीतिमा राष्ट्रिय छवि बनाउने काठमाडौंका एउटै नेता थिए, सर्वमान्य स्वर्गीय गणेशमान सिंह । उनी पछिका सायद ठूलो उचाइमा काठमाडौंको नेता उनैका छोरा प्रकाशमान हुन् । उनी कांग्रेसका महामन्त्री छन् । 'हामी काठमाडौंका मानिस साँच्चै नै पछाडि छौं,' तिनै प्रकाशमान भन्छन्, 'यसको कारण पनि हामी नै हौं ।'
बसाइँ सराइले मानिसमा अनेक अनुभव र सीपको विकास हुने मल्ल ठान्छन् । विभिन्न जिल्लाका विकट गाउँबाट यहाँ आउनेलाई जीवनका अँध्यारा पक्षको धेरै जानकारी हुन्छ । उनीहरू दुःख गर्छन् । पढ्छन् र अघि बढ्छन् । यहाँ जन्मेहुर्केकालाई दुःखको अनुभव उनीहरूको तुलनामा हुँदैन । त्यसैले पनि ती पछि परेको मल्लले बताएका छन् ।
'नर्सरीमा उमि्रएका बिरुवा खेतमा सार्दा ज्यादा सपि्रन्छन् । नर्सरीमै राखिरहे जिङरिङ्ग हुन्छ,' मान्छेको जीवनमा पनि यही सत्य लागू हुने प्रकाशमानको अनुभव छ, 'मान्छे पनि जन्मेकै ठाउँमा हुक्र्याे र बढ्यो भने उसको विकास उति हुँदैन । किनभने उसले नयाँ ठाउँ र नयाँ समाजको अनुभव नै गर्न पाउँदैन ।'
आन्तरिक/बाह्य जेजस्तो भए पनि बसाइँ-सराइले व्यक्तिको क्षमता तिखार्ने प्रकाशमानको बुझाइ छ । 'काठमाडौंको पुरानो पुस्ता यहीँ हुक्र्याे र यहीँ बढ्यो' उनी भन्छन्, 'तर नयाँ पुस्तामा ज्यादै भिन्नता छ । अबको पिँढी पढेलेखेको छ, पढ्नका लागि युरोप अमेरिका पनि पुगेको छ । त्यसले केही न केही पक्कै गर्छ ।'
काठमाडौंमा आएर जति नै प्रगति गरे पनि बाहिरबाट आएकाहरू दसैंमा भने आफ्नै थातथलोमा गएर रम्न रुचाउँछन् । त्यसैले घटस्थापना लागेदेखि नै काठमाडौं छाड्नेहरूको लर्काे लम्बिँदै जान थालेको छ । उडेर र गुडेर जानेहरूको ताँती बसपार्क र विमानस्थल दुवैतिर ठूलो छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष दीपक अधिकारी अनुमान लगाउँछन्, 'दस लाखभन्दा बढीले काठमाडौं छाड्छन् होला दसैंमा ।'
दीपकका अनुसार गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै अचेल दिनमा ८ सय गाडीले उपत्यका छाड्नेलाई ओसारिरहेका छन् ।
एउटा गाडीमा कम्तीमा २७ सिट हुन्छ । ४० भन्दा बढी सिट भएका बसहरू पनि थुप्रै छन् । सिट नपाए उभिएर, टुलमा र हुटमा बसेर जाने यात्रु पनि उत्तिकै छन् । यस हिसाबले एउटा बसले औसत ३५ देखि ४० यात्रु बोक्छ । आठ सय बसले झन्डै ३० हजार जनालाई काठमाडौं बाहिर लैजाने गरेको देखिन्छ । 'यति त गोंगबु बसपार्कबाट मात्रै हो' अधिकारी भन्छन्, 'तराईतिर जाने यात्रुहरू सबै गौशालाबाट चढ्छन्, माइक्रो चढ्नेहरू कलंकीबाट गाडी समात्छन् ।'
गौशालाबाट चाहिँ दैनिक ३ सयभन्दा बढी बसहरू छुटिरहेका छन् । यति नै संख्यामा माइक्रो पनि चल्छन् । यिनले बोक्ने यात्रुहरू कम्तीमा पनि १० हजारभन्दा बढी हुन्छन् । साना जिप र बसहरू आफैं रिजर्भ गरेर घर जाने यात्रुहरू पनि हजारौं छन् । हवाई जहाजबाट जानेहरू पनि छँदैछन् । सबै जोड्दा घटस्थापनापछि अष्टमीसम्म दिनहँु मोटामोटी आधा लाख व्यक्ति काठमाडौंबाट बाहिरिने अनुमान छ ।
अधिकारीका अनुभवमा दसैंमा जति यातायातको चाप हुने अर्काे कुनै समय छैन । 'टिकट पाउनै गाह्रो' घटस्थापनाको दोस्रो दिन बिहानै गोंगबुमा झोला गुन्टासहित बस कुरेर बसेकी एक महिला भन्दै थिइन्, 'हामीले त यसपाला टिकट खुल्नेबित्तिकै बुक गर्यौं र मात्रै, नत्र अहिले जान कहाँ पाउनु ?'
लमजुङ बेसिसहर जान लागेकी प्रतिमा अधिकारीले पति प्रमोद बरालका साथ कोटेश्वरमा डेरा र शान्ति नगरमा किराना पसल चलाउँदै आएको बताइन् । 'अघिल्लो साल पनि दसैंमा घर गएकी थिएँ' उनले भनिन्, 'त्यसपछि उपत्यका छाड्न लागेको यसै पाला हो ।' पति प्रमोदचाहिँ अझै पसल खोलेरै बसिरहेका छन् । 'उहाँ फूलपातीका दिन आउनुहुन्छ' प्रतिमाले भनिन्, 'के गर्ने, सामान बिक्ने बेलामा पसल बन्द गरेर हिँड्नु पनि भएन ।' पछि टिकट पाइँदैन भनेर प्रतिमा चाहिँ तीन वर्षे छोरी लिएर पहिल्यै निस्केकी हुन् । प्रतिमा जस्ता सयौं यात्रु शुक्रबार बसपार्कमा गुड्ने समय पर्खिरहेका थिए भने अरू कतिचाहिँ त्रिभुवन विमानस्थलमा उड्ने सुरसारमा थिए ।
'टिकटै पाउन गाह्रो' बेसिसहरकी प्रतिमालाई गुड्ने टिकट पाउन मुस्किल परेजस्तै खोटाङकी रस्मिता सैंजूलाई उड्ने टिकट पाउन हम्मे परेको रहेछ । विमानस्थलको आन्तरिक उडानको कुर्ने ठाउँमा झिटी गुन्टा अघिल्तिर राखेर बसेका सयौं यात्रुको हूलमा सैंजू आफ्ना दाजु मणिरामका साथ दसैं मनाउन जन्मथलो जान लागेकी थिइन् ।
हवाई मार्गबाट जान चाहने रस्मिताजस्ता यात्रुलाई बोक्न आन्तरिक उडानका लागि नेपालमा उपलब्ध ६ वटै विमान कम्पनीका ३० बटै जहाज परिचालित छन् ।
'सबै विमानको हिसाब गर्दा हामी दिनमा ३ सय पटकसम्म उडान भर्छाैं' त्रिभुवन विमानस्थलको आन्तरिक उडान टर्मिनल प्रमुख पूर्णप्रसाद चुडालले भने, '४० हजारसम्म यात्रु ओसार्छौं, तै पनि सबैलाई चाहेकै दिन उडाउन भ्याइएको छैन ।'
चुडालका अनुसार नेपालभर ४४ विमानस्थल छन् । त्यसमध्ये पोखरा, विराटनगर र नेपालगन्जजस्ता सुविधा भएका विमानस्थलहरूमा राति पनि उडान भर्ने प्रक्रियामा विमानस्थल व्यवस्थापन लागिपरेको छ । विमानस्थलहरू नभएका देशका १५ ठाउँमा हेलिप्याड छन् । त्यहाँ पाँच कम्पनीका हेलिकप्टरले पनि यात्रु ओसार्ने काम गरिरहेका छन् ।
'यसपाला शान्ति भएर होला' चुडाल भन्छन्, 'पोहोरभन्दा यात्रुको चाप कता हो कता बढी छ ।'
किन भीड काठमाडौंमा ?
हालै सार्वजनिक जनगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौंको जनसंख्या १७ लाख छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मल्लका अनुसार यो यहाँ बसोबास गर्नेहरूको मात्रै संख्या हो ।
यहाँ बसोबास गर्नेहरूको तथ्यांकमा पनि काठमाडौंकै रैथानेहरूचाहिँ कम छन् । 'गएको दस वर्षमा यो संख्या ६० प्रतिशतले बढेको देखिन्छ,' मल्ल भन्छन्, 'यो जनसंख्याको सामान्य वृद्धिदर होइन ।'
कामकाजले यहाँ आउजाउ गर्नेको संख्या (फ्लोटिङ पपुलेसन) समेत हिसाब गर्दा २५ लाख देखिएको छ ।
किन बढ्छ त जनसंख्या काठमाडौंमा ? किनभने काठमाडौंमा सुविधा र अवसर छ । 'संसारभर जहाँको महानगरमा पनि यस्तै हुन्छ, मानिसहरू बढी नै हुन्छन्' मल्ल भन्छन्, 'तर हामीकहाँ चाहिँ अनुपातका हिसाबले यो जनसंख्या धेरै नै हो ।'
पहाडमा मानिसहरू कम हुनु र सहरमा बढ्नुले पनि त्यही असमानता देखाइरहेको छ । पहाडबाट झरेर मानिसहरूसम्म र सहरतिर बसोबास थालेका छन् । धेरैको ताक काठमाडौंमै छ ।
यातायात व्यवसायी अधिकारीकै कुरा गरौं । उनी १६ वर्षको उमेरमा जन्मथलो भइरहवाबाट काठमाडौं आएका थिए २०३८ सालमा । उनका बाले बस किनेका थिए र त्यो भइरहवा-वीरगञ्जमा चल्थ्यो ।
'त्यही सिलसिलामा म यहाँ आएको थिएँ, आएको आयै भएँ' अधिकारी भन्छन्, 'यतै घर बनाएँ, यतै व्यवसाय गरेँ र यतै सम्बन्ध बढाएँ ।'
बालाजुमा उनले २०४९ सालमा आनाको ५ लाखमा १० आना जग्गा किनेर घर बनाए । अहिले त्यसको तेब्बरभन्दा पनि माथि पुगिसकेको छ । उनले फाँटको बीचमा घर बनाएका थिए । अहिले त्यो फाँटै कतै छैन ।
'जम्मै नुवाकोटतिरका मान्छेले भरिएको छ,' अधिकारी भन्छन्, 'म बसेकै आसपासमाचाहिँ २० घरजति भइरहवातिरका पनि आएका छन् ।'
अधिकारी अहिले सफल यातायात व्यवसायीमा गनिन्छन् । भैरहवा-काठमाडौं चल्ने उनको आफ्नै बस सेवा छ । राजनीतिमा पनि उनी लागेकै छन् । छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् । भैरहवामा उनको परिवारको कोही पनि छैन अहिले । त्यसैले दसैंमा उनी यतै बस्नेछन् । जनगणनाले देखाएको १७ लाख काठमाडौंका बासिन्दामा उनी पनि पर्छन् ।
धादिङ खाल्टेका रामकृष्ण न्यौपाने १६ वर्षअघि काठमाडौं आएका थिए । उनी पनि बालाजुमा बस्छन् । तर अधिकारीको जस्तो घर होइन, डेरामा । उनी यातायात व्यवसायी होइनन्, मजदुर हुन् । उनको टोलका एमालेका नेता पनि हुन् न्यौपाने ।
आफ्नो बुद्धि र विवेकले भ्याएको जुनै काम पनि गरेर उनले आफ्नो अर्थ विस्तार गरिरहेका छन् । म दसैंमा घर जानेहरूको अन्तर्वार्ता लिन गएका दिन बालाजु बस पार्कमा उनी दस, पाँच र बीसका नयाँ नोटहरू साटिरहेका थिए । घर जानेहरू उनकोमा पैसा साट्न सानोतिनो लाम लागेरै कुरिरहेका देखिन्थे । सयकडा दस रुपैयाँमा उनी धमाधम नोट साट्तै थिए ।
'बैंकमा लाम लाग्न झ्याउ लाग्नेलाई सजिलो पारिदिएको नि' न्यौपाने मुस्कुराए, 'दसैंमा सबैलाई चानचुन पैसा साट्ने फुर्सद पनि हुँदैन । तिनका लागि मेरो यो सेवा हो ।'
न्यौपानेले थानकोटमा च्याउखेती पनि गरेका छन् । टीकाका दिनसम्मै उनी पैसा साट्ने र च्याउ बेच्ने काम गर्नेछन् । त्यसपछि खाल्टेमा बस्ने दाजुका घरमा टीका थाप्न सपरिवार पुग्नेछन् । aswin 14, ekantipur
सबै धर्मावलम्बीलाई प्यारो
जन्मैदेखि बौद्ध धर्मावलम्बी भए पनि ७७ वर्षीय तीर्थबहादुर लामालाई दसैंको आगमनले छोएको छ । राजधानीको बौद्धका यी वृद्ध दुर्गाको पूजा गर्दै अहिले यो महापर्वको तयारीमा व्यस्त छन् । उनको घरमा महाअष्टमीका दिनदेखि दसैं भोज सुरु हुन्छ ।
'दसैंको शुभकामना छ,' वृद्ध लामाले बिहीबार कान्तिपुरसँग भने, 'हिन्दु परम्पराअनुरूप नै टीका र जमरा थापेर दसैं मनाउँछौं ।' बौद्ध धर्मावलम्बी भए पनि जिजुबाजेको पालादेखि पूरा लामा परिवारले दसैं मनाउँदै आएका छन् । उनकी नातिनी रीना ब्लोनले सपरिवार मठमन्दिरमा पूजाआजा गर्दै विधिवत् निधारमा रातो टीका र कानमा जमरा भिरेर महापर्वको स्वागत गर्ने बताइन् ।
बौद्ध धर्मावलम्बी लामा मात्र नभएर इसाई धर्म मान्ने ४४ वषर्ीया शर्मिला श्रेष्ठले दसैं मनाउने गरेकी छन् । पाँचजनाको परिवारसहित ललितपुरको पुल्चोक बस्ने उनी भोजपुर गुप्तेश्वर-८ दावा बजारकी बासिन्दा हुन् । चर्चमा भेला भएर प्रार्थना गर्ने, शुभकामना साटेर दसैं मनाउने गर्छन् ।
सोह्र वर्षदेखि ठमेलको बुद्ध होटलमा 'रुममेड' का रूपमा कार्यरत शर्मिलाले विजयादशमीको संस्कृतिलाई एकापसमा सद्भाव साटासाट गर्ने अवसर भएको बताउँछिन् ।
बालाजुस्थित कइनोनिया चर्चसँग आबद्ध २४ वषर्ीया अमृता गुरुङले मूर्ति पूजा नगरे पनि फरक ढंगले यो दिनलाई सेलिब्रेट गर्ने गरेको बताइन् ।
सैनिक अस्पतालमा स्टाफ नर्स अमृताले यो दिन उपवास र प्रार्थना गर्छिन् । भेला भएर खानपिन, रमाइलो गर्ने, एक-अर्कालाई प्रत्यक्ष र एसएमएसमार्फत् शुभकामना दिने गरेको उनले बताइन् ।
दुई दशकदेखि राजधानी बस्दै आएका ३५ वषर्ीय अब्दुल कययुमले वर्षमा एकपटक आउने यस्ता चाडपर्वलाई खुसीको मौका बताउँछन् । उनी इस्लाम धर्मावलम्बी भए पनि यो दिनप्रति आफ्नो ठूलो श्रद्धा रहेको बताउँछन् । मूर्ति पूजा नगरे पनि ईश्वर र ओमलाई मान्ने गरेको अब्दुलले बताए ।
'थुप्रै हिन्दु साथी छन्, उनीहरूले यो दिन मलाई आफ्नो घरमा खान बोलाउँछन्,' अब्दुलले भने, 'म पनि मासु-भात पकाएर खान बोलाउँछु ।' उनी कामले गर्दा गाउँ जान नपाए पनि सबै दुःख बिर्सेर यो दिन हिन्दु मित्रजनसँग रमाइलो गर्ने गरेको बताए ।
सुविधानगर तीनकुनेमा गुड फिट टेलर्स चलाएर बस्ने उनी महोत्तरी श्रीपुरकविलास-१ का बासिन्दा हुन् । उनी महोत्तरीमा रहँदा गाउँदेखि तीन किमि उत्तर गौशालामा दसैंमा लाग्ने मेलामा निकै रमाइलो गर्ने गरेको सुनाए । यो महापर्वलाई विभिन्न धर्म, समुदाय र जातिकाले दुर्गा पूजा, दशहरा, दशमी र नवरात्रका रूपमा मनाउने गरेको पाइयो । समाजशास्त्रीहरूले यो मुलुकका हरेक पर्व, संस्कृति र परम्परा राष्ट्रिय एकताको प्रतीक बनिसकेको बताए ।
समाजशास्त्री चन्द्रकान्त ज्ञवालीले एक-अर्काका धर्म र संस्कृतिलाई अंगीकार गर्ने प्रवृत्तिले सामाजिक सौहार्द्ध बढाएको बताए । 'अब यी चाडपर्व कुनै एक सम्प्रदाय र जातिका रहेनन्, सबैको साझा हुँदै गएका छन्,' उनले भने, 'यसले क्षेत्रीय र जातीय विभेदको अन्त गर्छ ।' आश्विन १३, ekantipur
गाउँका सभासद्को दशैं
बारा जिल्लाको लौतन गाउँकी ज्वाला साहसँग अहिले 'खासै पैसा छैन' । केही वर्षअघिदेखिको ढाडको समस्याले झनै सताएपछि त्यसको उपचारमा खर्च गर्नुपर्ने भएकाले यस वर्ष राम्ररी दसैं मनाउन नसक्ने टुंगोमा यी सभासद पुगेकी हुन् । सामान्य किसिमले भए पनि आफ्नै गाउँघरमा दसंैको रमाइलो गर्ने सोच बनाएकी शाहले भनिन्, 'यसपालि केही नकिन्ने सोचमा छु ।' उनले घर जानका लागि १४ गतेको कोपिला यातायातमा टिकट लिइसकेकी छिन् ।
'टिकटको साढे नौ सय रुपैयाँ लाग्यो' हाल श्रीमान्सँग गौशालामा बस्दै आएकी उनले भनिन्, 'श्रीमान् र मेरो बस भाडाले नै दुई हजार सकियो ।' आफ्नो र छोरीका लागि केही नलिने योजना बनाएकी उनले श्रीमान्लाई भने एक जोर नयाँ जुत्ता किनिदिएकी छिन् ।
परिवारमा उनका नन्द, सासू र ससुरा छन् । 'उहाँहरूलाई लुगाफाटो, खानेकुरा र सम्पूर्ण दसंैका लागि साडे ८ हजार छुट्याएको छु, त्यसमा काठमाडौं आइजाइ गर्ने खर्च सबै पर्यो ।' उनका अनुसार आफ्ना कार्यकर्ता सबैले दसंैकै मुख ताकेका हुन्छन् । 'उनीहरूलाई पनि त दिनुपर्यो नि' उनले भनिन् ।
गत वर्षहरूमा कोसेलीको रूपमा मिठाई, गुत्पाक, पुष्टकारी लाने गरेकी शाहले यस वर्ष भने त्यस्ता केही लाने छैनन् ।
खाद्यान्न सामग्री मिसावट र दूषित भएकाले यसपालि नलाने योजना बनाएकी हुन् । उनले यसपालि एक बोरा किताब लिएर गाउँमा बाँडिदिने योजना बनाएकी छिन् । आफ्नो साथीले तयार पारेको 'मुक्तिका लागि बलिदान' भन्ने पुस्तक एक बोरा प्याक गरिसकेको बताउँछिन् ।
मधेसी समुदायमा जन्मेकी शाहले भूमिगत कालमा ब्राह्मण परिवारको छोरोसँग अन्तरजातीय विवाह गरेकी हुन् । उनको माइती र घरमा दसंै मनाउने चलन नै फरक छ । 'माइतीमा टीका लगाउने चलन छैन,' उनी सुनाउँछिन्, 'घरमा टीका लाउने आशीर्वाद दिने गरिन्छ ।'
तर आफ्नो घरको चलनबारे उनी अनविज्ञ नै छिन् । 'मलाई उताको केही थाहा छैन,' उनले भनिन्, 'दसंैमा बुवा-आमाले चलनअनुसार सबै तयार पार्नुहुन्छ । म त अह्राएको काममात्र गर्नैगर्छु ।' घर बाहिर सभासद भए पनि घरभित्र रहँदा बुहारीकै हैसियतमा रहने उनी बताउँ
छिन् । घरमा आइपर्ने सबै काममा सहयोग गर्ने, खाना पकाउने, पाहुनाको स्वागत संस्कार गर्ने लगायत सबै फस्र्याउँछिन् ।
हीरा गुरुङ: दसैंले झ्याप्पै छोपिसक्दा खोटाङ घर भएकी गुरुङले यसपाला गाउँ जाने या नजाने टुंगो गर्न सकैकी छैनन् ।
उनले आफूलाई केही लिएकी छैनन् । 'दसंैमै कपडा हाल्नुपर्छ भन्नै छैन, जहिले आवश्यक पर्छ त्यसैबेला किनमेल गर्ने गरेको छु ।'
उनका दुई छोरा र तीन छोरी छन् । पाँच जनालाई एक-एक जोर कपडामात्र हाल्ने हो भने पनि दस हजार लाग्ने उनले बताइन् । यसपालि भने छोराछोरी सबैलाई कपडा किनिदिएकी
छिन् ।
गाउँ जानुपरेमा खोटाङ लामिडाँडासम्म हजाई जहाजमा गएको पाँच हजार रुपैयाँ लाग्छ । 'परिवारै लिएर जान सम्भव नै हुँदैन,' उनले भनिन्, 'सार्वजनिक यातायातमा जाँदा बसबाट ओर्लेर तीन दिनको बाटो हिँडेपछि मात्र उनको घर पुगिन्छ । दसंैको छोटो समयमा बसमा जान पनि सहज छैन । गाउँ गएमा उनी एक्लै गएर इस्टमित्र भेटेर टीका थाप्नका लागि काठमाडौं आइपुग्नुपर्ने बताउँछिन् । उनले काठमाडौंमा आउने आफन्तलाई टीका लगाउनका लागि पाँच हजार खुद्रा साटेकी रहिछन् । ठूलो परिवार र आउने जाने आफन्तका लागि खानेकुरामा पनि निकै खर्च हुनेछ । सामान्य किसिमले थोरै खर्चमा दसंै मनाउँदा पनि २५ तीस हजार रुपैयाँ खर्च हुने उनी बताउँछिन् ।
आमा, दिदी, बहिनी छोराछोरीलगायत १२ जनाको परिवारमा बस्दै आएकी छिन् । माइतीका दुई दाजुभाइ काठमाडौंमै रहेकाले सबै भेला भएर दसंै मनाउने योजना छ । उनी भन्छिन्, 'वरिपरि आफ्नै-आफ्ना छौं भेला भएर कुरा गर्दा रमाइलो लाग्छ ।'
चित्रबहादुर केसी ः यसपाला घटस्थापनाकै दिनदेखि उनलाई दसंैले छोएको छ । दसंै मनाउनका लागि भैरहवास्थित दीपनगरको घरमा चार दिनअघि नै पुगिसकेँ । भारतमा बसोबास गरिरहेका नेपाली दसंैमा घर र्फकंदा भैरहवाको बोर्डरमा हुने दुव्र्यवहार विरुद्ध लगातार कार्यक्रम गर्न उनी चाँडै गएका रहेछन् । शनिबार गोरखपुर गएर कार्यक्रम गर्ने र त्यहाँका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने योजना बनाएका छन् । 'बोर्डरमा नेपालीको झोला खोल्ने, पैसा खोस्ने, सामान लुट्नेजस्ता दुव्र्यवहार बढेका छन्' उनले भने ।
उनी दसंैको टीका गाउँमै लगाउने छन् । काठमाडौंको घट्टेकुलोमा श्रीमती र तीन नातिसँग बस्दै आएका केसीसँग राम्ररी दसंै मनाउनका लागि पैसैले पुग्दैन । सामान्य किसिमले दसंै मनाउने तरखर गरिरहेका उनले सात हजारले दसंै मान्ने योजना बनाएको बताए ।
'मसँग दसंैका लागि खर्च गर्न प्रसस्त रुपैयाँ छैन ।' सात हजार रुपैयाँले दसंै फस्र्याउँछु । सभासदले पाउने भत्ताबाट सबै काटिएका १६/१७ हजार हात पर्न पनि मुस्किल हुन्छ,' उनले सुनाए, 'त्यसबाट कार्यकर्तालाई समेत भाग लगाउनुपर्यो ।'
बिरामी परेर आउनेहरूलाई औषधि उपचार गराएर पठाउने गरेका छन् । चाडबाडलाई खर्चिलो र तडकभडक बनाउनु हुँदैन भन्ने मान्यता बोकेका केसीको परिवारमा पहिलेदेखि नै दसंैलाई सामान्य तरिकाले मनाउने चलन छ । घरैमा खसी, बोका काट्ने चलन छैन । एक/दुई किलो मासु ल्याएर नातिनातिनाले खाने गरेका छन् । दसंैभरिका लागि तरकारी र दूधमा सामान्य खर्च हुने गरेको छ । 'पैसा भएको बेला खर्च गर्छौं ।' उनले भने, 'नभए कसरी दसंै टार्ने हो भनेर चिन्ता पनि गर्दैनौं ।'
गाउँकै चिनजानको भाइको सार्वजनिक बस भएकाले तीन नाति र बूढाबूढीलाई दुई हजारमै भैरहवा पुर्याइदिएको उनी बताउँछन् । टीका लगाउन आउनेका लागि तीन हजारको खुद्रा साटेको छु । त्यो पनि पूरै खर्च हुँदैन ।'
आफूले मान्नैपर्ने ज्वाइँचेलालाई दक्षिणामा एक सय पचास रुपैयाँसम्म हाल्ने केसीले केटाकेटी र अन्यलाई २०/३० रुपैयाँले टार्ने गरेका छन् । काठमाडौंमा भन्दा बुटवल, सुनौली र भैरहवामा सामान आधा सस्तो पाइने भएकाले खानेकुराका सामान उत्रै किन्ने गरेका छन् ।
आफू र श्रीमतीका लागि केही किनेनन् । चाडबाडमा महँगो हुन्छ भन्दै श्रीमतीले पनि किन्न मानिनन् । दसंै असोज महिनामा गर्ने भएकाले उनलाई असाध्यै रमाइलो लाग्छ । यसको वहानामा आफन्तसँग भेटघाट गर्ने, दुःख सुखका कुरा गर्नु दसंैको राम्रो पक्ष भन्ठान्छन् ।
कालीबहादुर मल्ल ः जाजरकोट खलंगामा जन्मिएका मल्लको दसंै आम नेपालीको भन्दा निकै फरक छ । उनी दसंैमा टीका लगाउने, आशीर्वाद र दक्षिणा लिने/दिने गर्दैनन् । तर भेट भएका इष्टमित्र र आफन्तसँग शुभकामना आदानप्रदान भने गर्दा रहेछन् । श्रीमती छोरी र नातिसँग मैतीदेवीमा बस्दै आएका
मल्लले यसपालिको दसंै परिवारसँग गाउँ गएर बिताउनेछन् । ०४५ सालदेखि दसैमा टीका लगाउन छाडेका मल्ल धर्म संस्कृतिलाई भन्दा वैचारिक सिद्धान्तलाई मान्यता दिनुपर्ने तर्क गर्छन् ।
मल्लले यसपालिको दसंै परिवारसँग गाउँ गएर बिताउनेछन् । ०४५ सालदेखि दसैमा टीका लगाउन छाडेका मल्ल धर्म संस्कृतिलाई भन्दा वैचारिक सिद्धान्तलाई मान्यता दिनुपर्ने तर्क गर्छन् ।
उनका अनुसार संस्कृति परम्परा केही केही होइन । आफूले द्वन्द्वात्मक भौतिकवादको विचारलाई अंगाल्नै भएकाले टीका लगाउनु नलगाउनुमा खासै भिन्नता नभएको विचार व्यक्त गर्छन् । अन्य धर्मभन्दा मानव धर्म मान्ने गरेको उनी बताउँछन् । 'संस्कृतिलाई परिवर्तित सन्दर्भसँग गाँसेर हेर्नुपर्छ ।'
लामो समयदेखि आफूले दसंै नमान्ने भएपछि आफन्तहरू पनि दसंैमा टीका थाप्न उनका घरमा आउन छाडिसकेका छन् । '२३ वर्षदेखि टीका नलगाएको थाहा पाएर हिजोआज कोही आउँदैनन् ।' उनका अनुसार दसंैलाई महत्त्व दिँदैनौं तर पर्वको अवसर पारेर भेटघाट गर्न रमाइलै लाग्छ ।
गाउँमा उनका आमा, बाबु, छोरा, बुहारी र नातिनातिना छन् । उनीहरूसँग भेटघाट गर्न गाउँ जान लागेका हुन् । 'गाउँमा भदौ एक गतेदैखि लिङ्गेपिङ हाल्ने चलन छ,' उनले भने, 'केटाकेटीहरू पिङ खेलेर रमाउँदा आफूलाई आनन्द लाग्छ ।'
बाबा-आमाले कालिका मन्दिर गएर बोका काट्ने गरेका छन् । घरमा बनाएको खानेकुरामा सहभागी हुने मल्ल खानेकुरालाई संस्कृतिसँग जोड्न नमिल्ले बताउँछन् । दसंैलाई प्राथमिता दिएर खर्च गर्दैनौं । लत्ता कपडा जतिबेला चाहियो त्यति बेलै किन्ने भएकाले दसंैमा त्यति खर्च हुँदैन । हवाई जहाजबाट उनको घर जान सात हजार पाँच सय रुपैयाँ पर्छ । यसपालि परिवारै लिएर बसबाट जाँदैछन् । बसबाट जाँदा दुई हजारमा जान सकिन्छ । आश्विन १४, ekantipur
सम्बन्धित सामाग्रीहरु :
कु न खानेकुरा कति खाने ?
दसैं लाग्नासाथ तिहारसम्मको रमझममा रक्सी, मासु लगायत विभिन्न परिकारको आनन्द लिनेको कमी हुँदैन । पुरा पढ्नुहोस् ...
दशैंमा फेसन एसेसरिज
पुरुषका लागि बदलिँदो परिवेशसँगै फेसनमा पनि धेरै परिवर्तन आएको छ । पुरुष व्यक्तित्वमा हिजोआज र्फमल लुकदेखि क्याजुयल लुक सम्म विभिन... पुरा पढ्नुहोस् ...
राष्ट्र बैंकको लापरवाही : सयको सादा नोट
दशैंको मुखमा नयाँ नोट देखेर दंग पर्नुभएको छ ? छ भने नोट राम्रोसँग जाँच गर्नुहोस् । तपाइले बोकेको नयाँ नोट एकापट्टी सादा पनि हुनसक्छ ।दशैमा ... पुरा पढ्नुहोस् ...
दशैमा कति चामल नाश हुन्छ ?
तपाई दशैमा कति टिका लगाउनुहुन्छ ? कति जनाकोमा टिका थाप्न जानुहुन्छ ? दिनमा कति ठाउँ भ्याउनुहुन्छ? के तपाईले दशैमा आफ्नो निधारमा टाँसिने टिकामा प्रयोग हुने अक्षताको बारेमा अनुमान लगाउनुभएको छ? टिका लगाएर आशिर्वाद थाप्न हामी लालायित हुन्छौं तर टिकाको रुपमा कति परिमाणमा चामल नष्ट हुन्छ त्यो भने हामी विचार गर्दैर्नौ ।पुरा पढ्नुहोस् ...
विचार गर्नुहोस्, तपाइ के खाँदै हुनुहुन्छ ?
दशैं तिहार नजिकिँदै गर्दा बजारमा सुरु भएको छ ठगी । यौटा त्यस्तो ठगी जसलाई तपाइले चिन्नुभएन भने तपाइको ज्यानै समेत जानसक्छ । पुरा पढ्नुहोस् ...
खसीबोका किन्ने भो सरकारले
मागभन्दा आपूर्ती कम हुँदा खसीबोकाको मूल्य अत्याधिक बढ्ने र उपभोक्ताहरु समस्यामा पर्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल सरकारले दशैंको अवसरमा खसीबोका किनेर बेच्ने भएको छ । पुरा पढ्नुहोस् ...प्रतिक्रिया दिनुहोस् >>