बंगलादेशमा सार्क अनलाइन मिडिया सेमिनार हुने

सार्क क्षेत्रका सञ्चार माध्यमलाई थप सशक्त बनाउन सार्क सूचना केन्द्रले सन् २०१२ बाट २३ वटा नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रममा अनलाइन मिडिया सम्बन्धी सेमिनार फेब्रुअरीमा बंगलादेशको राजधानी ढाकामा गरिने निर्णय केन्द्रले गरेको छ।
माल्दिभ्सका पयर्टन, कला तथा संस्कृति उपमन्त्रीको अध्यक्षतामा सार्क सूचना केन्द्र गर्भनिङ बडीको बिहीबार काठमाडौंमा बसेको बैठकले यस क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीलाई लक्षित गरी २३ वटा नयाँ कार्यक्रमको घोषणा गरेको हो ।
‘केन्द्रले सन् २०१२ बाट २३ वटा नयाँ कार्यक्रम कार्यन्वयनमा ल्याउने घोषणा गरेको छ,' केन्द्रको बैठकले गरेको निर्णयबारे काठमाडौंस्थित सार्क सचिवालयका नेपाल निर्देशक निरन्जन मान सिंह बस्नेतले जानकारी दिए, ‘बैठकले २३ वटा नयाँ कार्यक्रमसहितको सन् २०१२ को कार्य योजना बिहीबार पारित गरेको छ ।'
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का ८ वटै सदस्य राष्ट्रका सूचना मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको बैठकले नयाँ कार्यक्रमको घोषणा गरेको हो । बस्नेतका अनुसार अक्टोबरमा बस्ने सार्क सचिवालयको ‘प्रोग्रामिङ कमिटी' को बैठकले केन्द्रको निर्णयलाई अनुमोदन गरेपछि सन् २०१२ जनवरीबाट नयाँ कार्यक्रम कार्यन्वयनमा ल्याइने छ।
बिहीबारको निर्णयअनुसार सार्क क्षेत्रका मिडियालाई थप सशक्त बनाउन ‘सार्क मिडिया विकास कोष' स्थापना गरिने छ । सुरुमा यो कोषमा ५ हजार अमेरिकी डलर झण्डै ३ लाख ५० हजार मात्र राखिने छ । संचालनको पहिलो वर्ष सो रकम नेपाल तथा बंगलादेशमध्ये एक देशमा अफ्ठ्यारोमा परेका सामुदायिक रेडियोलाई उपकरण खरिद गर्न उपलब्ध गराइने जनाइएको छ । दोस्रो वर्षबाट कोषमा रकम बढाउँदै लग्ने र पत्रपत्रिका टेलिभिजनलाई पनि सहयोग उपलब्ध गराइने छ ।
नयाँ कार्यक्रममा केन्द्रले ‘मिडिया फेलोसिप' पनि समेटेको छ । मिडिया फेलोसिप अन्तर्गत प्रत्येक वर्ष सार्क राष्ट्रका ५ जना पत्रकारलाई पाँच-पाँच हजार अमेरिकी डलरको फेलोसिप दिइने छ । यस्तै यस क्षेत्रका प्रसिद्ध पत्रकारको सुची तयार पारी उनीहरुलाई सार्कसँग सम्बन्धीत बिभिन्न विषयमा विशेष लेख लेख्न अनुरोध गरिने छ जसवापत उनीहरुलाई प्रति लेख एक सय अमेरिकी डलर उपलब्ध गराइने छ ।
सञ्चार माध्यमलाई के कस्तो सहयोग गरी अझ सशक्त बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न भुटानमा ३ दिने सेमिनार गरिने छ । यो सेमिनार सन् २०१२ को मार्चमा आयोजना गरिने छ । काठमाडौंमा गरिने पत्रकारको कार्यशाला गोस्ठीको जिम्मेवारी नेपाल प्रेस इन्स्टिच्युटलाई दिइएको छ । चार दिनसम्म यो गोस्ठीले सार्क पत्रकारहरुलाई दिइने तालिमको पाठ्यक्रम बनाउने छ ।
‘काठमाडौंम हुने सार्क पत्रकार कार्यशाला गोस्ठीले सिलेबस तयार गर्ने जिम्मेवारी दिइएको छ,' निर्देशक बस्नेतले भने, ‘यही सिलेबसका आधारमा सार्क क्षेत्रका पत्रकारलाई तालिम दिइने छ ।' बस्नेतका अनुसार सो गोस्ठीका लागि नेपाल प्रेस इन्स्टिच्यूटलाई एक जना संयोजक उपलब्ध गराइने छ जुन काम सार्क सूचना केन्द्रले गर्नेछ ।
यस्तै फिल्म र बृतचित्र सम्बन्धी गोस्ठी पाकिस्तानको इस्लामावादमा सन् २०१२ को सेप्टेम्बरमा गरिने छ।
बैठकले सार्क अडियो-भिडियो आदानप्रदान कार्यक्रम अन्तर्रगत हालसम्म यस क्षेत्रका टेलिभिजनबाट प्रसारण भएका कार्यक्रमलाई डिजिटल स्वरुपमा परिवर्तन गरी सुरक्षित राख्ने निर्णय समेत गरेको छ । बैठकले श्रीलंकाको राजधानी कोलम्बोमा 'शान्ति तथा द्वन्द्व' विषयमा सार्क क्षेत्रका पत्रकारको सम्मेलन गर्ने निर्णय पनि गरेको छ । असोज ६ नागरिक


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :