चीनको खतरा सुचीमा गायिका

एकताका अमेरिकाले ओसामा विन लादेनलाई खतराको सुचीमा राखेको थियो । ओसामाका कारण अमेरिका त्रस्त थियो । ओसामालाई भेटाउने वा मार्नेलाई पुरस्कारकै घेषणा गरेको थियो अमेरिकाले । दश वर्षको युद्धपछि अमेरिकाले ओसामालाई मारेर मात्र सुखको सास फेर्न सक्यो ।
अमेरिकाको टाउको दुःखाइ त ट¥यो । तर विश्वको अर्को शक्तिशाली देश चीनको टाउको दुःखाइ बल्ल सुरु भएको छ । तपाइ सोच्नुहोला, चीनलाई तिब्बतका धार्मिक नेता दलाइ लामा बाहेक कुन व्यक्तिले टाउको दुःखाउन सक्छ ?  चीन कुनै आतंकवादी संगठन वा व्यक्तिबाट होइन, बरु तीन जना महिला गायकहरुबाट त्रसित छ । 
चीनले अमेरिकी गायिका लेडी गागा, बेयोन्से नावेल्स र केट पेरीलाई आफ्नो संस्कृतिका लागि खतरा मानेको छ, त्यसैले त्यहाँको संस्कृति मन्त्रालयले उनीहरूका गीत डाउन लोड साइटबाट हटाउन आदेश दिएको छ । चीनले खतरा मानेका गीतमा ब्याक स्टि्रट ब्वाइजका गीत पनि छन् ।
चिनियाँ संस्कृति मन्त्रालयका पदाधिकारीले शनिबार त्यस्ता सय गीतको सूची तयार पारेको छ, जसलाई चिनियाँ वेबसाइटले सेप्टेम्बर १५ यता हटाउनुपर्नेछ । अन्यथा ती वेबसाइटले सजाय भोग्नुपर्नेछ । सजाय कस्तो हुनेछ, त्योचाहिँ बताइएको छैन ।
'द एज अफ ग्लोरी' र 'ब्लोडी म्यारी' लगायत लेडी गागाको नयाँ एल्बमका ६ गीत चीनलाई मन परेको छैन । ब्याक स्टि्रट ब्वाइजको 'आई वान्ट इट ड्याट वे' दस वर्ष अगाडि रिलिज भएको गीत हो । तर यसमाथि चिनियाँ पदाधिकारीहरूको आँखा अहिले मात्र परेको छ ।
केही हङकङ र ताइवानी गीतलाई पनि चीनले आफ्नो संस्कृतिविरुद्ध खतरा मानेको छ । चिनियाँ सरकारले लामो समयदेखि आफ्नो राजनीतिक मान्यताभन्दा फरक विदेशी मनोरञ्जनका माध्यममाथि नियन्त्रण गर्दै आएको छ । भाद्र ११ , ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :