‘खनाललाई पार्टीबाटै गलहत्याउनुपर्छ’
Posted by
purwanews
Published on
Tuesday, August 2, 2011

‘बारम्बार पार्टी नीति र सिद्धान्त विपरितका कार्य गरेको जनाउँदै पार्टीमा दुई तिहाई पु¥याएर सङ्गठित सदस्य समेत नरहने गरि अध्यक्ष खनाललाई कारवाही गर्नुपर्छ ।’ आशय त त्यही हो ।
बिचरा कामरेड खनाल, आफ्नै पार्टीका नेताले आफूलाई पार्टीबाटै कठालो समातेर निकाल्नुपर्छ भनेर भनेको सुन्दा उनको हालत के भयो होला ? नेता नेपालले पार्टीभन्दा प्रधानमन्त्री पद ठूलो ठानेर अरु पार्टीको गुलाम गर्ने व्यक्ति नेकपा एमाले सङ्गठनका लागि आवश्यक नरहेको बताउँदै खनाल एमालेको नभएर माओवादीको प्रधानमन्त्री बनेको आरोप समेत लगाए ।
अझ यता तिखो बोली भएका नेता ओलीले त झन् उनको सत्तो सराप नै गरेछन् । ओलीका अनुसार खनालले भन्ने गरेको शान्ती र संविधान सब बकवास् हो रे । यो त उनका सत्ता टिकाउने दाउ मात्र हो रे । उनले २१ गते बस्ने केन्द्रिय समितिको बैठकले खनालको कदमको लेखाजोखा गर्ने चेतावनी नै दिए । ओली एमाले अर्का नेता वामदेव गौतम प्रति आक्रोशित छन् । गौतमकै उक्साहटमा खनाल माओवादीको औलामा नाचेका हुन् भन्ने ओलीको बुझाइ छ ।
नेताहरुले सार्वजनिक रुपमा सत्तो सराप त गरे गरे, यता एमाले अनुशासन आयोगले समेत खनालको भुमीका गैह्रजिम्मेवार र हुण्डरी ल्याउने खालको रहेको टिप्पणी ग¥यो । सपथको दिन एमाले स्थायी समितिको बैठकमा सपथ गराउने वा नगराउने भन्ने विषयमा चर्काचर्की भइरहँदा एमाले अध्यक्ष खनाल ‘सपथको समय भइसक्यो’ भन्दै बैठकबाट बाहिरिएका थिए । यसरी पार्टी बैठकमा उठेका बहुमतको भावना लत्याउँदै अध्यक्ष बाहिरिएपछि अधिकांश नेता आक्रोशित भएका थिए । अनुशासन आयोगले समेत पार्टीका बहुसंख्यक नेताहरुको विचारको वास्तै नराखी हतासमा निर्णय लिएको जनाउँदै विशेषाधिकारका नाममा पार्टीको निर्णय अवज्ञा गरेको आरोप लगाएको छ ।
एउटै निर्णयले अध्यक्ष खनाललाई घरको न घाटको बनाउने अवस्था सृजना गरेको छ । एमालेभित्रको अन्तसंघर्षमा यतिखेर खनाल अल्पमतमा परेका छन् । स्थायि समितिको बैठकलाई बेवास्ता गर्दै बाहिरिएर माओवादी मन्त्रीलाई सपथ खुवाएपछि एमाले नेताहरु आफ्नो मतको ‘मानहानी’ भएको अनुभव गर्दै खनालविरुद्ध तीव्र आलोचनाको वर्षा गरिरहेका छन् ।
अचम्म त के छ भने, अन्य दलका नेताहरुबिचको आलोचना एउटा बैठक वा कोठाभित्र मात्र सिमित हुन्छ । तर एमाले नै एउटा त्यस्तो पार्टी हो, जसको कुनै भित्ता छैन । पार्टी अध्यक्षबाट गल्ती नै भएपनि पार्टी निर्णयले कारवाही प्रक्रिया अघि बढाउनुको साटो पार्टी अध्यक्षकै विरुद्ध सार्वजनिक वक्तव्यबाजी गर्नुले समग्र घाटा एमालेलाई नै छ भन्ने कुरा किन नबुझ्या हो कुन्नी ?१७ साउन
प्रतिक्रिया दिनुहोस् >>