कार्यकर्ताले गुनासो पोख्दै गर्दा मञ्चमै निदाए पुर्वमन्त्री (भिडियो सहित)
Posted by
purwanews
Published on
Saturday, July 23, 2011
कार्यकर्ता र जनताका कुरा नेपालका नेताहरुले सुन्दैनन् र सुनेपनि गुन्दैनन् भन्ने जनगुनासो छ । यता नेताहरु जनताका आरोप स्वीकार्न तयार छैनन् र बारम्बार आफ्नो बचाव गर्छन् । तर कांगेंस नेता स्व. वी.पी.कोइरालाको २९ औं स्मृति दिवसको अवसरमा सुनसरीको धरानमा शनिबार आयोजित एक कार्यक्रममा उपस्थित पुर्व मन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजाल भने कार्यक्रमका बिच नै निद्रामा मस्त थिए । तल भिडियोमा हेर्नुहोस् ।
एकातिर वीपीले देखाएको बाटोमा नहिडे का“ग्रेस भड्कालामा पर्छ भन्दै स्थानिय नेताले पार्टिका उपल्ला नेतालाई सजग गराई रहेका थिए भने अर्कातिर पुर्व मन्त्री रिजाल भने बेवास्तापूर्वक निदाइरहेका थिए ।
‘बीपी, संविधान सभा र नेपाली काग्रेस’ विषयक विचार गोष्ठीमा तल्ला कार्यकर्ताहरुले देश र संगठनको बारेमा चिन्ता व्यक्त गरिरहँदा रिजाल गुनासा सुन्न छाडेर निदाएपछि स्थानिय नेताहरुले खासखुसमै भएपनि नेताको आलोचना गरे ।

ठूला नेता आउलान् र आफ्ना गुनासा, सुझाव पोखौला भनेर बसेका स्थानिय नेता तथा कार्यकर्ता पार्टीका केन्द्रिय नेता तथा पुर्व मन्त्रीको लापरवाहीका कारण आक्रोशित बने । कार्यक्रममा बोल्ने स्थानिय नेताहरुले काँग्रेस पछिल्लो समयमा सबैभन्दा अप्रजातान्त्रिक भएको आरोप लगाएका थिए । काँग्रसलाई वीपीको मार्गमै दौडाउन आवश्यक भएको भन्दै चर्को स्वरमा भाषण गरेपनि नेताको निद्रा खुलेन । कार्यक्रम अवधिभर नै निदाएका रिजाल आफूले मन्तव्य दिने पालो आएपछि भने झस्केर उठे अनि भाषण दिन थाले ।
वीपी स्मृति दिवसको कार्यक्रममा प्रमुख अतिथी तथा माउ नेता कार्यक्रमका बिचमै निदाएपछि केही नेताले भने खासखुस व्यंग्य गरे, ‘सपनामा वीपीसँग कुरा गर्दै होलान् ।’ ७ साउन, सन्तोष काफ्ले /पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>