सरकारको गिन्तीमा २३ हजार जना बेरोजगार !


के तपाइ बेरोजगार हुनुहुन्छ ? रोजगारको खोजीमा भौतारिइरहनुभएको होला । बेथितीको देशमा सरकारले नहेरेको गुनासो तपाइसँग छ भने यता हेर्नुहोस्, तपाइलाई गन्नको लागि सरकारले बेरोजगार फारम तयार पारेको छ । जसलाई भरेर तपाइले आफूलाई बेरोजगारको सूचीमा समावेश गर्नसक्नुहुनेछ । श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको श्रम विभाग ले ल्याएको यो कार्यक्रम पुरापुर दुई वर्ष पुरा भइसकेको छ । तर हालसम्म कति जनाले यो फारम भरेका छन् त ?
मात्र २३ हजार २४६ जना ले यो बेरोजगार फारम भरेका छन् । देशभरमा १४ वटा सुचना केन्द्र स्थापित छन् । जसमा ४२ जना कर्मचारी नियुक्त गरिएका छन् । सुचना केन्द्रको लागि भनेर लाखौ रकम छुट्टीएको छ । तर बेरोजगार वर्गसम्म यसको बारेमा न त जानकारी छ, न त पहुँच नै । रोजगार सुचना केन्द्रको खर्च विवरण यहाँ छ ।
रोजगारीको खोजीमा युवाहरु विदेश पलायन भइरहेको अवस्थामा खोलिएको यस्तो सुचना केन्द्र कर्मचारीको भर्ती केन्द्र बाहेक केही उपयोगमा आउने छाँट छैन । किनकी बेरोजगारको सुचीमा समावेश भएपछि रोजगारी पाइएला कि भनेर दुई वर्ष अघिदेखि फारम भरेका युवाहरु विदेश पलायन भइसके होलान् । ती युवा र रोजगार सुचना केन्द्रको बारेमा विस्तृत जानकारी पूर्वन्युज तपाइलाई दिँदै जानेछ । हामीसँगै रहनुहोस् । साउन ७ २०६८

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :