कोशीको पानी खतराको नजिक


ब्यारेजमा रातो झण्डा
पूर्वन्युज : सप्तकोशी नदीमा पानीको वहाव विहीबार वर्षकै उच्च मापन गरीएको छ । विहीबार बेलुका ९ बजे कोशीमा प्रतिसेकेण्ड १ लाख ४६ हजार ८० क्युसेक पानी मापन गरिएको छ ।
पानी बढेपछि ब्यारेजका १९ ढोका खुला गरिएका छन् । डेढलाख क्युसेक पुगेपछि कोशी ब्यारेजमा खतराको झण्डा गाडिन्छ र राती रातो बत्ती बालिन्छ । एक लाख पुगेपछि विगत तीन दिनदेखि ब्यारेजको पुर्वी भागमा झण्डा गाडिएको छ । पानी बढ्ने क्रम निरन्तर चलिरहेका कारण डेढ लाख क्यसुसेक पुग्ने अनुमान ब्यारेजमा रहेका सुरक्षाकर्मीहरुको छ ।
कोशीमा पानीको बहाव बढेपछि कोशीको पुर्वी तटबन्ध पानीको दबाबका कारण कटानमा पर्ने क्रम जारी छ । प्रकोपाइन लगाएर कटान रोक्ने प्रयास गरिएपनि यसरी गरिएको काम टालटुले मात्र भएको स्थानियको भनाई छ । कोशीको पुर्वी तटबन्ध अन्तर्गत प्रकाशपुर खण्डको तटबन्धलाई जुनसुकै बेला फुट्न सक्ने भन्दै संवेदनशील क्षेत्र घोषणा गरिएको थियो । सोलगत्तै विहीबार नै गृहसचीव सहितको टोलीले कोशी कटान भइरहेको स्थानको स्थलगत अवलोकन गरेको थियो । टोलीले समेत कोशीको बाढीअनुसारको त्यहाँको मर्मत नभइरहेको स्वीकार गरेको थियो ।१६ असार

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :