प्रहरी कार्यालय ६३ सालदेखि भाडामा


द्वन्द कालमा माओवादीको आक्रमणका कारण ध्वस्त बनेको मोरंगको केराबारीस्थित इलाका प्रहरी कार्यालय केराबारीको भवन आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा प्रहरी कार्यालय घर भाडामा लिएर सञ्चालनमा छ । पर्याप्त कोठाको अभाव र राम्रो सुरक्षा व्यवस्था विनाको प्रहरी कार्यालयका कारण प्रशासनिक काम सञ्चालन गर्न गाह्रो भएको सइ नातीबाबु बस्नेतले बताए ।
मासिक चार हजार ८०० रुपैया तिरेर घर भाडामा लिएर कार्यालय सञ्चालनमा छ । गाउँको बिचमा प्रहरी कार्यालय आफै असुरक्षित छ र सरकारी सहयोगको आशामा छ भने स्थानिय राजनीतिक दलका नेताहरु समेत प्रहरी कार्यालय पुनर्निर्माण गर्नुपर्ने माग गर्छन् ।
हालको यो प्रहरी कार्यालयमा हतपती कसैलाई हिरासतमा राखिँदैन । रातारात बेलबारी प्रहरी कार्यालय पु¥याइन्छ । राख्नैपर्ने अवस्थामा प्यासेज र प्रहरी जवानहरु सुत्ने कोठालाई नै प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रहरी कार्यालय पुनर्निर्माणको लागि शान्ती मन्त्रीबाट आश्वासन पाएपनि गाविस र प्रहरी कार्यालयको लागि बजेट मागिएकोमा गाविसको लागि मात्र बजेट आएको नेकपा एमाले गाउँ कमिटि अध्यक्ष जंगराज भुजेलले बताए ।

केराबारी गाविस सहित याङ्शिला, सिंहदेवी, भोगटेनी र पाटी गाविस हेर्नुपर्ने यो प्रहरी कार्यालयमा ११ जना मात्र प्रहरीहरु छन् । प्रहरीको अपर्याप्तता र असुरक्षित कार्यालयका कारण प्रहरी आफै असुरक्षित छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :