महेश बस्नेत पक्राउको नालीबेली (भिडियो सहित)

युवासँघ अध्यक्ष महेश बस्नेतको पत्रकार सम्मेलनको सुइको पाएपछि विहान विहानै इटहरी चौकमा पत्रकारको जमघट देखियो । बस्नेत आइपुगिसकेकै थिएनन्, पत्रकार सम्मेलनमा सहभागि हुने वा नहुने भन्ने विषयमा अन्यौलको अवस्था बन्यो । पत्रकार कुटपिट घटनाका आरोपी परशुराम बस्नेतलाई संरक्षण दिने युवासँघ अध्यक्ष बस्नेतको सम्मेलनमा सहभागि हुने वा नहुने अन्यौलताकै बिचमा तीन वटा सवारीका साधनमा डेढ सय भन्दा बढी सुरक्षाकर्मी कार्यक्रम स्थल आइपुगे ।
सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको किनारमा रहेको रिभर साइड होटेल (युवा संघले अक्सर कार्यक्रम गर्ने ठाउँ) वरीपरी सुरक्षाकर्मीले घे¥यो । सो समयमा बस्नेतले नै कार्यक्रममा रहेका एमाले पार्टीका स्थानिय नेता तथा युवासँघका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै थिए । उनको हातमा नागरिक दैनिक (जसका विराटनगर संवाददाता खिलानाथ ढकाल परशुराम बस्नेतको आदेशमा कुटिएको आरोप लगाइएको छ) थियो र उनी समाचारको खण्डन गर्दै थिए ।
कार्यक्रमस्थलमा प्रहरी पुगेको सुइको पाएपछि बस्नेतले प्रशंग मोडे अनि भन्न थाले, ‘हामीले जहिले पनि नेपालको प्रहरी प्रशासनलाइृ बलियो बनाउनुपर्छ भनेर वकालत गरेको छ । पत्रकार स्वतन्त्रताको पक्षमा आवाज उठाएको छु ।’ 
लगत्तै प्रहरीहरु उनीतर्फ बढे अनि आदेश भएको भन्दै पक्राउ गर्न खोजे । नाराबाजी लाग्यो । घम्साघम्सी भयो । तानातान भयो । अन्ततः बस्नेतलाई प्रहरीले पक्राउ गरेर प्रहरी भेनमा राखीछाड्यो । 
पक्राउ परेपछि भ्यानमा राखिनुपुर्व पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै बस्नेतले भने, ‘पक्राउ पुर्जी विना पक्राउ गरिएको छ । यो गृहमन्त्रीको मनपरी हो । यसविरुद्ध युवासंघ देशव्यापी आन्दोलनमा उत्रिनेछ ।’ पक्राउ पछि युवासंघका स्थानिय केही नेताहरु भने प्रहरीको भेनलाई अघि बढ्न नदिने भन्दै सडकमै सुतेका थिए ।
पक्राउपछि के भयो ?
पक्राउ पछि एकाएक आक्रोशित युवासंघका कार्यकर्ताहरुले इटहरी चौक ठप्प पारे । युवासंघ अध्यक्ष पक्राउ परेको खबर फैलिएपछि राजधानी लगायत विभिन्न स्थानमा युवासंघका कार्यकर्ताले प्रदर्शन गरे । बस्नेतलाई रिहा गर्नुपर्ने, गृहमन्त्रीले राजिनामा दिनुपर्ने र डिएसपी लगायत प्रहरी निरिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै युवासंघ कार्यकर्ताले आन्दोलन चर्काए ।
इटहरीमा पनि आधा दर्जन गाडी फोडिए भने सो क्रममा एक जना बालक ढुंगाले लागेर घाइते भए । ढुंगा प्रहारबाट फुटेर रगत बगिरहेको आफ्नो टाउको छामेर उनी आफ्नी आमालाई भनिरहेका थिए, ‘आमा, त्यता नजानुस्, तपाइको पनि टाउको फुटाउँछन् ।’ (हेर्नुहोस्, ती बालकको अवस्था भिडियोमा)
पक्राउ गरिएका बस्नेतलाई प्रहरीले सिधै विराटनगर स्थित अञ्चल प्रहरी कार्यालय पु¥यायो । उनीसँगै पक्राउ परेका तीन जना नेताहरुलाई भने प्रहरीले त्यसबिचमै विभिन्न स्थानबाट छाडिसकेको थियो ।
इटहरी चौक बन्द गरेको युवासंघले खोल्यो । एक घण्टापछि अन्य जिल्लाका युवा नेताले कराएपछि फेरी बन्द ग¥यो । लगत्तै काँग्रेसले बन्दको विरोधमा प्रतिकार गर्ने भनेपछि साँझ मसालजुलुस गर्ने भन्दै चौक खोल्यो ।
बस्नेत विहीबार यो ब्लग लेखुन्जेल विराटनगर प्रहरीको नियन्त्रणमा छन् । आज उनलाई त्यही राखिने प्रहरी स्रोतले जनाएको छ । यद्यपी काठमाडौ लानको लागि समेत प्रहरीलाई दबाब आइरहेको जनाइएको छ ।
किन आएका थिए बस्नेत इटहरी ?
विराटनगरमा प्रतिकार सम्मेलन गर्ने तयारीमा रहेको युवासंघको घोषित कार्यक्रम विफल पार्नकै लागि विराटनगरमा प्रहरीले निषेधाज्ञा जारी गरेपछि युवासंघलाई कार्यक्रम कहाँ गर्ने भन्ने समस्या युवासंघमा थियो । त्यस्तै युवासंघका सम्पुर्ण कार्यक्रम बहिष्कार गर्ने मोरङका पत्रकारको निर्णयका कारण पनि महेश बस्नेत इटहरी आउन बाध्य भए ।
विराटनगरमा कार्यक्रम गर्न नसकिने भएपछि इटहरीमा कार्यक्रम गर्ने योजना बनाएर बुधबार बेलुका नै बस्नेत इटहरी आइपुगेका थिए । युवासंघ स्रोतका अनुसार बस्नेतलाई प्रहरीले नै स्कर्टिङ गरेर सुरक्षा दिइ इटहरी ल्याएको थियो ।
आफू प्रहरीको निकटमै रहेको र गृहमन्त्रीले समेत आफूलाई केही गर्न नसक्ने दावी गरिरहेका बस्नेतले कार्यक्रम स्थलमा पनि प्रहरीको प्रशंसा नै गर्दै थिए । तर एक्कासी कार्यक्रम स्थलमा प्रहरी प्रवेश गरेपछि उनी विखलबन्दमा परेका देखिन्थे ।
सञ्चार संस्थामा हस्तक्षेप
परशुराम बस्नेत इटहरी आउने हल्ला बुधबार देखि नै इटहरीमा फैलिएको थियो । परशुराम खोज्दै प्रहरी इटहरी स्थित सप्तकोशी एफएममा समेत पुगेको थियो । बस्नेतले सो स्थानमा पत्रकार सम्मेलन गर्ने वा उनको सो स्थानमा अन्तर्र्वार्ता लिइने भन्ने हल्लाका कारण प्रहरी एफएम पुग्यो ।
‘प्रहरीहरु सबै कोठामा पसे ।’ एफएमका स्टेशन म्यानेजर चन्द्र न्यौपानेले भने, ‘रेकर्डिङ रुम समेत हेर्न खोजे, हामी देखाउन बाध्य भयौं ।’ एफएमले भने विज्ञप्ती प्रकाशित गर्दै प्रहरीले शाही शासनकालको जस्तो तानाशाही प्रवृत्ती देखाएको भन्दै विरोध जनायो भने पत्रकार महासंघ सुनसरीले पनि घटनाप्रति आपत्ती जनाउँदै विरोध ग¥यो ।
अब के हुन्छ ?
पत्रकारको एक साता लामो आन्दोलन पछि पनि आक्रमणका मुख्य आरोपी परशुराम बस्नेतलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनलाई संरक्षण दिएको बताउने अध्यक्ष महेशलाई भने विहीबार इटहरीमा पत्रकार सम्मेलन गर्न आएको मौकामा पक्राउ ग¥यो प्रहरीले ।
बस्नेत पक्राउ भएपछि एकाएक चर्को दबाब र आन्दोलनको सामना गरिरहेको गृह प्रशासनले गर्ने निर्णयबारे तुरुन्तै आँकलन गर्न सकिने अवस्था छैन । यद्यपी न्यायिक आयोग बनाएमा परशुरामलाई प्रहरीको सामु सुम्पन सक्ने प्रतिक्रिया दिइरहेका बस्नेतको मागमा समेत गृहप्रशासन गम्भीर हुनसक्छ । किनकी परशुरामलाई पक्राउ नगरी महेशलाई छाड्न सक्ने नैतिक तथा कानुनी अवस्था पनि गृहप्रशासनसँग छैन ।
यता युवासंघका कार्यकर्ताले आन्दोलन चर्काउने अनुमान गर्न सकिन्छ । बस्नेत तुरुन्तै रिहा नभएमा युवा संघ आन्दोलित हुने संघका नेताहरुले चेतावनी दिएका छन् । त्यसैले पनि बस्नेत पक्राउको घटना आम जनतालाई समस्यामा पर्ने गरी आन्दोलन हुने सम्भावना देखिन्छ ।


ठूलालाई मस्ती निरिहलाई सास्ती
महेश वस्नेतलाई एमाले पार्टी कार्यालय लगेर छाडियो

बिहीबार सुनसरीको इटहरीमा पक्राउ परेका नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई प्रहरीले एमालेको विराटनगर, पाञ्चालीस्थित कार्यालयमा ल्याएर केही बेरअघि छाडिदिएको छ ।
मोरङ एमालेका अध्यक्ष विनोद ढकालका अनुसार प्रहरीले कार्यालयमा ल्याएर छाडेको हो । बस्नेतलाई विराटनगरको रानीस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा राखिएको थियो । उनले आफूलाई पक्राउ गर्नुको कारण प्रष्ट्याउन, पत्रकारमाथि आक्रमण गरेको अभियोग लागेका आफ्ना कार्यकर्ता परशु बस्नेतविरुद्धको उजुरी फिर्ता लिन लगायत माग राख्दै प्रहरीबाट मुक्त नहुने बताउँदै आएका थिए ।
पार्टी स्रोतका अनुसार स्थानीय नेता-कार्यकर्तासँग केहीबेर छलफल गरी बस्नेत राजधानी जाने कार्यक्रम छ । पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ । (ekantipur)विराटनगर, अषाढ ३

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :