केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा शान्ती पुरस्कार
Posted by
purwanews
Published on
Monday, June 27, 2011

हो, ति भिक्षु अहिले ७६ बर्षका छन्। उनको असली नाम कृष्णमान मानन्धर हो भने भिक्षु बनेपछि 'उगेन शेर्ब' को नाम ले "सुबिख्यात" बन्दै छन्। तर उनको जवानी ५ बर्ष अघीसम्म पनि अल्लारे ठिटाहरुको जस्तै थियो- जब मकवानपुरको सुनाचरीस्थित तत्कालिन शाही नेपाली सेनाको राजमार्ग सुरक्षा जाँच टोलीले एउटी रुदै गरेकी नेपाली युवतीसंगै हिंडेका गेरु बस्त्रधारी कृष्णमानलाई नाङ्गा तस्बिर भएको डटपेन र लाइटरसंग रंगे हात फेला पार्यो।
एक जमानामा काठमाडौंको अमेरिकन लाइब्रेरीको लाइबेरियन रहेका कृष्णमान संयुक्त राष्ट्र संघको जनसंख्या सम्बन्धी कोश (UNFPA) र युनिसेफ (UNICEF) मा पनि काम गरेका थिए।
लाइब्रेरियनको नोकरीबाट अबकास पछि उनी शान्ती र आध्यात्म गर्ने भन्दै गृहस्त जीवन त्याग गर्न पुगे। आफ्नो शान्ती मार्ग कै शिलशिलामा जापान र अमेरिकाको भ्रमण गर्ने अबसर पाएका कृष्णमानले यसबिच नेपालीज सोसाइटी अफ न्यू जर्सी अमेरिका (FONENJ.Org) को "डिस्टिङ्गुइस्ट अवार्ड" र Inter Religions International Foundation for World Peace (Ambassadors4peace.org) को "एम्बासाडोर फोर पीस" (Ambassador for Peace) पुरस्कारबाट समेत सम्मानित हुन पुगे।
उनको यि पुरस्कारहरुको चर्चासंगै बिभिन्न पत्र पत्रिकाहरु र लेखकहरुद्वारा उनको धार्मिक (बाहिरी आबरण) का बारेमा लेख्न शुरु गरियो। तर कसैले पनि कृष्णमानको भित्री आबरण भेडाको उनमा सजिएको ब्वासो जस्तो असली रुप चाँही पत्तै पाउन सकेनन्।
कृष्णमानलाई भित्रभित्रै लाग्दो हो- अहो, पैसा र शक्ती भएपछि कुकर्म गरेपनि पाप पखालिन सक्दो रहेछ।
![]() |
भिक्षुले चलाउने गरेको पेन । जहाँ अश्लिल तस्वीर छन् । |
यसरी मुख खोल्ने मध्ये एक हुन्- मकवानपुर, हेटौंडास्थित "हिम राईटस् (Himalayan Human Rights Moniter) कि तत्कालिन कार्यालय प्रमुख नर्बदा छेत्री ।
उनले घटनाको बेलीबिस्तार लगाउँदै बताइन्-
"२००३, ०४ सालतिरको कुरो हो। नुवाकोटकि करिब १५, १६ बर्षकि केटी काम खोज्न काठमाण्डौ आएका बेला एउटा केटाले ति युबतीलाई कृष्णमानलाई जिम्मा लगाएको थियो। कृष्णमानले काम लगाई दिने भनेर काठमाण्डौदेखी पूर्बतिर जाने बसमा आफूसँग लिएर जांदै गर्दा चितवनको सौराहामा राती बसबाट झारी होटलमा लागि "अब यहाँ रमाईलो गर्नु पर्छ" भनेर कृष्णमानले हात समात्दा केटी भागेर रातभर अन्तै गएर बसेकि थिइन्। बिहान फेरी ति युबती होटलमा आउँदा कृष्णमानले "राती किन मानिनस्" भन्दै एक थप्पड लगाएको कुरा ति युबतीले सेनालाई रुँदै बताएकी थिइन्। । ति युबतीले कृष्णमानलाई अनुनय गर्दै "मलाई काठमाण्डौ फर्काई दिनुहोस्" भनेको तर ति युबतीको अज्ञानताको फाईदा उठाउदै कृष्णमानले फेरी काठमाण्डौतिर जाने भनेर पूर्बतिर जाने बसमा लग्दै थिए।"
मानबधिकारबादी छेत्रीले घटनाबारे थप जानकारी दिदै अगाडि भनिन्-
"मकवानपुरको सुनाचरी ब्यारेकले बसमा यात्रा गरिरहेका यात्रिहरुलाई खानतलासी गर्ने क्रममा कृष्णमान र ति युबती चढेको बसमा ति युबती बस भित्र रोईरहेको भेटायो। कृष्णमान भने बसबाट निक्लेर अगाडी हिडिसकेका थिए। केटी रोएको देखेर सेनाले सोध्दा ति युबतीले आफ्नो कुरा बताइन्। त्यसपछि सेनाले दुवैलाई ब्यारेक भित्र लगेको थियो।। केटीको भनाई अनुसार कृष्णमानलाई खानतलास गर्दा झोलामा नग्न केटीको तस्बीर फ्रेममा राखेको, लाईटरमा पनि अस्लील चित्र, पेनमा पनि अस्लील चित्र त्यस्तै अरू अस्लील चित्रहरू पनि भेटिए।
सुनाचरी ब्यारेकको मेजर बिनोद खडकाले मलाई फोनमा भन्दा पत्यार लागेको थिएन तर आफ्नै आँखाले ती अस्लील चित्र हेर्दा र केटीको बयान सुन्दा आफैमा बिस्वास गर्न नसक्ने पाएं। किनकी धर्मगुरूबाट त्यस्तो कुरा कसैले पनि आशा गर्न सक्दैन। धर्म गुरूको काम त समाजको बिक्रितीलाई नास गराएर सतमार्गतिर डोर्याउने होइन र?"
घटना अनुसार, सुनाचरी ब्यारेकको मेजर खडकाले हेटौडाको दुईटा मानव अधिकार संस्था "हिम राईटस् (Himalayan Human Rights Moniter) र माईती नेपाललाई बोलाई घटनाको बिषयमा जानकारी दिई ति युबती र कृष्णमानलाई जिम्मा लगाई मकवानपुर प्रहरी कार्यलयमा पठाएका थिए। एकरात कृष्णमानलाई हिरासतमा राखी चितवन प्रहरी कार्यलयमा पठाइयो। त्यहाँबाट उनिलाई फेरी काठमाण्डौ पठाइयो। केटीलाई मकवानपुर माईती नेपालमा सरंक्षण दिईएको थियो तर कृष्णमानलाई काठमाणडौ लगेपछि केटीलाई पनि काठमाण्डौ लगियो।
छेत्रीले अगाडि भनिन्- "काठमाण्डौमा एउटा कार्यक्रममा मैले घटनाबारे सोधपुछ गर्दा एक महिला प्रहरी अधिक्रितले केटीलाई कृष्णमानबाट रु.३० हजार तिर्न लगाइ दिई घर पठाएको र कृष्णमानलाई मुक्त गरिएको जानकारी दिए।
तर कस्तो बिडम्बना ! सोही ठाउँमा दुई दलित जातिका ब्यक्तीहरुलाई कृष्णमान जस्तै केटीसंग रंगे हात पक्राउ गरिएको कान्डमा आजसम्म महिला बेच बिखन कानुन अन्तर्गत मकवानपुरको भिमफेदी जेलमा राखिएकै छ भने कृष्णमान चाँही पैसा र पहुचका कारण चाँही जेलबाट छुटेनन् मात्र अब हुँदा हुँदा शान्तीका लागि पुरस्कार, मान, सम्मान पाउन थाले।"
छेत्रीले आफ्नो दाबीको पुस्टी गर्दै कसैलाई सत्य तथ्य जान्न परेमा मकवानपुरको माईती नेपाल, हिम राईटस्, प्रहरी कार्यलय, सुनाचरी ब्यारेकमा संपर्क गर्न र कान्तीपुर पत्रिकामा त्यतीबेला छापिएको समाचार पढ्न सुझाब दिएकिछिन्। (usnepalonline बाट जस्ताको तस्तै साभार)
प्रतिक्रिया दिनुहोस् >>