जन्ती बोकेको डुंगा दुर्घटना- चार यात्रु वेपत्ता


ओखलढुंगामा आज बिहान जन्ती बोकेको डुंगा दुर्घटना हुादा त्यसका सवार चारजना वेपत्ता भएका छन् ।
भरिभराउ मानिस लिएर खोला तर्दै गरेको डुंगा ओखलढुंगाको बलखुस्थित सुनकोशी नदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको समयमा ढुंगामा ५० भन्दा बढी यात्रु सवार थिए ।
स्थानीयले दुर्घटनामा परेकाहरुको उद्धारकार्य जारी राखेका छन् । थप उद्धारका लागि प्रहरीटोली त्यसतर्फ खटाइएको ओखलढुंगा प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र विस्तृत विवरण आउन बााकी छ । ओखलढुंगामा केही दिन यता लगातार भइरहेको वर्षतका कारण सुनकोशी नदीमा बाढी आएकाले ढुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । १२ असार, ओखलढुंगा । (onlinekhabar)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :