भुमीगत संगठनसँग प्रहरीको साँठगाँठ (भिडियो सहित)


सुनसरी–मोरङ औद्योगिक करिडारमा उद्योगीहरुसँग चन्दा माग्ने भुमीगत संगठनसँग प्रहरीको गोप्य साँठगाँठ हुने गरेको हल्ला यदाकदा सुनिनमा आएपनि पछिल्लो समयमा सुनसरीको दुहबीका एक प्रहरी निरीक्षकले जे गरे, त्यसबाट यो हल्लालाई पुष्टि गरेको छ ।
देशमा कानुन छ, तर पालना हुँदैन । नियम छ, तर सबै उल्लंघन गर्नको लागि । कसलाई गुहार्ने ? भन्नुहोला, प्रहरी छ नि । तर प्रहरीको नौटंकी त सबैभन्दा बढी छ । घुसखोरी यदी कुनै संगठनमा बढी छ भने त्यो प्रहरीमा छ । प्रहरीसँग गुनासो ग¥यो भने त झन् बित्यास पर्छ । प्रहरी यतिसम्म भ्रष्ट छ कि व्यवशायी र सुरक्षा निकायको अर्को स्तम्भ मानिने शशस्त्र प्रहरी समेत दिक्दार छ । लौ यो एउटा सत्य घटनाबारे जानकारी लिनुहोस् ।

पछिल्लो समयमा चन्दा माग गर्दा गर्दैको अवस्थामा शशस्त्रले पक्राउ गरेका दुई जना भुमीगत संगठनका कार्यकर्तालाई नेपाल प्रहरीले कारवाही नै नगरी छाडेपछि प्रहरीको कर्तुत उदांगो भएको हो ।
सुनसरीको दुहबीस्थित एक उद्योगबाट पक्राउ पक्राउ परेका भुमीगत संगठनका दुई कार्यकर्ताहरुलाई इलाका प्रहरी कार्यालय दुहबीले कारवाही नै नगरी छाडेको हो । प्रमाण अभाव तथा उजुरी कर्ताले उजुरी नगरेको कारण देखाउँदै शशस्त्रले रंगेहात समातेका व्यक्तिहरुले उन्मुक्ति पाएका हुन् ।
औद्योगिक क्षेत्रको सुरक्षाको लागि खटिएको शशस्त्र प्रहरीले गत जेठ २९ गते सुनसरीको दुहबीस्थित मैनावती स्टील उद्योगबाट बिराटनगर ७ का राजकिशोर चौहान र बिराटनगर ११ का मोहम्मद कौशरलाई पक्राउ गरेको थियो ।
ती व्यक्तिहरुलाई कारवाहीको लागि शशस्त्रले प्रहरीलाई बुझाएपनि प्रहरीले भने कुनै कारवाही नै नगरी उन्मुक्ति दिएको हो । जागो मधेश नामक पत्रिकाको प्रेस कार्ड देखाउँदै उद्योगमा पुगेका उनीहरुले चन्दा मागेको समेत स्वीकार गरिसकेका छन् । तर पक्राउ गरेर इलाका प्रहरी कार्यालय दुहबीलाई जिम्मा लगाएको भोलीपल्टै उनीहरु छुटेका थिए ।
यसरी रंगेहात समातिएका व्यक्ति पनि छुटेपछि शशस्त्र प्रहरी नेपाल प्रहरीका प्रहरी निरिक्षक नेत्र बरुवालसँग असन्तुष्ट भएको छ । आफ्नो कर्तव्य  निभाउँदै समातिएका व्यक्ति प्रहरीले कुनै कारवाही नै नगरी छोडेको भन्दै शशस्त्र प्रहरी दुहबीका प्रहरी निरिक्षक धिरेन्द्र चन्दले असन्तुष्टी व्यक्त गरेका  हुन् । औद्योगिक क्षेत्रको सुरक्षाको लागि खटिएको शशस्त्रको मनोबल गिराउने काम भएको उनको आरोप छ ।
यता करिडोरका व्यवशायीहरुपनि प्रहरीप्रति असन्तुष्ट छन् । आपराधिक समुहसँग प्रहरीको मिलेमतो हुने गरेको व्यववशायीहरुले गुनासो गरेका छन् । मिलेमतोकै कारण उजुरी गर्दा पनि पहिला नै भुमगित संगठनलाई खबर पुगिसक्ने हुँदा प्रहरीलाई समेत विश्वास गर्ने अवस्था नरहेको सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सका प्रबन्धक महेश पोखरेलले बताए ।
यता घटनाको बारेमा जिज्ञासा राख्दा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक नेत्र बरुवालले क्यामेरा र रेकर्डरको अघि बोल्नै मानेनन् । पटक पटक बोल्न अनुरोध गर्दा उनले भने, ‘मैले बोल्न आवश्यक छैन भनेपछि सकिएन ?’ आफूले सो अघि धेरै निर्णयहरु सही गरेको भन्दै आफ्नै बखान गर्न पछि नपरेका उनले भने, ‘त्यो शशस्त्रको भाइ, म भन्दा जुनियर हो । त्यसलाई के थाहा छ, कसलाई कारवाही गर्ने र कसलाई नगर्ने ?’ करिब दश मिनेट जति उनको अहम् चुपचाप हेर्न बाध्य भयौं ।
बारम्बारको अनुरोध पछि पनि क्यामेराको अगाडी प्रतिक्रिया दिन नमानेपछि पुर्वन्युज बाध्य भयो, लुकेर भिडियो खिँच्न । किनकी समाचार त ब्यालेन्स गर्नुनै पर्ने थियो ।
पीडित उद्योगिले ती व्यक्तिहरुविरुद्ध उजुरी नदिएको र पक्राउ परेकाहरुसँग कुनै चन्दा रसिद समेत नभेटिएकोले छाडेको बरुवलको तर्क थियो । तर एउटा सुरक्षा निकाय प्रमुखले रंगेहात समातेको व्यक्तिलाई कारवाही गर्न किन पछि परे उनी ? मैले चन्दा मागेको हो भनी ती व्यक्तिहरुले स्वीकारेका थिए, शशस्त्र र नेपाल प्रहरीका इन्स्पेक्टरहरुका अघि । तर पनि प्रमाण नभएको भन्दै छाडियो । ‘चन्दा भन्दा पनि संगठन सञ्चालनको लागि सहयोग मागेका रहेछन्, तर कुनै धाकधम्की देखाएनन् रे ।’ बरुवालले भने । एउटा जिम्मेवार प्रहरी निरिक्षकले यसो भन्न सुहाउँदो रहेछ हाम्रा सिनियर इन्स्पेक्टरलाई ।
बरुवालले यति भनेपछि कुरो बुझ्दै जाँदा उद्योगीहरुलाई बरुवालले अप्रत्यक्ष धम्की दिएको खुलासा भयो । उद्योगिहरुले आफ्नो परिचय त सार्वजनिक गर्न चाहेनन् र हामीले पनि स्रोतको गोपनियतालाई ध्यानमा राख्दै कर गरेनौं । तर उनीहरुले यसरी भने, ‘पक्राउ परेका व्यक्तिको विरुद्ध उजुरी गर्दा सार्वजनिक ऐन अन्तर्गत कारवाही हुने हुन्छ । उनीहरु छुटिहाल्छन् । के गर्नुहुन्छ ? भनेर बरुवालले सोधे ।’
सजाय पाएपछि छुट्छन्, अनि त तेरो के हालत हुन्छ भनेर एउटा प्रहरी अधिकृतले धम्काउन मिल्छ पीडितलाई ? उफ् ... सकिएन । ‘सिनियर’ इन्स्पेक्टर बरुवालको यो चर्तिकलासँग ... ।

रंगेहात समातिएका व्यक्तिलाई प्रहरीले छाडेको सम्बन्धमा जिज्ञासा राख्दा प्रहरी निरिक्षक नेत्र बरुवालले अप्रत्यक्ष रुपमा भनेका कुरा सुन्न तलको भिडियोमा क्लिक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :