संस्कृत विद्यालय सञ्चालनमा अवरोध
Posted by
purwanews
Published on
Thursday, May 5, 2011

सुनसरीको बराहक्षेत्रस्थित श्री राधाकृष्ण संस्कृत वेद विद्याश्रमको रुपमा सञ्चालनको अनुमती पाएको भवनलाई विभिन्न संगठन तथा व्यक्तिहरुले व्यक्तिगत कार्यका लागि उपयोग गरेको र जातिगत विषय झिकेर विद्यालय सञ्चालनमा अवरोध गरिएको उनले आरोप लगाएका हुन् ।
जगतगुरु बालसन्तले विभिन्न संगठनको अवरोधका कारण पठनपाठन अवरुद्ध भएको गुनासो गरे । माओवादी र जनजाती संगठनको नाममा केही दिनअघि चेतावनी पत्र पाएको जनाउँदै विभिन्न बहानामा सामाजिक कार्य अवरुद्ध पार्ने प्रयास गरिएको समेत आरोप लगाए ।
कोशी उच्च बाँधको अनुसन्धानताका भारत सरकारले कोशी बेसिनको रुपमा बनाएको सोइल कन्जर्भेसनअन्तर्गतका एक दर्जन भवनलाई उपयोग गर्ने सम्बन्धमा विवाद उत्पन्न भएको हो । भवन पछि सिँचाइ आयोजनाले उपयोग गरेको थियो भने ०५९ सालमा संस्कृत विद्यालयको रुपमा अनुमती पाएको जगतगुरु महाराजले जानकारी दिए ।
माओवादी जनयुद्ध ताका ०६२ सालमा विद्यार्थी तथा शिक्षकलाई कुटपिट गर्दै विद्यालय भवनमा पनि अगजनी गरिएपछि भवनको आंशिक भाग खण्डहरको रुपमा परिणत भएको थियो । ती भवनहरुमा पनि विभिन्न स्थानबाट विभिन्न व्यक्तिहरु बसेका छन् । संस्कृत विद्यालयको रुपमा अनुमती समेत पाइसकेको र पठनपाठन समेत सुचारु भइसकेको अवस्थामा व्यक्तिले हस्तक्षेप गरिएकोमा समेत विरोध गरिएको छ । विद्यालय उत्तरको स्थानमा माओवादीले झण्डा गाडी लालवस्तीको नाममा वस्ती बसाएको छ । जनयुद्धकालमा संस्कृत भाषा र सभ्यता विरोधी अभियान सञ्चालन गरेको माओवादी र जनजातीका विभिन्न संगठनहरुकै सक्रियतामा सो विद्यालयमा अहिले दुई दर्जन बढी परिवार बसेका जनाइएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयले २०५९ सालमा नै अधिकार दिएको हुँदा संस्कृति विद्यालयको रुपमा सञ्चालन गर्नुपर्ने जगतगुरु बालसन्त महाराजले माग गरेका छन् भने यता ती भवनहरुमा आफूहरु वर्षौदेखि बसिरहेको जनाउँदै भवन उपयोगको पहिलो अधिकार आफूहरुले नै पाउनुपर्ने त्यहाँ बस्नेहरुको माग छ ।
भवनहरुमा बस्ने स्थानिय भने आफूहरुले वर्षौंदेखि सो स्थानमा बस्दै आएको जनाउँदै आफ्नो वैकल्पिक बसोबासको व्यवस्था गरेमा मात्र आफूहरुले ठाउँ छोड्ने जनाएका छन् । स्थानिय उर्मिला घिमिरेले आफू १६ वर्षदेखि सो स्थानमा बस्दै आएको र आफूहरुको आम्दानीको स्रोत पनि नभएको हुँदा भवनबाट आफूहरुलाई विस्थापन गर्न खोजिए प्रतिरोध गर्ने जनाइन् । यसैगरी १८ वर्षदेखि सो स्थानमा बसेको जनाउँने विष्णु गड्र्तौलाले समेत आफूहरुको स्थायि बसोबासको व्यवस्था गरेमा मात्र सो भवन छोड्ने जनाए ।
संस्कृत विद्यालयको रुपमा प्रयोग गर्ने अभियानको विरोध गर्दै बन्द गर्न चेतावनी दिने जनजाती महासंघका बराहक्षेत्र गाउँ कमिटि उपाध्यक्ष डम्बर तुम्बाहाम्फेले धार्मिक विषय झिकेर गतिविधि सञ्चालन गर्न खोजेकोले अवरोध गरिएको जनाए । उनले बहुभाषिक विद्यालय स्थापनाका लागि आफूह्रुले गरेको अनुरोध जगतगुरुले अस्वीकार गरेको जनाउदै दुई दर्जन परिवारलाई विस्थापित बनाएर कुनै भाषा विशेषको विद्यालय सञ्चालन गर्न नदिने समेत जनाए ।
यता बालसन्तले भने विद्यालयलाई बहुभाषिक विद्यालयका रुपमा विकास गर्न सकिने जनाएका छन् । मौलिक भाषा तथा संस्कृतिको विकासका लागि आफु सधै तयार रहेको जनाउँदै बहुभाषिक विद्यालय बनाउन छलफल गर्न सकिने जनाएका हुन् । उनले खेलकुदको जग्गा अतिक्रमण गरिएको सो ठाउँ खेलकुदको लागि प्रयोग नै नभएको जनाएका छन् । स्थानिय वासीको सहयोगका वावजुद केही संगठनको उक्साहटमा सामाजिक कार्यलाई नै असहयोग गर्ने काम भएको कृष्णदासजी महाराजले जनाए ।
जगतगुरुले धर्मको नाममा अतिवाद निम्त्याएको, खेलकुदको जग्गालाई समेत हडपेको लगायतका आरोप लगाउँदै जनजाती महासंघ लगायत एक दर्जन संगठनहरुले संस्कृत विद्यालय सञ्चालन हुन नदिने व्यहोराको विज्ञप्ती केही हप्ता अघि निकालेका थिए । विज्ञप्तीले पठनपाठनमा अवरोध उत्पन्न भएको विद्यार्थी तथा विद्यालयले गुनासो गरेको छ ।
प्रतिक्रिया दिनुहोस् >>