आत्मनिर्भर बन्दै दृष्टिविहिनहरु
Posted by
purwanews
Published on
Thursday, April 28, 2011
दृष्टिविहीनहरुले केही गर्न सक्दैनन् भन्ने तपाइको सोँच छ भने यो तस्वीर हेर्नुहोस् । कुनै सवलांग झै दृष्टिविहीनहरु मुढा बनाइरहेका छन् ।
आखाँ नदेखेपनि आफ्नो चेतनाको भरमा मोरङका दृष्टिविहीनहरु आफ्नो सीप प्रयोग गर्दै स्वावलम्बनको बाटोतर्फ अघि बढीरहेका छन् । मोरङ नेत्रहिन संघमा आबद्ध यी दृष्टिविहीनहरु काम गरेर खानुपर्छ भन्ने मानसिकताका कारण आफ्नो सीपलाई बेच्न लागिपरेका हुन् । संघ अन्तर्गतका १२ परिवारले मुढा, कुचो बनाएरै जिवीकोपार्जन गरीरहेका छन् । विगत तीन वर्षदेखि मुढा व्यवशायमा संलग्न हरिमाया मगर आँखा नभएपनि मुढा बनाउन आफूलाई कुनै समस्या नहुने जनाइन् ।
यता १२ वर्षिया इन्द्रकुमारी राईले समेत आफ्नो व्यवशाय भएकोले सीप सिकेको जनाइन् । सानै उमेरमा आँखा गुमाएकी राईले मुढा बनाउने काम आफ्नो व्यवशाय भएकोले समय समयमा बनाउने गरेको बताइन् ।

दृष्टिहीनहरुलाई दया र अवसर भन्दा पनि अधिकार दिएमा दृष्टिविहिनहरुले समाजको लागि समेत केही दिन सक्ने मोरङ नेत्रहिन संघका अध्यक्ष हरीप्रसाद सुवेदीले जनाए । उनले दृष्टिविहिनहरुको सीप र दक्षतालाई विकास गर्ने गरी विभिन्न तालिमहरु सञ्चालन गरीएको बताए । उनले भने, ‘अब हामी अवसर होइन, अधिकार खोज्छौं ।’
प्रतिक्रिया दिनुहोस् >>