लालुका कार्यकर्तासँग नेपाली नागरिकता

Nepali Citizenship

Add caption

भारतीय एक व्यक्तिले नेपाली नागरिकता लिएर गैह्रकानुनी कारोबार गरिरहेको खुलासा भएको छ ।
भारतको विहार घर भएका शोभाकान्त रायले नेपाल र भारत दुवै तर्फको नागरिकता लिएका छन् । अधिकांश समय भारतमा रहने राय भारतका स्थायि वासिन्दा भएतापनि उनले ०३५ साल पुस महिनामा मोरङको विराटनगर ९ बाट नागरिकता लिएका हुन् ।
नागरिकता लिएको समयमा उनको उमेर २३ वर्ष भनी उल्लेख गरिएको छ । उनले लिएको नेपाली नागरिकतामा उनको पिताको रुपमा देवशरण रायको नाम छ भने केदार नामको प्रशासकीय अधिकृतको दस्तखत छ ।
राय भारतका स्थायि वासिन्दा हुन् । सन् १९८८ सालमा भारतको विहार राज्यले जारि गरेको थुपरी विधान सभाको निर्वाचन क्षेत्रको निर्वाचन सुची १९८८ मा शोभकान्त रायको नाम १७१ औं स्थानमा उल्लेख गरिएको छ ।
शोभाकान्तको नाममा विहार सरकारले मोटरसाइकलको लाइसेन्स समेत दिएको छ । लाइसेन्सको प्रमाणपत्रको प्रतिलिपी ब्लाष्टलाई प्राप्त भएको छ । उनले भारतको विहारस्थित दरभङ्गा बाट बीआरजी ६४०५ नं.को मोटरसाइकलको प्रमाणपत्र समेत हात पारेका छन् ।
नेपालको नागरिकता लिएका शोभाकान्त विहारबाट भारतमा मन्त्री भएका लालु यादवका कार्यकर्ता समेत रहेको खुलासा भएको छ । राजनीतिक झगडाका क्रममा उनी पटक पटक भारतको जेलमा समेत परिसकेको स्रोतले जानकारी दिएको छ ।
भारत र नेपाल दुवै तर्फको नागरिकता लिएका शोभाकान्तको नाममा नेपाल र भारतमा समेत जग्गा छ । नेपालमा मोरङको विराटनगरस्थित महाविर चौकमा साढे तीन धुर, आयल निगममा एक कठ्ठा तथा सौरछिया ७ मा १५ धुर जग्गा उनको नाममा रहेकोमा । सौरछियाको जग्गा उनले ६० सालमा बेचेका थिए । जम्मा ७ जना दाजुभाइ रहेको उनको परिवारमा उनको नेपाल र भारत दुवै तर्फको नागरिकता रहेको कारण नेपाल र भारतको सम्पत्ती शोभाकान्तको पिता देवशरणले उनकै नाममा गरिदिएको बताइएको छ ।
तर दाजुभाइमा भागबण्डा गर्नुको साटो एकलौटी रुपमा नेपालमा रहेको जग्गा बिक्रि गरेपछि पारिवारीक विवाद उत्पन्न भएको समेत स्रोतले बतायो । शोभाकान्तले भागबण्डा गर्ने अंश समेत अन्य दाजुभाइ मरिसकेको प्रमाणित गराएर आफैले कुम्ल्याउन खोजेपछि उनको विरुद्ध मोरङ जिल्ला अदालतमा उनका परिवारको असन्तुष्ट पक्षले मुद्धा दायर गरेतापनि मुद्धाको फैसलामा चित्त नबुझेपछि पुनरावेदन दर्ता गराइएको र पुनरावेदनले २०६६ सालमा बेचेको जग्गा बदर गर्ने र सात जना दाजुभाइमा अंशबण्डा सदर गर्ने निर्णय गरेको समेत बताइएको छ ।
शोभाकान्तले नेपालमा मुद्धा लड्ने समयमा आफू नेपाली नागरिक नै भएको बताएका थिए । भारतमा आफ्नो जग्गा पनि नभएको बताउँदै अन्य दाजु भाइ कोही पनि नरहेको भन्दै सम्पत्ती एक्लैले कुम्ल्याउन खोजेपछि उनको वास्तविकता बाहिर आएको हो ।
नेपाल नागरिकता ऐन २०६३ ले दोहोरो नागरिकताको अनुमती दिएको छैन । ऐनको दफा १३ मा दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने भनी स्पष्ट उल्लेख गरिएको छ । दोहोरो नागरिकताको लागि विदेशमा बस्ने नेपालीहरुले पहल गरेको दशक बितिसक्दा समेत सरकारले दोहोरो नागरिकता दिने व्यवस्था नगरेकोमा रायले भने नेपाल र भारत दुवै देशको नागरिकता प्राप्त गरेका छन् ।

भारतीयका छोराछोरीले समेत पाए नेपाली नागरिकता
भारत र नेपाली दुई तर्फकै नागरिकता लिने भारतीय शोभाकान्त रायले आफ्नै नागरिकताको बलमा आफ्ना छोराछोरीलाई समेत नेपाली नागरिकता दिलाएको रहस्य खुलेको छ ।
रायका जेठा छोरा मनोजकुमार अहिले विराटनगरस्थित शोभकान्तको नाममा रहेको वर्कसप चलाएर बसेका छन् । उनले आफ्ना पिता शोभकान्तको नागरिकताको आधारमा नागरिकता पाएका हुन् ।
यस्तै शोभकान्तका ६ जना छोरामध्ये दुई जनाको जन्मदर्ता नेपालमै गरिएको पनि जनाइएको छ । अवैद्य रुपमा नेपाली नागरिकता लिएका शोभाकान्तले आफ्ना सन्ततीलाई समेत नेपाली र भारतीय दुवै नागरिकता दिलाउने सम्भावना बढेको छ । तर उनका छोराहरुले भारतीय नागरिकता लिइसकेको वा नलिएको बारेमा भने खुल्न बाँकी छ ।
मुलुकी ऐन अदलको ३ नं. र नागरिकता ऐन २०६३ अनुसार शोभाकान्तले व्यहोरा ढाँटी आफू जन्मसिद्ध नेपाली नागरिक भएको बताउँदै नेपाली नागरिकता लिएका थिए । उनले विहारको सीतामढी जिल्लाको विसनपुर पोपडी थानामा आफू भारतीय भएको भन्दै सन् २००६ मा एफआइ आर दर्ता गराएका छन् ।
०३५ सालमा नेपाली भएको बताउने उनले सन् २००६ मा भने भारतीय नै भएको एफआइआर दर्ता गराउनुले शोभाकान्त भारतीय रहेको पुष्टि हुने कानुन व्यवशायीहरुको भनाई छ । नेपाली नागरिकभन्दा बाहेकको व्यक्तिलाई नेपालमा घरजग्गा किन्न निशेध छ । त्यती मात्र होइन, उनले आफ्नी श्रीमतीको नाममा समेत जग्गा दर्ता गराएका छन् । त्यस्तै भारतको भोटलिस्टमा समेत उनको नाम रहेबाट उनले दुई देशको नागरिकताको चरम दुरुपयोग गरेको देखिन्छ ।
रायले विराटनगरमा वर्कसप समेत चलाइरहेका छन् । राम इन्जिनियरिङ वर्कसप नामक वर्कसप उनको नाममा उद्योग वाणिज्य संघ मोरङमा ०५(५८७५) नं.मा दर्ता छ । रायले आयकर दर्ता प्रमाणपत्र समेत लिएका छन् ।
नेपाल र भारत दुवै तर्फको नागरिकता लिएका राय विहारका नेता लालु यादवका कार्यकर्ता समेत हुन् । राजनीतिकै कारण पटक पटक जेल परिसकेका रायले नेपाल तथा भारतका नेतालाई आफ्नो प्रभावमा पारेर काम गराउने गरेका छन् ।
रायले केही वर्ष अघि अंशवण्डाको निहुँमा आफ्नै भतिजा लक्ष्मी रायलाई सुपारी दिइ मार्न लगाएको भतिजा लक्ष्मीले ब्लाष्टलाई बताए । शोभाकान्तबाट आफ्नो जिउ ज्यानको खतरा रहेको भन्दै उनले जिउ ज्यान रक्षाका लागि समेत प्रशासनलाई आग्रह गरेका छन् ।
पिता देवशरण रायका छोरा शोभकान्त रायको नागरिकतालाई केदार नामको प्रशासकीय अधिकृतले प्रमाणित गरिदिएका छन् । राय भारतका स्थायि वासिन्दा हुन् । सन् १९८८ सालमा भारतको विहार राज्यले जारि गरेको थुपरी विधान सभाको निर्वाचन क्षेत्रको निर्वाचन सुची १९८८ मा शोभकान्त रायको नाम १७१ औं स्थानमा उल्लेख गरिएको छ ।
शोभाकान्तको नाममा विहार सरकारले मोटरसाइकलको लाइसेन्स समेत दिएको छ । उनले भारतको विहारस्थित दरभङ्गा बाट बीआरजी ६४०५ नं.को मोटरसाइकलको प्रमाणपत्र हात पारेका छन् ।
शोभाकान्तको मोरङको विराटनगरस्थित महाविर चौकमा साढे तीन धुर, आयल निगममा एक कठ्ठा तथा सौरछिया ७ मा १५ धुर जग्गा उनको नाममा जग्गा रहेकोमा सौरछियाको जग्गा उनले ६० सालमा बेचेका थिए । दाजुभाइमा भागबण्डा गर्नुको साटो एकलौटी रुपमा नेपालमा रहेको जग्गा बिक्रि गरेपछि पारिवारीक विवाद उत्पन्न भएको छ ।
शोभाकान्तले भागबण्डा गर्ने अंश समेत अन्य दाजुभाइ मरिसकेको प्रमाणित गराएर आफैले कुम्ल्याउन खोजेपछि उनको विरुद्ध पुनरावेदन अदालतमा उनका भतिजा लक्ष्मी रायले मुद्धा दायर गरेकोमा बेचेको जग्गा बदर गर्ने र सात जना दाजुभाइमा अंशबण्डा सदर गर्ने निर्णय गरेको समेत बताइएको छ ।
शोभाकान्तले नेपालमा मुद्धा लड्ने समयमा आफू नेपाली नागरिक नै भएको बताएका थिए । भारतमा आफ्नो जग्गा पनि नभएको बताउँदै अन्य दाजु भाइ कोही पनि नरहेको भन्दै सम्पत्ती एक्लैले कुम्ल्याउन खोजेपछि उनको वास्तविकता बाहिर आएको हो ।
फलोअप चाँडै आउँदैछ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :