ब्लुफिल्म हेरेको खुलासा भएको चार दिनपछि १२ वर्षीय किशोरीद्वारा आत्महत्या


फागुन १६/शिक्षकले स्कुल ब्यागमा ब्लु फिल्मको सिडी फेला पारेको ४ दिनपछि एक किशोरीले आत्महत्या गरेकी छिन्।
धरान-९ आचार्य लाइनस्थित विष्णु उमाविमा कक्षा-६ मा अध्ययनरत् १२  वर्षीया सृष्टि रानाभाटले सोमबार राति आत्महत्या गरेकी हुन्। उनले धरान १०  विशालपथस्थित आफ्नै कोठामा रहेको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन्। उनले आत्महत्या नै गरेको भए पनि आत्महत्या गर्नुको कारण सिडी प्रकरण पनि हो कि भनेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानको क्रममा सिडी फेला पार्ने शिक्षक र मृतकका मिल्ने तीन साथीसँग घटनाबारे सोधपुछ गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा ब्लु फिल्मको सिडी फेला पारेको बारेमा शिक्षकले छात्रालाई दबाव दिएको अथवा गलत नियत राखेको नदेखिए पनि थप अनुसन्धान गर्न आवश्यक देखिएको डिएसपी दीपक रेग्मीले बताए। ‘आत्महत्या नै भए पनि यो उमेरमा किन गरिन् भनेर कारण खोजी भइरहेको छ’, डिएसपी रेग्मीले भने- सिडी प्रकरण पनि जोडिएको छ कि भनेर सम्बन्धितहरुसँग सोधपुछ गरिरहेका छौं।घटना विवरणअनुसार बिहीबार स्वास्थ्यका शिक्षक अजय शर्माले विद्यार्थीको ब्याग चेक गर्ने क्रममा छात्रा हिना लिम्बूको झोलामा रेस्लिङको खोल भएको सिडी फेला पारेका थिए। उक्त सिडी ब्लु फिल्मको भएको थाहा पाएपछि आइतबार मात्रै शिक्षक शर्माले हिनासँग सोधपुछ गर्दा उक्त सिडी सृष्टिले ल्याएको र चारजना साथी मिलेर हेरेको खुलेको थियो।
त्यसबारे सृष्टिसहित चारै जनालाई सम्झाएको तर अन्य केही नभनेको शिक्षक शर्माले बताए। उनका अनुसार बिहीबार सिडी फेला पारे पनि अरु ने विद्यार्थीमार्फत् उक्त सिडी ब्लु फिल्मको हो भनेर शुक्रबारमात्रै थाहा पाएपछि घरमा लगेर हेरेको र आइतबार मात्रै विद्यालय आएर थप सोधपुछ गरेपछि सम्झाइबुझाइ गरेको उनले बताए। ‘प्रिन्सिपललाई भन्दा थप बेइज्जत हुन्छ भनेर म आमाबुबासँग कुरा गर्छु भनेर फोन नम्बर मागे, अनि सम्झाउदै उप्रान्त यस्तो गल्ती नहोस् भनेको थिएँ तर भोलिपल्ट यस्तो घटना होला भन्ने एक मनमा पनि थिएन’- उनले भने। विद्यालयका संस्थापक श्याम कटुवालले पनि विद्यालय र शिक्षकको कुनै दोष नरहेको बताए।
‘ब्याग चेक गर्दा सिडी भेटिएकोबारे विद्यालयलाई जानकारी छैन, शिक्षकले पनि गलत नियत राखेको थियो भन्ने लाग्दैन’-उनले भने। मृतकका बुबा राम रानाभाटले भने सिडी फेला परेकोबारेमा शिक्षकले विद्यालय र अभिभावकलाई समेत खबर नगरेर गल्ती गरेको बताए। ‘कमसे कम आइतबार हाम्रो फोन नम्बर लिएपछि हामीलाई खबर त गर्नुपर्थ्यो, सृष्टिले आमाबुबाले पनि थाहा पाइसके होलान् भन्ने लागेर मानसिक दबावमा परेर यस्तो गरेकी भन्ने लागेको छ’, उनले भने- ‘कतै ब्ल्याकमेल पो भयो कि भन्ने शङ्का उब्जेको छ। (news source: nagariknews)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :