बलिउड नायिकाहरूको लेखाजोखा
Posted by
purwanews
Published on
Sunday, January 9, 2011


(मिलेंगे मिलेंगे, वी आर फेमिली, गोलमाल-३)
२०१० ले जाँदाजाँदै करिनाको खातामा 'गोलमाल-३' जस्तो सुपरहिट चलचित्र दियो । यो चलचित्रमा उनी एक्ली नायिका हुन् । उनको भूमिका कुनै नायकको भन्दा कम छैन । चलचित्र वी आर फेमिलीमा काजोलसँग टक्कर लिएर उनले आफूलाई कसैसँग डर लाग्दैन भन्ने कुरा साबित गरिन् । मिलेंगे-मिलेंगेमार्फत करिनाका सामुन्ने पुनः शाहिद कपुर आए, तर न त करिनाले उनलाई स्वीकारिन् न त दर्शकले नै ।
विद्या बालन (इश्कियाँ)
इश्कियाँमा विद्याले बोल्ड भूमिका निर्वाह गर्दै दर्शकलाई आश्चर्यमा पारिन् । चलचित्रमा उनले गाली पनि गरेकी छिन् भने अरशदलाई तात्तातो चुम्बन पनि दिएकी छिन् । उनको अभिनयको पनि प्रशंसा भयो । चलचित्रले पनि राम्रो व्यापार गर्यो । एउटी राम्री नायिकाको साखलाई विद्याले यो वर्ष पनि कायम राखिन् ।
कंगना रानावत

काइट्स, नो प्रोब्लम तथा नक आउटमा कंगनाको भूमिका हेरेपछि के भन्न सकिन्छ भने आफ्नो भूमिका छनौट गर्ने प्रसंगमा उनी अझै पनि अपरिपक्व छिन् । उनको अभिनय क्षमता पनि सामान्य छ । वन्स अपन ए टाइम इन मुम्बईले मात्र उनको साख बचाएको छ ।
जेनेलिया डिसुजा (चान्स पे डान्स)

जेनेलियाले कहीं न कहीं गल्ती गरिरहेकी छिन् । 'जाने तु या जाने ना' को सफलतापछि नायक इमरान निकै अघि बढे, तर जेनेलिया जहाँको त्यहीं रहिन् । 'चान्स पे डान्स' ले उनलाई डान्स गर्ने अवसर नै दिएन । नयाँ चलचित्र पाउन उनले संघर्ष गरिरहनुपरेको छ ।
प्रियंका चोपडा (प्यार इम्पोसिबल, अञ्जाना अञ्जानी)
प्रियंका चोपडाको खातामा यो वर्ष असफलता नै पर्यो । राम्रो पारिश्रमिक पाउने आशामा उनी उदय चोपडाकी नायिका बनिन् । उदयका चलचित्र बक्स अफिसमा सफल भएका छैनन् । अन्जाना अन्जानी असफल भएपछि प्रियंकालाई थप तनाव भएको छ । रणवीरले पनि उक्त चलचित्रलाई बचाउन सकेनन् । शाहिद कपुरसँगको सम्बन्धका कारण उनी चर्चामा भने आइरहिन् ।
मल्लिका शेरावत (हिस्स)
'हिस्स' हेरिसकेपछि ती सबै दाबी खोक्रा लाग्छन्, जुन मल्लिकाले चलचित्र प्रदर्शन हुनुभन्दा अघि गरेकी थिइन् । योभन्दा धेरै स्तरीय चलचित्र बलिउडमै बन्छन् । चलचित्रमा मल्लिकाले एउटा पनि संवाद बोलेकी छैनन् । चलचित्र फ्लप भएपछि त वास्तविक जीवनमै उनको बोली बन्द भएको छ ।
मुग्धा गोडसे (हेल्प)
फेसनजस्तो सफल चलचित्रबाट अभिनय करियर प्रारम्भ गरे पनि मुग्धाले आफ्नो परिचय बनाउन सकेकी छैनन् । बिकिनी लगाएर डरलाग्दो अनुहार पार्दै उनले दर्शकसंग हेल्प मागिन् तर कुनै मद्दत पाइनन् ।
बिपाशा बसु (पंख, लम्हा, आक्रोश)

ग्ल्यामरस भूमिका त्यागेर दमदार भूमिका निर्वाह गर्ने चक्करमा बिपाशाले आफ्नै खुट्टामा बञ्चरोले हानिन् । बिपाशाको लम्हा हेर्ने दर्शकहरू आक्रोशमा पनि निराश भए । दर्शकले बिपाशालाई 'बीडीं जलाई ले...' कै रूपमा हेर्न चाहेको सन्देश पनि दिए ।
दीपिका पादुकोण (कार्तिक कलिंग कार्तिक, हाउसफुल, लफंगे परिंदे, ब्रेक के बाद, खेलें हम जी जान से)
दीपिकाका यो वर्ष प्रदर्शित चलचित्र हेरेका दर्शकहरू भन्न थालेका छन्, पिटियौं हामी जिउ-ज्यानले । उनको अवस्थाप्रति ती निर्माताहरू पनि चिन्तित छन्, जो उनलाई लिएर चलचित्र निर्माण गरिरहेका छन् । हाउसफुलका रूपमा एउटा मात्र सफलता उनको भागमा परेको छ ।
अनुष्का शर्मा (बदमाश कम्पनी, ब्यान्ड बाजा बारात)
अनुष्का यशराज क्याम्पबाट अहिलेसम्म बाहिर निस्कन पाएकी छैनन् । बदमास कम्पनी तथा ब्यान्ड बाजा बारातमा उनको अभिनयको प्रशंसा भएको छ । अनुष्का बलिउडका थुप्रै निर्देशकको नजरमा परेकी छिन् । बिस्तारै भए पनि उनी सही दिशामा अघि बढिरहेकी छिन् ।
नेहा धूपिया (फँस गए रे ओबामा, एक्सन रिप्ले)
एक्सन रिप्लेमा सानो भूमिका निर्वाह गर्ने नेहाले फँस गए रे ओबामामार्फत सबैलाई प्रभ;ावित तुल्याएकी छिन् । व्यावसायिक तथा अफबिटको बीचमा उनले राम्रो सन्तुलन कायम गरेकी छिन् । यही कारणले उनको करियर सकारात्मक रूपले अघि बढिरहेको छ ।
Source : Online
प्रतिक्रिया दिनुहोस् >>