‘अति भएपछि मारिदियौं’


इटहरी, कात्र्तिक २६
‘सधै पैसा माग्ने र दिनभरी कमाएको पैसा खोस्ने गथ्र्यो ।’ हत्याको आरोपमा इलाका प्रहरी कार्यालयले पक्राउ गरेपछि इटहरी ८ का सम्सारी मियाँले भने, ‘सधै त्यसको अत्याचार सहनुभन्दा मार्न ठिक लाग्यो ।’
सम्सारि मियाँ र नुरसेद मियाँलाई २२ वर्षिय नवीन कुमार शाहको हत्या गरेकोृ आरोपमा पक्राउ गरिएपछि उनीहरुले इलाका प्रहरी कार्यालय परिसरमा पत्रकारहरुसामु हत्या गरेको स्वीकार गरेका छन् । विहीबार राती आफूहरुले स्थानिय नवीनकुमार शाहको हत्या गरेको स्वीकार गर्दै उनीसँगै पक्राउमा परेका नुरसेद मियाँले सधै डराएर बाँच्नुभन्दा मारिदिएको प्रतिक्रिया दिए । ठेलामा चाट बेचेर र वर्कसपमा काम गरेर कमाएको पैसा शाहले खोस्ने गरेको उनीहरुले बताए । सधै रक्सी र लागुपदार्थ खान पैसा माग्न र खोस्ने गर्न थालेपछि हत्या गर्न बाध्य भएको उनीहरुले बयान दिएका छन् ।
इटहरीस्थित टेङ्ग्रा खोलामा शुक्रबार विहान स्थानियवासीले तैरिरहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । राती नै हत्या गरिएका शाहको जिउमा खुकुरीले धारिलो गरी काटिएको छ । शव फेलापरेसँगै ती दुई किशोरलाई समेत प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :