डि्रम बेडरुम
Posted by
purwanews
Published on
Friday, October 15, 2010
बेड कभरका अतिरिक्त पर्दामा पनि सादा रंग वा फ्लावर पि्रन्टयुक्त कपडा प्रयोग गर्न सकिन्छ सुतीको मोटो खालको पर्दा लगाउनुको साटो सिल्कको पर्दा लगाउनु ठीक हुन्छ। दुईवटा सिल्कका पर्दाको बीचमा टिस्युको पर्दा पनि प्रयोग गर्न सकिन्छ।घरभित्र एउटा विशेष स्थान हुनुपर्छ जहाँ पाइला राख्नेबित्तिकै मानिसको मन प्रेम र उत्साहले भरियोस्। कतिपयले यस्तो स्थान डाइनिङ रुम हो भन्छन्। यद्यपि धेरैले बेडरुममा मन प्रेम र उत्साहले भरिने बताएका छन्। वास्तवमा जीवनसाथीसाग बेडरुममा आराम गर्नुको रमाइलो बेग्लै हुन्छ। त्यसबेला दिनभरिको थकान क्षणमै हराएर जान्छ। यद्यपि यसका लागि कोठाको सजावट अनुकूल वातावरण निर्माण गर्ने खालको हुनुपर्छ। यसका लागि केही विधि अपनाउन सकिन्छ।
बेडरुमको भित्तामा आँखालाई शीतलता प्रदान गर्ने एवं मन उत्साहित गर्ने खालको रंग प्रयोग गर्नुपर्छ। हलुका रंगको प्रयोगले सानो बेडरुमलाई ठूलो देखाउँछ। यद्यपि हलुका रंगले रोमाञ्चकताको भाव आउन दिँदैन। फलस्वरूप बेडरुममा हल्का वा गाढा रंग प्रयोग गर्नुभन्दा गुलाबी, क्रिम; एवं पहेंलोमध्ये कुनै एक रंग छनौट गर्नु उपयुक्त हुन्छ। गाढा हरियो, गाढा नीलो, गाढा पर्पल वा ब्राइट रेड बेडरुमका लागि उपयुक्त मानिँदैन।
बेडरुम सानो छ भने आलमारी र बेडबाहेक अरू कुनै फर्निचर राख्नु उपयुक्त हुँदैन। थोरै सामग्री राख्दा सफा गर्न सजिलो मात्र होइन, हिँडडुल गर्न पनि सजिलो हुन्छ। अक्सिडाइज मेटल, रट आइटम वा काठको नयाा डिजाइनका बेड अहिले चल्तीमा छन्। बेड अर्डर गर्दा त्यसमा बक्सको सुविधा राख्न लगाउनुपर्छ। यस्ता बक्समा सिरक, झुल, सिरानी, बेडसीट, ब्लांकेट आदि राख्न सजिलो हुन्छ। यसले कोठाको अनावश्यक ठाउा ओगट्दैन। बेडलगायतका फर्निचर, झ्याल-ढोकाको रंगसित मिल्दो हुनु राम्रो हुन्छ। यद्यपि कहिलेकाहीँ फरक कलरले पनि कोठा सुहाउँदो देखिन्छ।
बेडरुम ठूलो छ भने आकर्षक फर्निचर राख्न सकिन्छ। ठूलो कोठाका लागि कि साइजको बेड उचित हुन्छ। ठूलो बेडरुममा सानो स्टडी टेबल राख्न सकिन्छ। सानो बेडरुमका लागि फोल्डी स्टडी टेबल उपयुक्त हुन्छ। बेडसँगै कर्नर टेबल पनि राख्न सकिन्छ।
बेडरुमको सजावट बदलिरहन वा भित्ताको रंग परिवर्तन गरिरहनु सम्भव हुँदैन। अतः बेड कभर, बेडसीट, कुसन र सिरकको खोल परिवर्तन गरिरहनुपर्छ। यसले कोठालाई नयाा लुक प्रदान गर्छ। भित्ताको रंगसित मेल खाने बेड स्प्रेडयुक्त बेडसीट वा बेड कभर राम्रो देखिन्छ। बेडमा सानो साइजको कुसन प्रयोग गर्नु राम्रो हुन्छ। चौकोर खालको कुसनको साटो गोलो वा बेलुन आकारको कुसन राम्रो हुन्छ। ठूल्ठूला फ्लावर पि्रन्ट भएको बेड स्प्रेड फेसनमा नभएकाले स-साना पि्रन्टयुक्त कभरमा ध्यान दिनुपर्छ।
परम्परागत रूपमा सजाइएको बेडरुमका लागि कढाइदार, गुजराँती पि्रन्ट, जयपुरी, पि्रन्टयुक्त बेड कभर राम्रो हुन्छ। रट आइरनको बेडमा प्लेन रंगको पि्रन्ट नभएको बेड कभरले आकर्षक लुक प्रदान गर्छ। बेडका लागि वन पिसको म्याटे्रस आरामदायक हुन्छ।
बेड कभरका अतिरिक्त पर्दामा पनि सादा रंग वा फ्लावर पि्रन्टयुक्त कपडा प्रयोग गर्न सकिन्छ। सुतीको मोटो खालको पर्दा लगाउनुको साटो सिल्कको पर्दा लगाउनु ठीक हुन्छ। दुईवटा सिल्कका पर्दाको बीचमा टिस्युको पर्दा पनि प्रयोग गर्न सकिन्छ। पर्दा, कुसन, बेडसीट, बेड, कभरमा केही ज्योमेटि्रकल पि्रन्ट, ग्राफिक्स स्ट्राइप्स र पोलका डटयुक्त डिजाइन छान्न सकिन्छ, यसले बेडरुमलाई मोर्डन लुक प्रदान गर्छ। कोठा सानो छ भने बेडमा सिरक, सिरानी वा कुसन जम्मा गरेर राख्नु हुँदैन। यसबाट कोठा अझ सानो देखिन्छ। बेड कभरसित मिल्दो पि्रन्टयुक्त सिरक कभर राख्न सकिन्छ।
बेडरुममा पहेंलो र सेतो रंगको लाइटको मिश्रति रूप वा हरियो रंगको लाइट प्रयोग गर्न सकिन्छ। हल्का हरियो रंगको लाइटका साथै भित्ताको रंग पनि हल्का हरियो राखे बेडरुम ठूलो देखिन्छ। यस्तै खालको प्रयोग नीलो रंगको लाइटसित पनि गर्न सकिन्छ। मिल्क लाइट भए बेडरुममा ऊर्जा महसुस हुन्छ र रोमान्समा आनन्द आउँछ। टेबल ल्याम्पमा ह्वाइट रंगको लाइट प्रयोग गर्न सकिन्छ। यस प्रकारको लाइटले तनाव, चिन्ता र उदासीनताबाट राहत प्रदान गर्छ। झ्यालको व;िपरीत दिशामा ऐना लगाए त्यसको प्रतिबिम्बले कोठा ठूलो देखिन्छ तर कोठामा आवश्यकताभन्दा धेरै ऐना प्रयोग गर्नुहुदैन।
बेडरुममा बोट-बिरुवा नराख्नु नै राम्रो हुन्छ। फूलको इच्छा छ भने रातो फूलको फ्लावर भास राख्न सकिन्छ। ह्वाइट परेवाको जोडीमा श्रीमान्-श्रीमतीको फोटो प|ेमले मन प्रफुल्लित तुल्याउँछ। बेडको माथिल्लो भित्तामा वाल साइजको सकारात्मक पेन्टिङ उपयुक्त हुन्छ। यसमा पनि धेरै रोमान्टिक रंग प्रयोग भएको र महिला-पुरुषको प्रेम अंकित चित्र राम्रो हुन्छ। हनिमुनको तस्बिरको कोलाज पनि प|ेम गरेर लगाउन सकिन्छ। यसले दाम्पत्य जीवनमा सुमधुरताको अनुभूति जगाउँछ।
बेडरुम कस्तो हुनुपर्छ ?
क्लियर एगलबर्टले आफ्नो पुस्तक बेडरुम फेंगयुईमा लेखेका छन्-बेडरुम घरको निकै महत्त्वपूर्ण स्थान हो, किनभने यहाँ व्यक्तिले जीवनको लगभग एक तिहाइ समय बिताउँछ। बेडरुमलाई सुत्ने स्थानका रूपमा मात्र नलिएर ऊर्जाको स्रोत र मानसिक शान्ति प्राप्त गर्ने स्थान बनाए जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। व्यक्तिले आफ्नो सम्पूर्ण थकान तथा चिन्तालाई भुलाएर आनन्द महसुस गर्न बेडरुमलाई सुविधाजनक तरिकाले सजाउन सक्नुपर्छ ।
ओछ्यानका लागि कटन फेबि्रकको बेडसीट छनोट गर्नुपर्छ । यो अत्यन्त आरामदायी हुन्छ। सिरानी र म्याट्रेस धेरै कडा वा धेरै कोमलभन्दा ठिक्कको हुनुपर्छ। फेंगसुई फोर योर होम एण्ड गार्डन शीर्षकको पुस्तकका अनुसार बेड त्यस्तो ठाउँमा राख्नुपर्छ जहाँबाट घरको मुख्यद्वार देख्न सकियोस् बेडरुमलाई पर्सनल फिल दिन कोठाको भित्तामा बालबालिकाको पहिलो तस्बिर, साथीभाइ, आफन्तजनद्वारा प्रदान गरिएको शुभकामना पत्र आदि सजाएर राख्नुपर्छ।
बेडरुमलाई व्यवस्थित राख्नुपर्छ । अस्तव्यस्त कोठाले व्यक्तिको अन्तर्द्वन्द्वलाई दर्शाउँछ।
रोमान्टिक टच
कोठामा सानो खालको बुक सेल्फ बनाएर त्यसमा रोमान्टिक उपन्यासहरू सजाउन सकिन्छ। दम्पतीको राम्रो फोटोग्राफलाई प|ेमिङ गरेर भित्तामा सजाउनुपर्छ । रोमान्टिक फिल दिन कोठामा डिपयुज्ड लाइटको प्रयोग गर्नुपर्छ । थोरै एक्सपेरिमेन्ट गर्ने हो भने ल्याम्पस सेडमा हल्का रंगको ट्रान्सपरेन्ट स्कार्फ वा दुपट्टा हाल्न सकिन्छ ।
बेडरुममा रोमान्टिक टच दिन पिच, पिंकजस्ता पेस्टल कलर प्रयोग गर्नु राम्रो हुन्छ । बेडरुमलाई सुगन्धित राख्न बेडसीट, पर्दा आदिमा दुई-चार थोपा एरोमा ओयल छर्न सकिन्छ। गुलाब, मोगरा, लेवेन्डर आदिका ड्राई प्याकेटलाई बेडरुममा प्रयोग गर्न सकिन्छ ।
कलर स्किम
बालबालिकाका लागि रेड, ब्लुजस्ता ब्राइट कलर्स, मि 37;िल एज र बूढाबूढीका कोठाका लागि पिंक, लेवेन्डर, ग्रीन आदि कलर छनोट गर्नुपर्छ ।
पर्दा, बेडसीट आदिका लागि फेबि्रक छनोट गर्दा विशेष सावधानी अपनाउनुपर्छ । बालबालिका तथा युवाहरूको कोठामा पि्रन्टेड वा एनिमेटेड फेबि्रक राम्रो हुन्छ ।
बेडरुममा बढी एक्सपेरिमेन्ट गर्नु हुँदैन। त्यहाँ मात्र एउटा भित्तालाई बेग्लै थिम दिएर पनि नयाँ लुक प्रदान गर्न सकिन्छ ।
लाइटिङ एरेन्जमेन्ट
निद्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक छ, त्यसैले पनि सुत्ने कोठा महत्त्वपूर्ण ठाउँ हो । राम्रो निद्राका लागि बेडरुमको लाइटिङ व्यवस्थापन त्यस्तो हुनुपर्छ जसले आँखामा नकारात्मक असर नपुर्याओस्। तसर्थ ट्युब्सको भित्तामा पर्ने आभा -प्रोजेक्सन अफ लाइट) आरामदायक हुनुपर्छ । अँध्यारोमा सुत्ने चाहना छैन भने बेडरुम नाइट ल्याम्पस प्रयोग गर्नुपर्छ । राति सुत्ने बेलामा पढ्ने बानी छ भने बुक ल्याम्प राख्नु उपयुक्त हुन्छ ।
के नगर्ने ?
बेडरुमाई स्टोर बनाउने गल्ती गर्नु हुँदैन । बेडको वरपर पुस्तक वा अरू अनावश्यक सर-सामान राख्नु हुँदैन । बेडरुममा टिभी, स्टडी टेबल आदि राख्नु हुँदैन । यसबाट मानसिक शान्ति एवं शारीरिक आराममा नकारात्मक प्रभाव पार्छ।
ेडरुममा कार्यालय, व्यवसाय, फाइनान्स आदिको काम गर्नु हुँदैन । बेडरुममा पूजास्थान हुनु हुँदैन भने पानी र पहाडको तस्बिर टाँग्नु हुँदैन । किनभने यस्ता तस्बिरले अनिद्रा बढाउँछन् अनि दुर्भाग्यलाई आमन्त्रण गर्छन्।
बेडलाई बिनासहारा राख्नु हुँदैन अर्थात् भित्तामा टाँसेर राख्नुपर्छ ।
कोठाको बिममुनि सुत्नु हुँदैन । यो स्वास्थ्य र सम्बन्धका लागि ठीक हुँदैन ।
ऐनाअगाडि बेड राख्नु हुँदैन ।
पति-पत्नीको बेडमा खेलौना, डल्स आदि राख्नु हुँदैन । यस्ता सामग्रीले पति-पत्नीको आपसी सम्बन्धमा दूरी बढाउँछन् ।
पूर्व वा दक्षिण दिशातर्फ शिर गरेर सुत्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस् >>