वराहक्षेत्र

प्राचीन मूर्ति रहेको वराहक्षेत्र धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका वराहक्षेत्र, मुत्तक्षेत्र, हरिहरक्षेत्र र कुरुक्षेत्र नामका चारवटा धार्मिक क्षेत्रहरूमध्ये प्रमुख क्षेत्र वराहक्षेत्र हो । वराहक्षेत्र र मुक्ती क्षेत्र नेपालमा पर्छ भने हरिहरक्षेत्र र कुरुक्षेत्र भारतमा पर्छ । सप्तकोशी र कोकाह नदीको संगम नजिकै वराहक्षेत्रमा भगवान् वराहको मन्दिर रहेको छ । नेपालको सुनसरी जिल्लास्थित धरान बजारबाट करिब २५ किलोमिटर पश्चिम–उत्तरमा रहेको वराहक्षेत्रलाइ प्राचीन हरिद्वार क्षेत्रको रूपमा लिइन्छ ।

बराहलाइ भगवान् नारायणका १० अवतारमध्येको तेस्रो अवतार मानिन्छ । धार्मिक शास्त्रअनुसार हिरण्याक्षले पृथ्वीलाइ रसातलमा लगी लुकाएकाले भगवान्‍ले वराह अर्थात् ब"देलको अवतार लिएर हिरण्याक्षलाइ मारी फिर्ता ल्याएको कथन छ ।यसैको आधारमा वराहको मूर्ति स्थापना गरी मन्दिर बनाइएकाले मन्दिर रहेको क्षेत्रलाइ नै वराहक्षेत्र भनिएको हुनसक्ने पुरातत्वविद्‍हरुको अनुमान रहेको छ ।यस मन्दिरमा रहेको वराह भगवान्‍को मूर्तिको आकार आधा शरीर (शिर) ब"देलको जस्तो छ भने आधा मानवको जस्तो छ। उत्तरबाट दक्षिणतफ लहरै निमार्ण गरिएका नौवटा मन्दिरबीचको ठूलो मन्दिर भगवान् वराहको मूल स्वरूप भएको मन्दिर हो। करिब २२ फीट अग्लो यो मन्दिर सेतो रंगको छ।लहरै निर्माण भएका अन्य आठवटा मन्दिरहरूमा प्राचीन शीला र प्रस्तर मूर्तिको स्थापना गरिएको छ। प्रत्येक मन्दिरमा भगवान्‍को स्वरूपको नामाकरण समेत गरिएको छ। जसअनुसार ती मन्दिरहरूलाइ कोकाह वराह, पञ्च भगवान्, गुरु वराह, इन्द्र भगवान्, सूर्य वराह, बद्री मुक्तेश्वर, लक्ष्मी भगवान् तथा नागेश्वर मन्दिरका नामले चिनिन्छ।वराहक्षेत्रमा रहेका सम्पूर्ण मूर्तिहरू २५ सय वर्षअगाडिका र कुनै त सोभन्दा धेरै अगाडिका भए पनि यस क्षेत्रलाइ प्रथम पटक पत्ता लगाएर प्राचीन हरिद्वार क्षेत्रको रूपमा परिचित गराउने जश भने नवौं शताब्दीका राजा मुकुन्द सेनलाइ जान्छ। त्यसपछि मन्दिर निमार्ण तथा जीण्रोद्वार विभिन्न राजा तथा महात्माबाट हु"दै आएको कुरा त्यस क्षेत्रमा लेखिएका ताम्रपत्र र शिलालेखबाट स्पष्ट हुन्छ।

मन्दिर क्षेत्रको खोज र अनुसन्धानमा लागेका तथा हाल मन्दिरका पूजारीका रूपमा कार्य गरिरहेका किरण भण्डारीका अनुसार मन्दिरबाट कोकाह नदीसम्म जाने १ सय ५८ वटा सि"ढी भएको बाटो, एउटा धर्मशाला तथा चुनसुर्कीबाट सिंहशैलीमा निर्मित मन्दिर वि.सं. १९९१ मा जुद्धशमशेरले निमार्ण गराएका हुन्। सोभन्दा अगाडि प्यागोडा शैलीको झिगटीको छानो भएको मन्दिर थियो भन्ने भनाइ छ।

वराहक्षत्रमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि एउटा ठूलो घण्टा चढाएका थिए। सो घण्टा अहिले पनि देख्न सकिन्छ। वराहक्षेत्र सम्बन्धी नै खोज–अनुसन्धान गरी सोधपत्र तयार गरिरहनुभएका डिग्री क्याम्पस विराटनगरका उपप्राध्यापक सोमप्रसाद खतिवडा यो क्षेत्र पुरातन भएको र नेपालकै सबैभन्दा पुरानो मूर्ति कोकाह वराहको भएको बताउनुहुन्छ। सो मूर्ति ५ हजार वर्षपहिलेको भएको प्रमाणित तथ्य फेला परेको कुरा पनि उहा" बताउनुहुन्छ।

वराहक्षेत्रको प्राचीन ताम्रशिला

वराहक्षेत्र परिसरमा करिब ७८ किलोग्राम वजनको एक ताम्रशिला छ। करिब ४ हजार ५ सय वर्षअगाडि त्यहा" ल्याएर स्थापना गरिएको अनुमान गरिएको सो शिला धर्मातीले सजिलै उचाल्न सक्ने तर पापीले हल्लाउनसमेत सक्दैनन् भन्ने भनाइ रहेको छ। भक्तजनहरू सो ढुंगालाइ भगवान्‍का पार्षद्‍ जय–विजयको रूपमा पनि पूजा गर्ने गर्छन्।
किंवदन्तीअनुसार विजयपुरका किरा"ती राजा शिकार खेल्न जा"दा सेउती खोलामा सो शिला भेटेका थिए। त्यसपछि राजाले सो शिला वराहक्षेत्रमा लगेर चढाउनू भन्ने सपना देखेकोले वराहक्षेत्रमा लगी स्थापना गरेको बताइन्छ। मन्दिरमा आउने सबै भक्तजनले यो शिला उठाउने गर्छन्। सो शिला उचाल्न सके रोग नाश हुने मान्यतासमेत छ। अचम्मको कुरा के छ भने, सात जना मानिसको कान्छीआंला र चोरआंलाले सो ताम्रशिला सजिलै उठाउन सकिने कुरा सो शिला उचाल्नेहरू बताउ"छन्।मन्दिरवरिपरि धेरै पुराना मूर्ति र ढुङ्गाका हतियारसमेत पाइएको कुरा पुजारी किरण भण्डारी दाबी गर्छन्।

चारैतिर पहाडले घेरिएको धनकुटा, भोजपुर र उदयपुरको काखमा अवस्थित वराहक्षेत्र हरियाली र स्वच्छ छ। पूर्वबाट बगेको कोकाह तथा उत्तरबाट बगेको सप्तकोशी नदीको दृश्य अति नै मनमोहक छ। सप्तकोशीमा विदेशीहरूले र्यफ्टिङसमेत गर्ने गर्छन्। यसरी हेर्दा धेरै सौन्र्दय बोकेको यो क्षेत्रको विकास गर्ने र सुविधा सम्पन्न बनाउने हो भने अति नै महत्वको क्षेत्र बन्न सक्ने कुरामा दुइमत छैन। माघे सक्रान्ती, कार्तिक शुक्ल एकादशी, बालाचतुर्दशीका दिन यहा" ठूलो मेला लाग्छ। दर्शन, भजन–कीर्तन गर्न र भाकलका लागि भारत, बर्मा, भूटान, बंगलादेशबाट समेत लाखौं भक्तजन तथा सन्त महात्माहरू यहा" आउने गरेको कुरा पुजारी किरण भण्डारी बताउ"छन्। आफूले मागेको इच्छित वर पाइने तथा कार्यसिद्धि हुने भएकाले पनि भक्तजनप्रति अति नै विश्वास बढेको कुरा उनी थप्छन्। आफूले चिताएको काम पूरा भएपछि वराह मन्दिरमा आएर आराधना गरी भक्तजनहरूले परेवा उडाउने, फलफूल, मिठाइ, त्रिशूल आदि चढाउने गर्छन्।
मन्दिर क्षेत्रमा पुग्न कच्ची सडकको निर्माण त भएको छ तर प्रत्येक वर्ष करिब ५ लाख भक्तजनको आवागमन हुने यस क्षेत्रमा धेरै कुराको अभाव छ। २५–३० घर भएको यस स्थानमा २–४ वटा पूजाको सामान बेच्ने पसल र २–४ वटा साना होटल मात्र छन्।
 कसरी पुग्ने ?

झुम्काबाट चतरा हु"दै बस चल्ने भए पनि बाटो भने अति नै खतरा छ। सडकमा ठाउ"–ठाउ"मा खाल्टोहरू भएकाले १५ कि.मि. बाटोमा पनि बस पुग्न डेढ–दुइ घण्टा लाग्ने गर्छ।
वराहक्षेत्रलाइ तीर्थस्थल तथा पर्यटन क्षेत्रको रूपमा चिनाउन सर्वप्रथम तीर्थयात्री तथा पर्यटकहरूका लागि धर्मशाला एवम् होटलको राम्रो प्रबन्ध गर्नुपर्ने देखिन्छ। हाल बिजुली बत्तीको तथा भी.एच.एफ. टेलिफोनको व्यवस्था गरिएको छ। पुरातत्व विभागले २०४५ सालमा लडेका पर्खाल र मन्दिर निर्माण गराए पनि पर्याप्त देखिंदैन। यहा धर्मशालाबाहेक कुनै बासस्थानको निर्माण भएको पाइएको छैन। यस धर्मशालामा मुस्किलले १ सय जना मात्र बस्न सक्ने व्यवस्था छ। त्यसैले हजारौं तीर्थयात्रीहरू बास बस्न नपाएर बिचल्लीमा पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :