संसारकै सबैभन्दा लामो सुरुङ बन्यो


नेताहरुले नेपाललाई स्वट्जरल्याण्ड बनाउँछु भनेर भनेको दश वर्ष पुग्न लाग्यो । तर स्वीट्जरल्याण्ड भने २० वर्ष अगाडी पुगिसक्यो । लो हेर्नुस् स्वीसको प्रगती । विकासको लागि स्वट्जिरल्याण्डको सिको गर्न खोज्ने नेपालका नेताहरुकै अगाडी स्वीट्जरल्याण्डले विश्वकै सबैभन्दा लामो सुरुङ बनाएर देखाइदिएको छ ।
१४ वर्ष अघिदेखि निर्माण थालिएको ५७ किलोमिटर लामो उक्त सुरुङ आल्पस पहाडमा बनाइएको हो । सुरुङको निर्माणपछì7; स्वीट्जरल्याण्डको ज्युरिच सहर र इटालीको म्युनिख शहर एक आपसमा अझ नजिकिएका छन् । अब यी दुई शहरहरु एक घण्टाको दुरीमा छोटिएका छन् ।
उक्त सुरुङ बनाउनको लागि सिस्सि नामक ड्रिलिङ मेसिन तयार गरिएको थियो । यो सुरुङ जापानको सेइकान रेल सुरुङ भन्दा तीन किलोमिटर मात्र लामो छ । जापानको उक्त सुरुङ ५३.९ किलोमिटर लामो छ ।
१० अर्ब ६० करोड डलर अर्थात् ७४ खर्ब रुपैया लागत लागेको यो सुरुङको निर्माणका लागि २५ सय जना कामदारहरुले मेहेनत गरेका थिए । सुरुङको निर्माण सन् २०१७ मा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :