रेकी: इतिहास र आज


स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । राम्रो स्वास्थ्य प्राप्तिका लागि मानिसले धेरै काम–कुराहरु गर्छ । त्यस्ता काम–कुराहरुलाइ उपचार पद्धति भनिन्छ । पृथ्वीमा मानव वस्तीको विकाससँगै विभिन्न उपचार पद्धतिहरु प्रचलनमा आएका छन् । त्यस्तै उपचारका पद्धतिहरुमा रेकी पनि एक हो ।
रेकीको शाब्दिक अर्थ र प्रयोगात्मक अर्थ हातबाट उपचार गनर्ु भन्ने हुन्छ । प्राचिनकालमा निकै प्रचलित यो उपचार विधि बीचको समयमा केही ओभmेलमा परेपनि पछिल्लो समयमा आएर चर्चित बन्दै गइरहेको छ । रेकीको बारेमा पथिक स्वास्थ्य प्रतिष्ठानका स्वामी सेन्ट साइमन भन्छन्– 'मानिसको शरीरमा निरन्तर रुपमा उmर्जाको उत्पादन भइरहेको हुन्छ । हात, गोडा, कुममा उmर्जा केन्द्रहरु रहेका हुन्छन् । तिनै उmर्जा केन्द्रमध्ये हत्केलाबाट निस्कने उmर्जाबाट उपचार गर्न सकिने थाहा पाएपछि विåानहरुले विभिन्न अनुसन्धान गर्दै रेकीको रुपमा सोही उपचार पद्धतिलाइ विकास गरेकाहुन् ।'
साइमनका अनुसार प्रारम्भमा अमेरिकाबाट विश्वव्यापी बनेको रेकी महङ्‍गो विद्या मानिन्थ्यो । निकै धनाढ्‍य व्यत्तmिले म;ात्र तालिम लिन सक्थे । तर रेकी सबैको लागि आवश्यक छ भन्ने थाहा भएपछि विस्तारै यो सर्वसुलभ भयो । नेपालमा भने मनोत्रmान्तिका प्रणता डा. योगी विकाशानन्दबाट रेकीले प्रचलित हुने मौका पाएको भएपनि रेकीलाइ कसले र कहिले पहिला भित्र्‍यायो भन्ने सम्बन्धमा कहीँ खोज गरिएको छैन । नेपालमा रेकीलाइ भित्र्‍याउने मध्येका पुराना व्यत्तmि आचार्य डा. टि.एन. पथिक पनि एक हुन् ।
रेकी उपचार पद्धतिलाइ आजकाल निकै महत्व दिइएको पाइन्छ । रेकीलाइ उपचारको एउटा तरिकाको रुपमा मानिसले लिएका छन् । विश्वका विभिन्न ठूला अस्पतालहरुमा समेत रेकीबाट बिरामीको उपचार गरने गरिएको छ । आैषधिसँगै रेकीलाइ पनि समावेश गरी बिरामीको चाँडो र राम्रो उपचार गर्न अस्पतालले रेकीलार्इ उपचारको एउटा पद्धतिको रुपमा प्रयोग गरने गरेको साइमन बताउँछन् । रेकी विद्याका विभिन्न तहहरु हुन्छन् । पहिलो डिग्रीको रेकीमा आफूले आफैंलाइ उपचार गर्न सिकिन्छ । दोस्रो श्रेणीको रेकीमा रेकीलाइ कसरी प्रयोग गरने र अरुको उपचार गरने भन्ने कुरा सिकिन्छ भने तेस्रो श्रेणीको रेकी, जसलार्इ रेकीको डिग्री पनि भनिन्छ, सिकेपछि अरुलाइ पनि आफूजस्तै रेकी हिलर बनाउन सकिन्छ ।

रेकीको लागि साधना अत्यावश्यक हुने कुरामा साइमनको जोड छ । 'साधनाविना रेकी हुनसक्दैन । पहिलो र दोस्रो डिग्रीको रेकी जान्नको लागि त्रmमश: 21 दिन र 3 महिना साधना र अभ्यास गनर्ुपर्छ भने तेस्रो श्रेणीको रेकीमा पारङ्‍गत हुन आफ्‍नो साधना र अभ्यासमा निखार ल्याउनुपर्छ ।' उनले बताए ।
रेकी सजिलो उपचार पद्धति मानिएतापनि सर्वसाधारणले रेकीलाइ अभmै आफ्‍नो जीवनमा अङ्‍गाल्न सकेकाछैनन् । रेकी सबैको जानकारीमा पनि छैन । यसो हुनुको कारण साइमनका शब्दमा भन्दा– 'रेकीको असर जादुको छडी घुमाएजस्तो फ्‍याट्‍ट देखिँदैन । मानिस छिटो चाहन्छन् । वास्तवमा हतार गरने र समय दिन नसक्ने बानीका कारण रेकी सबैले सिक्न नसकेका हुन् ।' तर रेकी सिकेर राम्रो उपचारक बन्न चाहनेले रेकीको निरन्तर अभ्यास गरनुपरने उनको सल्लाह रहेको छ । 'सकारì6;त्मक नतिजाको लागि रेकीको निरन्तर अभ्यास आवश्यक हुन्छ ।' साइमन भन्छन् । रेकीको विकास हुन र यो आम जनताको पहुँचमा पुग्न नसक्नुमा रेकी जान्नेहरु बिच देखिएको åेष् पनि एउटा हो भन्छन् साइमन । 'एकले अर्काको विरोध नगरी सहयोग गर्दै अगाडि बढ्‍ने हो भने रेकीको राम्रो विकास हुनसक्थ्यो ।' उनले भने ।
साइमन राज्यले रेकीलाइ महत्व नदिएको गुना 60;ो पनि गर्छन् । रेकीको महत्व बुभिmदिएर यसको विकासका लागि राज्यबाट पनि सकारात्मक सहयोग आवश्यक परने उनको भनाइ छ ।
रेकी उपचार पद्धतिबाट ठूला रोगहरु पनि निको भएको उनी बताउँछन् । केही महिना अगाडि मात्र किड्‍नीको स्टोनको उपचार रेकीको माध्यमबाट एकजना रेकी हिलरले गरेको र मधुमेह, उच्च रत्तmचाप, डिप्रेसन, भेरी लुज भेन (पिडुलाको नशा मोटो हुने रोग) लगायतका रोगहरु पनि निको भएको उनले बताए । तनाव भएको समयमा र निर्णय गर्न नसकिरहेको समयमा पनि केही क्षण्को रेकीबाट तनाव कम हुने उनको दावी छ । रेकी हिलरहरुको सल्लाह छ– 'समयको कन्जुस्याइ नगरी रेकीलाइ आफ्‍नो जीवनमा अंगाल्नु र प्राक ृतिक स्वास्थ्यमा रमाउनु हाम्रा लागि धेरै फाइदाजनक छ ।'
हिमाल

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :