नपढेरै साहित्यकार



सेतो छोटो कपाल, बुढ्‍यौली उमेर । दुइ हात पछाडी लगेर जोडी उनी हिड्‍छन् । जीवनका असी वसन्त पार गरिसकेका उनलार्इ वयोवृद्ध साहित्यकारका रुपमा चिन्ने गरिन्छ । उनी राम्रो आँखा देख्दैनन्। आँखा भन्दा पनि कमजोर उनको कान छ । तर अब त उनका हात पनि सत्रिmय छैनन् । भन्छन्–'लेख्दा हात काम्छ । बुढो भइसकेँ ।'

वि.सं.१९८४ मा भोजपुर जिल्लामा जन्मेर जीवनको आधा समय इटहरीको हावापानीमा र वातावरणमा बिताएका वयोवृद्ध साहित्यकारको विशेेषता भन्नुनै विना आैपचारिक अध्ययन, साहित्यका क्ष्ोत्रमा पहिचान बनाउनु हो । धर्म, दर्शन, विश्लेषण तथा साहित्यका दश वटा किताब लेखिसकेका लुगूनले आैपचारिक शिक्षl भने लिन पाएनन् । शिक्ष्l नपाउनुको कारण उनी खुलाउँछन्– 'अभmै पनि म जन्मेको ठाउँमा बान्तवा बोल्ने मात्र छन्। नेपाली त्यती बुभm्‍दैनन् ।'लाहुरमा छँदा अक्षर चिने 25;ा उनी आफ्‍नो अध्ययनका बारेमा भन्छन्– 'जीवनमा धेरै घटना, दुर्घटनाको सामना गरेपछि म अचानक पुस्तक र साहित्यप्रति आकषित भएँ ।'अध्ययनमा मात्र नभएर उनी लेखनमा समेत सत्रिmय रहे । साहित्यका साथै उनले दर्शन, भाषा र संस्कृतिमा पनि दखल राखे । उनले २७ सालमा आफ्‍नो प्रथम पुस्तक 'साकेलाको उभौली' लेखे । यसरी सुरु भएको उनको पुस्तक लेखन यात्रा 'साकेलाको उधौली', 'किराँत अस्तित्व', 'साहित्य सौरभ', 'हिन्दु धर्मको विश्लेषणात्मक टिप्पणी', 'बुद्धको महानता', 'म मेरै कवितामा रोएको छु', 'साहित्य सागर' लेख्दै अन्तमा ६० सालमा आएर 'आत्मलोचना' नामक आफ्‍नै जीवनी लेखे । सुरुमा उनलाइ धरणीधर दाहाल तथा खिलानाथ पौडेलले भाषा संयोजन गरेर सहयोग गरेको उनी भुल्दैनन् । स्वअध्ययनबाट यती धेरै पुस्तक लेखिसकेका उनले अब भने पुस्तक लेख्ने छैनन्‍ । बुढ्‍यौली उमेरको सामु उनको केही जोर चलेन । भन्छन्– 'मैले कलमलार्इं मुत्युको प्रमाणपत्र दिएर दोबाटोमा दाहसंस्कार गरिदिइसकेँ ।' एक महिना अघि उनले पुस्तक नलेख्ने निर्णय गरेका रहेछन्‍ ।उनको जीवनमा थुपै्र उकाला ओरालीहरु आए । बाह्र तेह्र वर्षको छँदा उनी खै के कारण्ले हो दार्जिलिङ्‍ग पुगे । त्यहाँ उनको भेट एकजना गोरासँग भयो । गोराको घरमा उनले घरेलु कामदारको रुपमा भmण्डै पाँच वर्ष बिताएपछि उनी ४(५ जना साथीहरुसँग लागेर बि्रटिस आर्मीमा भिडे । छानिएपछि उनको कठोर तालिम र काम सुरु भयो । 'गधाले पनि सहन नसक्ने अत्यन्तै कठोर काम गनर्ुपथ्र्यो र पनि बढुवामा नातावाद हेरिन्थ्यो ।' कठोर भएकै कारण् उनले आर्मी छाडे । सैनिकका रुपमा उनले मलाया, हङकङ, इजिप्ट, वर्मा गर्दै थुप्रै देश देख्ने मौका पाए । उनलाइ अहिले भने उनीजस्तै राइ लिम्बुहरु लाहुरे भएर अरुको गुलामी गरेको त्यती उचित लाग्दैन । तर उनी त्यसको विकल्प पनि देख्दैनन्। भन्छन्– 'लाहुरे नबने यहाँका बाहुनहरुको ढाकर बोक्नुपथ्र्यो, गिट्‍टी कुट्‍नुपथ्र्यो । लाहुरे भएर कमसेकम मिठो खान र राम्ररी बस्न त पाएका छन् ।' आर्मी छोडेपछि आर्मीमा हुँदा सिकेकोले उनले नेपाल आएर करिब बाह्र वर्ष्ा गाडी कुदाए । त्यसपछि आठ वर्ष जति होटल चलाए । त्यसपछि भने उनी साहित्यतिर तानिएर पुस्तकहरु लेख्न थाले । उनको विचारमा भाषाको मसला साहित्य हो । 'साहित्य जनपक्षीय हुनुपर्छ ढुङ्‍गो पगाल्ने सामथ्र्य राख्ने साहित्य जनताको हुनुपर्छ ।' भन्दै उनले भने– 'जन्मँदै बाँचिदिने जीन्दगीहरु मान्छे हुनुको पीडाले खोलामा गिट्‍टी कुट्‍ 31; भने त्यो मान्छेको विषयमा साहित्य लेखिनुपर्छ ।'पछिल्ला दिनमा नेपाली साहित्यको विकास भइरहेको उनकेा धारणा रहेकोछ । तर साहित्यकारहरु महत्वकांक्ष्ी भएकोले साहित्यको विकास राम्ररी हुन नसकेको उनको मत छ( 'सस्तो लोकपि्रयताको लागि विज्ञापन गन चलन बढेकोछ ।' साथै साहित्य पनि जनपक्षीय हुन नसकेको भन्ने भनार्इ छ । 'साहित्यको सुरुवात भएको पाँच हजार वर्षमा दश हात्तीले पनि बोक्न नसक्ने गरी साहित्य लेखिए । तर वाल्मिकीले रामको लागि लेखे भने व्यासले कष्णको लागि लेखे । हालै मदनमणि दिक्षीतले माधवी उपन्यास लेखे । जसलार्इ पढ्‍न शास्त्री पढ्‍नेले पनि शब्दकोश पल्टाउनुपर्छ । तर त्यस्तो साहित्यको काम छैन ।' उनले बताए ।साहित्यले समाज परिवर्तन गर्छ भन्ने उनको भनार्इ छ । 'तर जसमा परिवर्तनको लागि साहित्य लेखिन्छन्, त्यसले नै पढिदिँदैन ।' उनी तित्तmता पोख्छन्‍ । तर जनचेतना कार्यत्रmम लगेर समाज भित्र जानुपर्छ भन्छन् । लुगूनलाइ साहित्यमा कविता विधा मनपर्छ । साहित्यकारमा भूपी शेरचन अनि विश्व साहित्यमा शेली । उनका अनुसार शेरचन विश्व साहित्यको स्तरसँग पौठेजोरी खेल्नसक्ने एकमात्र नेपाली साहित्यकार हुन् । शेरचनको लेखनमा प्रतिकारात्मक उपमा पाइने उनले बताए । उनका अनुसार नेपाली साहित्यलाइ विश्वस्तरको साहित्यको स्तरमा पुर्‍याउन गरिमायुत्तm शब्दको प्रयोग गरी शब्द विन्यास, संयोजन मिलाउनुनर्े उनको सल्लाह छ । लुगूनले जीवनमा प्रतिष्ठा पाए, तर पैसा गुमाए । तर पैसा गुमाएकोमा उनलार्इ रत्त िदु:ख छैन । भन्छन् 'नपढेर, पैसा नकमाएर के भो ? एम.ए. पढ्‍नेले पनि मलार्इ सर भन्छन्‍ ।' आर्थिक कारणले हालसम्म उनले प्रकाशन गरेका सबै पुस्तकहरु साथीभार्इसँग पैसा मागेर छापिएका हुन् । साहित्य लेखेर बाँच्न नसकिने उनको अनुभव छ । 'वियर जस्तो सदावहारको व्यापार होइन, साहित्य ।' भन्दै उनी थप्छन् 'जहाँ सय बोतल वियर बिक्छ, त्यहाँ एउटा पनि स्तरीय साहित्य बिक्दैन ।'नेपालमा साहित्यको विकासको लागि राज्यको सहयोगको कमि देख्छन् उनी । जातिय आधारमा साहित्यमा पनि भेदभाव रहेको विचार उनको छ । उनी भन्छन् 'नभए, जनकपुरमा मैथली कवि विद्यानन्दको शालिक नबनी किन भानुभत्तmको शालिक बन्यो ? खाली ब्राह्मण कवि तथा साहित्यकारलाइ मात्र सम्मान गरीन्छ ? शिव कु. रार्इ, लैनसिंह वाङ्‍देल, इन्द्र राइ, भूपी शेरचनको नेपाली साहित्यमा दिएको योगदानको किन मूल्याँकन हुदैन ? त्यही असमानताको विरोधमा देवकोटा अनि भानुभत्तmको शालिक भत्किाइयो ।'साहित्यकारहरुको लागि राज्यले केही व्यवस्था गनर्ुपनर्े उनी माग राख्छन् । उनले अच्छा रार्इ रसिक प्रतिष्ठान भनी दश वर्ष अघि संस्था स्थापना गरेका थिए । तर सरकारले कुनै सहयोग नगरेको भनार्इ उनको छ । 60;रकारबाट सानै भएपनि साहित्यको लागि सहयोगको अपेक्षा राखेकाछन् ।लुगून हालसम्म प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न संस्थाारा सम्मानित भइसकेका छन् । साथै हाल विभिन्न कार्यत्रmमको अतिथीको निम्तो पनि मानिरहन्छन् । म त एउटा अनुभवको संग्रहालय मात्र बनिसकेँ भन्दै उनी साहित्यकारहरुलार्इ आग्रह गर्छन्– 'राज्यले हेरोस्, नहेरोस्, वर्तमानले हेरोस्, नहेरोस् भविष्यले हेर्छ । तर साहित्यकारले आफ्‍नो नैतिकता छोड्‍नुहुँदैन ।'


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :